ठूलो मान्छे

- नारद बज्राचार्य

तर........
साथीको हात थर्र काम्यो । पसिना खल्खली आयो । खुट्टा लर्याक लुरुकै भयो । जिउ फतक्क गल्यो । उसले सपनामा पनि नचिताएको कुरा भयो । उ किंकर्तब्यबिमूढ भयो । जहां को तहिं ठिंग उभिएको उभियै भयो ।
“....मित्र ! हाम्रो अनन्त यात्राको यो पहिलो पाइला हो । पहिलो पाइलाको सुरुवातमा नै ...” मेरो कुरा पूरा हुनु अगाडि नै – “तर, यो मबाट हुन्दैन ”– उसले निश्चयसाथ भन्यो – “एक हुँदैन, दुइ हुँदैन, तिन हुँदैन” – यति भनेर उ यसरी बस्यो कि अब उ आप्mनो निर्णयबाट एक इन्च पनि यताउता हुनेवाला छैन ।
तर मलाई यो काम उ बाटै नै गराउनु पर्ने भएको छ । अहिले अर्काे कुनै पनि बिकल्प मैले देखिरहेको छैन । यहाँ कि ! उ छ ! कि म मात्र छु । अरु कोही छैनन् । भएकाहरु धेरै टाढा भइसके । समयले नेटोकाटी सक्यो । छोटो समयमा गर्ने काम भनेको मैले देखे जस्तो यहि एउटा काम मात्र हो । अनि यहां अरु कोही नभएको हुंदा यो काम मैले उ बाटै गराउन पर्ने भएको छ । उ मेरो साथी हो । साथीलाई यहां म साथी मात्रै भन्ने छु । किनकि अहिले उसको नाम नभनौं । मैले पनि आप्mनो परिचयलाई गोप्य नै राखें । बस् उसको पनि म साथी मात्रै । अनि मेरो पनि उ साथी मात्रै । साथी, साथी र साथी मात्रै ।
म पूर्वको । आमाबुबाले शहरमा पढाउन पठाएको एउटा बिद्यार्थी । गाउँमा धेरै दुःख गरेर बुबाले शहरमा पैसा पठाउनु हुन्थ्यो । कोठा भाडा तिर्न , पढ्न र खान । एउटा ठूलो मान्छे बन्नु परेको छ मैले । मेरो आमा बुबाको सपना हो यो । मैले आपूm ठूलो मान्छे बनेर आमाबुबाको सपना पूरा गरिदिनु पर्ने भएकोछ । दशैंमा घर जांदा सँधै आमाको आशिर्वाद यहि हुने हो । अनि , बुबाको आशिर्वाद पनि यहि हो ।
एउटा ठूलो मान्छे .....
शरीर त मेरो ५ फिट ५ इन्चको हो । तर यसले काम गरिरहेको छैन । एक जना ठूलो मान्छे बन्न अर्थात जसको केही पहुँच होस् । जसले अलि अलि हप्की दप्की पनि गर्न सकोस् । खल्तिबाट चाहिएको बेला हजार पांच सय चानचुन सरह खर्च गरी देखाउन सकोस् । पर्दा चार पांच जनालाई अगाडि पछाडि राखेर हिंडडुल गर्न पनि सकोस् । अर्थात एक जना ठूलो मान्छेको माने आज निरीह भई बांचिरहेका मेरा आमाबुबाले जोरिपारिका सामु शिर ठाडो पार्न सक्नु हो । उनीहरुले पनि जाेिरपारिबाट सम्मानजनक ब्यवहार लिन सक्नु हो ।

एउटा ठूलो मान्छे बन्न कै लागि मैले पनि घुँडा धसेरै पढें । डिप्लोमा पनि पास गरें । काम खोज्न थालें । भेटे सम्मको , पाए सम्मको जे काम पनि गर्न थालें । जागिर नै भनेर कुरी रहिन । किनभने बुबा पैसा पठाउन नसक्ने अवस्थामा पुगिसक्नु भएको थियो । र उनीहरु छोरोले नै शहरबाट पैसा पठावस् भन्नेमा पुगिसकेका थिए । असक्त पनि हुंदै गए ति । त्यसैले पट्ठो छोरोबाटै आफ्नो पनि हेरचाह होस् भनि कामना गर्न थालिसके ।

