कवितारामको नाटकको अध्ययन

- गोपाल प्रसाद खतिवडा

वस्तुप्रथम परिच्छेद २०४८ सालमा प्रकाशित स्वभावगीता' नाटकको कथावस्तु विज्ञानको र सदुपयोगले दिने फाइदा र दुरुपयोगले थोपर्ने नोक्सानमा आधारित छ । प्रस्तुत कथा वि।सं।२०४८ पछिको लगभग एक हजार वर्ष पछाडिको एकतीसौं शताब्दीमा हुनसक्ने संभावनाप्रति सचेत भएर तयार गरिएको छ । पूर्वदीप्ती शैलीमा रचित प्रस्तुत नाटकको कथावस्तु एउटा निर्जक स्थानबाट प्रारम्भ हुन्छ । क'रख' पात्रा एकान्तमा बसेर वार्तालापमा व्यस्त छन् ।चट्यांगको अवाजका साथ अनौठो प्रकारका झिल्काहरुले तिनीहरुलाइ छोप्छन् । वातावरणमा एक्कासि परिवर्तन आउँछ । एउटा सिसाको ढक्कनले उनीहरुलाई छोप्छ । बिस्तारै चट्टानले भुइँ छोड्न थाल्छ 'क' 'ख' पात्राहरु अच्चम्भित हुन्छन् । उनीहरु बसेको ढुङ्गा उडिरहेछ । कुनै अन्य ग्रहवासीहरुले अपहरण गरेको त्रास उनीहरुमा पलाउँछ । एक्कासी उनीहरु बसेको चट्टानले भुइँ छोएको अनुभव हुन्छ । पारदर्शक सिसाको ढक्कन विस्तारै कुहिरो हटेझैँ हटेर जान्छ । उनीहरु त्यही स्थानमा हुन्छन् । तर वरिपरिको प्राकृतिक वातावरणको स्थानमा पूर्ण विकसित वैज्ञानिक प्रविधिले युक्त आधुनिक सहर देखा पर्छ । यसै समयमा आफूलाई वि।सं।३०४६ सालको शान्तिदूतको रुपमा परिचित गराउँदै विचित्र परिधानमा एउटा व्यक्ति उपस्थित हुन्छ । शान्तिदूतद्वारा 'क' 'ख' लाई उनीहरुले विकसित गरेको समयवाहनद्वारा ३१ औँ शताब्दीमा लगिएको थाहा हुन्छ । एक्काइसौँ शताब्दी देखि एकतीसौँ शताब्दीसम्मको एकहजारवर्षको अनियमित तथा अविवेकी वैज्ञानिक प्रयोग अविष्कार र उन्नतिको दुनियाले संसारमा शुद्ध मानवको विनास भएको छ । त्यैकारणले एक्कासौँ शताब्दीका विशुद्ध मानवजोडी 'क' 'ख' लाई मानववंशको पुनः उत्पादको लागि सहर्ष अनुरोध पूर्वक ल्याइएको कुरा शान्तिदूतले जानकारी दिन्छ । 'क' 'ख' आफूहरु नातेदार भएकोले यौनसंसर्ग गरी सन्तानोत्पादन गर्न नसक्ने कुरा जनाउँछन् । सम्पूर्ण आदर्शगत मूल्य र मान्यता हराएर नितान्त यान्त्रिक बचाइमा बाँचेको ३१ औँ शताब्दीको शान्तिदूत सामाजिक मूल्यगत संस्कार अन्तर्गतको सम्बन्ध नबुझेर अलमल्ल पर्छ । यसरी मिलेर बसेका भाले र पोथी जोडीले सन्तान जन्माउन अस्विकार गर्नुको वैज्ञानिक कारण उसको सुपर कम्प्युटरले पनि पत्ता लगाउन सक्दैन ।दोस्रो परिच्छेद ः दोस्रो अङ्कमा शान्तिदूत र 'क' 'ख' पात्रा ३१ औँ शताब्दीको नियन्त्रक समक्ष जाने क्रममा छन् । आर्यहरुको धार्मिक ग्रन्थमा आश्चर्यजनकरुपमा वर्णित त्रिपुरासुरको त्रिपुरजस्तो आकाशमा अत्यन्त सुन्दर गुम्बजनगर निर्मित छ । चारैतिरबाट पारदर्शक सिसाहरुले ढाकिएको सो नगरमा बाह्य वातावरणको पहुँच छैन । त्यस नगरभित्र हुँदै जान वैज्ञानिक प्रविधिद्वारा आविष्कृत वाष्पफोहराद्वारा फोक्सोको छातीसम्म पुग्ने गरी निर्मलीकरण हुनुपर्ने हुन्छ । अन्यथा बाहिरी प्रदुषण भित्र पस्न सक्छन् । त्यो प्रदुषणले भित्रको वातावरणमा भाइरसको रुप लिन सक्ने कुरा शान्तिदूत व्यक्त गर्छ । 'क' 'ख' आफू स्र्वाङ्ग नग्न भएर स्नान गर्न नसक्ने त्यसो गर्दा आफूलाई लाज लाग्ने कुरा भन्छन् । यो लाज भनेको के हो शारिरिक उत्तेजना वा एलर्जी हो भनी शान्तिदूत आश्चर्य प्रकट गर्छ । उसको ३१ औँ शताब्दीमा लाज नै छैन । 'क' 'ख' यो उनीहरुको मूल्य र मान्यतागत संस्कार रुपमा विद्यमान परिस्थिति भएको कुरा व्यक्त गर्छन् । अन्त्यमा निर्मलीकरण गृहभित्र एक्ला-एक्लै नग्न भएर निर्मलीकरण हुन 'क' 'ख' बाध्य हुन्छन् ।'क' निर्मलीकरणका लागि भित्र पस्नासाथ स्वचालित ढोका बन्द भएपछि ध्वनि नियन्त्रकले 'लुगा खोल्नुस् निर्मलीकृत हुनुसू भन्छ । लुगा खोल्नासाथ दिव्यानुभूति गराउने रासायनिक वाष्प फोहरा खुल्छन् । 'क' गहिरो स्वासप्रश्वास लिन्छ फोक्सै सम्म शुद्धिकरण भई सकेपछि रासायनिक फोहराहरु आफैँ बन्द हुन्छ । दिव्यानन्दको अनुभूति हुन्छ । त्यो मादकता मिसाइएको रासायनिक वाष्प पनि हुनसक्छ । तुरुन्तै परिधानकक्षको ढोका खुल्छ । 'क' परिधान कक्षतिर पस्नासाथ निर्मलिकरणको ढोका बन्द भएर बाहिरपट्टिको ढोका खुल्छ । 'ख' पात्रा त्यस कक्षमा पसे तापनि नाङ्गिन सक्दिनन् । ध्वनियन्त्रले लुगा खोल्न पटक-पटक अनुरोध गरे तापनि उनीं आफैदेखि लजाएर बरु मर्छु तर लुगा खोल्दिन भन्ने विचारका साथ कक्ष भित्रै बसिरहन्छिन् ।तेस्रो परिच्छेद ः तेस्रो अङ्कमा ुक' सँग शान्तिदूतसँगको ुख' लाई निर्मलीकरण गराउने प्रसङ्गको विचारविमर्शपछि चिकित्सकहरुले विशेष प्रविधिद्वारा रातो रङ्गगको रारायनिक वाष्पद्वारा बेहोस बनाएपश्चात नग्न बनाई 'ख' लाई निर्मलीकरण प्रक्रियामा पुर् याउँछन् । यस प्रक्रियापश्चात 'ख' आनन्दको अनुभूति गर्दै पूर्ण नग्न अङ्गकासाथ अनुरक्तिको आभास सहित 'क' का सामु प्रस्तुत हुन्छिन् । 'क' पात्र आँखा चिम्लन्छ ।चौथौँ परिच्छेद ः चौथो अङ्कमा उर्पयुक्त तीनै जना नगरको सभा स्थलमा पुग्छन् । आणविक दुर्घटनाले विकृत नागरिकहरुले भव्य स्वागत गर्छन् । त्यहाँका नागरिकहरु २१ औँ शताब्दीबाट ल्याइएकाहस्लाई देखेर मानवजातिको असली स्वरुपको बारेमा जान्न जिज्ञाशिल छन् । 'क' र 'ख' यस्तो दृश्य देखेर डराउँछन् । उदघोसद्वारा मानव पूवर्ज 'क' 'ख' डराएकोले कृत्रिम परिधानमा प्रस्तुत हुन अनुरोध गरेपछि तिनीहरु पौराणिक देव-देवीका परिधान र मुखुण्डोहरुमा उपस्थित भई 'क' 'ख' लाई प्रसन्न तुल्याउने प्रयास गर्छन् ।पाँचौँ परिच्छेद ः पाँचौ अङ्कमा 'क' 'ख' र शान्तिदूत नियन्त्रकसामु पुग्दा नियन्त्रकले स्वागत गर्दछ । ऊ आफू लगायत शान्तिदूत समेत कम्प्युटरले सज्जित शरीर भएको यन्त्र मानव नै भएको जानकारी दिन्छ । आफ्ना कार्यक्रमहरुका बारेमा सम्पूर्ण जानकारी 'क' र 'ख' लाई दिन्छ र नयाँ मानव नस्लको उत्पादन गरी मानव समाजलाई कृतज्ञ बनाइदिन अनुरोध गर्दछ । मानव जातिकै यो दुर्गतिको कारण जान्ने जिज्ञासा 'क' 'ख' ले राखेपछि नियन्त्रक त्यस सम्बन्धमा निम्नानुसारको जानकारी प्रस्तुत गर्छ ।लगभग २५ औँ शताब्दीतिर पृथ्वीमा मानवको जनसंख्या धान्नै नसक्ने गरी बढ्दै गयो । पृथ्वीमा स्रोत साधनको अभाव हुन थाल्यो । मानव-मानवबीच लडाई झगडा हुन थाल्यो । आणविक हातहतियारको प्रयोगले प्रायः सम्पूर्ण मानवको विनाश भयो । त्यस दुर्घटनामा एक जोडी बचेकाले तिनीहरुबाट पुनः मानव सृष्टि हुन पुग्यो । वैज्ञानिकको उन्नतिले युक्त त्यस समाजमा महिला पुरुषबीच सम्बन्ध बिग्रन थाल्यो । महिलाहरु शरीरमा हारमोनको उपचार गरी द्विलिङ्गी बनेर एक्लै सन्तान जन्माउन थाले । द्विलिङ्गी नै बिहाबारी हुन थाल्यो । पुरुषले स्त्री पाउन छाडे । एक तरहले विकृत महिलावादले चरमोत्कर्ष रुप लियो । पुरुषहरु पनि के कम शरीरमा हारमोनको उपचार गरी उनीहरु पनि द्विलिङ्गी बन्न थाले । एउटै व्यक्ति कहिले आमा कहिले बाबु । यस्तो आश्चर्यजनक कहानी सुनेपछि त्यस परिवेशको दृश्य झलक समेत देखाउन 'ख' पात्रा नियन्त्रकलाई अनुरोध गर्छे ।छैठौँ परिच्छेद ः छैठौँ अङ्कमा समययन्त्र मार्फत नियन्त्रक द्विलिङ्गीहरुको वार्तालाप देखाउँछ । अबका प्रायः सबै बच्चाहरु समेत प्रयोगबाट जन्मेका प्रयोगान्छे हुन थालेका छन् । एकलिङ्गी नागरिकहरु दोस्रो दर्जाका ठहरिन थालेका छन् । महिलावाद पुरुषवादभन्दा पर द्विलिङ्गीवाद समाजमा हावी भइसकेको स्थिति छ । यस संस्कृतिका बिरुद्ध खुला तर्क गर्न प्रतिबन्ध छ ।सातौँ परिच्छेद ः सातौँ अङ्कका नियन्त्रक गँड्यौलान्छे प्रसङ्ग देखाउँछन् । अनेकौं प्रयोग तथा उपचारबाट द्विलिङ्गी भएका तर जन्मजात रुपमा सहज तथा स्वाभिक द्विलिङ्गी हुन नसकेकाहरु अनेकौं द्विलिंगी जीवहरुसँग जीन कल्चर गरी स्वाभिक द्विलिङ्गी हुने प्रयास जारी राखेका छन् । उनीहरु द्विलिङ्गी जीवमा सबैभन्दा हानीहिन र उपयुक्त जीवको रुपमा गँड्यौलालाई छानेर जीन कल्चर गरी गँड्यौलामान्छे = गँड्यौलान्छेको आविष्कार गर्छन् ।आठौँ परिच्छेद ः आठौँ अङ्कमा द्विलिङ्गी समाजले जन्माएको गँड्यौलान्छे संस्कृति पूर्ण विकसित भइसकेको अवस्था नियन्त्रक 'क' 'ख' लाई दृश्यपटमा देखाउँछ ।नवौँ परिच्छेद ः नवौँ अङ्ककमा गँड्यौलान्छेहरु औपचारिक रुपमा स्थापित गरिन्छन् । गँड्यौलान्छेको पूर्व प्रयोग र परीक्षण भइसकेपछि सर्वसाधारणको जानकारीका लागि दृश्य यन्त्रद्वारा प्रसारित गरिन्छ । गँड्यौलान्छेमा गँड्यौलाकै मूल प्रकृति छ । ऊ जन्मनासाथ जमिनमुनि पस्न खोज्छ । त्यस समयको द्विलिङ्गी नियन्त्रकले भावविभोर हुँदै गँड्यौलान्छेलाई आफ्नो स्तन चुसाउँछ । गँड्यौलान्छेलाई खान उपयुक्त माटाको विकास गारीएको छ । गँड्यौलान्छेलाई नै भविष्यको कर्णधार उत्तराधिकारी र पृथ्वीको मालिकका रुपमा स्वीकारिन्छ ।दशौँ परिच्छेद ः दशौँ अङ्कमा मानिसको संस्कृतिको पूर्ण अन्त्य भई गँड्यौलान्छे संस्कृतिको पूर्ण स्थापना भइसकेको अवस्था देखाइएको छ । गँड्यौलान्छेलाई हेर्दा-हेर्दा मान्छेको सुन्दरता सम्बन्धि धारणा नै परिवर्तित हुनजान्छ । लत्ताकपडाहरु समेत गँड्यौलान्छेलाई सुँहाउदो पारामा निर्मित छन् । हिँड्दा पनि गँड्यौलान्छे प्रकृतिले हिँड्नुपर्ने अनिवार्य परिस्थिति सृर्जित छ । हरेक होटल रेष्टुरेण्टमा गँड्यौलान्छेले खाने माटो उपलब्ध छ । उनीहरु मान्छेविना दशौँ गुना बुद्धिमान छन् । मान्छेका भावनाहरु अरु अभिव्यक्ति हुनपूर्व नै सुघेरै थाहा पाउँछन् । प्रयोगशालाबाट अत्यन्त विकसित गँड्यौलान्छेहरु उत्पादित हुँदै वितरण गरिन्छन् । ती बच्चा ग्रहण गर्नेहरुको लामो प्रतीक्षा सूची छ । प्रायः संम्भ्रान्तहरुले मात्र बच्चा पाउने स्थितिले गँड्यौलान्छे उत्पादनको बढ्दो लोकपि्रयता झल्किन्छ । गँड्यौलान्छेको असाधारण क्षमताका पछाडि मानिसहरुको नियति निरीह दासको रुपमा सीमित हुन पुग्छ । गँड्यौलान्छेहरु पृथ्वीभित्र अनुकूल वातावरणले युक्त नगर सृजना गरी ऐस आरामका साथ बस्छन् भने दोस्रो दर्जाका मानवहरुलाई पृथ्वीमाथि अलग्गै बस्ने परिस्थिति सृजना गरिदिएका छन् ।एघारौँ परिच्छेद ः सोभावगिताको ११ औँ अङ्कमा मानव वंशको विजोग र त्यसबाट मुक्ति पाउने प्रयासका दृश्यहरु देखाइन्छन् । मान्छेको उत्पादन पूर्णत बन्द छ । गँड्यौलान्छेको बोलवाला छ । विज्ञानले सबैभन्दा ठूलो उन्नति गरेको छ । गँड्यौलान्छेको बुद्धिले जटिल जटिल कार्य गर्दै जाँदा ती मानिसको बुझ्ने क्षमताभन्दा बाहिरका हुन पुगे । परिणामतः सम्पूर्ण प्रशासन गँड्यौलान्छेले नै चलाउन थाले । गँड्यौलान्छेका दृष्टिमा मानिस अनुत्पादनशील अनुपयोगी र अयोग्य साबित भए ।