गजल

- कोमल भट्ट

स्वप्ना उडायो हुरीले
आशा ढलायो हुरीले

भो जिन्दगानी उजाड
रोजै सतायो हुरीले

हान्यो छुरा मर्म ताकी
साँच्चै छकायो हुरीले

छन् अश्रु धारा बलिन्द्र
साह्रै रुवायो हुरीले

धूलो पिठो भो भरोषा
लाठी घुमायो हुरीले

भेटिन्न छायाँ खुसीको
टाढा भगायो हुरीले

पैह्रो गयो चाहनामा
रित्तो बनायो हुरीले

छन्द – कान्जा चुली
विश्राम – ५ अक्षरमा

चन्द्रागिरी न.पा -१३ ,
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु