शान्ति

- डिग बहादुर तामाङ्ग

पहाड हरु समुद्र उठाउन चिच्याउँदै थिए,
रुखहरु चुप लागेर हेरि रहेका थिए,
सूर्यले पृथ्वीमा प्रकाश दिई रहेका छन,
तर संसार अझै अनेकौं हिँसाहरु अंगाली रहेका छन,
धन कमाउने स्वार्थी मनले भरेकाहरुले
सेता परेवाहरु ढोकामा आयो जिन्तुनका हाँगा बोकेर तर मारियो,
संसारबासीहरु हतियार बनाउन र प्रयोगमा ल्याउन सारै कुशल छन,
अहिंसालाई पखा लगाएर
सबैको वरिपरि हिंसाको उदय भएका छन,
आवाजले बोल्ने बानि कुनैमा छैनन ।
आँखाको आँखाहरुले संसारलाई अन्ध बनाउँदै छन,
हामी पनि सबैजना एकै प्रकारका छौं,
शान्तिको धुरि नबनाएर आफू लुक्ने बङ्कर बनाई रहेका छौ ।
रगतसंग रक्तको मिश्रण गर्न नदिहोस ।
एउटा नयाँ सम्झौता बनाउन सके उपयोगी हुने थियो,
अरुलाई मूर्ख नबाउने भनेर, कान्तीले भरेको मोहरलाई,
शान्तिको मुस्कानले भर्नु होस,
सधै क्रोधित बानीलाई त्याग्नुहोस,
अनि यो संसारमा युद्ध होइन शान्तिको बिगुल बज्ने छन ।

मेरिल्याण्ड, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु