ठुला पद समाल्नेको प्रमाणपत्र हरायो रे
डिग्री जति ढुङ्गा मुडा टाएर बाल्नेकै गरायो रे
देशको लागि योग्य ब्यक्ति अटाउदैन नेपालमा
विदेशीहरुले नचाइराछ मातृभूमि नेपालमा
नेपालबाटै हराइएलान् अखण्ड नेपाल निमाण गर्नेहरु
इतिहासबाटै बिलाइदेलान नेपाल निमाण गर्नेहरू
पृथ्वीनारायण शाहाको मुर्ति थुक्न अब थालेका छन्
भात छोडी डलर मात्रै खान अब थालेका छ्न्
मातृभुमी पहिचान बिर्सननै थालेका छ्न
घुसखोरी लुट्तन्त्रमा आज भोलि मौलाएका छ्न्
कुनै दिन सगरमाथालाई थुकिदिन बेर छैन
भानुभक्त मोतिरामलाई बेचिदिन बेर छैन
शान्तिनगर
प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 बैशाख, 2075