गँड्यौलान्छेका समाजमा मानिसहरु उपेक्षित हुनलागे । मानवको कुनै दर्जा थिएन । मानिसले नै निर्माण गरेका बौलाहा सपनाको अन्तपछि उनीहरु थकित भएर आफ्नो उद्धारको सल्लाहका लागि पृथ्वीको सतहमा भेला भएका छन् । हिजो प्रकृतिको मूल प्रवाहलाई बलात् परिवर्तन गर्दै आफ्नो इच्छाअनुसार प्रवाहित गर्न गरिएका विभिन्न सिर्जनाकै कारण आफूहरु विस्थापित भएको कुरामा छलफल हुन्छ । उनीहरु अब कुनै विकास र आविस्कारको मदमा नबाँची पुराना मूल्यको खोजी गर्दै महिलावाद पुरुषवाद ठूलो-सानो धनी गरीवको भेदभाव त्यागी सहयोग र सहअस्तित्वका आधारमा अघि बढ्दै गँड्यौलान्छे संस्कृतिलाई विस्थापित गरी मानव संस्कृतिको स्थापनाका लागि अघि बढ्न एक ढिका हुन्छन् ।बाह्रौँ परिच्छेद ः बाह्रौँ अङ्कमा नियन्त्रक वर्णन प्रारम्भ गर्छ । अब मानिसहरु सु-सङ्गठित भएर इतिहास निर्माणको कार्यमा लागिसकेका छन् । महिलावादी द्विलिङ्गी संस्कृतिको बिरोध गर्नाले जेलमा परेर बन्ध्याकरण गरिनबाट बचेका द्विलिङ्गी दोकानेले बर्षैपिच्छे मानववंश उत्पादन गर्दै जान थाल्छन् । उनीहरु सोह्र वर्षमा पन्ध्र बच्चा उत्पादन गर्छन् । जेठा र माहिला बच्चा छोरी नै थिए । उनीहरु चौध र पन्ध्र वर्ष पुगेपछि ती बच्चीहरुमा पनि जन्मदाता बाबुकै वीर्यको स्थापना गरेर मानववंश वृद्धि गरिन्छ । क्रमशः उनीहरुबाट समेत उत्पादित भाले पोथीहरुले मिलेर मानववंशलाई अगाडि बढाउँछन् । गँड्यौलान्छे संस्कृतिका खानेकुरा बहिस्कार गर्दै मानवहरु आफैँ च्याउ आदि खोज्न थाल्छन् । मानवहरु गँड्यौलान्छेहरुले प्रयोग गरेर जमिनमा फालेका पुराना प्रविधि सुरक्षित राख्न थाल्छन् । दासको रुपमा प्रयोग गरिएका मानवहरुले गँड्यौलान्छे कहाँ काम गर्न जाँदा त्यहाँका गोप्य रहस्यको ज्ञान अनि लिदै जान थाल्छन् । क्रमशः प्राविधिक रुपले सम्पन्न हुँदै गएपछि मानवहरु गँड्यौलान्छेको भूमिगत नगरमा रेडियोधर्मी गामाकिरण प्रक्षपण गरी गँड्यौलान्छे सखाप पार्ने योजना बनाउँछन् ।तेह्रौँ परिच्छेद ः तेह्रौँ अङ्कमा मानिसहरु गँड्यौलान्छेको भूमिगत नगरमा गामाकिरण प्रयोग गरी गँड्यौलान्छे सखाप पार्ने योजनामा सफल हुन्छन् । तर गँड्यौलान्छेले आफ्नो सेवार्थ निर्माण गरेका यान्त्रिक गँड्यौलान्छेको बारेमा भने मानिसलाई थाहा थिएन । तिनीहरु मानिससरह नै सोच्न सक्थे । साथै यान्त्रिक भएका हुनाले पृथ्वी बाहिरको वातावरणले समेत तिनीहरुलाई कुनै असर गर्न सक्तैनथ्यो । यान्त्रिक गँड्यौलान्छेले पृथ्वीसतहमा आएर सम्पूर्ण कर्तुत मान्छेको भएको थाहा पाइहाले । उनीहरु क्रोधित भएर मान्छेको बस्तीमाथि आगो बसा्रउन थाले । मानवहरुद्वारा लेजर बन्दुगले आक्रमण गर्दा गँड्यौलान्छे विस्फोटित भई ती भित्रका न्यूक्लियर विस्फोटनले आकाश आगोको ज्वालाले व्याप्त हुन्छ । प्रायः धेरै मान्छेहरु यस विस्फोटनमा सखाप भए बाँचेकाहरु पनि अणुशक्तिको गामाकिरण जीन र क्रोमोजोममा विकृत भएर रहे । यसरी जीन र क्रोमोजोम नै विकृत भएपछि मान्छे शारिरिक रुपमै विकृत हुन थालेकाले यस्ता विरुप कुरुप मानिसहरु सिर्जित हुन पुगेको कुरा नियन्त्रक 'क' 'ख' लाई जानकारी गराउँछन् ।चौधौँ परिच्छेद ः चौधौँ अङ्कमा पनि नियन्त्रकद्वारा आफ्ना कुरा राख्ने क्रमजारी छ । मान्छेले स्वाभिकताको विरुद्ध गई आफ्नो सवल र सक्षम चेतनाको दुरुपयोग गर्दै विज्ञानलाई गुड सर्भेन्ट बनाउनुको साटो व्याड मास्टरमा परिणत गरायो । विज्ञानको गलत प्रयोगका कारण आज मान्छे नै मान्छेको शत्रु भएर उभिएको छ । चेतनाको उन्मादमा मदमत्त भएकाहरुले आज मानव इतिहासको धरोहरु नै ध्वस्त बनाइदिएका छन् । त्यसै कारणले अब नयाँ पाराले नयाँ संसारको सृष्टि गर्न तपाईहरुलाई यहाँ ल्याइएको हो भनी नियन्त्रक 'क' 'ख' लाई भन्छ हामीहरु अङ्क खाएर बाँच्दैनौ । हाम्रो व्यवहार संस्कृति र समाजले हाम्रो मूल्य निर्धारित गरेको छ । समाजको अभिमत नै हाम्रो मूल्य निर्धारणको मूल आधार हो । हामीलाई हाम्रा