स्रष्टाको स्वतन्त्रता

- सङ्गीत आयाम

     सिर्जना जहिले पनि स्वतन्त्रताको आँगनमा मात्र मुस्कुराउन सक्छ । कुनै पनि बन्धनभित्र रहेर लेखिएको सिर्जना त्यही बन्धनकै परिवृतमा जन्मन्छ र त्यहीं नै त्यसको मृत्यु पनि हुन्छ । त्यसरी लेखिएको रचना एउटा पक्षको मात्र वकालत गरिरहन्छ र त्यसबाट मुक्त हुन कहिल्यै पनि सक्दैन । एउटा लेखकका लागि लेखकीय स्वतन्त्रताको त्यति नै महत्व हुन्छ जति एउटा शरीरका लागि मुटुको । एउटा लेखकले लेखकीय स्वतन्त्रताको प्रशस्त उपयोग गर्न नपाउने हो भने वास्तवमा लेखक कसैको निर्देशनमा चल्ने गुलाम हो भनेर बुझे हुन्छ । लेखक कसैबाट सञ्चालित यन्त्रमानव हो भनेर महसुस गर्न त्यति गार्हो हुँदैन । प्रत्येक मान्छेको बाँच्ने अधिकारमाथि कुनै सम्झौता हुन नसक्ने यथार्थलाई दृष्टिगत गर्दा लेखकहरूका लागि पनि लेखकीय स्वतन्त्रताको त्यही अर्थ छ भन्ने मलाई लाग्छ । कुनै सिध्दान्त अथवा घोषणापत्रप्रति चाहिनेभन्दा बढी भक्तिभाव पर्रदर्शन गरिरहनु भनेको आफू दास हुँ र दासता मेरो धर्म हो भनेर प्रमाणित गरेजस्तै कुरा हो । एउटा लेखक लेखककै रूपमा सम्मानित तरिकाले बाँच्नुर्पर्दछ न कि कुनै गुलामीको प्रतीकको रूपमा । एउटा लेखक लेखकीय स्वतन्त्रता कै महान् हिस्सा बन्नर्पर्दछ न कि कुनै बन्धनको प्रतिनिधि पात्रको रूपमा ।

 एउटा र्सजकले स्वतन्त्रताको उपभोग गर्न नपाउने हो भने यो त्यस्तै कुरा हुन्छ जस्तो एउटा भोकाएको व्यक्तिले खान नपाएको सर्न्दर्भ । एउटा र्सजकले स्वतन्त्रताको प्रयोग गर्न नपाउने हो भने यो त्यस्तै कुरा हुन्छ जस्तो एउटा नांगो व्यक्तिले लुगा लगाउन नपाएको विषय । एउटा र्सजकले स्वतन्त्रतापुर्वक सिर्जना गर्न नपाउने हो भने यो त्यस्तै कुरा हुन्छ जस्तो बस्ने ठाउँ नभएको व्यक्तिले वास नपाएको यथार्थ । आज साहित्यमा राजनीतिक हस्तक्षेप यति चर्को रूपमा विकसित भएको छ कि मलाई त्यस कुराको उल्लेख गर्दा पनि अत्यन्तै दुःख लाग्छ । साहित्य सहस्र विचारहरूको साझा आँगन हो, जहाँ हरेक महान् विचारहरूले निर्धक्क रूपमा विचरण गर्ने अवसर पाउँदछन् । इतिहास नै साक्षी छ, साहित्यले राजनीतिलाई डोर्याएर विश्वमा कयौं क्रान्तिहरू भएका छन् । राजनीतिका लागि साहित्य उर्वर विचारको स्रोत रहँदै आएको कुरा यहाँ उल्लेख गरिरहनु नै पर्दैन । प्रबुद्ध विश्लेषकहरू नै भन्दछन् कि कयौं देशहरू यस्ता छन् जो राजनीतिभन्दा साहित्यको समृध्द परम्पराको कारणले गौरवान्वित बनेका छन् । तपाईलाई थाहा नै छ, जसरी ब्राजिल, अर्जेन्टीनाहरू आज फुटवलको कारणले चिनिन्छन्, के त्यसरी नै इङ्गल्याण्ड, रसिया अनि फान्सहरु साहित्यको कारणले नै बढी गौरवान्वित भएका होइनन् र । अब यस्तो वास्तविकता हाम्रो सामु घामजस्तै र्छलङ्ग रहेको स्थितिमा पनि साहित्यलाई राजनीतिले अतिक्रमण गरेर घोर शोषण गर्दछ भने लेखकहरू साहित्यको पक्षमा उभिनुपर्ने होइन र - हो, यथार्थमा यो कुरा लुकाएर लुकाउनै सकिदैन कि राजनीतिको आक्रमणले साहित्य घाइते मात्र भएको छैन अझ थला परेर अस्पताल नै भर्ना भएको स्थिति छ । यस्तो अवस्था देख्दा देख्दै पनि लेखकहरू साहित्यको अस्तित्वका लागि लडाइँ नलडेर राजनीतिकै पछि लागी चाकरीमा व्यस्त देखिन्छन् भने कतिपय कुराहरूलाई लिएर लेखकहरूको स्वाभिमानमाथि प्रश्न उठ्नु अस्वाभाविक होइन । लेखकहरूलाई कठघरामा उभ्याउनु यहाँ असान्दर्भिक हुँदैन । म भन्छु, हाम्रो जस्तो देशमा साहित्यको अवहेलना मात्र भएको छैन त्यसको एकदमै दुरुपयोग पनि भएको छ, विशेष गरेर लेखकहरू कै कारणले । कारण एकदमै प्रष्ट छ, एक त प्रायः लेखकहरू साहित्यकर्मी भन्दा बढी अरु नै परिचयहरू मार्फ् आफूलाई चिनाउन आतुर रहन्छन् भने अर्को कुरा देश र समाजको पीडा र समस्याहरूमाथि आफ्नो लेखनलाई केन्द्रीत गर्नुभन्दा आफ्नो लोभ, लालच र व्यक्तिगत सम्पत्ति कसरी बढी भन्दा बढी थुपारी भौतिक सुविधाहरूको घोडा चढ्ने भन्ने मानसिकतामा नै साधना गरिरहेका देखिन्छन् । एकदमै दुःखपुर्वक भन्नुर्पर्दछ कि यहाँ साहित्य-सँस्कृति भनेर मरिमेट्ने र साहित्य-सँस्कृतिकै कारण देश र समाजलाई माथि उठाउन खोज्ने सिर्जनकर्मीहरू कति छन् त - सकेसम्म आफ्नो स्वार्थलाई सर्वोपरि राखेर हरदम त्यसको रक्षा गर्ने अनि त्यो स्वार्थको रक्षा सुरक्षित तरिकाले भएको छ भन्ने बोध भएपछि मात्र लेखनमा देश, समाज भनेर आदर्शको खेती गर्ने समूहहरूकै यहाँ बाहुल्यता रहेको कुरा दिनको उज्यालो जस्तै प्रष्ट छ । मलाई लाग्छ, समूह र गुटबन्दीको कारण साहित्य अन्तराष्ट्रिय प्रतिस्पर्धामा मात्र आउनै नसक्ने होइन स्तरीय र सशक्त साहित्य लेखिन पनि सक्दैन ।  लेखक मूलतः अन्वेषक र अनुसन्धानकर्ता नै हुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । त्यस्तो प्रक्रियामा सामेल भैसकेपछि लेखक स्वतः विद्वान् कै रूपमा समाजमा परिचित हुँदै अघि बढ्ने क्रमको पनि शुरुवात हुन्छ । एउटा विद्वान् व्यक्तिबाट समाजले धेरै आशा गरेको हुन्छ । जब स्वतन्त्र र शुद्ध लेखकको परिचय गुमाएर कुनै लेखक आफ्नो स्वार्थको लागि कतै अत्यन्तै नजिक रहेर जोडिन पुग्न भने त्यसकै हित वरिपरि लेख्ने र त्यसको सधैँ आलोचना गर्न डराउने एउटा कातर लेखकको रूपमा ऊ परिणत हुन्छ । अनि र्सार्वजनिक रूपमा सबैले कदर गर्ने सकिने एउटा विद्धान लेखक अरु नै कुनै रूपमा प्रकट हुन्छ । तव स्वतः ऊ देश र समाजले खोजेको एउटा विद्वान् लेखकको रूपमा नरहेर एउटा सीमित चौघेरामा बाँधिएको कुनै गुट र उपगुटको निर्देशनमा चल्ने सामान्य लेखकको रूपमा उसको परिचय बन्छ । वास्तवमा आज साहित्य यस्तै परिवेश र परिवृत्तद्वारा घेरिएको छ जसबाट मुक्त हुन नसकेको अवस्था छ ।  