हिप्नाेटिजमका झ्याम्टा

- डा. विदुर चालिसे

काम गर्ने तिनीहरू थिएनन्
थिए गाैरवशाली इतिहासकाे,
मन्दिरका घण्टका ध्वनिहरूमा
रन्किरहने गुन्गुनाइका अाहालले
घनत्वका पावन धामका स्वरहरू !

स्पष्ट अनि ठाँटका मानिसहरू
निर्भीक भएर अाैंला ठड्याइरहेथे
पुराना पवित्र मर्यादाका अाशनबीच
हिप्नाेटिजमका झ्याम्टाहरू सँग
लुटपुटिदै दिवारका राता सिंदूरछेउ !

राज्यका उपेक्षाहरू
मानिसका अपेक्षाहरू
भन्भनाइरहन्थे भँवरा झैं
अभावका सिंडीहरूले सजिएर
कालान्तरदेखि कालान्तरसम्म
अन्धताकाे दरारहरू छेउछाउ !

अाशामुखीहरूकाे काँधमा
बजिरहन्थ्याे अाजकल पनि
तिनै हिप्नाेटिजमका झ्याम्टाहरू
घरिघरि दुर्दशाहरू खपेर अन्तिमा !

अावाजहरू बेप्रवाह थिए दवावका
छेकिरहेथे एकनासले झ्याम्टाहरू !
स्वचालित तालमा झ्याम्म झ्याम्म,
सलेदाेका पीडासँग रमाउँदै रातमा

जादूगरका समयहरू तरफ
हेरिरहेथेँ मेराे जीवनकाे लिला
मानिसहरू भाेगिरहेथे छटपट
ठाेकिरहेथे वेदनाकाे किला !

सहर अनि गाउँका जुलुसहरू
मागिरहेथे गाँस पनि कपास पनि
स्वाद चाटिरहेथ्याे तालुका पसिना
काेलाहलका मरूभूमिमा हराएका
उजाड बालुवाका स्वादिष्ट मनलाई !

उता पनि हिप्नाेटिजम थ्याे ज्यालाकाे
यता पनि हिप्नाेटिजम थ्याे ज्वालाकाे
शासकहरू बजाइदिन्थे झ्याम्टाका धुन
ज्यावल बनाइदिन्थे मानिसहरूलाई !

झ्याम्टा ! मसँगै दुखद भइदिन्थ्याे
उनीहरूका प्रत्येक पाइलामा सुखद !

प्रत्येक विहान बच्चाहरू बजाइरहेथे
प्रत्येक साँझ कच्चाहरू बर्बराइरहेथे
हिप्नाेटिजमले सजिएर झ्याम्टाहरूमा !

पुरानाे बाेतलका नयाँ पानीहरू
छचल्किरहेथे उष्मिलाे घामसँग
अाखिर पानी पानी नै थियाे त्यहाँ
तरल, तरल अनि तरल भएर जमेका,
पानीजस्तै हिप्नाेटिजमका धुनहरू !

अाज पनि महाजनकाे उर्दि छ है अाउनु रे !

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 जेठ, 2075

लेखकका अन्य रचनाहरु