बालापनका समझानाहरू

- निलकमल छेत्री

आईतबार यानी साकारी छुट्टी हुने दिन, मेरो भने छुट्टी थिएन त्यसैले आईतबार पनि ड्युटी पुगेँ।
काम त गर्नै पर्छ चाहे त्यो सरकारी होस वा प्राइभेट त्यसमा म चैँ प्राईबेट सर्विस गर्ने परे ।
कार्यलयमा कामहरु सकेपछि केहि छन भएपनि बाहिरा सीतल हावामा बस्ने मन भयो अनि बाहिर निस्केर त्यो न्यानो घाम अनि सररर चलिरहेको हावाको आनन्द लिँदै वरिपरिका मनोरम दृश्य अवलोकन गर्दै थिएँ।
मेरा आँखाहरुले एक हूल केटाकेटीहरूलाई देखेँ , दृश्य सामान्य थियो दुई चार जना केटाकेटी एउटा प्लास्टिकले बनाएको गोली आकाशतिर उडाउँदै खेलि रहेका थिए।
तयो दृश्यले मेरो मनमा चस्स घोच्यो, यतिबेला मेरो मनलाई घोच्ने काँडा तिखो त थियो सायद समझानाको तिखो काँडा भएर होलान पोलनको साटो आनन्द आइरहेको थियो।
यतिबेला ती दृश्यले मेरा आँखाहरू रसाहेका छन , समझानाका पानाहरु एक - एक गरी मेरा आखाँ अघाडि पल्टी रहेको छ, बालपनमा खेलेका ती दिनहरू, उकालि ओरालि हिँडेका पाइलाहरू आदि कुराले मन खुशी भएको छ।
नत कुनै छल कपट न कुनै भेदभाव निस्चल प्रेमले भरिएको त्यो बालापन आज समझानाको थुप्रो भएर मुटुको कुनाभित्र फसेको छ। जसलाई नत पैसाले किनेर फिर्ता लिन सक्छौ नत सुन चाँदीसंग नै साट्न सक्छौ।

पूर्व सिक्किम ,गान्तोक

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 आसाढ, 2075

लेखकका अन्य रचनाहरु