हजारौं वर्षेखि विभिन्न प्रकारका वाद र सिध्दान्तहरूले साहित्यलाई आफ्नो प्रयोगभूमि बनाउँदै आएको इतिहास छ । कतिपय वादहरू समयक्रममा काम नलाग्ने भैसकेका छन् भने कतिपय समयसँग तालमेल मिलाउन परिवर्तित हुने गरेका पनि छन् । अझ वादहरूको जन्म हुने क्रम जारी छ र भविष्यमा झन् द्रुत गतिमा यो लागु पनि हुनेछ । एउटा लेखक तटस्थ रहेर हरेक वादका राम्रा कुराहरू लिने र नराम्रा कुराहरूलाई स्वस्थ ढङ्गले आलोचना गर्ने र यदि सकिन्छ भने समाज र देशका लागि आफ्नो प्रभावकारी विचार प्रक्षेपण गर्ने सँस्कारबाट सँस्कारित हुनुर्पर्दछ । जति एउटा लेखक स्वतन्त्र रूपमा रहेर आफ्ना रचनाहरूलाई शक्तिशाली बनाउनसक्छ त्यति कुनै वादप्रति नतमस्तक रहेको लेखकले बनाउन सक्दैन नै । तर लेखकहरूले यस कुराप्रति कत्ति पनि ध्यान दिएको पाइदैन ।  मैले विदेशमा रहेका कतिपय यस्ता लेखकहरूलाई पढेको छु जो कहिल्यै पनि प्रत्यक्ष राजनीतिबाट अति प्रभावित रहेनन् । विश्वसाहित्यमा उनीहरूको योगदान यति ठूलो छ कि हामीले त्यसलाई गणना गर्न नै सक्दैनौं । यसबाट पनि के प्रमाणित हुन्छ भने एउटा लेखक लेखककै रूपमा बाँचेर पनि समाज र देशप्रतिको जिम्मेबारी उत्तरदायीपुर्ण तरिकाले निभाउन सक्छ, यसरी सामाजिक कर्तव्यको निर्वाह गर्ने हजारौं लेखकहरूको उदाहरण दिन सकिन्छ । ती लेखकहरूको आफ्नो समाज र देशप्रति यति ठूलो योगदान रहेको छ कि नेतृत्व तहमा पुगेर देश सञ्चालन गर्ने भूमिका पाएका ठूला-ठूला नेताहरू उनीहरूका सामुन्यमा अत्यन्तै बुच्चा देखिन्छन् र परिचयको भीख माग्दै गरेको भेटिन्छन् । वास्ववमा, लेखक लेखककै रूपमा बाँच्न पाउने हो भने हाम्रो साहित्यले पनि अन्तराष्ट्रिय सर्न्दर्भमा ठूलो फड्को मार्नसक्छ भनेर भन्न सकिन्छ ।   अब प्रश्न आउँछ, दृष्टिकोण अर्थात् विचार स्वतन्त्र हुन्छ कि हुँदैन - कोही भन्छन्, विचार भनेकै सिध्दान्त हो, त्यसैले विचार स्वतन्त्र हुँदैन । फेरि कोही भन्छन्, दृष्टिकोण प्रकट गर्नलाई कुनै न कुनै वादको सहारा नलिइकन संभव नै छैन । अब स्वतन्त्र तरिकाले कुनै दृष्टिकोण र्सार्वजनिक गर्न सकिन्छ कि सकिदैन त - मेरो अभ्रि्राय कति मात्र हो भने एउटै सिध्दान्त वा वादप्रति जिन्दगीभरि पागलपनको हदसम्म आसक्त हुनुहुँदैन भन्ने हो जसले गर्दा अरु सिध्दान्त वा वादका राम्रा कुराहरू लिन नै नसकियोस् । समय र परिस्थिति अनुसार हरेक क्षेत्र र विषयवस्तुप्रति फरक फरक तर प्रष्ट दृष्टिकोणको आवश्यकता हुन्छ, यस्तो अवस्थामा जति एउटा स्वतन्त्र र्सजकले सही प्रकारको विचार दिन सक्छ त्यस्तो कतै एकदमै आबद्ध रहेको र्सजकले सही विचार दिनसक्दैन भन्ने मेरो अभिमत हो ।   म किन लेख्छु अर्थात् एउटा लेखकले किन लेख्छ - यो त्यति सजिलै उत्तर दिन सकिने विषय होइन । लेख्नुपर्ने यति धेरै कारणहरू छन् कि तिनीहरूका बारेमा थोरै छलफल मात्र गर्ने हो भने पनि समय लामो हुनसक्छ । लेखन अत्यन्तै गम्भीर प्रक्रिया हो यदि लेखनलाई सही रूपमा आत्मसात् गर्ने हो भने । लेखन कलात्मक रूपमा वास्तविकताको प्रकटिकरण मात्र होइन अझ लेखन संभावनाहरूका खोजको लागि प्रयोगभूमि पनि हो । लेखन अनुभूतिसँग मात्र सम्बद्ध हुँदैन, दृष्टिकोणसँग पनि आबद्ध हुन्छ । लेखन कुनै बन्धनको दास होइन मुक्तिको उडान हो । फेरि एउटा लेखक सामाजिक प्राणी पनि भएको हैसियतले ऊ समाजको सुख दुःखमा त संलग्न हुन्छ नै अझ सँधै सत्ताको प्रतिपक्षमा रहन मनपराउने हुनाले परिवर्तनमुखी पनि हुन्छ । एउटा लेखकले ती ओझेलमा परेका विषयहरूलाई उठाउँछ जसको कारण लामो समयदेखि समाज श्रापित भैरहेको हुन्छ । अभिव्यक्त गर्न नसकिएका यस्ता कतिपय विषय र सर्न्दर्भहरू हुन्छन् जसलाई लेखकले मात्र न्याय गर्न सक्छ । लेखन जिम्मेवारीको प्रक्रिया मात्र होइन बौद्धिकताको महान् स्रोत पनि हो । लेखक जिम्मेवारीको बोध मात्र होइन आत्म सन्तुष्टिको उडान पनि हो ।   स्वतन्त्रताको नाममा उच्छृङ्खलता मलाई कहिल्यै पनि मञ्जुर छैन भने जिम्मेबारीको नाममा नारा, भाषण र आदर्श पनि मलाई स्वीकार्य छैन । त्यस्तै साहित्य कला हो भनेर विचारबाट भाग्नेहरूसँग पनि म र्सतर्क हुन्छु भने साहित्य विचार हो भनेर कलाविहीन चर्का चर्का कुरा लेख्नेहरूसँग पनि म सावधान रहन्छु । यी दुवै अतिवादी प्रवृत्ति हुन् र यस्तो प्रक्रियाबाट कुनै पनि कुराको मुक्ति संभव छैन भन्ने मलाई लाग्छ ।   मैले कुनै पनि कुराको अतिवादलाई कहिल्यै पनि रुचाइन र त्यो मेरो लेखनमा परिलक्षित हुने पनि गर्दैन । अतिवाद यस्तो एउटा प्रक्रिया हो जसले मान्छेलाई त्योभन्दा बाहेक अरु केही सोच्नै दिदैन, मस्तिष्कलाई सँधै बौद्धिक रूपमा खोक्रो बनाइराख्छ । आफूमा प्रशस्त कमी कमजोरीहरू छन् भनेर एउटा र्सजकले महसुस नगरेसम्म उसको लेखनमा आग्रह र पर्ूवाग्रहको गन्ध आइ नै राख्छ र त्यस्तो पंरवृत्तिले उसलाई सानो मात्र बनाउँदैन अझ समय अनुसार चल्न नसक्नाले ऊ सँधै पछि पनि पर्छ । विभिन्न वर्गसँग सम्बन्धित मानिसहरूका विभिन्न कमी कमजोरीका साथसाथै कतिपय गुणहरू पनि रहेका हुन्छन् । कमी कमजोरीको मात्र चर्चा गर्ने र गुणहरूबाट केही पनि नसिक्नाले अतिवादले नै प्रश्रय पाउँछ भन्ने  कुरा प्रमाणित हुन्छ ।  