भैरव अर्यालबारेका भ्रम र सच्चाइ

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

१. व्यक्ति परिचय
१९९३ साल असोज ५ गते ललितपुर जिल्लाको वmुपन्डोलमा होमनाथ अर्याल र खेचवmुमारीदेवी अर्यालका पा“च छोरा र छ छोरीमध्ये जेठा छोराका रूपमा जन्मिएका भैरव अर्यालको न्वारानको नाम तीर्थनाथ अर्याल हो । यिनी पठनपाठन र जागिरका क्षेत्रमा भैरवप्रसाद अर्याल र नेपाली साहित्यका क्षेत्रमा भैरव अर्यालका नामले परिचित छन् । तत्कालीन पुलिस विभागमा लेखापाल रहेका यिनका बाबु होमनाथको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले ठूलो परिवारलाई पालपोषण गर्न र छोराछोरीलाई उचित शिक्षादीक्षाको प्रबन्ध मिलाउन निकै कठिन परेको देखिन्छ । घरायसी आर्थिक अवस्था कमजोर हु“दाहु“दै पनि अनेक बाधा व्यवधान खप्दै आनो अध्ययनलाई निरन्तरता प्रदान गरी भैरव अर्यालले २०२६ सालमा नेपाली विषयमा एम्.ए. उत्तीर्ण गरे । यसबाहेक यिनले कलेज अ˚ सोलिडारिटी, बर्लिनबाट पत्रकारितामा डिप्लोमा गर्नाका साथै प्रारम्भिक शिक्षण प्रवीण र सेवाकालीन शिक्षण तालिम पनि प्राप्त गरेका थिए ।
भैरव अर्यालले पारिवारिक आर्थिक दुरवस्थाका कारण आनो अध्ययनकै क्रममा २०११ सालदेखि २०१३ सालसम्म भवानी प्राथमिक विद्यालय, कन्धनी डा“डा, पोखरा तथा २०१३ सालदेखि २०१५ सालसम्म इन्द्रायणी प्राथमिक विद्यालय, पासीखेल, काठमाडौंमा शिक्षण कार्य गरे । २००९ सालदेखि गला भासिई स्वर सुकेर क्रमशः मसिनिं“दै गएकाले यिनी शिक्षण पेसा छोडेर पत्रकारितातर्˚ लागे । यिनी हालखबर दैनिकका संशोधक (२०१५–२०१६) र उपसम्पादक (२०१६–२०१८) तथा सगरमाथा संवाद समितिका उपसम्पादक (२०१७–२०१८) भए । २०१८ सालमा गोरखापत्रको सहायक सम्पादक तथा २०२२ सालमा गोरखापत्र र मधुपर्कका उपसम्पादक भएका भैरव अर्यालले २०३० सालदेखि गोरखापत्र र मधुपर्कमा लेखरचना सम्पादक भई २०३३ सालसम्म काम गरे । यिनका अतिरिक्त भैरव अर्यालले ग्राम विकास पुस्तकालय तथा ज्ञानज्योति पुस्तकालय जोरपाटीका सहसचिव, प्राथमिक शिक्षक सङ्गठन कार्य समिति, नेपाली साहित्य संस्थान, नेपाल पत्रकार सङ्घ आदिको सदस्य, नया“ नेपाल पुस्तक घर गोकर्णको संस्थापक सदस्य र सचिव काम गरेका थिए ।
२००५ साल वैशाखमा शोभास“ग बिहे भई तीन छोरा र तीन छोरी जन्माएका भैरव अर्यालको आर्थिक र अन्य कतिपय कारणले गर्दा दाम्पत्य जीवन त्यति सुखद नभएको देखिन्छ । बाल्यकालदेखि नै कान पाक्ने रोगले ग्रसित भैरव अर्याल १६ वर्षको उमेरमै घा“टीको रोगले आक्रान्त भए । शल्यक्रियाबाट पनि त्यो रोग निको नभई गला सुकेर आवाज मसिनिएपछि ज्यादै निराश भएका भैरवको कवि वा नेता बन्ने धोको पनि त्यत्तिकै बिलायो । (सुवेदी, २०३४ ः १०) । सानैमा यिनका दुई जना भाइको मृत्यु हुनु, आनो बोली भासिनु, जागिरे भएर पनि परिवारका इच्छा आकाङ्क्षा पूरा गर्न नसक्नु, जागिरका क्रममा पनि अनेक व्यक्तिहरूबाट शोषित पीडित हुनु, यथोचित सम्मान नपाउनु, दाम्पत्य जीवन पनि सुखमय नहुनुजस्ता विविध कारणहरूबाट यिनको मानसिक सन्तुलन खल्बलिएको देखिन्छ । उच्च आकाङ्क्षा लिई उच्च अध्ययनसमेत गरेका भैरव अर्यालका जीवनमा घटित विविध घटनाहरूले यिनलाई वmुमार्गतिर धकेल्न थाल्यो । बा“च्नु निरर्थक ठानी तीनपटक विष सेवन र दुईपटक ˚ाल हानेर आत्महत्याको अस˚ल प्रयास गरेका भैरवले तेस्रो पटकको प्रयासमा आत्महत्या गरेरै छोडे । पटकपटकको विष सेवनबाट बचाइएका अर्याल पहिलो पटक पा“चखालको भिरबाट हाम˚ाल्दा रूखमा अड्किएर बा“चेका थिए भने दोस्रो पटक त्रिशूली नदीको पुलबाट हाम˚ाल्न लाग्दा भरिया आएर पुल हल्लिएकाले जोगिएका थिए भन्ने जानकारी पाइन्छ । भैरव अर्याललाई आपूm र क्षेत्रप्रताप अधिकारीलगायतले अनेक सम्झाउ“दा पनि केही नलागेपछि आत्महत्याका लागि अस˚ल प्रयास गर्नुभन्दा बाग्मती ककारोको वारिपट्टिको काठको पुल कसैले देख्दैनन्, त्यहीं“बाट हाम˚ालेर मर भनेको र भैरव हराए कतै पनि पाइएन भन्ने टेलि˚ोन आपूmकहा“ आउ“दा पारिपट्टि जानै पर्दैन वारिपट्टि नै काठको पुल नजिकतिर हेर भनेको अनि लास पनि त्यही“ भेटिएको वmुरा वासुदेव शर्मा लुइ“टेलले यस पङ्क्तिकारलाई बताएका थिए । यसरी अनेक अस˚ल प्रयासपछि अन्त्यमा भैरव अर्यालले २०३३ साल असोज १९ गते राती गोकर्णेश्वर महादेवको छेउको पहरो (बाग्मतीको ककारो) बाट हाम˚ालेर आत्महत्या गरी प्राण त्याग गरिदिए ।
