मुक्तक के हो

- अल्पबिराम पोखरेली

अनुभूति सँवेग र कलाको मिश्रणवाट साहित्य सिर्जना हुन्छ । साहित्यमा कविता, गीत, गजल, कथा, उपन्यास, मुक्तक, हाइकु, ताँका, दोहा आदि जे पनि हुन सक्छ । हिजो आज अग्रजदेखि नव साहित्यकारहरुमा मुक्तक मोह अत्यन्त वढेर गएको देखिन्छ अर्थात् मुक्तक साहित्य लौेक प्रिय भइरहेको अवस्था छ । मुक्तकको इतिहासलाई उधिन्दै जाने हो भने ऋगवेद र अग्नी पुराणसम्म पुग्छौं । ऋग वेद त्रिष्टुप छन्दमा लेखिएको छ भने अग्नी पुराणमा मुक्तक वारे दुई पँक्तिमा छुस्स उल्लैेख गरिएको छ । कालिदास लिखित ऋतु संहार,श्रृँगार तिलक र राक्षस काव्य पनि चतुष्पदीय मुक्तक छन्दमा नेै लेखिएको पाइन्छ । एघारौँ शताव्दीका फारसी कवि उमर खैयामले लेखेको रुवाई शैलीको मुक्तकलाई उन्नैशौं शताव्दीको शुरुमा अंँग्रेजी साहित्यकार फीट्स जेराल्डले अनुवाद गरि दिए पछि रुवाई शैलीको मुक्तक विश्व प्रख्यात वन्न पुग्यो । र यही शैलीको मुक्तकलाई सर्वप्रथम भीमदर्शन रौैैेका ,रत्न सम्शेर थापा , हरिभक्त कटुवाल , भूपि शेरचन , कृष्ण प्रसाद पराजुली र टेकवहादुर नवीनले नेपालमा भित्र्याए ।
के हो त मुक्तक
१ सँक्षिप्त नेपाली शव्द कोष
मनको भावनावाट निस्कने प्रभावकारी टुक्रे कविता

२ नेपाली साहित्य कोष
सन्दर्भ निरपैेक्ष कविता गीत गजल आदिको लघुरुप
३ नेपाली शव्द सागर
पूर्वीय काव्य शास्त्र अनुसार एक श्लौेकमा लेखिएको स्वत पूर्ण रचना
४ नेपाली बृहत शव्द कोष
कथा सुत्रमा आवध्द नभएको एक सुत्रीय श्लोक
दण्डी , रुद्रट , वाण भट्ट आदिले मुक्तकको स्रोत उखान टुक्का , झ्याउटे , रोइला , र चुड्का भनेका छन् ।
मुक्तकको मध्यकालसम्म आई पुग्दा अर्थात् हिजौैे आज मुक्तकको उत्थान र संरक्षणको लागि विभिन्न संँस्थाहरु स्थापना भइरहेका छन् । त्यस मध्ये मुक्तक मँच पोखरा र नेपाल मुक्तक प्रतिष्ठान ,काठमाण्डौको नाम अग्र पँक्तिमा लिन सकिन्छ । यही दुई सँस्थाकौे सयुक्त आयोजनामा पोखरामा सम्पन्न मिति २०७० मााघ १६ देखि १८ सम्म तीन दिने राष्ट्र्यि कार्यशाला गौेष्ठीले मुक्तकको रचना विधान सम्वन्धि ५ बुँदे पोखरा घोषणा पत्र जारी गरिएको थियो । जस अनुसार
१ वर्तमानमा नैेपाली साहित्यमा मुक्तक अत्यन्त लोक प्रिय रचना भएकाले यसको समुन्नयन र स्तरीकरणका लागि गम्भीर विमर्शका साथ कार्यहरु गर्नैैे ।
२ मुक्तकको विषय , संरचना , र शैलीमा समेत नवीन प्रयोगहरु देखिइरहेको सन्दर्भमा त्यस्ता स्तरीय मुक्तकलाई सम्मान गर्दै वर्तमानमा लौैैेकप्रिय रहेको चतुष्पदी आयाममा विस्तारित मुक्तकलाई मानक स्वरुप प्रदान गर्र्नैे ।
३ नेपाली मुक्तकमा संँस्कृत साहित्यको चतुष्पदी श्लोकी शैली , अरबी , फारसीमा प्रचलित रुवाइयात र अंँग्रेजी साहित्यमा प्रचलित क्वाट्ने र गद्य कवितात्मक शैलीका साथै नेपाली लोक लयात्मक