मैले कहिल्यै पनि कुनै विशेष वर्गलाई मस्तिष्कमा राखेर साहित्य लेखिन । सबै वर्ग साहित्यका विषय हुन् र उनीहरूलाई कसरी र कुन रूपमा त्यहाँ चित्रित गरिन्छ भन्ने मानसिकताबाट अभ्रिरेरित रहेर मेरो लेखन प्रक्रिया अघि बढ्दै आएको छ । साहित्य यो वर्गका लागि र त्यो वर्गका लागि भनेर लेख्दा साहित्यको फैलावटमा मात्र बाँध लाग्दैन अझ त्यसमा प्राप्त हुने हार्दिकता र विशिष्टता पनि हतियारधारी शिकारीको सामुन्यमा रहेको शिकारजस्तो हुन्छ । मेरा पाठकहरू सामान्य स्तरदेखि असाधारण स्तर भएका सम्म मैले भेटेको छु र उनीहरूबाट आफ्नो किसिमले बुझे अनुसार प्रतिक्रियाहरू पनि प्राप्त गरेको छु । कुनै विशेष वर्गलाई लक्ष्यित गरेर साहित्य लेख्दा अरु वर्गका राम्रा कुराहरूप्रति अन्याय हुन्छ भन्ने मेरो मान्यता सँधै रहृयो । लेखक सकारात्मक रूपले उदार हुनर्ुपर्दछ र हरेक विषयवस्तुमाथि लेख्ने खुबी राख्नुपर्दछ भन्ने मलाई लाग्छ । सैद्धान्तिक आधारमा थोपरिएको मान्यतालाई सँधै आफ्ना सिर्जनाहरूमा सीमा निर्धारण गरिएको प्रक्रियाले लेखनलाई उचित प्रकारले अघि बढाउन सक्दैन । निश्चित वर्गको अवधारणामा लेखिएका रचनाहरू त्यो वर्गसम्म मात्र नपुगेको होइन अझ समाज मुक्तिका लागि ठोस उपलब्धिको रूपमा रहेको कतै पनि देखिदैन।  साहित्य जिम्मेबारीको प्रक्रियाभन्दा पहिला आत्मसन्तुष्टिको माध्यम हो भन्ने मलाई लाग्छ । रचनाको प्रस्तुति, शैली, शिल्प र संरचनाले लेखकलाई कत्तिको सन्तुष्टि प्रदान गर्छ त्यो नै रचनाको अघि बढ्ने आधार हुन्छ । रचनाले दिने आनन्दलाई र्सवप्रथम महसुस नगर्ने हो भने त्यो बलजफ्ती लेखिएको रचना सैद्धान्तिक आधारमा ठीक त होला तर त्यसले पाठकलाई आकषिर्त भने गर्न सक्दैन । जब लेखक आत्मसन्तुष्टिको माध्यमबाट अघि बढ्छ तव मात्र लेखकले त्यो रचनामा रहेको विचार पक्षलाई खोज्दछ । आत्मसन्तुष्टि पछि मात्र रचनाको उद्धेश्य के हो भन्ने कुरा अघि आउँछ । रचना ठीक छ कि गलत छ भनेर बुभ्न विचार पक्ष आवश्यक छ र त्यो लेखकको आफ्नो स्वतन्त्र दृष्टिकोणको रूपमा प्रकट हुन्छ । लेखकले सिर्जना गर्दा एउटा कलाकारको रूपमा सिर्जना गर्नुपर्दछ र त्यसपछि मात्र एउटा सामाजिक प्राणीका रूपमा तटस्थ रहेर त्यस सिर्जनाको वैचारिक पक्षमाथि काम गर्नु पर्दछ भन्ने मान्यता मेरो वषौंदेखि रहदै आएको छ । एउटा लेखकले आत्मसन्तुष्टिको माध्यमबाट गुज्रदै रचनामा आफ्नो विचार भर्छ भने त्यो रचना सशक्तताको झन् नजिक पुग्छ भन्ने मलाई लाग्छ ।   मेरो विचारमा, प्रत्येक सिर्जनाहरू ताजा हुनुर्पर्दछ जहाँ सुगन्ध मगमगाओस् जसबाट पाठकहरूले आफूसँग नभएका कुरा सिक्न पाऊन् । हरेक सिर्जनाहरू प्राकृतिक हुनुर्पर्दछ जहाँ उज्यालो जगमगाओस् जसबाट पाठकहरूको मस्तिष्कमा पनि कुनै न कुनै रूपमा बौद्धिकताको प्रक्षेपण होस् । रचनाहरू स्वस्थ हुनुपर्छ र रचनाहरू मार्फ् कुनै पनि कुरा शिष्ट, शालीन, उचित तरिकाले प्रस्तुत गरिन्छ भने त्यस कुराको सदैव स्वागत हुनु पर्दछ । व्यक्तिगत स्वार्थबाट अभ्रि्रेरित रहेर लेखिएको रचनाले एउटा राम्रो लेखकलाई त विगार्दछ नै अझ पाठकहरूको मस्तिष्कमा पनि नराम्रो असर पुर्याउँछ ।  एउटा लेखकले के पढ्नर्ुपर्छ र के पढ्नुहुदैन भन्ने कुरामा पनि धेरै विवाद रहेको देखिन्छ । यस कुरामा म भने प्रष्ट छु । स्वस्थ ढङ्गले लेखिएका जति सबै कृतिहरू समाजका नै उपलब्धि हुन् र पाएसम्म त्यसरी लेखिएका कृतिहरूलाई पढ्ने मेरो कोशिश रहन्छ पनि । वास्तवमा यो पढ्ने र यो नपढ्ने भनेर आग्रह र पर्वागहद्वारा सञ्चालित हुनुभन्दा शिष्ट र सकारात्मक ढङ्गले लेखिएका जति सबै कृतिहरू पाएसम्म पढ्नर्ुपर्छ भन्ने मलाई लाग्छ किनकि त्यसबाट आफूसँग नभएका धेरै कुराहरू सिक्न सकिन्छ । र यस्तो प्रक्रियामा सामेल हुन एउटा र्सजक स्वतन्त्र नभई संभव छैन भनेर पनि यहाँ जोड्न चाहन्छु ।  अंग्रेजीमा एउटा अत्यन्तै प्रसिध्द भनाइ छ, Dream, Dream, DraamDreams transform into thoughts And thoughts result in action. अर्थात् सपना देख, त्यही सपना नै विचारमा रूपान्तरित हुन्छ अनि त्यो विचार नै परिणामतः उपलब्धि बन्छ ।  एउटा लेखकलाई लेख्नका लागि समाजभित्र मात्र विषयवस्तुहरू छैनन् त्यसभन्दा बाहिर पनि छन् भन्ने मलाई लाग्छ अर्थात् म सिर्जनामा प्रयोग गर्न रुचाउँछु जसले नूतन संभावनाहरूको ढोका खोलोस् । म सिर्जनाहरूलाई लिएर कल्पनामा बस्ती पनि बसाउँछु जसबाट सिर्जनाहरूलाई कलात्मक रूपबाट प्रस्तुत गर्न सकियोस् । म सिर्जनाको लागि सपना देख्न पनि मनपराउँछु जसले सही विषयवस्तुको लागि सकारात्मक रचनाको अपेक्षा गर्दछ । यस्तो किसिमको प्रक्रियाले मलाई सिर्जनात्मक आत्मसन्तुष्टि मात्र दिदैन अझ बौद्धिकताको लागि गरेको मेरो मेहनत पनि खेर जाँदैन । मलाई लाग्छ, एउटा लेखकले लेखकीय स्वतन्त्रताको सशक्त उपयोग गरेर आफ्नो कला मार्फ् विचार र दृष्टिकोणमा स्वस्थ र सकारात्मक प्रयोग गर्छ भने त्यो लेखन समाजकै लागि हुन्छ भन्नु अन्यथा होइन ।

 

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 7 श्रावण, 2065

लेखकका अन्य रचनाहरु