सूर्यदेव भवः

- डिग बहादुर तामाङ्ग

महान छन सूर्यदेव
हुन्छ राम्रा पृथ्वीको लागि
र यस पृथ्वीबासीहरुका लागि
जीवात्माहरुको लागि अमृत तुल्य छन सूर्य
हामी मानवहरु र अन्य जीवात्मकहरु प्रकाशद्वारा जीवित भएर
स्वर्गसंग नजिक भएर झुम्छौ र रमाँउछौं
नीलो आकाश मुनि चमकदार दिनहरु पाएर
कहिले घाम प्यारो, कहिले पिपलको छहारी प्यारो
बर्ष भन्दा बढी सूर्यले आफना किरणहरु नै देखाउछन
यद्यपि हामीहरु धेरै टाढा छौं, सूर्यदेखि
कहिले काँहि बादलले सूर्यको किरणलाई
छोप्न कोशिस गर्छन तर केहि घण्टाको लागि
पूर्ण सूर्यग्रहणमा पनि सूर्य चम्कि रहेकै हुन्छन
तसर्थ मानिसका अनुहार कालो नराम्रो भएर के भो र ?
उनको राम्रो मन छ सूर्य झै चम्कि रहेकै हुन्छ
सबैलाई दया, प्रेमको भावले
जसरी हिलोमा फूलेको कमलकोफूल झैं
सौन्दर्यलाई प्रदर्शन गरेर
आफनो मन्द मुस्कान छरि रहेकै हुन्छ ।
गाँउकी एउटी कन्या घाँस काटेर मुस्कुराउँछिन
यिनलाई सुनले सिगार्न पर्दैन,
हिरा झै चम्कि रहन्छे प्रकृतिको रंगमहलमा गाँउकी कन्याहरु

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 आसाढ, 2075

लेखकका अन्य रचनाहरु