मानवता

- निलकमल छेत्री

दाजु बजार जानु हुन्छ ? मेरो प्रश्न थियो डाईवर दाजुलाई , हजुर बस्नुहोस् जान्छु भन्दै पैसा गन्नुहुदै थियो ,सायद दिनभरि कमाएको पैसा होला तेस्मा कति मालिकलाई दिनुपर्ने होला या आफ्नै गाडी होकि , यस्तै कुराहरु मनमा खेलाई रहेकोबेला |

- तपाइले देख्नु भयो आज याहाँमाथि गोलाईमा एउटा कुकुरलाई गाडीले हिर्काएछ भन्दै डाईवर दाजुको प्रश्न मलाई थियो
- ला..... होर मैले त देखिन त |

- हो नि हेर्नुहोस न अघि दिउसै देखि मैले देखेको त्यो कुकुर कति तड्पीरहेको छ, कस्तो मान्छे है बाटोमा राम्रो हेरेर गाडी चलाउनुपर्छ नि |
- तेही त दाई आजभोलि गाडी चलाउने तरिकाले यस्ता थुप्रै निर्दोषहरुको प्राण लिएको छ ,मानिसहरुले किन नबुझेका होलान |
- मलाई त जनवारहरुको सारै माया लाग्छ , मेरो घरमा पनि थुप्रै कुकुर –बिरालो छन , अझैपनि त्यो घाईते कुकुर त्यहाँ छ भने पानी पिलाई दिनुपर्यो तर गाडीमा त पानि छैन |

- हुन्छ नि दाजु मलाई तेस्तो हतार छैन ,फेरी हजुरले यस्तो राम्रो काम गर्नुहुदैछ तेस्मा म अतिनै खुशी छु , दाई उ पर भितामा एउटा पानीको बोतल रहेछ सायद तेस्मा पानी छ जस्तो छ ,गाडी रोक्नु होस् त , ल लिनु होश दाई यस बोत्तलमा पानी रहेछ गएर पिलाई दिउँ त्यो घाइते कुकुरलाई |
- ला.... भाइ पानि त भयो अब केमा हालेर पिलाउनु त , उ रोडको किनारमा एउटा खालि बोतल रहेछ म ल्याउछु ल |
- हुन्छ दाई : दाजु बजार जानु हुन्छ , फेरी अर्को प्रश्न , दुई जाना छौ भारा कति हो ? पानीको खालि बोतल ढुंगाले काट्दै गरेको डाईवरदाजु प्रश्को उतर दिदै
- हजुर जान्छु दुई जानाको चालिस रुपया लाग्छ , ल बस्नुहोस्
- गाडीको रफ्तार बड्यो कारण मलाई भन्दा पनि डाईवर दाईलाई त्यो घाइते कुकुरको धेरै माया थियो |
- देवराली छेऊ, गन्जु लामा दुवारको गोलैमा आइपुग्दा गाडी घ्च्क रोकियो
- गाडी किन याहाँ रोक्नु भएको दाजु? हामि त बजार पो जाने त् ,पछाडीबाट प्रश्न थियो |
- तेस्को उतर मैले दिए यहाँ अघि दिउसो एउटा कुकुरलाई गाडीले हिर्काएर घाइते भएको छ हरे, तेसैलाई पानि पिलाउनको निम्ति रोकेको गाडी

- हेर त भाइ अगी तिमीले बोकेको जमै पानि खाई सक्यो यो कुकुरले ,कति तिर्खाको रहेछ |
- तेही त दाई तपाइले ,मानिसको मन भित्र मनौता अझै पनि रहेको अर्थ बुजाउनु भयो ,
- अब म कुनै होटलबाट मासु भात लियाएर यसलाई दिन्छु ,अनि फेरी भएँन भने घरमा लान्छु , र भोलि डाक्टरकोमा लान्छु भन्दै गाडी फेरी चालु गर्नुभयो |
- अब ति दुई जाना पनि गाडी बाट उत्रिए , म पनि बजारमा उत्रे , र खुशी हुदै आफ्नो घरतर्फ लागे आज पनि मानौता जीवित रहेछ |

बिन्ति : सडकमा गाडी तेज न कुदाउनु होला , नत्र व्यर्थमा कसैको प्राण जान्छ , एक छिनको हतार भन्दा कसैको प्राण ठुलो छ यहाँ |

पूर्व सिक्किम ,गान्तोक

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु