भानुजीवन चरित्रदेखि भानुजीवन वृत्तसम्म

- प्रा.डा. शर्वराज आचार्य

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यका बारेमा धेरै लेखकहरूले कलम चलाएका छन् । नेपालीभाषी समाज रामायण, महाभारत र काव्य साहित्यका आदर्शबाट अनुप्राणित रहिन्जेल उनका कविता र जीवनका विभिन्न पक्षलाई लिएर युग युगमा कलम चलाउनेहरू निस्किरहने छन् । अहिलेसम्म पनि भानुभक्तमाथि धेरै कलम चलेका छन् । पहिलोपल्ट मोतीराम भट्टको कलमले भानुभक्तलाई आदिकविको सम्मान दिएपछि उनीमाथि व्रmमशः कलम चल्न थालेका हुन् । उनको कलमबाट “कवि भानुभक्ताचार्यको जीवन चरित्र” भन्ने कृति निस्कियो । उनले भानु जीवनीमा पुग र नपुग कुरा जसले देला पछि थपेर छापुँला भनी लेखेका थिए । अल्पायुका कारण पुग नपुगमाथि पुनर्विचार हुन सकेन ।
धेरैपछि भानुभक्तका बारेमा थोरैले जीवनी र धेरैले जीवनीपरक लेख लेखे । शम्भु प्रसाद ढुङ्ग्यालले वि.संं.१९६९ मा “श्री आदिकवि भानुभक्त आचार्यको जीवन चरित्र” भन्ने कृति लेखे । वि.संं. १९९८ मा विष्णुमायाको भानुभक्त मणिमालाभित्र रङ्गनाथ शर्माको जीवनीपरक लेख लेखियो । यसबाहेक यहाँ अन्य जीवनीपरक लेखको चर्चा गरिएको छैन । नरनाथ आचार्यले “कवि सम्राट् भानुभक्त आचार्यको सच्चा जीवन चरित्र” (२०१८), मुक्तिनाथ आचार्यले “आदिकवि भानुभक्त आचार्य” (२०४२), व्रतराज आचार्यले “आदिकवि भानुभक्त” (२०५८) भन्ने जीवनी लेखेका छन् । सबभन्दा पछि जीवनी लेखनकै सन्दर्भमा नरेन्द्र राज प्रसाईको “भानुभक्त आचार्यको जीवनवृत्त” (२०७१) भन्ने विश्लेषणात्मक कृति आएको छ । उल्लिखित जीवनीपरक लेखबाहेक भानुभक्त आचार्यका ६ वटा जीवनी प्रकाशित भएका देखिन्छन् । प्रकाशित जीवनी कसरी लेखिए भनी सामान्य टिप्पणी गर्दै अन्त्यमा निष्कर्ष दिनु यस लेखको अभीष्ट रहेको छ ।
नेपाली भाषा साहित्यमा भानुभक्त र मोतीराम एक सिक्काका दुई पाटा जस्ता छन् । भानुभक्तरूपी सिक्काको एक पाटामा मोतीराम टाँसिन पुगेका छन् । जसरी रामायणका जम्बवान्ले हनुमान्भित्रको सामथ्र्य सबैसामु व्यक्त गरे, त्यसरी नै मोतीरामले नेपालीसामु भानुरूपी शुव्रm ताराको सामथ्र्य बताए । भानुभक्तका कान्छा बाबु इन्द्रविलासका नाति चतुर्भुजका जेठा छोरा रामदत्त आचार्यको सहयोगबाट मोतीरामले नेपालीलाई भानुभक्तको कवित्व सामथ्र्य चिनाएका हुन् । जीवनीहरु अध्ययन गर्दा डिल्ली बजारका आफ्ना दिदीहरू, कर्णेल शिव शङ्कर घिमिरे, सुब्बा धर्मदत्त ज्ञवाली, खरिदार विश्वनाथ आचार्य र हरि प्रसाद उपाध्याय ढुङ्गेलसँग कान्तिपुरमा भानुभक्तको नाता र चिनजान भएको देखिन्छ । भानुभक्तको पक्का हाल बुभ्mन यिनीहरुको घर समक्ष मोतीराम पुगेको हुनुपर्छ । किनभने कान्तिपुरमा भानुभक्तबारे थाहा भएका मानिससँग मोतीरामले आपूm तीन वर्षसम्म सोद्धै हिडेको बताएका छन् । यो मोतीरामेली भानुभक्तीय खोज मौखिक कथन र भानुकृति पठनमा आधारित थियो । भानुभक्त मृत्यु भएको २२ वर्षपछि मोतीरामले काठमाडौँमा नै चुँदीरम्घाका रामदत्त आचार्यसँग भेटघाट गरेको देखिन्छ । रामदत्त नै उनका मौखिक कथनका मूल स्रोत हुन् । भानुभक्तको देहावसान हुँदा सायद रामदत्त बालक थिए । उनी भानुभक्तको बेँसीको घरका आगोपानीका छिमेकी पनि हुन् । त्यसकारण उनले छिमेकी रमानाथ आचार्य र भानुभक्त कालीन आफ्ना बाबु, काकाहरुसँग सोधेर वि.संं.१९४५—१९४८ सम्ममा मौखिक भानु जीवनी मोतीरामलाई दिएको हुनुपर्छ । भट्टले थप सोधखोज गरी यस मौखिक अभिव्यक्तिलाई पूर्णता दिए । त्यो जीवनी मोतीरामले कविपुत्र रमानाथलाई दिएका थिए र प्रशंसा समेत पाएको उल्लेख भेटिन्छ ।
भानुभक्तको जीवनी लेख्ने दोस्रो व्यक्ति हुन्, शम्भु प्रसाद ढुङ्ग्याल । यिनले “श्री आदिकवि भानुभक्त आचार्यको जीवन चरित्र” लेखेका छन् । जीवनी पढ्दा काठमाडौँका मानिसबाट भानुभक्तसम्बन्धी केही कथन सुनेको बुझिन्छ, जीवनीमा भानुका थप कविता पनि छन् । तर कतिपय कविता क्षेपक जस्ता छन् । सम्रगमा यो जीवनी मोतीरामले सुनाइ स्रोतबाट लेखेको जीवनीमा आधारित छ । यसको लेखन वि.संं.१९६९ मा भएको हो । त्यसैले भानुभक्तको देहावसान भएको ३४ वर्षपछि लेखिएको देखिन्छ ।
भानुभक्तको जीवनीपरक लेखका रूपमा वि.संं. १९९८ तिर विष्णुमायाद्वारा प्रकाशित भानुभक्त मणिमालाको भूमिकामा मोतीराम र शम्भुप्रसादबाट नलेखिएका, जन्म, जन्मको नाम र शिक्षाका अनुद्घाटित प्रसङ्गहरू छन् । मणिमालाको पुछारतिर भानुभक्तको जन्मकुण्डली र कुण्डलीसम्बन्धी कविता पनि रहेको छ । कुण्डली र कवितामा मोतीरामले उल्लेख गरेको भानु जन्मवर्ष वि.संं. १८६९ माथि विनाटिप्पणी वि.संं.१८७१ आषाढ २९ गते उल्लेख छ । अहिले नेपाल सरकार र सामाजिक संस्थाहरूले यही विष्णुमायाद्वारा प्रकाशित संवत्लाई औपचारिकता दिएका छन् । परिचय शीर्षकको यस जीवनीपरक लेखसँग पछिल्ला लेखक र जीवनीकार प्रभावित देखिन्छन् । भानुभक्तको देहावसान भएको ७३ वर्षपछि विष्णुमायाबाट प्रकाशित र रङ्गनाथबाट लेखिएको परिचय लेख पनि त्यसमा उल्लेख गरिए अनुसार अनुश्रुति वा मौखिक कथनमा आधारित छ ।