भैरव अर्यालले एकै पटक भावावेशमा आएर आत्महत्या गरेका होइनन् । यिनले आनो जिन्दगीदेखि नै हार खाई मर्ने दृढ निश्चय गरेको वmुरा यिनको मृत्यृपछि यिनकै कोटका गोजीमा ˚ेला परेको राजिनामापत्रमा उल्लिखित ‘गोरखापत्रको सेवा छाड्नुको साथै म देश र धर्तीलाई छाड्दैछु, कारण मेरो अब केही गर्न नसक्ने भई भित्रैदेखि वmु“जि“दै आएकोले र कलम वा कोदाली केही चलाएर आपूm र आना आश्रितलाई संरक्षण दिन या देशको निम्ति केही गर्न नसक्ने भएकाले मैले आनो बा“च्नु पनि बेकार सम्झेको छु’ (अर्याल, २०३८ ः ११) भन्ने वmुराले पनि पुष्टि हुन्छ । समग्रमा पारिवारिक आर्थिक सड्ढट, विवृmत सामाजिक, राजनैतिक र शारीरिक संरचनाका कारण उत्पन्न हीनताभास र मानसिक असन्तुलन नै भैरव अर्यालको मृत्युका प्रमुख कारक देखिन्छन् ।
२. साहित्यिक परिचय
भैरव अर्यालको नेपाली साहित्यमा प्रवेश २०१३ सालमा ‘प्रतिभा’ शीर्षक कविताबाट भएको भनी धेरैले चर्चा गरेको पाइन्छ तर उनको नेपाली साहित्यमा प्रवेश भैरवप्रसाद शर्मा अज्र्याल नामबाट प्रकाशित ‘नया“ जीवन’ (प्रतिभा, १÷७, २००९ फागुन) शीर्षक कविताबाट भएको हो । भैरव अर्यालका छाप्नका लागि दिइएका कविताहरूमध्ये ‘कतिपय बनाइदिन्छु भन्नेहरूले बिगारिदिन्थे र कताकता पु¥याइदिन्थे र कतिपय छापिदिन्छु भनेर लैजान्थे र छापिन्थ्यो पनि तर भैरव अर्यालको नाममा होइन’ (सुवेदी, २०३४ ः ३) भन्ने भनाइबाट यिनी लेखनको शैशवावस्थादेखि नै अनेक व्यक्तिहरूबाट शोषित र पीडित भएको देखिन्छ । कविता, समालोचना र निबन्धका क्षेत्रमा कलम चलाउने भैरव अर्यालले केही पुस्तकहरूको सम्पादन र सहलेखन पनि गरेका छन् । गद्य र पद्य दुवैतिर कलम चलाए पनि भैरव अर्यालले मूलतः निबन्ध विधामा विशिष्टता प्राप्त गरेका छन् । नेपाली साहित्यको हास्यव्यङ्ग्य निबन्ध कित्ताका विशिष्ट व्यक्तित्वका रूपमा परिचित भैरव अर्यालका निम्नलिखित वृmतिहरू प्रकाशित छन् ः
निबन्ध सङ्ग्रह ः काउवmुती (२०१९),
जयभु“डी (२०२२),
गलबन्दी (२०२६),
प्रवेशिका निबन्ध सङ्ग्रह (२०२७),
इतिश्री (२०२८),
टेढो ऐना (२०६३) ।
कविता÷काव्य ः उपवन (२०१८),
राष्ट्रिय आ≈वान (२०१८),
विरही राम (२०२०) ।
समालोचना ः नेपाली काव्यमा प्रवृmति (२०३०),
दश औतार (२०३३) ।
सम्पादन ः साझा कथा (२०२५),
साझा निबन्ध (२०२५),
छ्याकन (२०२५, सह) ।
सहलेखन ः महेन्द्र माला–६,
व्यावसायिक शिक्षा–१, २, ३,
शिशु शिक्षा सामग्री परिचय माला १–१२ भाग ।
यिनका अतिरिक्त हालखबर, गोरखापत्र आदि पत्रिकाका विभिन्न स्तम्भमा भैरव अर्यालका सामाजिक, आर्थिक, राजनैतिक आदि विषयस“ग सम्बद्ध लेखरचनाहरू पनि प्रकाशित भएका छन् । यिनका लेखरचनाहरू अपरिचित, आत्रेय, वmुमुदिनी, बकम्फुस शर्मा, विष्णु शर्मा आदि उपनामबाट पनि प्रकाशित भएको बुझिन्छ ।
२०२२ सालको कविता महोत्सवमा सर्वप्रथम भई पुरस्कार तथा स्वर्णपदक प्राप्त गरेका भैरव अर्याल विभिन्न साहित्यिक प्रतियोगितामा समेत पुरस्वृmत भएका थिए । निःस्वार्थ साहित्य सेवा गरेबापत श्री ५ को सरकारबाट नगद पुरस्कार (२०२४ र २०३१) प्राप्त गरेका अर्यालले शुभराज्याभिषेक पदक (२०३१) पनि प्राप्त गरेका थिए । यी सामान्य पुरस्कार र सम्मानबाहेक आनो जीवनकालमा अपमान र भुक्तमान मात्र पाएका अर्याललाई मराणोपरान्त केही सम्मान गर्न थालिएको छ । कौवा प्रकाशन र वासुदेव शर्मा लुइ“टेलको सक्रियतामा २०४६ सालमा विभिन्न व्यक्ति र संस्थाबाट चन्दा सड्ढलन गरी सार्वजनिक रूपमा एउटा अक्षयकोश खडा गरेर त्यसको व्याजबाट प्रत्येक वर्ष भैरव अर्यालको जन्मजयन्तीको अवसरमा नेपाली भाषा र नेपालका अन्य राष्ट्रिय भाषामा छापिएका उत्वृmष्ट हास्यव्यङ्ग्य रचना, रचनाकार, हास्यकलाकार वा प्रकाशन संस्थालाई पुरस्वृmत गर्ने उद्देश्यले भैरव पुरस्कारको स्थापना गरिएको छ भने नेपाली हास्यव्यङ्ग्यका Ôेत्रमा कलम चलाउने नवोदित प्रतिभालाई प्रोत्साहन गर्ने अभिप्रायले २०४८ सालमा भैरव नवप्रतिभा पुरस्कारको व्यवस्था गरिएको छ । २०३८ सालमा आत्मदेव शर्मा र विद्यादेव शर्माले नेपाली हास्यव्यङ्ग्य साहित्यको संवद्र्धन तथा विकासका लागि यसको वmुनै एक पक्षमा अनुसन्धान गर्ने नेपाली स्नातकोत्तर तहका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक शैक्षिक वर्षमा त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने गरी भैरव–वासुदेव छात्रवृत्तिको समेत स्थापना गरी भैरव अर्यालप्रति सम्मान व्यक्त गरेका छन् ।
३. भैरव अर्यालको निबन्धयात्रा