शहर हो यो शहर । महानगर । एउटा ठूलो मान्छे बन्न धेरै धेरै पढ्न सक्नु पर्दछ यहां । पढेको बिषयमा बिशिष्टता हासिल गर्न सक्नु पर्दछ यहां । यति गर्नकोलागि अर्थात एउटा बिषयमा बिसिष्टता हासिल गर्नकोलागि पांच लाख, दश लाख , बीस लाख खर्चिन सक्ने हुनु पर्दछ । यसो गर्न नसक्नेहरुले राम्रो बिषयमा पढ्नै पाउन्दैन । पढ्न मन लागे पनि , पढ्न सके पनि यति गर्न नसक्ने हो भने त्यो ब्यक्तिको लागि बिद्यालयको ढोका नै खुल्दैन । उ मानिस ठूलो मानिस बन्नै सक्दैन ।

र, मेरो जाबो डिप्लोमा – यो त यहांका खातेहरुले पनि गरिरहेको छ ।
तर, यस्ता कुरा मेरो आमाबुबालाई थाहा छैन । उनिहरुले बुभ्mदैन पनि । उनीहरुकोलागि त मेरो बी.ए. नै धेरै भइसकेको छ । र, म ठूलो मानिस बनिसकेको छु । उनीहरुले ठानिसके उनीहरुले देखेको सपना पूरा भइसक्यो । मेरो छोरा बी.ए. पास छ, उनीहरुले गाउँमा गर्वसाथ शिर उठाएर भन्न थालिसके । गाउँका सोझा मानिसहरुले पनि उनीहरुलाई अलि आदर साथ ब्यवहार गर्न थालिसके । बस् । अब बांकि भनेको बगिरहेको पैसाको खोलालाई शहरबाट गाउँमा मोड्नु मात्र हो । त्यहि गाउँ तर्पm मोडिन बांकि पैसाको खोलालाई मेरो आमाबुबाले पर्खेर बसेका छन् । ठूलो आशा र भरोसाका साथ । तर, यता छोरा भने शहरका पेटी पेटीमा कहिले पसल थापेर, कहिले मकै भटमास बेचेर , बिहान सखारै उठेर घर घरमा पत्रिका बाँड्न गएर पनि आपूm एक जनालाई राम्रो संग उभ्याउन सकिरहेको छैन । घडीको पेण्डुलम भैmं अभैm पनि यता उता यता उता हल्ली नै रहेको छ ।

– सय ! सय ! रुपैंयाँ , सय ! सय ! रुपंैयाँ । कमिज एउटाको सय ! रुपैंयाँ – भन्दै दिउँसोको चर्काे घाममा पेटीमा उभिएर कराउँदै गर्दा कमिज एउटा किन्न आएको हो यो साथी ।
कसरी हाम्रो माझ कुरा भयो । मित्रता बढ्यो , त्यो कुरा त अहिले मलाई ठ्याक्कै सम्झना छैन । तर, गजबले हाम्रो मन मिल्न पुग्यो । हामी एक आपसमा भेट्न थाल्यौं । मेरो कोठामा उ आउन थाल्यो । उसको कोठामा म जान थालें । आवत् जावतको माझ हामि माझ धेरै कुराहरु भए । कुरै कुरामा आ–आप्mनो दुःख सुखका कुराहरु भए । गरिरहेको कामको बारेमा पनि कुरा भए । दुःखले घेरेको परिवेशका कुराहरु पनि आए । आमाबुबाको सपनाका कुराहरु भए । सुखको कुराहरु पनि आए । कुरै कुरामा आजका कुराहरु आयो । भोलिको कुराहरु पनि आयो । शहरको कुरा आयो । गाउंघरका कुराहरु पनि आयो । परदेशको कुरा आयो । देशको कुरा भयो । भइरहेको कुराहरु आयो । हुनु पर्ने कुरा पनि भयो । गरिरहेको कुरा आयो । गर्नु पर्ने कुरा पनि भयो ।