सामाजिक मूल्य र मान्यताले नातेदारीबीच शारिरिक सम्पर्क राख्ने मान्यता नदिएकाले यसो हुन सक्दैन भनी 'क' 'ख' नियन्त्रकलाई सम्झाउँछन् । नियन्त्रक 'क' लाई समयको आवश्यकता अनुरुप स्वभावसम्मत रुपमा प्रस्तुत भई आजको महावंशको रक्षा गर्नुहोस् भनी विनय गर्छ । नियन्त्रकले गरेको याचनाले 'ख' को मातृत्व पग्लिसकेको हुन्छ । उनी 'क' लाई स्वाभाविकतातर्फ उन्मुख भएर मानववंशको रक्षा गरौँ भनी 'क' लाई भन्छिन् । नातेदारीकै कुरा गर्ने हो भने हामी समस्त मानवहरु एउटै बीजबाट झाँगिएका हौँ भन्ने कुरा धर्मशास्त्रमै वर्णित छ । भौतिकवादी दृष्टिले हेर्दा मान्छे बाँदरका सन्तान हुन् र बाँदरभित्र नातेदारी बन्देज छैन भने हामीलाई पनि समयको माग अनुसार आफ्नो कर्तव्य पालन गर्न बन्देज नहुनु पर्ने हो भने 'ख' 'क' लाई भन्छिन् । 'क' र 'ख' को मत बाझ्छ । उनीहरुको झण्डै सम्बन्ध विच्छेद जस्तै परिस्थिति सिर्जना हुन्छ । आफू मेसिन र बाँदर दुवै नभएकाले त्यसो हुन नसक्ने कुरा 'क' बताउँछन् 'ख' ले पटक-पटक अभिप्रेरित गरेपछि शारीरिक संसर्ग नगरी दुवैका वीर्य र डिम्ब झिकेर परीक्षण बोतलमा गर्भाधान गराउने कुरामा सहमति हुन्छ ।पन्ध्रौँ परिच्छेद ः पन्ध्रौँ अङ्कमा प्रयोगशाला कक्ष अन्तर्गत परीक्षण बोतल भित्र 'क' र 'ख' कोबच्चा विकसित भईरहेको देखिन्छ । 'क' यो नहुनुपर्ने भयो भनी अप्ठयारो मान्छ । 'ख' 'क' लाई सम्झाउँदै भन्छे - तिमीले कहिल्यै सपनामा नातेदारी सम्पर्क राखेका छैनौ यसलाई पनि एउटा सपना मात्र सम्झ । पापको अवधारणा भनेको सामाजिक मूल्य मात्र हो जुन कुकर्मसँग सम्बन्धित छ । तिम्रो एक्काइसौँ शादाब्दीको तर्कले आज कुनै अर्थ दिँदेन । तिम्रो युगले यसरी वीर्य र डिम्बामत्र दिएर सन्तानोत्पादन गर्न सक्थयो तिम्रो वीई केवल स्खलन मात्र हुन्थ्यो र मेरो डिम्ब पतन मात्र हुन्थयो । त्यसैले समय सापेक्षित होऊ ………॥ आदि ।सोह्रौँ परिच्छेद ः सोह्रौँ अङ्कमा 'क' र 'ख' ले मानववंशलाई दिएको वरदानप्रति कृतज्ञ भएर त्यहाँका नागरिकहरु जयजयकार गदैँ स्वागत गर्दछन् । चारैतिर जगन्माताको जय ध्वनि सुनिन्छ । नियन्त्रक महोदय 'क' र 'ख' सधैँ पूज्य हुनेछन् । भनी घोषणा गर्छन् । 'क' र 'ख' तिनै एककाइसौँ शताब्दीका पूल्य र मान्यताहरुकासाथ पुरानै समयमा फर्काइने तयारी चल्दैछ 'क'र 'ख' लाई आफ्नो युगमा कुनै अप्ठयारो नपरोस् भनेर एकतीसौँ शताव्दीका सम्पूर्ण स्मृतिहरु विस्मृत गराइन्छन् । एकतीसौँ शताब्दीको समयमा उनीहरुले छ महिला बिताईसकेका छन् तर एक्काइसौँ शताब्दीका लागि यो छ घण्टा मात्र भएको छ । ुक' र 'ख' लाई पहिले लगेकै प्रकृया अनुसार समययाद्वारा एक्काइसौँ शताब्दीमा पुर् याइन्छ ।सत्रौँ परिच्छेद ः सत्रौँ अङ्कमा 'क' र 'ख' आफ्नै युग र स्थानमा आइपुग्छन् उनीहरुले आफूहरुले चटुङ्ग परेर वेहोस भउको अनुमान गर्छन् । हामीले गलत विचार राख्नाले पापको सजाय मिलेको हो म झुन्डेर मर्छु भनी 'ख' भन्छिन् । 'क' र 'ख' दुवै अब गलत काम नगरी प्रायश्चित गर्ने निधो गर्छन् ।उन्तीस दिनसम्म दुवैको भेटघाट हुँदैन । 'ख' को रितुस्नानको समय आउन लागेको छ । उनलाई आफ्नो शरीर प्रफुल्लित र रुवाभन्दा हल्का भएको अनुभूति हुन्छ । उनी उउटा सपना देख्न पुग्छिन् ।देवलोकबाट दिव्य पुरुष प्रकट भईसृष्टिको समय भएका कारण 'क' ले उनीलाई श्लेषमान्तकमा खोजिरहेको सूचना अनुरोध गर्छन् । 'ख' आत्मारुपमा उठेर दगुर्दै 'क' समक्ष पुग्छिन् । देवताहरु पुष्प बृष्टि गर्छन् । 'क' र 'ख' फूलको बिछ्यौनामा यौनान्दमा डुबी संसारलाई भुल्छन् । रति सुख प्राप्ति पछि 'ख' यौनसुखमा यति आनन्द भर्न सक्ने विधातालाई सादर प्रणाम गर्छन् । दिव्यपुरुष प्रकट भएर 'ख' को पेटमा सिर्जित दिव्य बालकहरुलाई बाहिर निकाल्ने अनुमति मागी गर्भ भित्र पसेर दुई हजार दिव्य बालकहरु निकाल्छन् । दिव्यपुरुष सबै बालक लिएर जान्छन् । 'ख' पात्रा 'मेरा बच्चा ……मेरा बच्चा…' भनी चिच्याउँदै उठ्छिन् । केही समय पछि टेलिफोनको घन्टी बज्छ । फोनमा 'क' 'ख' लाई भेट्न आतुर भएको कुरा सुनाउँछ । उही चट्टान भेट्न सल्लाह गर्छन् ।अठारौँ परिच्छेद ः नाटकको अठारौँ अङ्कमा पनि 'क' र 'ख' को फोनवार्ता जारी छ । 'ख' आफ्नो सपना 'क' लाई सुनाउछे । 'क' पनि त्यस्तै सपना देखेको कुरा भन्छ । तर 'क' का सपनामा वैज्ञानिक प्रतीकहरु थिए भने 'ख' का सपनामा आध्यात्मिक प्रतीकहरु थिए । यो उनीहरुको सोचाईका कारणले देखिएको हो । अचेतनमा हामी दुवै नाङ्गीनु र सम्बन्ध राख्नु पाप रहेनछ । त्यसैले सपनामा यस्तो देखिएको हो भनी उनीहरु भन्छन् । हाम्रा चेतन मन परम्परागत सामाजिक मान्यताले ग्रसित छन् । हाम्रा मूल प्रवृति सधैँ आफ्ना स्वभाव अनुसार परिचालित हुन्छन् । तिमी विपनामा हाम्रो नातेदारी प्रेम सम्बन्धलाई घृणा गछ्र्यौ । तर हरेक महिना कामोत्तेजित हुँदै श्लेषमान्तक वनमा आईपुग्छ्यौ । मान्छे मूल प्रवृतिबाट हार्न सक्दैन । आजलाई विदा महिना दिनसम्मका लागि भनी 'क' 'ख' लाई भन्छ । यसरी 'स्वभावगीता' नाटको कथावस्तु टुङ्गिन्छ ।पात्र÷चरित्रकवितारामको ुस्वभावगीता' नाटक स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो । यसमा प्रयोग भएका पात्रहरुमा 'क' पात्र 'ख' पात्रा शान्तिदूत नियन्त्रक आणविक दुर्घटनाबस विकृत मानवजाति द्विलिङ्गी र गँड्यौलान्छे यान्त्रिक गँड्यौलान्छे आदि हुन् । यिनीहरुमा 'क' र 'ख' मुख्य पात्र हुन् भने अन्य सम्पूर्ण पात्रहरु गौण वा सहायक पात्र अन्र्तगत पर्दछन् । उर्पयुक्त पात्रहरुको चरित्रचित्रण निम्नानुसार गर्न सकिन्छ ।मुख्य पात्रहरु'क' पात्र ः 'क' पात्र यस नाटकको प्रमुख पुरुष पात्र हो । बिक्रम सं. ३०४६ अर्थात् १००० वर्ष पछिको समयको वैज्ञानिक यन्त्रणा र मानवमूल्यको समन्वयात्मक अभिव्यक्ति व्यक्त गर्ने क्रममा लेखकले 'क' पात्र प्रस्तुत गरेका छन् । 'क' पात्रलाई वैज्ञानिक दुर्घटनाले समाप्त प्रायः भएको मानववंशलाई पुनः निरन्तरता दिनका लागि बाँकी बचेकी एकमात्र पोथी 'ख' पात्रासँग यौन सम्पर्क गर्न अभिप्रेति गरिन्छ तर त्यो पोथी पात्रसँग अफ्नो हजार वर्ष पूर्वकै साँस्कृतिक मूल्यमा आधारित नाता सम्बन्ध पर्ने हुनाले त्यसो गर्नमा ऊ असहमत जनाउँछ । यसरी प्रारम्भमा ऊ स्थीरपात्रका रुपमा देखापरे पनि तापनि निर्मलिकरण प्रकि्रया लगायतका घटनामा उसले 'ख' पात्रालाई सम्झाउँनुले उसमा पनि गतिशीलता थपिँदै गएको देखिन्छ । नाटकको अन्ततिर मानववंशको सुरक्षार्थ नाता पर्ने पोथीसँग सम्भोग गरी मानव उत्पादन गर्नपर्ने अनुरोध उसलाई स्वीकार्य हुँदैन । 'ख' को अनुरोध पनि निरर्थक हुन्छ । यसरी ुक' पात्र 'ख' पात्राको तुलनामा बढी स्थीर र पारम्परिक स्वभावको देखिन्छ । गर्भादान गराउन यैनसंसर्गमा तत्पर नभई आफ्नो वीर्यदान गरी प्रयोगशालामा 'ख' पात्राको डिम्बमा योग गराएर सन्तान दिन सहयोग गर्नुले 'क' पात्र पनि मानववंशप्रति सचेत सजग भएको भने अवश्यै पाइन्छ । यस नाटकलाई मन्चन गर्नपर्दा 'क' पात्र प्रत्येक्षरुपले आवद्ध समेत छ । 'क' पात्र र 'ख' पात्रा प्रारम्भदेखि अन्त्यसम्म रहनु नाटकको आफ्नै वैशिष्ट्यको रुपमा देखापर्छ । दुवै एकेचोटि देखिन्छन् र एकैचोटि अन्त्यमा विसर्जित हुन्छन् । अन्ततः 'क' पात्र नाटककारको मूल स्वभाववादी चिन्तनको सम्प्रेषण गर्न सफल छ । स्वभाविक रुपमै एउटा भाले एउटी पोथी संग आसक्त हुनसक्ने सामान्य मान्यता नाटकको अन्त्यमा प्रस्तुत छ । स्वप्नमा अवचेतनबाट प्रेरित भई एकअर्कालाई भेटी स्खलित हुन पुग्नु यसैको परिणति हो र स्वयं नाटककारको ध्येय समेत त्यही हो । निष्कर्षमा 'क' पात्र सामाजिक संस्कार र परम्पराबाट मुक्त भई अन्तमा नाढककारको साहित्यिक मान्यातमा एकीकृत हुन पूर्ण तत्पर छ ।'ख' पात्रा ः 'ख' पात्रा यस नाटककी प्रमुख स्त्री पात्र हुन् । नाटककारले मानवीय साश्वत स्वभावलाई प्रकट गर्ने उद्देश्यले 'ख' पात्राको स्थापना गरेका हुन् । उनी एक्काइसौँ शताब्दीको मूल्य र मान्यतासँग एकतिसौँ शताब्दीको मूल्यको तुलना गर्दा प्रयोग गरिएकी छिन् । एकतीसौँ शताब्दीको प्रवेशमा पुर् याई मानव जाति नभएको अवस्थामा आफन्त पर्ने भालेसँग संसर्ग गराइए उनीबाट नयाँ शुद्ध मानव नश्ल उत्पादन गर्ने लक्ष लेखकको छ । तापनि लेखक मूल्यको अगाडि धुकुचुक छन् । यहाँ उनी स्थीर पात्रका रुपमा प्रस्तुत छिन् । परिस्थितिको बोध पश्चात् उनले परम्परागत मूल्यमा नातेदार मानिने भालेसँग संसर्ग गरेरै भएपनि शुद्ध नश्ल उत्पादन गर्ने नवीन आग्रहमा सहमति जनाएकी हुनाले उनमा गतिशीलता देखाएर गतिशील पात्रको रुपमा उपस्थित छिन् । लेखक मूल्यको विरुद्धमा विद्रोही झैँ देखिए तापनि उनका पात्र धुकचुक गर्छन् । यसबाट लेखकको धारणामा पनि परम्परागत मूल्यको अज्ञात अस्वीकृति झल्किन्छ । 'ख' पात्रा मानववंशको हीतका लागि आफूले सर्वस्व ठान्दै आएको पवित्र शारीरिक यौनसम्बन्धको घेरा नाघेरै भएपनि मानव कल्याणमा लाग्ने अठोटमा छिन् । यसलाई उनको अनुकूल प्रवृत्ति ठान्नुपर्दछ । उनी अन्तमा गएर वैज्ञानिक प्रविधिद्वारा नाता पर्ने भालेको वीर्य आफ्नो डम्बमा मिलाई प्रयोगशालामा बच्चा पैदा गरी नष्टप्रायः मानव जातिको पुनः विकास भएकोप्रति सन्तुष्ट छिन् । यसलाई उनको जीवन चेतनामा क्रान्तिकारी साँस्कृतिकताको परिपूर्णता ठान्नै पर्छ । उनीद्वारा प्रेम गरिएको भाले 'क' पात्र उनकै नातेदार हुन्छ । तर उनलाई थाहा हुदैन । आफूबीचको नाता सम्बन्ध थाहा भएपछि उनी शारीरिक सम्बन्ध नराख्ने प्रण गर्छिन् तापनि प्रुायडीयस्वप्न मनोविज्ञानको सिद्धान्त अनुसार उनी सधै पराजित हुन्छिन् । रजस्वला अवधिका कामपिडित समयमा उनी स्वप्नमा नातेदार भालेप्रति आसक्त भई सम्भोग क्रीडामा स्खलित हुन पुग्छिन् र स्वप्न टुट्नासाथ फोन गरी आफ्नो भाले प्रेमीलाई निश्चित एकान्त स्थलमा भेट्न चाहन्छिन् । यसरी स्वभाविक रुपमा भएको भालेपोथी बीचको स्वभाविक आकर्षणलई उनी पारम्परिक कृतिम र संस्कारका पर्दामा लुकाउन असमर्थ भई आत्मसमर्पण गर्छिन् । एक तरिकाले उनी लेखककी मुख' पात्रा हुन् । लेखकको परम्परागत मान्यताप्रति आफ्नै अस्वीकृति विद्रोह छ र यही अस्वीकृति पोख्न निम्नपात्र प्रयोग भएकी छिन् र यही वास्तवमा मानवीय जैविक स्वभाव हो भन्ने धारणा लेखकीय दृष्टिकोण भएअनुसार 'ख' पात्रा सोही अनुरुप प्रस्तुत देखिन्छिन् ।गौण वा सहायक पात्रशान्तिदूत ः शान्तिदूत यस नाटकको गौण पात्रमध्यको एक हो । नाटकको प्रारम्भमा 'क' पात्र र 'ख' पात्रालाई १००० वर्षपछिको समयमा लैजाने क्रमदेखि नै शान्तिदूतको प्रवेश छ । शान्तिदूत सहायक पात्र हो । उसका कि्रयाकलाप र गतिविधिहरुले नाटकलाई प्रत्यक्ष रुपमा कुनै मोड वा निर्देशन वा नकारात्मक प्रभाव दिएका छैनन् । मन्चनका दृष्टिले शान्तिदूत पनि मन्चीय पात्रका रुपमै उपस्थित हुन्छ । ऊ एक्काइसौँ शताब्दीको पुरुष पात्र हो । शान्तिदूत पात्रका दृष्टिले अनुकूल पात्रको रुपमा चित्रित छ ।