शैली समेतको अन्तरमिश्रणवाट विकशित नेपाली मुक्तकमा मौलिक पनको खोजीका लागि प्रयास गर्ने ।
४ लघुतम कविताका विविध रुप हाइकु , तान्का , दोहा , छोटा कविता आदि आफ्नै नामले परिचित भएकोले त्यस्ता रचनालाई मुक्तक अन्तर्गत नराख्नैैे ।
५ क्रमश पछिल्ला पँक्तिहरुमा उत्तरोत्तर भावोत्कर्ष हुनु र अन्तिम पँक्तिलैे विचार , कथ्य वा भावको पटाक्षेप गरी रहस्यको उद्घाटन गर्नु नै मुक्तकको निजत्व भएकोले यस प्रकारका मुक्तक रचनामा जोड दिने ।
मुक्तकका वैशिष्ट्य सम्वन्धि विभिन्न विद्वानहरुको मत अध्ययन गर्दा मुक्तककौे वैशिष्ट्यता वा प्रवृत्ति यस प्रकार रहेको पाइन्छ ।

१ संक्षिप्त आकार
२ एक अनुच्छेद वा एक श्लोकीय अभिव्यक्ति
३ पूर्वापर प्रसँग निरपैेक्ष
४ एक आवृत्ति
५ वर्तुलाकार
६ आफैमा पूर्ण
७ खिरिलो चोटिलो सहज वोध्य र हृदय झँकृत गर्न समर्थ
ड्ड भाव वा विचारलाई तन्काउन वा विस्तार गर्न नसकिनैैे
ड्ड मितव्ययी प्रभावकारी र सार गर्भित शव्द
ड्ड वस्तु स्थितिलाई टपक्क टिपैेर व्यक्त गर्न समर्थ



ड्ड कम समयमा पढि भ्याइने
ड्ड भाव प्रधान
ड्ड तिव्रता र एकाकोन्मुखता
ड्ड कथा वस्तु जान्नु पर्ने झन्झट नहुनैे
ड्ड पुनरावृत्तिको अवशर नहुनु
ड्ड एउटै छन्द वा लयमा व्यक्त
ड्ड भवनाको कुरा भनि सक्न हतारो
ड्ड कथनगत सुत्रात्मकता
ड्ड अभिव्यक्ति मार्मिकता
ड्ड सुगठित भाषा
ड्ड उक्तिको वैचित्र्यता
ड्ड विषयगत दृष्टिले असीमितता
ड्ड शैलीगत विशिस्टता
ड्ड अन्त्यानुप्रास शैलीले चित्ताकर्षक
ड्ड लयात्मक तथा गेयात्मक
ड्ड विचारको खण्ड चित्रण
ड्ड संक्षिप्ततामा भाव गहनता र स्पर्श सामथ्र्य
ड्ड गागरमा सागर
उप संहार
त्वमेव माता च पिता त्वमेव
त्वमेव वन्धुस्च सखा त्वमेव
त्वमेव विद्या द्रविण त्वमेव
त्वमेव सर्व म म दैेव देव ।
वेद



केही पा्रथमिक कालिन मुक्तकहरु
धायको छ लम्जुँग मकुण्डो
कास्की बाँध सुनको छ षकुण्डो
पिउठानी कन देउःm सुकुण्डो
मारि लेऊ तनहुँ त भकुण्डो ।
शक्तिबल्लभ अज्र्याल


जागीर छैन धनी म छैन घरको केवल कोदालो खनी
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान पाउँला की भनी
एक् मन् चित्त लगाई चाकरि गर्याँ खुसी भयाछन् हरि
मान माथी पनि भुक्तमान् थपि दिया कैह्लै नखोस्न्या गरि ।
भानुभक्त आचार्य