दिन । हप्ता । महिना । र बर्षहरु पनि बिते । धेरै ठूल्ठुला पुस्तकका पानाहरु पल्टिए । थाहा नभएका कुराहरु थाहा हुने , जान्ने सुन्ने संग सोधियो । देशको कुना काप्चा सम्म चाहार्दै लामो लामो कुराहरु गरीए । र, अन्तमा सबै कुराको छोटकरीमा निचोड निस्कियो – पहाड भएरै अग्लो होचो भइरहेको हो । ठूलो सानो भएको हो । असमानता बढेको हो ।
बस् । अनि के चाहियो । निचोड निस्किए अनुसार पहाडलाई सम्याउने अभियानमा हामी जुट्यौ । सदियौं देखि पत्र पत्र चट्टानले जमिरहेको पहाड सम्याउने भनेको ख्याल खट्टाको कुरा पनि त पक्कै भएन । ख्याल ख्यालको कुरा नभएको हुनाले नै हामीले यसलाई गम्भीर रुपमा लियौं । र , लगातार पिकले पहाडलाई खन्ने काम सुरु गरिहाल्यौं ।
उ पिकले पहाडको चट्टान खन्न थाल्छ , म साबेलले माटो फाल्छु । म पीकले पहाड खन्छु , उ साबेलले माटो फाल्छ । कहां को हो उ । कहांको हुं म । तैपनि हामी दुबैको मन् मिलेको छ । साथ मिलेको छ । सबैको दुःख हामीलाई आप्mनै दुःख जस्तो लागिरहेको छ । त्यसैले पहाडलाई सम्याएर अग्लो होचोलाई निमिट्यान्न पार्नकोलागि हाम्रा हातहरु एक भएर अघि बढिरहेको छन् ।
यो मात्रै सुरुवात थियो ।
हामी दुई जनाको हातले मात्र माटो खन्ने हो भने सदियौं सदी बितेर गए पनि पहाड जस्ताको तस्तै भएर ठडिएको ठडिएै बसिरहने छ । एक इन्च तल माथि हुने छैन । यो हामीलाई थाहा छ । यस अभियानकालागि असंख्य हातहरुको साथको आबश्यकता छ । ती असंख्य हातहरु हाम्रो अभियानमा तान्नकालागि नै हामीले पहिले आप्mना हातहरुलाई अघि बढाएका हौं ।
तर, बिडम्बना ! यो सुरुवात नै अनौठो रुपमा अन्त हुन गइदियो । हामीले सोच्दै नसोचेको कुरा पो हुन आयो ।
पहाडलाई सम्याउन पिकले हान्दै गर्दा अचानक कताबाट हो कताबाट एउटा आगोको मुस्लो निस्कियो । आंखा झिमिक्कै गर्न नपाउंदा त्यो आगोको मुस्लो मेरै जीउमा आएर लाग्यो । म डंग्रंग ढलें । मेरो दाहिने जीउको पाता नै उडाएर लग्यो । धन्न खाल्डोमा जान भ्याएकोले मेरो मित्रलाई केही हुन पाएन ।
मैले बुभेंm । अब मेरो अन्त आइपुग्यो । मेरो यात्रा यहिं सम्मकोलागि मात्र हुने भयो । मैले यहिं बिश्राम लिनु पर्ने भयो । मैले बिश्राम लिनु परे पनि, मेरो अन्त भए पनि, यो अभियानको अन्त हुन दिनु हुन्न मैले । यस कुरालाई मैले दृढ निश्चय गरें ।
पहाडलाई रेख देख गर्नेहरु हामीलाई खोज्दै माथि देखि घेरा हाल्न थालिसके होलान् । घेरालाई सांघुरो पार्दै हामी सम्म आइपुग्न अघि बढि सके होलान् ।
म भने अब एक पाइला पनि अघि बढ्न सक्ने स्थितिमा रहिन । साथीले मलाई बोकी यहांबाट सुरक्षित स्थानमा जाने स्थिति पनि रहेन । आउनेहरुले मलाई समाउने त पक्का छ । समाएपछि उनीहरुले मलाई हेलिकप्टरमा राख्ने छन् । राम्रो अस्पतालमा लग्ने छन् । अनुभवी र राम्रा राम्रा डाक्टरहरुबाट औषधि मूलो गरी मलाई बचाउने छन् । र, म ठीक भएपछि , मलाई कालकोठरीमा लगेर नराम्ररी यातना दिने छन् । यातना दिंदा दिंदै मबाट मेरा साथीहरुको बारेमा कुरा ओकल्न लगाउने छन् । मेरो अभियानका बारेमा मुख खोल्न मलाई बाध्य पार्ने छन् । हाम्रो निष्ठापूर्ण कामहरु देखेर, यो काम त राम्रै हो , गर्नै पर्ने काम हो यो भनेर साथ दिन आएका दुई चार हातहरुलाई समेत मेरै कारणबाट सम्याउने छन् । मेरै हातबाट मैले नै थालेको अभियानको गर्धन निमोठिने पक्का छ । अनि अनि उनीहरुले मलाई पनि पछि गएर कुनै ठूलो इनारमा लगेर............... ।

ओहो !
सोच्दा सोच्दै म आपैm कामें । दुखेका कुराहरु सबै बिर्सिएँ । आप्mनो आँखा अगाडि आपैmले ठड्याएको धरहरा नराम्ररी गमं्रग ढलेको देखें । साथीले मलाई सकि नसकि बोकेर लाने असफल प्रयास गर्न थाल्यो । पछाडि जीउको पातानै नभइसकेको म , लामो समय सम्म बाँच्ने त कुरै छैन । त्यसैले आपूm एक्लै यहांबाट जाउ जाउ भनि कराइरहें । भोलिका दिनमा असंख्य स्पाति हातहरु लिएर आई ,यो पहाडलाई सम्याउनु पर्ने उसको जिम्मेवारीलाई बोध गराइ रहें । साथै.......

तर.. यो मबाट हुनै सक्दैन – उसले अभैm पनि अड्डि लिइ नै रह्यो ।

ठीक यसैबेला हामीलाई समाउने । नसके सिध्याउने उद्देश्यका साथ आएका जवानहरुको बुंटको आवाज सुनिन थाल्यो ।

– बिचार नगर । समय छैन । मेरो परिचयले तिमी जहां गए पनि छायां भैंm पछि पछि आई तिम्रो परिचय उनीहरुले पाउनेछन । तिमि को हौ ? कहां को हौ ? तिम्रा अन्य को को साथीहरु छन् ? तिमीले गर्न खोजेको के हो ? तिमी कहां बस्दछौ ? तिम्रा परिवारहरु कहां बस्दछन् ? आदि इत्यादि सबै छर्लंग हुनेछ । लुक्न सम्म तिमीले ठाउँ पाउने छैनौ । तिमीलाई समाउन तिम्रा घर परिवारकाहरुलाई समेत कालकोठरीमा लगि यातना दिने छ । तिमीलाई राम्ररी थाहा छ , यो अभियानमा लागेका हामी सबै परिचय बिहीन हुनु पर्दछ । तर तिमी जहां गए पनि सबैको परिचित हुने छौ । जसले गर्दा हाम्रो अभियानलाई ठूलो नोक्सान हुन जानेछ । सफलता हामीबाट धेरै टाढा पुग्नेछ । तिमी संगको मेरो साथ त यहिं सम्म मात्रको हुने भो । यहांबाट उताको यात्रा त अब तिम्रै कांधमा छ मित्र ! । मलाई सास फेर्नै गार्हो भएर आइ सक्यो । मेरो माया नलिउ । लक्षलाई समात । जाउ । अघि बढ । हामीले संगै बसेर देखेको सपना पूरा गर्नकोलागि अघि बढ । जाउ जाउ । छिटो पाइला अघि सार....

–“ त्यहां छ , त्यहां छ । समात् समात् । हान् हान्”– पहाडको चारैतिर बाट तल देखाइएको टर्चको प्रकाशले हामीलाई देखेरै छाड्यो ।

ठीक यसै बेला बिजुली चम्क्यो ।
चम्क्यो बिजुली । मैले अघि देखि भने जस्तै भयो – मेरो टाउकोमात्र लिएर मेरो साथि अँध्यारोमा फाल हाल्यो ।
अस्तु ।
(नेपालभाषाबाट अनुवाद)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 3 बैशाख, 2075

लेखकका अन्य रचनाहरु