भैरव अर्याललाई ‘खोलापारिका पुरेत बाजे’ (हालखबर, २०१३) शीर्षकको निबन्धबाट नेपाली निबन्धका ˚ा“टमा देखापरेका भनी धेरैले उल्लेख गरेका छन् तर उनको नेपाली निबन्धमा प्रवेश पुरेत बा (खोलापारि) प्रचार मन्त्री–प्रचण्ड पुरोहित परिषद् नामबाट हा“स्नुहुन्छ भन्ने स्तम्भमा प्रकाशित ‘सरकारले दुलो खोज्नुपर्ला’ (हालखबर, २०१४ वैशाख २५) शीर्षकको निबन्धबाट भएको हो । मूलतः हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालका उल्लिखित थुप्रै हास्यव्यङ्ग्य निबन्ध प्रकाशित छन् । यिनै निबन्धहरूका आधारमा भैरव अर्यालको निबन्धयात्राको चरण विभाजन गर्नुपर्छ । साहित्यकारहरूको साहित्ययात्रालाई जति बढी चरणमा विभाजन ग¥यो त्यति नै महान् समालोचक ठान्ने प्रवृत्तिरूपी रोगले नेपाली समालोचनाजगत् आक्रान्त छ । यस रोगबाट भैरव अर्यालको निबन्धयात्रा पनि अछुतो रहनसकेको छैन ।
वmुनै पनि साहित्यकारका साहित्ययात्राको चरण विभाजन गर्नु भनेको उसको लेखनका क्रममा देखा परेका उल्लेख्य आरोहावरोह, घुम्ती वा मोडको निक्र्यौल गर्नु भएकाले यसलाई घटाएर ज्यादै कम गर्नु र बढाएर थुप्रो लगाउनु उपयुक्त हु“दैन । लेखन–प्रकाशनको थालनी, फुटकर रचना तथा सङ्ग्रहको प्रकाशन, लेखनका क्रममा देखा परेका प्रवृत्तिगत परिवर्तन र वैभिन्य, वृmतिको परिमाण र गुणस्तर, सक्रिय र निष्क्रिय लेखन अवधि, विधागत प्रधानता, प्रवृत्तिगत अन्तर्विकास, वैचारिक, भाषिक, शैल्पिक परिष्कार, परिमार्जन र नवीन प्रयोगजस्ता विभिन्न आधारमा साहित्यकारका साहित्ययात्राको चरण विभाजन गर्नुपर्दछ । यिनै आधारमा अध्ययन गर्दा २०१४ सालदेखि हास्यव्यङ्ग्य निबन्ध लेखनतर्˚ लागी २०३३ सालमा चिरविश्राम लिएका भैरव अर्यालको दुई दशक लामो लेखन अवधिलाई दुई चरणमा विभाजन गर्नु उपयुक्त हुन्छ । यो दुई दशक लामो समयावधिमा पनि मूलतः २०१८–२०२८ का बीचको एक दशकको अवधि नै भैरव अर्यालका लेखन–प्रकाशनको मुख्य अवधि हो र यिनका प्रमुख चारवटा निबन्ध सङ्ग्रह यसै बीचमा प्रकाशित भएका छन् । २०१३ साल अर्यालका रचना प्रकाशनको थालनीको समय भएकाले र २०२८ पछि यिनका ‘एउटा संवाद’, ‘कालाका बीचमा गोरो’ जस्ता केही निबन्धात्मक रचना प्रकाशित भएकाले त्यस समयावधिलाई छोड्न नमिल्ने देखिन्छ तर भैरवको लेखन प्रकाशनको प्रमुख अवधिचाहि“ २०१८ देखि २०२८ नै हो । यसर्थ यिनको पहिलो चरणको प्रमुख अवधि २०१८–२०२२ र दोस्रो चरणको प्रमुख अवधि २०२२–२०२८ भएको स्पष्ट हुन्छ । यी दुवै चरणको प्रवृत्तिगत विश्लेषण तल गरिन्छ ः
३.१ पूर्वार्ध (२०१४–२०२२) ः पहिलो चरण
शिक्षण पेसा छोडेर हालखबर, गोरखापत्रजस्ता पत्रिकामा काम गर्न थालेपछि पत्रिकामा विभिन्न स्तम्भ लेख्ने क्रममा भैरव अर्यालको लेखनकला परिष्वृmत, परिमार्जित र विकसित हु“दै गई निबन्ध लेखनमा पनि निरन्तरता आउन थाल्यो । रूपरेखा, रचनाजस्ता पत्रिकामा यिनका निबन्धहरू प्रकाशित हुन थाले । यसै क्रममा एघारवटा निबन्धको स“गालो काउवmुती (२०१९) प्रकाशित भयो । यसले निकै लोकप्रियता हासिल गरेकाले यिनले आनो लेखनलाई अझ गतिशील तुल्याउ“दै लगे र मुवmुट, सिंहनाद, द्यौराली, रचना, सगुनजस्ता पत्रिकामा यिनका निबन्धहरू छापि“दै गए । यसै सिलसिलामा जयभु“डी (२०२२) निबन्ध सङ्ग्रह प्रकाशित भयो । यसै समयमा यिनका कविता सङ्ग्रहहरू पनि प्रकाशित भएका देखिन्छन् । काउवmुती र जयभु“डी भैरव अर्यालको यस चरणका प्रतिनिधि निबन्ध सङ्ग्रह हुन् र यिनकै केन्द्रीयतामा यिनका निबन्धात्मक प्रवृत्ति केलाइन्छ ।
भैरव अर्यालका यस चरणका निबन्धहरूमा सामाजिक र मानवीय वैयक्तिक कमजोरी, दुष्प्रवृत्ति, राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा व्याप्त विस·ति, विवृmतिहरूजस्ता विषयवस्तुलाई हास्यात्मक रूपमा प्रस्तुत गरेको देखिन्छ । लबस्त¥याइ“, अमानवीयता, अनैतिकता (‘लबस्तराको ओखती’), वैयक्तिक मपाइ“त्व (‘मपाई“’), छुल्याइ“, झुल्याइ“, (‘ब्र≈माको प्रयोगशालाबाट’, ‘पख्नोस्’), चाकडी, चाप्लुसी, चुक्ली, (‘चरिचुच्चे च’) छुद्रताजस्ता विषयवस्तुको प्रयोग पाइने यिनका निबन्धमा विविध खाले सामाजिक र मानवीय कमीकमजोरी (‘हा“सोको जात थर’, ‘टी पार्टी’) को चित्रण पनि पाइन्छ । विदेशिनु पर्ने र बेचिनुपर्ने नेपाली युवायुवतीको विवशता, सामाजिक–आर्थिक समस्या तथा सामाजिक–आर्थिक विषमता, सामन्ती शोषणजस्ता विषयवस्तुको कलात्मक प्रस्तुति क्रमशः ‘लाहुरेको यात्रा संस्मरण’ र ‘जयभु“डी’ जस्ता