मलाई मान्छे जस्तै भएर बाँच्न देऊ

- निलकमल छेत्री

निस्वार्थ संसारमा सवर्थको पाठ न पढाऊ मलाई

खुशीको संसारमा दुःखको सारंगी रेटेर न सुनाउ मलाई
मलाई मान्छे जस्तै भएर बाँच्न देऊ||

जनमिएको मात्र छु , तेरो र मेरो भन्न् नसिकाउ मलाई
दुधे बालखमै आफनो र अर्काको भाग छुटयाउन न सिकाउ मलाई
मलाई मान्छे जस्तै भएर बाँच्न देऊ||

भर्खर पाइला मात्र सार्न थालेको छु
त्यो आफनो आगन त्यो अर्काको भनि सिमाना लगाउन बाध्य न बनाउ मलाई
मलाई मान्छे जस्तै भएर बाँच्न देऊ ||

स्कूल जानथालेको छु, अर्थात् ज्ञान प्राप्त गर्न
त्यो संग न हिङ यो संग न हिड भनेर भेद भावको अन्तर गर्ने न बनाऊ मलाई
मलाई मान्छे जस्तै भएर बाँच्न देऊ ||

यथार्थ जीवनको परिभाषा जान्ने प्रयासमा छु
संसारिक माया मोहमा न अल्झाउ मलाई
मानव धर्म के हो भुझ्न खोज्दैछु सर्वथको बजारमा सजाउने कोशिस न गर मलाई
मलाई मान्छे जस्तै भएर बाँच्न देऊ ||

गान्तोक, पुर्व सिक्किम ,भारत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 जेठ, 2075

लेखकका अन्य रचनाहरु