करोडौँकी थियौ हजारकी भइछौ
सानी, खुलेआम बजारकी भइछौ ।
तिमी, तिमी रहिनछ्यौ अचेल
अब, शृङ्गार पटारकी भइछौ ।
गुन्यौ र चोलिमा भेटिएकि थियौ
कति चाँडै कुर्ता सलवारकी भइछौ।
म सुन्दर घरमा देख्न चाहान्थे
अफसोच यसरी बारकी भइछौ ।
यो देश छ र पो तिमी छ्यौ यहाँ
ऐले देश बेच्ने गद्दारकी भइछौ ।
रुँघा-७, रुकुम ।
प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075