निबन्धमा र नेपालीहरूको भोलिवादी सामाजिक दुष्प्रवृत्तिको चित्रण ‘जयभोलि’ निबन्धमा गरिएको छ । दरबारिया यौन विवृmति तथा शिक्षित महिलाका वmुलत र कमजोरीको चित्रण क्रमशः ‘बाबु साहेबको लभ’ र ‘कन्या केटी खोज्दा’ निबन्धमा पाइन्छ । नेपाली समाजका ठूलाबडाहरूका चारित्रिक दुर्बलताको कलात्मक वर्णन ‘महापुरुषको संगत’, निबन्धमा र सहरियाहरूको विवृmत व्यवहारबाट उत्पन्न ˚ोहर र प्रदूषित वातावरणको सुन्दर चित्रण ‘अमरावती कान्तिपुरी नगरी’ निबन्धमा भएको छ । युगीन नेपाली राजनैतिक गतिविधि (२००७–२०१७) र नेताका वmुटिल चरित्रको जीवन्त प्रस्तुति ‘नेता नम्बर एक सय एक’ र मानवीय पाशविकता एवं वैज्ञानिक उन्नतिबाट उत्पन्न समस्याको चित्रण ‘पशु, पशुपति र मान्छे’ निबन्धमा गरिएको छ । अन्तर्राष्ट्रिय राजनीति, ठूला राष्ट्रहरूको प्रभुत्व, संयुक्त राष्ट्र सङ्घको दुर्दशा, आपसी गुटबन्दी र खिचातानीजस्ता अन्तर्राष्ट्रिय विषयवस्तुको नेपाली सन्दर्भमा प्रस्तुति ‘अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन’ र ‘चन्द्रलोक कसको ?’ निबन्धमा पाइन्छ । पौराणिक विषयवस्तुलाई नेपाली राष्ट्रिय सन्दर्भमा प्रस्तुत गरिएको निबन्ध ‘मिस्टर एन.मुनि नेपालमा’ हो । नेपाली साहित्यमा देखापरेका प्रयोगवादी र झर्रोवादी अभिव्यक्तिगत अन्यौलको रोचक प्रस्तुति ‘नया“ भाखा र नया“ कवित्त’ निबन्धमा पाइन्छ ।
भैरव अर्यालले यस चरणका आना अधिकांश निबन्धमा परम्परित र कतिपय नवनिर्मित उखानहरूको प्रयोग गरी निबन्धलाई रोचक तुल्याएका छन् । यस अवधिका यिनका अधिकांश निबन्धहरूमा सहज, स्वाभाविक, आकर्षक र रागात्मक भाषाशैलीको प्रयोग पाइन्छ । झर्रा शब्दको आधिक्य, केही हिन्दी र नेवारी वाक्य, अङ्गे्रजी र नेपाली मिश्रित शब्द, नेपाली जनजिब्रोमा प्रचलित ‘चाहिने जो’, ‘जो छन् सो’ जस्ता थेगोको प्रयोग अर्यालका यस अवधिका निबन्धमा पाइने विशेषता हुन् । यिनका निबन्धमा सुटेड बुटेड, इन्सल्ट, रिसेप्सन, प्रमोशन, मार्केटिङ, सेक्रेट, कमिटी, लभर, मास्टर, एडिटर, मिनिस्टर, डाइरेक्टर, इन्स्पेक्टर, डाक्टरजस्ता नेपाली जनमानसमा पचिसकेका अङ्गे्रजी शब्दको प्रयोग पनि पाइन्छ । निबन्धमा प्रयुक्त यी अङ्गे्रजी शब्दहरूले निबन्धलाई स्वाभाविकता प्रदान गर्न तथा भाषामा तुकबन्दी र अनुप्रास मिलाउन सहयोग पु¥याएका छन् । शब्दार्थगत चमत्वृmति, आनुप्रासिकता, कवितात्मकता तथा उपमादि अलड्ढारको प्रयोग भैरवका निबन्धयात्राको यस अवधिका उल्लेख्य प्रवृत्ति हुन् । प्रथम पुरुष र तृतीय पुरुष दुवै दृष्टिबिन्दुमा रचिएका यी निबन्धहरूमध्ये ‘महापुरुषको संगत’ र ‘टी पार्टी’ अपेक्षावृmत केही लामा भए पनि अन्य सबै निबन्धहरू सालाखालामा उस्तैउस्तै खालका संक्षिप्त आयाममा संरचित छन् । यस अवधिका ‘जयभु“डी’, ‘पशु, पशुपति र मान्छे’, ‘जयभोलि’, ‘अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन’ जस्ता केही निबन्धहरूमा व्यङ्ग्य प्रबल भए पनि अधिकांश निबन्धहरूमा हास्य नै प्रबल र सशक्त रूपमा आएको देखिन्छ । यसको तात्पर्य हास्यप्रधान निबन्धमा व्यङ्ग्य नै नपाइनेचाहि“ होइन, मात्रात्मक ˚रक मात्र हो । कथात्मकता र नाटकीयताको सिर्जना, विभिन्न पात्रहरूको प्रयोग, आपूmले चिनेजानेका पात्रका अतिरिक्त स्वदेशी तथा विदेशी ऐतिहासिक र पौराणिक पात्रहरूको प्रयोग यस चरणका भैरवका निबन्धमा पाइने महŒवपूर्ण प्रवृत्ति हुन् । ‘चन्द्रलोक कसको ?’, ‘पशु, पशुपति र मान्छे’, ‘मिस्टर एन. मुनि नेपालमा’ जस्ता निबन्धमा ऐतिहासिक र पौराणिक पात्रहरूको जीवन्त चित्रण पाइन्छ । लेखनको सुरुतिरैदेखि भाषामा अधिकार प्राप्त वmुशल शब्दशिल्पीका रूपमा देखिएका अर्याल आत्मपरक वा वस्तुपरक ढ·ले कथ्यलाई शीर्षककै परिधिमा घुमाउने कलामा निपुण छन् ।
एउटै निबन्धमा एकभन्दा बढी विषयको कलात्मक प्रस्तुति अर्थात् उपकथाको संयोजन पाइने यस अवधिका भैरव अर्यालका निबन्धमा सामाजिक, आर्थिक, राजनैतिक, वैयक्तिक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिवेशको चित्रण कतै आत्मपरक र कतै वस्तुपरक ढ·ले गरिएको छ । हास्यको प्रबलतामा व्यङ्ग्य प्रवाहित भएको यस चरणका भैरवका निबन्धमा काल्पनिकता र शाब्दिक चमत्कारको बहुलता पाइन्छ । टुक्रे घटना वा प्रस·का बीचमा अन्विति प्रदान गरिएका यी निबन्धको प्रस्तुतिमा क्रमशः नवीन बान्की देखिन थालेको छ । तत्सम शब्दको न्यूनता र झर्रा एवं अङ््रग्रेजी शब्दको अधिकता, थेगो, उखान, टुक्का, तुकबन्दी र अनुप्रासको बहुलता पाइने यिनका यस चरणका निबन्धहरूको मुख्य उद्देश्य विविध क्षेत्रमा विद्यमान विस·ति र विवृmतिलाई उदा·ो पारेर पाठकका भु“डीमा काउवmुती लगाउ“दै ह“साउनु नै रहेको देखिन्छ ।
३.२ उत्तरार्ध (२०२२ – २०३३) ः दोस्रो चरण
जयभु“डीपछिका भैरव अर्यालका निबन्धमा हास्यभन्दा व्यङ्ग्य प्रबल रूपमा देखा पर्नाका साथै विषयवस्तुको चयनमा सूक्ष्मता र भाषिक शिल्प सौन्दर्यमा थप ओज प्राप्त भएको देखिन्छ । यिनै प्रवृत्ति निबन्धकार अर्यालका निबन्धयात्राको पहिलो र दोस्रो चरणका विभेदक रेखा हुन् । यस समयमा लेखिएका यिनका निबन्धहरू रचना, रत्नश्री, रमझम, सगुन, अर्पण, अरुणोदयजस्ता विभिन्न पत्रपत्रिकामा छापिएका छन् र तिनको स“गालो गलबन्दी (२०२६) प्रकाशित भएको छ । यसै समयमा यिनको प्रवेशिका निबन्ध सङ्ग्रह (२०२७) पनि छापिएको छ, तर त्यो पाठ्यपुस्तक भएकाले यसमा अन्य प्रवृत्तिका सामान्य निबन्धहरू मात्र सङ्गृहीत छन् । यसपछि प्रगति, खर्पन, अभिव्यक्ति, रमझम, अर्पण आदि पत्रिकामा प्रकाशित अर्यालका निबन्धहरू इतिश्री (२०२८) मा सड्ढलित छन् । इतिश्रीपछि यिनका थोरै निबन्ध मात्र प्रकाशित भएका र तिनमा वmुनै खास विशिष्टता नपाइने हुनाले इतिश्री नै यिनका लेखनको पनि इतिश्री हो । यस समयावधिका प्रतिनिधि रचना गलबन्दी र इतिश्रीकै केन्द्रीयतामा भैरव अर्यालको यस चरणका निबन्धात्मक प्रवृत्ति केलाइन्छ ।
यस अवधिका भैरव अर्यालका निबन्धमा अनेक प्रकारका सामाजिक, मानवीय राष्ट्रिय–अन्तर्राष्ट्रिय विस·ति, विवृmति, दुष्प्रवृत्ति, कमी, कमजोरीहरूजस्ता विषयवस्तुको व्यङ्ग्यात्मक प्रस्तुति पाइन्छ । वmुलतबाट मुक्त हुन नसक्ने (‘चुरोट केही झिलिमिली संस्मरण’), आपूmलाई जसरी भए पनि उत्तम साबित गर्न खोज्ने (‘गलबन्दी’), बिर्सने वा बिर्सेको बहाना गर्ने (‘ए ज्या भुसुक्कै’), लोभ लालच, कञ्जुस्याइ“ गर्ने (‘कन्जूस’), अरूलाई उडाउ“दा आनन्द मान्ने (‘उडाउनुसित एकछिन उड्दा’) जस्ता मानवीय कमजोरीहरूलाई कतै यथार्थपरक र कतै अतिरञ्जनात्मक ढ·ले प्रस्तुत गरिएको छ । समस्याग्रस्त नेपालीहरुका विवशता, बाध्यता (‘टाउको’), नेपाली जनजीवनमा व्याप्त विस·ति, भ्रष्टाचार, अनैतिकता (‘आलु’), नैतिकताविहीन आचरण र व्यवहार (‘उन्नतिको शिखरतिर’), नेपालीहरूको आर्थिक विपन्नता, प्रशासनिक अव्यवस्थितता, घुसखोरी, ढिलासुस्ती, दुर्बलता, विस·ति (‘हराम पा“डे हजूर’) को चित्रण पनि यिनका निबन्धमा पाइन्छ । अरूले गरिखाएको देखिनसहने प्रवृत्ति, छल, कपट, धुत्र्याइ“, धोका, बेरोजगारी, गरिबी, घमण्डजस्ता राष्ट्रिय रोगलाई निको पारी देशलाई स्वस्थ रूपमा अघि बढाउने चाहना ‘केही राष्ट्रिय रोग ः एक अनुसन्धान’ निबन्धमा व्यक्त भएको छ । पदलोलुपता, भ्रष्टाचार, निजी स्वार्थजस्ता नेपाली प्रवृत्तिको चित्रण ‘विवृmति प्रतियोगिताको आयोजक समिति’ निबन्धमा पाइन्छ । नेपालीहरुको सामाजिक, आर्थिक असमानता र वर्गीय विभेदको कलात्मक प्रस्तुति ‘भान्सा भो हजूर’ मा गरिएको छ भने वैज्ञानिक, भौतिक, यान्त्रिक उन्नतिबाट उत्पन्न वृmत्रिमता र नकारात्मकताबाट हुने मानवीयताको ह«ासप्रति व्यङ्ग्य प्रहार ‘मान्छे मोडेल १९६७’, ‘पच्चीसौं शताब्दी अ·प्रत्य·मा’, ‘आधा घण्टा’, ‘सम्भावित दुनिया“’, ’आस्थाको ˚ाइल’ जस्ता निबन्धमा गरिएको छ । यी रचनाहरू भैरवका प्रयोगधर्मी निबन्धका रूपमा रहेका छन् ।
साहित्यिक जगत्का विस·ति एवं नेपाली कवि, साहित्यकार–हरूका दुर्दशा र लिंडेपनको रोचक प्रस्तुति ‘सात सूत्रीय साहित्य दर्पण’ र ‘कवि चमे्रलजी एक शब्दचित्र’ मा पाइन्छ । विश्वका ठूला शक्तिराष्ट्रका नेताहरूको स्वेच्छाचारी प्रवृत्ति, शासक र शासितहरूको अवस्था, शक्तिशाली राष्ट्रको जुधाइमा साना राष्ट्रको पिसाइको सुन्दर प्रस्तुति ‘सा“ढे’ मा गरिएको छ । यस्तै गरी सर्वत्र ˚ैलिएको कालो–बजारीको चित्रण ‘असनको डबली’ मा र आनै साथीहरूबाट भोगिएका भुक्तमान र षड्यन्त्रको चित्रण ‘साथी, साथी र साथी’ निबन्धमा पाइन्छ । यस समयावधिका भैरव अर्यालका निबन्धमा जात ˚ाल्नु गहता झोलमा (‘चुरोट केही झिलीमिली संस्मरण’) लाटा देशा“ गा“डो तन्नेरी (‘गलबन्दी’), आलु खाएर पेंडाको धाक (‘आलु’), छाती रित्तो पनि रहेन, ढिंढो निस्तो पनि रहेन (‘पच्चीसौं शताब्दी अ·प्रत्य·मा’), ज्वाइ“ न स्वाइ“ अगुल्टाले च्वाइ“ (‘सा“ढे’) जस्ता केही उखानहरूको प्रयोग पाइए पनि पहिलो चरणको तुलनामा निकै कम भएको देखिन्छ ।