भानुभक्तको तेस्रो जीवनी लेख्ने व्यक्ति नरनाथ आचार्य देखिन्छन् । उनले वि.संं. २०१८ मा “कवि सम्राट् भानुभक्त आचार्यको जीवन चरित्र” लेखे । यो कृति दोस्रोपल्ट वि.संं.२०३६ मा “आदिकवि भानुभक्त आचार्यको सच्चा जीवन चरित्र” संशोधित शीर्षक बनेर प्रकाशित भएको छ । प्रथम संस्करणको भूमिकामा नरनाथ आचार्यले पनि भानुभक्त परलोक भएको ९१ वर्षपछि गाउँकै मौखिक कथनलाई आधार बनाई लेखेको बताएका छन् । आचार्यले मोतीरामले सुनेर लेखेको जीवनीलाई ग्रामीण जनबाट सुनेका किम्वदन्ती र कल्पनाका कुरा भनेका छन् तर आपूmले भानुभक्तका बारेमा गाउँकै मानिसबाट सुनेका कुरालाई कपोलकल्पित र किम्बदन्ती ठानेका छैनन् । वि.सं.१९३८ मा जन्मेर १९९६ मा देहावसान हुने गाउँका चार पुस्ते दाजु यज्ञनिधिलाई नरनाथ आचार्यले आफ्नो सुनाइको स्रोत बनाएका छन् । यस बाहेक गाउँका बुढापाकाका भनाइ पनि नरनाथका स्रोत हुन् । त्यस कारण आचार्यको “कवि सम्राट् भानुभक्त आचार्यको सच्चा जीवन चरित्र” पनि मौखिक कथन र श्रवणमा आधारित छ ।
वि.सं. २०४२ मा “आदिकवि भानुभक्त आचार्य” भन्ने चौथो जीवनी लेख्ने व्यक्ति हुन्, आदिकवि भानुभक्तकै पनाति देवीभक्तका छोरा मुक्तिनाथ आचार्य । मुक्तिनाथले घरकै मौखिक कथन परम्परालाई आधार बनाई जीवनी लेखेको भनेका छन् । रमानाथका कान्छा छोरा तथा मुक्तिनाथका कान्छा बाबु शिवभक्त आचार्यले बेँसी र गाउँको घरका छिमेकी र भानुभक्त आचार्यका माहिला बाबुपट्टिका दाजु नाता पर्ने जानकीदत्तसँग अक्षर चिनारी गरेका थिए र रुद्रचण्डी पनि पढेका थिए । पढ्दा शिवभक्त आचार्यले यी दाजुसँग भानुभक्तीय धेरै घटना सुनेका थिए । यसरी सुनेका कुरा यिनले मुक्तिनाथलाई सुनाएका थिए । यसबाहेक मुक्तिनाथले रमानाथकी पत्नी हजुर आमा र बाबु देवीभक्तलाई सुनाइ स्रोत बनाएको देखिन्छ । त्यसैले उनले लेखेको भानु जीवनी घरेलु श्रवण परम्परा र पूर्वप्रकाशित भानु जीवनीबाट अनुगृहित छ । मुक्तिनाथलाई मोतीराम, विष्णुमाया र नरनाथले लेखेका श्रुतिस्रोतमा आधारित भानु जीवनी पनि पढ्ने अवसर मिल्यो । भानुभक्तको देहावसान भएको ११७ वर्षपछि उनले सुनाइ स्रोतमा आधारित भानु जीवनी लेखे ।
व्रतराज आचार्यले वि.सं. २०५८ तिर “आदिकवि भानुभक्त” भन्ने कृति पाँचौँ जीवनी लेखेका छन् । यो दोस्रो संस्करणका रूपमा पनि वि.सं. २०७० तिर बजारमा देखियो । यस कृतिले विगतका मोतीरामदेखि मुक्तिनाथ आचार्यसम्मका श्रुति परम्पराका भानु जीवनीभन्दा भिन्न बाटोमा हिँडेको छ । यो कृति भानुभक्तका जीवनीको टिप्पणी र कविताको सम्परीक्षणका रूपमा आएको छ । अर्थात् कृतिले श्रुति श्रवणभन्दा टिप्पणी र सम्परीक्षणतर्फ झुकाउ राखेको छ । यसर्थ “आदिकवि भानुभक्त” पढ्दा आचार्यका थुप्रै टिप्पणी भेटिन्छन् । नरेन्द्र राज प्रसाईले वि.सं. २०७१ तिर लेखेको “भानुभक्त आचार्यको जीवनवृत्त” भानुभक्त आचार्यको छैटौँ जीवनी हो । प्रसाई पूर्वजीवनीकार झैँ मौखिक कथन र श्रवण परम्परातर्फ नलागी लेखिएका जीवनीहरुको ऊहापोह र विश्लेषणतिर लागे । किनभने प्रसाईले भानु जीवन घटनाका विश्लेषणको आधार मोतीराम लिखित “कवि भानुभक्ताचार्यको जीवन चरित्र” र शर्वराज आचार्य लिखित ‘‘भानुभक्तीय खोज’’ (२०६९) जस्ता प्रकाशनलाई बनाएका छन् । पूर्वजीवनीकारले श्रुतिमा आधारित भई लेखेका जन्म सन्दर्भ, घाँसी, जागिर, कुमारी चोक र जन्म कुण्डली सम्बन्धी प्रसङ्गलाई प्रसाईले विश्लेषण गरे । भानुभक्तीय समयमा उनलाई नै देखेर भोगेर कसैले जीवनी लेखेन । सबै भानु जीवनी एक कान दुई कान हुँदै लेखिएका छन् । यस्तो अवस्थामा मोतीराम समक्ष राखिएको चुँदीरम्घाली श्रुति अवशेष (रामदत्तको कथन) लाई टेकेर भानु जीवन वृत्तले वस्तुनिष्ठता खोजेको छ । भानु जीवनी लेख्ने भानुवंशका आचार्यका भन्दा मोतीराम भट्टको भनाइ नरेन्द्रराज प्रसाईले बढी आधिकारिक ठानेका छन् । प्रसाई मोतीरामेली सोधखोजमा नलागी कृतिगत अध्ययन विश्लेषणबाट भानु जीवनवृत्तलाई वस्तुनिष्ठता दिन खोज्छन् । ,
निष्कर्षमा भन्नु पर्दा मोतीरामदेखि मुक्तिनाथ आचार्यसम्मका जीवनीकारहरुले श्रुति परम्पराका आधारमा भानुभक्तको जीवनी लेखे । श्रुति परम्परामा तिथिमितिहरु तलमाथि पर्छन् भन्ने कुरा जीवनी लेखहरुमा देखिन्छ । तर जीवनमा घटित घटना भने अतिरञ्जित हुन सक्छन्, प्रायः असत्य हुन सक्दैनन् । सर्वप्रथम मोतीरामले भानुभक्तको जीवनी नलेखेको भए, भानुभक्तका जीवन घटनाहरु न्यून श्रुतिशेष हुने थिए । त्यसमा विष्णुमायाले थपथाप नगरेको भए भानुभक्तको प्रारम्भिक शिक्षा कम उद्घाटित हुने थियो । त्यसपछि नरनाथ आचार्य र मुक्तिनाथ आचार्यले श्रुतिशेषलाई नजोडेको भए भानुभक्त झन् कम उद्घाटित हुने थिए । त्यस कारण सबै जीवनीकारहरु मोतीराम र विष्णुमायाद्वारा निर्देशित छन् । कुनै जीवनीकार आफ्नो श्रुति प्रसङ्गलाई प्रामाणिक बनाउन मोतीराम र विष्णुमायालाई आक्षेप लागाउन चुकेका छैनन् । भानु जीवनी लेख्ने आचार्यहरु विश्लेषणात्मक दृष्टिकोणले हेर्ने नरेन्द्रराज प्रसाईको कलमबाट ठाउँ ठाउँमा आलोचित पनि छन् । किनभने बहुश्रुति परम्पराबाट लेखिएका जीवनीहरुमा मतैक्य हुन धेरै कठिन हुन्छ । तर भट्टबाट सुरु गरिएको आधार नभत्काईकन सोधखोजको परम्परालाई अगाडि बढाउन सके मतैक्य र वस्तुनिष्ठताको निकट पुग्न सकिन्थ्यो कि ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 आसाढ, 2075

लेखकका अन्य रचनाहरु