जहरसरि नयन्का वाणले ताकि हान्नु
अब म कसरि बाँचूँ जुक्ति कुन् झट्ट जान्नू
नगर नगर यसो जान द्यौ प्राण मेरी
विरही म जनलाई क्या गर्यौ फेरि हेरी ।
मोतिराम भट्ट


केही आधुनिक मुक्तकहरु
आकाशको सब तारा गनिसकेपछि
प्रत्येक श्वास सुस्केरा बनिसकेपछि
के रह्यो अब मेरो मसँग प्रियतम रु
तिमीलाई आफ्नौे भनिसकेपछि ।
भीम दर्शन रौेका

मेरो केबल यहाँ दुई दिनकौे बास छ
बासमा अड्केको एक मुठ्ठी सास छ
सासमा अल्झेको झुठो आस छ
आसैमा ज्यूँदो यो लास छ ।
रत्नशमसेर थापा

कतै जुवाडेले कौडी खेलाउँदै हेरेको छुक जस्तो
कतै भर्खर वसन्तलैे छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचैल यो जीवन
अन्तिम पातो पनि च्याते पछिको एउटा ठुटो चेकबुक जस्तो ।
हरिभक्त कटुवाल

ट्याक्सीवाला ड्रइभरले प्राइभेट कारलाई हैेरे जस्तो
भट्टीवाला पसलेले आधुनिक बारलाई हैेरे जस्तो
हेर्छिन् पत्नीलै पतिका , आइमाई साथीहरुलाई
बर्खास्त मन्त्रीलैे नयाँ अखबारलाई हैेरे जस्तो ।
भूपी शेरचन


निष्कर्ष
मुक्तकको पहिलो पंँक्तिले धनुर्बाण उठाउँछ
दोश्रो पँक्तिले धनुर्बाणमा ताँदौे चढाउँछ
अचुक निशाना लगाउँछ मुक्तकको तेश्रो पँक्तिले
चौथो पँक्तिले शिकारलाई ठाउँका ठाउँ ढलाउँछ ।

उपरोक्त पँक्तिहरुवाट के स्पष्ट हुन्छ भने चतुष्पदीय बाहेक अन्यलाई मुक्तक स्वीकार गर्न सकिदैन र तीन प्रकारकौे शैलीमा चतुष्पदीय मुक्तक सिर्जना गर्न सकिन्छ । पहिलौैे वैदिक सँस्कृत पद्य शैली जसमा AAAA र दोश्रोमा AABB को सुत्र अपनाउन सकिन्छ । तेश्रो भनेको बबदब को सुत्रमा लेखिन्छ जस्लाई रुबाइयात शैली भनिन्छ । र यही रुबाइयात शैली हिजो आज अत्यन्त लोकप्रिय बन्दै गईरहैेकोको छ । तर समकालिन रुबाई शैलीमा लेखिएका मुक्तक र उमर खैयामको रुबाईयात शैलीको मुक्तकमा भिन्नता के छ भने खैयामको मुक्तकमा लघु गुरु र अक्षरको गणना भएको पद्य शैली अपनाईएकौे हुन्छ भने समकालिन नेपाली मुक्तक AAbA को फ्रेममा लेखिएको भएता पनि स्वतन्त्र गद्य शैलीमा लेखिन्छ । रुबाई र मुक्तकमा फरक यही हौे । पहिलो, दोश्रो र चौथो अन्त्यानुप्रस र तेश्रो स्वच्छन्द रहेको (चतुष्पदीय ) चोटिलो, पोटिलो अभिव्यक्ति नै नेपाली मुक्तकको वर्तमान मानक फर्मूला हो । मलाई पनि यही स्वतन्त्र गद्य शैली अत्यन्तै मन पर्छ । अन्तिममा भन्नु पर्दा मुक्तक हाम्रै सेराफेरोको वैदिककालदेखिको अत्यन्तै लोक प्रिय विधा भएकोले यसलाई आयातित विधा भन्न मिल्दैन र यसलाई कविता गजल र कथा जस्तै छुट्टै विधाको रुपमा मान्यता दिइनु आवश्यक छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 3 बैशाख, 2075

लेखकका अन्य रचनाहरु