भैरव अर्यालको पहिलो चरणमा पाइने झर्रा शब्दको अत्यधिक प्रयोग यस चरणमा न्यून हुन गएको छ । ‘हराम पा“डे हजूर’, ‘कञ्जूस’ जस्ता केही निबन्धमा झर्रा शब्दको अधिक प्रयोग पाइए पनि अधिकांश निबन्धमा झर्रा र तत्सम शब्दको सन्तुलित प्रयोग भेटिन्छ । तुकबन्दी जोड्ने पहिलो चरणको प्रवृत्ति यस चरणमा पनि कायमै रहेको छ । सापेक्षित रूपमा प्रतीकात्मक अभिव्यक्तिमा तीव्रता आउनु यस चरणको छुट्टै वैशिष्ट्य हो । परमानेन्ट, एभेलेबेल, इन्सल्ट, अपटुडेट, कम्प्रोमाइज, स्ट्यान्डर्ड, अर्डर, रिसेप्सनिस्ट, इन्टरनेशनल मार्केट, रेडिमेड, कन्ट्य्राक्टर, काउन्टर, कमिशन, प्रडक्सन, लाइसेन्स, सेन्स, प्रसेसन, क्लिनिक, साइनबोर्ड, मेन्टल हस्पिटल, आयक्टिभिटी, पेसेन्ट लिस्ट, वेटिङ लिस्ट, ब्लडपे्रसर, आड्भान्स, एकाउन्टेन्ट, कर्पोरेशन, प्रोक्योरमेन्टजस्ता विभिन्न अङ्गे्रजी शब्दको प्रयोग गर्ने पहिलो चरणको प्रवृत्ति यस चरणमा पनि कायमै देखिन्छ । ‘पच्चीसौं शताब्दी अ·प्रत्य·मा’ र ‘केही राष्ट्रिय रोग एक अनुसन्धान’ निबन्धमा सापेक्षित रूपमा अङ्गे्रजी शब्दको बढी प्रयोग पाइन्छ । यस अवधिमा यिनले महाजनेन्डिस, चमेरिया, पदपे्रसर, हाइपदपे्रसर, लोपदपे्रसर, टाइमचोर, नेपालोप्याथी, पोजिसनबद्ध, पकेटोक्य्रासिसजस्ता नया“ शब्दहरूको पनि निर्माण गरेका छन् । यस चरणमा पनि पहिलो चरणमा झैं प्रथम पुरुष र तृतीय पुरुष दुवै दुष्टिबिन्दुमा निबन्धहरू रचिएका छन् । ‘चुरोट केही झिलिमिली संस्मरण’, ‘कवि चमे्रजली एक शब्दचित्र’ जस्ता निबन्ध अपेक्षावृmत केही लामा देखिए पनि अरू निबन्धहरू सरदर संक्षिप्त आयामकै छन् । कथात्मकता र नाटकीयताको सिर्जना एवं चरित्र केन्द्रित निबन्धको रचना यस चरणमा पनि गरिएका छन् । ‘टाउको’ ‘गलबन्दी’, ‘ए ज्या भुसुक्कै’ ‘सा“ढे’ जस्ता निबन्धमा ऐतिहासिक र पौराणिक पात्रको प्रयोग पाइन्छ भने ‘चुरोट केही झिलिमिली संस्मरण’, ‘साथी, साथी र साथी’ मा आना परिचित मित्रहरू र अरू कतिपयमा अनेक पात्रका माध्यमबाट कथ्यलाई गतिशील तुल्याइएको छ । यस्ता विभिन्न पात्रका माध्यमबाट हास्यको आवरणमा व्यङ्ग्यको प्रबलता पाइनु यस चरणको उल्लेखनीय विशेषता हो ।
एउटै निबन्धमा एकभन्दा बढी विषयवस्तुको प्रयोग गर्ने भैरव अर्यालको पहिलो चरणको प्रवृत्ति यस चरणमा पनि कायमै रहेको देखिन्छ । परिवेशगत आधारमा यिनका पहिलो चरणमा पाइने प्रवृत्तिमध्ये अन्तर्राष्ट्रिय परिवेशको चित्रणमा न्यूनता र अन्यमा समता पाइन्छ । अर्थ चमत्कार, शिल्पसौन्दर्य, रागात्मकता, प्रतीकात्मकता, भाषा शिल्पगत परिष्वृmति, व्यङ्ग्यको प्रधानतामा हास्य, हास्य र व्यङ्ग्यको सन्तुलन, आलड्ढारिक अभिव्यक्ति, नवीन पाराले उपमाको प्रयोग, आनुप्रासिक आधिक्य, टुक्रे घटनावलीको क्रमबद्ध प्रस्तुति, एउटै निबन्धमा अनेक विषयवस्तुमाथि व्यङ्ग्य यस चरणका भैरव अर्यालको निबन्धकलाका उल्लेखनीय प्रवृत्ति हुन् । वैयक्तिक र सामाजिक क्षेत्रका कमीकमजोरीहरूको उद्घाटन, कथात्मकता र नाटकीयता, ऐतिहासिक, पौराणिक र सामान्य पात्रको प्रयोग, अङ्गे्रजी शब्द, तुकबन्दी, उपमा, अनुप्रासको प्रयोगजस्ता प्रवृत्ति यिनका दुवै चरणका निबन्धमा पाइने साझा प्रवृत्तिका रूपमा रहेका छन् ।
विषयवस्तुगत स्थूलता, हास्य प्रबलता र व्यङ्ग्य न्यूनता, झर्रा शब्द र उखान प्रयोगमा अधिकताजस्ता पहिलो चरणका उल्लेखनीय प्रवृत्तिहरू दोस्रो चरणमा पाइ“दैनन् । विषयवस्तुगत सूक्ष्मता, व्यङ्ग्य प्रबलता र हास्य न्यूनता तथा दुवैको सन्तुलन, उखानको प्रयोगमा न्यूनता, बढी प्रतीकात्मकता, प्रयोगशीलता, भाषाशिल्प अझ परिष्वृmत, परिमार्जित र रागात्मक, झर्रा शब्दको कमी, तत्सम र तद्भव शब्दको सन्तुलित प्रयोगजस्ता प्रवृत्तिहरू दोस्रो चरणमा पाइने पहिलो चरणका भन्दा पृथक् प्रवृत्ति हुन् । पहिलो र दोस्रो दुवै चरणका सामाजिक विषयवस्तुमा आधारित निबन्धमा काठमाड्यौंली निम्नमध्यमवर्गीय परिवारभन्दा टाढा जान नसक्नु, कतिपय निबन्धमा अतिशय आगन्तुक र झर्रा शब्दको प्रयोग गर्नु, अनावश्यक तुकबन्दी जोड्नु यिनको निबन्धकलाका खड्वm“दा पक्ष हुन् ।
४. भैरव अर्यालका निबन्धगत प्रवृत्ति
भैरव अर्याल सामान्य र बौद्धिक दुवै खाले पाठकका लागि उत्तिकै आस्वाद्य निबन्ध लेख्ने हास्यव्यङ्ग्य निबन्धकार हुन् । ‘हास्यव्यङ्ग्यात्मक निबन्धहरूमा प्रस·हरूको ˚ेरो बा“धी मान्छेका दुर्बलता, हाम्रो सामाजका विवृmति र विरोधाभासहरू एवं युगका व्यथा र आधुनिक मान्छेका बिलौनाहरूलाई व्यक्त गर्ने अर्यालको प्रयास छ’ (अर्याल, २०२५ ः १२) भन्ने भनाइअनुसारकै गराइ अर्यालका निबन्धमा पाइन्छ । ‘एकथरी ठान्लान् हास्यव्यङ्ग्य भनेको अरूलाई उडाएर हा“स्ने कला हो तर त्यो उडाउने ‘अरू’ व्यक्तिमा सीमित र≈यो भने त्यस व्यङ्ग्यले हास्यको होइन वैमनस्यको सिर्जना गर्दछ । त्यसैले व्यङ्ग्य व्यक्तिको होइन, व्यक्तिभित्रका अड्मिल्दा, बिब्ल्या“टा र बिग्याहा प्रवृत्तिमाथि हुनुपर्छ जसले साधारणीवृmत भई त्यस खालका प्रवृत्ति हुनेहरू सबैलाई छुन सकोस् । अरू विधा दाल, भात, तरकारी भए व्यङ्ग्यविनोद अचार हो । साहित्यका अरू विद्याजस्तै हास्यव्यङ्ग्य पनि विचारमा होइन, कलामा टल्कन्छ, कलामै चिरायु हुन्छ ।’ भन्ने भैरव अर्यालको दृष्टिकोण रहेको छ । वास्तवमा हास्यव्यङ्ग्य भनेकै यही हो र यसलाई विभिन्न विधामा अन्तर्मिश्रित गरेर विवृmतिलाई देखाउने, ह“साउ“दै छेडपेच गर्ने र सुधारतर्˚ अभिपे्ररित हुन सड्ढेत गर्ने सशक्त साहित्यिक साधन मान्न सकिन्छ । भैरव अर्यालले आना सबैजसो निबन्धमा यिनै विषयवस्तु तथा प्रवृत्तिको प्रस्तुति सहज, स्वाभाविक र कलात्मक पाराले गरेका छन् र यिनका निबन्धमा अन्तर्मिश्रित हास्यव्यङ्ग्यमा पनि यस्तै प्रवृत्ति पाइन्छ ।
वैयक्तिक, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा व्याप्त विवृmत र विसङ्गत विषयवस्तुको निबन्धात्मक प्रस्तुति, मानवीय नैसर्गिक दुराचारी र दुष्प्रवृत्तिको सुन्दर वर्णन, मानवीय कमजोरी र सामाजिक विस·तिको जीवन्त अभिव्यक्ति, युगीन, सामाजिक, आर्थिक, राजनैतिक अस्तव्यस्तताको चित्रण, सामाजिक आदर्शभन्दा यथार्थको कलात्मक वर्णन, नेपालीहरूका समस्या, विवशता र बाध्यताको मार्मिक चित्रण, भौतिक उन्नतिबाट उत्पन्न धर्म, संस्वृmति र मानवीय मूल्यको ह«ासजस्ता विवृmतिको प्रस्तुति, प्रशासनिक अव्यवस्थितता, घुसखोरी, भ्रष्टाचार र ढिलासुस्तीप्रति कठोर प्रहार, दुष्प्रवृत्तिलाई पनि वैयक्तिक आक्षेप र गालीगलौजविना नै शिष्ट, सभ्य र मर्यादित ढ·ले सामान्यीवृmत रूपमा प्रस्तुत, आर्थिक असमानता, बेरोजगारी र गरिबीको जीवन्त चित्रण, नेपाली भाषासाहित्य र साहित्यकारहरूमा देखिने विवृmति र कमजोरी एवं साहित्यकारहरूका दुर्दशाहरूको कलात्मक वर्णन,राजनैतिक परिवेश र नेताहरूका दुश्चरित्रको प्रस्तुति, अन्तर्राष्ट्रिय राजनैतिकजगत्का दुष्प्रवृत्ति र शक्तिराष्ट्रका स्वेच्छाचारी प्रवृत्तिको चित्रण, सुरुमा हास्यको प्रधानतामा व्यङ्ग्य र पछि व्यङ्ग्यको प्रधानतामा हास्यको प्रयोग, अभिव्यक्तिगत र आनुप्रासिक वैचिœय तथा शाब्दिक र अर्थगत चमत्कार, सहज, स्वाभाविक, कलात्मक, रागात्मक, परिष्वृmत र आनुप्रासिक भाषिक प्रयोग, प्रवाहमय आलड्ढारिक गद्यभाषा र आलड्ढारिक शिल्पसंयोजन, स्वतःस्पूmर्त रूपमा प्रयुक्त उखान, टुक्का, थेगो आदिका माध्यमबाट कथ्यलाई सुन्दरता र रोचकता प्रदान, झर्रा, तत्सम, तद्भव तथा अङ्गे्रजी शब्दको प्रयोग र नवीन शब्दको समेत निर्माण, एउटै निबन्धमा एकभन्दा बढी विषयवस्तु र टुक्रे घटनावलीको संयोजन गरी अनेकतिर प्रहार, प्रथम र तृतीय पुरुष दृष्टिबिन्दुमा आत्मपरक र वस्तुपरक निबन्ध सिर्जना, आख्यानात्मकता, नाटकीयता र संरचनागत संक्षिप्तता भैरव अर्यालका प्रमुख निबन्धात्मक प्रवृत्ति हुन् ।
५. उपसंहार
भैरव अर्यालका निबन्धकारिताको मूल्याड्ढन लक्ष्मीप्रसाद देवकोटा, वासुदेव शर्मा लुइ“टेल, केशवराज पिंडाली, वृmष्णचन्द्रसिंह प्रधान, वृmष्णप्रसाद चापागाईं, लीलाध्वज थापा, अच्छा राई ‘रसिक’, श्यामप्रसाद शर्मा, पे्रमराज शर्मा, वृmष्णप्रसाद शर्मा, श्रीधर खनाल आदि पूर्ववर्ती, रामवmुमार पा“डे, बल्लभमणि दाहाल, श्याम गोतामे, घटोत्कच शर्मा, भीमप्रसाद लामिछाने आदि समवर्ती तथा चूडामणि रेग्मी, चोलेश्वर शर्मा, नरेन्द्रराज पौडेल, विष्णु नवीन, डा. खगेन्द्रप्रसाद लुइटेल आदि उत्तरवर्ती हास्यव्यङ्ग्य निबन्धकारहरूका सापेक्षतामा गर्नुपर्दछ । भैरव अर्यालका पूर्ववर्ती हास्यव्यङ्ग्य निबन्धकारहरूमध्ये सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिबाट केशवराज पिंडाली नै अग्रगण्य भएकाले अर्यालको तुलना पनि पिंडालीसितै हुनसक्छ र हास्यव्यङ्ग्यका स˚ल प्रयोगकर्ताको रूपमा अर्याल मात्रै पिंडालीका नजिक छन् र पिंडाली मात्रै अर्यालका समीप छन् भन्दै कतिपय सन्दर्भबाट अर्यालभन्दा पिंडाली सिपालु र उच्च छन् भनेको पनि पाइन्छ तर यसो भन्दा भैरवको निबन्धकला र योगदान दुवैप्रति अन्याय हुन्छ । केशवराज पिंडाली भैरव अर्यालभन्दा उमेरले प्रौढ भए पनि निबन्धकला र योगदानका दृष्टिले चाहि“ भैरव अर्यालका सामु बच्चै देखिन्छन् । यसर्थ वmुनै सन्दर्भबाट पनि भैरव अर्याल र केशवराज पिंडालीको तुलना हुनै सक्दैन । पिंडाली अर्यालभन्दा सिपालु र उच्च त के वmुरा नजिक र समीप पनि छैनन् । अरू कतिपयभन्दा पिंडाली सिपालु, उच्च, वरिष्ठ र सन्निकट होलान् तर भैरव अर्यालका सामुचाहि“ यिनी तुलना गर्नै नमिल्ने ˚िस्टे देखिन्छन् । भैरव अर्यालका समवर्ती र उत्तरवर्ती निबन्धकारहरू पनि यिनका दा“जामा पुग्न सकेका छैनन् । ‘भैरवको निधनले हास्यव्यङ्ग्यको क्षेत्रमा ठूलो क्षति भयो । सा“च्चै हास्यव्यङ्ग्यको क्षेत्रमा यस क्षतिलाई पूरा गर्न हामीलाई अरू कति धेरै पर्खनु पर्ने हो थाहा छैन’ भन्ने बालवृmष्ण समको भनाइबाट पनि यिनी भैरव अर्याल नेपाली साहित्यका विशिष्ट र अतुलनीय व्यक्तित्व भएको स्पष्ट हुन्छ । भैरव अर्याल आना पूर्ववर्ती, समकालीन र उत्तरवर्ती सबै हास्यव्यङ्ग्य निबन्धकारहरूभन्दा निकै अगाडि छन् ।
जीवनभर दरिद्रताको सिकार बनेका र अल्पायुमै आनो जीवनलीला समाप्त पारेका भैरव अर्यालले स्वल्प जीवनमै पनि नेपाली साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान दिएका छन् । भैरव अर्यालको भौतिक शरीर समाप्त भए पनि नेपाली साहित्यमा यिनी अजर र अमर छन् अनि सदासर्वदा अजर र अमर रहिरहनेछन् । आधुनिक नेपाली निबन्धको इतिहासमा आत्मपरक निबन्ध लेखनमा लक्ष्मीप्रसाद देवकोटा र शड्ढर लामिछानेले जुन विशिष्ट स्थान हासिल गरेका छन्, त्यस्तै प्रकारको विशिष्ट स्थान नेपाली हास्यव्यङ्ग्य निबन्ध लेखनमा भैरव अर्यालले हासिल गरेका छन् । वैयक्तिक, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा व्याप्त अड्बा·ा, बिब्ल्या“टा, अमिल्दाहरूलाई विषयवस्तुका रूपमा लिई शिष्ट, मर्यादित, आकर्षक, आलड्ढारिक र रागात्मक भाषाशैलीका माध्यमबाट हास्यव्यङ्ग्यात्मक पाराले सर्वप्रथम ह“साएर क्रमशः घोचपेच गर्दै सुध्रनतर्˚ अभिपे्ररित गर्ने भैरव अर्याल आत्मपरक र वस्तुपरक ढ·ले निबन्ध लेख्ने, तीव्र समाजबोध र उत्वृmष्ट प्रस्तुति क्षमता भएका विशिष्ट र अद्वितीय हास्यव्यङ्ग्य निबन्धकार हुन् । यसर्थ नेपाली हास्यव्यङ्ग्य निबन्धको ˚ा“टमा वरिष्ठ मात्र होइन, अग्रणी र शीर्षस्थ हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालको हास्यव्यङ्ग्य निबन्धकारिता अनुपम, अतुलनीय र अद्वितीय रहेको छ ।
सन्दर्भ सामग्रीसूची
अर्याल, भैरव, (२०१९) काउवmुती, ललितपुर ः कौवा प्रकाशन ।
.............., (२०२२) जयभु“डी, ललितपुर ः कौवा प्रकाशन ।
.............., (२०२५) सम्पा., साझा निबन्ध, काठमाडौं ः साझा प्रकाशन ।
.............., (२०२६) गलबन्दी, ललितपुर ः कौवा प्रकाशन ।
.............., (२०२७) प्रवेशिका निबन्ध सङ्ग्रह, काठमाडौं ः साझा प्रकाशन ।
.............., (२०२८) इतिश्री, ललितपुर ः कौवा प्रकाशन ।
.............., (२०३३) दश औतार, ललितपुर ः कौवा प्रकाशन ।
.............., (२०६३) टेढो ऐना, काठमाडौं ः भैरव पुरस्कार गुठी ।
अर्याल, भैरव र लुइ“टेल, वासुदेव शर्मा, (२०२५) सम्पा., छ्याकन, ललितपुर ः कौवा प्रकाशन ।
पुरेत बा (खोलापारि), (२०१४) ‘सरकारले दुलो खोज्नुपर्ला’, हालखबर, (वैशाख २५ गते), पृ. ३ ।
भैरव पुरस्कार गुठी स्मारिका, २०५३ ।
भैरव पुरस्कार स्मारिका, २०५४ ।
रचना, (वर्ष १६, अड्ढ १, २०३८ वैशाख–जेठ) ।
रचना, (वर्ष १६, अड्ढ २, २०३८ पुस–माघ) ।
लुइटेल, खगेन्द्रप्रसाद, (२०५४) ‘भैरव अर्याल ः निबन्धयात्रा र प्रवृत्ति’, वmुञ्जिनी, (वर्ष ५, अड्ढ ३), पृ. ३३–४२ ।
......................., (२०५७) आधुनिक नेपाली समालोचना, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
......................., (२०६९) ‘भैरव अर्यालको हास्यव्यङ्ग्य निबन्धकारिता’, भैरव स्मारिका २०६९, पृ. ६५–८२ ।

लुइ“टेल, वासुदेव शर्मा, (२०३८) ‘बहुलाउनुभन्दा मर्नु जाती’, रचना, (वर्ष १६, अड्ढ २, पुस–माघ), पृ. ६०–६१ ।
सम्झना, (भैरव स्मृति अड्ढ, २०३७) ।
सुवेदी, होम, (२०३४) सम्पा., भैरव भन्छन् (१) दाताराम, वासुदेव र विद्यादेव सुन्छन्, ललितपुर ः जगदम्बा पे्रस प्रा. लि. ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 बैशाख, 2075

लेखकका अन्य रचनाहरु