नियन्त्रक ः नियन्त्रक यस नाटकको अर्को गौण पात्र हो । ऊ हजार वर्ष पछिको समयगत मूल्य र मान्यता र वर्तमानयुग बीचको प्राप्तिलाई प्रस्तुत पात्रले प्रकट गरेको छ । उसका शरीरका हरेक अवयवमा कम्प्युटर जडित छ । उसको मस्तिष्क र हृदयका भावनाहरु समेतले यन्त्र स्वचालित प्रविधिद्वारा परिचालित छन् र ऊ हरेक कार्य र निर्णय विनाविलम्ब गर्नसक्ने क्षमता राख्दछ । ऊ अनुकूल पात्र हो । उसको अन्तिम ध्येय नै यस तथ्यको प्रमाण हो । कार्य लक्षप्राप्तिको लागि उसले 'क' 'ख' लाई स्वीकृति जनाउन अनुरोध गर्ने क्रममा अनेक लचकताहरु प्रस्तुत गर्दै अन्त्यमा परिस्थिति आफ्नो अनुकूलमा तान्न नियन्त्रक सक्षम छ । यसरी ऊ एक सफल र गतिशील पात्रको रुपमा प्रस्तुत छ । प्रस्तुत पात्र नियन्त्रक पनि लेखकका धेरै भावनाको प्रकटिकरणमा सफलिभूत देखिन्छ ।सामूहिक पात्रनाटकको मध्यभागमै गौण रुपमा प्रस्तुत भएर आफ्नो भूमिका पूरा गरी बिदा हुने सामूहिक पात्रका रुपमा आणविक दुर्घटनामा परेर मर्नबाट बचेका तर क्षतविक्षत प्रायः विकृत मानवजाति पुरुषहरुबाट कुपित खरो नारीवादीले सिर्जित द्वििलंगी मानवहरु गँड्यौलान्छेहरु रहेका छन् । सम्भावित आणविक दुर्घटनाबाट मानवजातिलाई हुनसक्ने खतराप्रति वैज्ञानिकयुगलाई सचेतना दिन विकृत मानवहरु प्रस्तुत गरिएका हुन् । दोस्रो विश्वयुद्धका हिरोसिमा नागासाकीमा देखिएको आणविक शक्तिको विकृत रुप जस्ता घटनाहरु मानवले फेरि बेहोर्न नपरोस् भन्ने प्रत्येक्ष सन्देश विकृत मानवमार्फत लेखकले दिएका छन् । स्वच्छ सुन्दर र शान्त मानिस वा स्वरुपमा प्रस्तुत हुन तिनीहरुले मुखुण्डो धारण गर्नपर्ने वाध्यता छ भने असली र विकृत नभएको सुन्दर मानिसको अनुहार देख्नु पनि उनीहरुका लागि दुर्लभ छ । कुनै एक समयमा विज्ञानले ताण्डवनृत्य गर्ने क्रममा यसो पनि गर्न नसक्ला भन्ने शङ्का समेत प्रस्तुत छ ।सामूहिक पात्रकै रुपमा प्रयोग भएका अर्कासमूह पात्र हुन् द्विलिङ्गी मानवहरु । कथामा पुरुषको अधीन स्वीकार्न नचाहने महिलाहरुद्वारा शरीरमा हार्मोनको उपचार पछि आफ्नै शरीरमा द्विलिङ्ग स्थापना गर्न सफल भएको देखाइएको छ । यसपछि संसारमा स्त्रीहरुको अभाव हुँदै जान्छ र कतिपय पुरुषहरु समेत स्त्रीहरुको अभावमा उपचार विधिद्वारा द्विलिङ्गी बन्न वाध्य हुन्छन् । यसरी द्विलिङ्गसँगै जन्मिएको द्विलिङ्गी संस्कृतिले द्विलिङ्गवाद नै जन्माएर पुरुष र स्त्रीको लैङ्गिक प्रकृतिमाथि नै प्रश्नचिन्ह लगाइदिएको परिस्थतिको मार्मिक चित्रण गर्न यी पात्रहरु प्रयोगमा आएका छन् । गँड्यौलान्छे पनि यस्तै सामूहिक पात्र हुन् । स्वाभाविक लैगिकतामा आधारित मानव जातिलाई निमिटयन्न पार्दै मौलिक मानव नस्ललाई नष्ट पार्ने विज्ञानको सम्भावित क्षणप्रतिको चित्रण उक्त गँड्यौलान्छे प्रस्तुत छन् । द्विलिङ्गी संस्कारले पनि पूर्ण द्विलींङ्गिकता नपाएकाहरु द्विलिङ्गी जीव मध्यको गँड्यौलामाथि मानिसको जीन पटकपटक मिश्रण गरी गँड्यौलान्छेको जन्म दिन्छन् । उसको आकार र स्वरुप मान्छेकै भएपनि स्वाभावचाहिँ गँड्यौकै हुन्छ । त्यसैले पनि उसलाई गँड्यौलान्छे नामाकरण गरिएको हो । गँड्यौलान्छेको उत्पति पछि मानव संस्कृतिका हरेक पक्षहरु गँड्यौलान्छे हुन पुग्छन् । यसरी सबै रुपमा सखाप हुन पुगेका वा सक्ने मानव गँड्यौलान्छे र द्विलिङ्गी प्रस्तुत गरेर लेखक विज्ञान एउटा आज्ञाकारी दास मात्र हुनुपर्छ अनियन्त्रित मास्टर हुनुहुन्न भन्न उद्यत भएको आभास हुन्छ ।शिल्पकवितारामको 'स्वभावगीता' नाटक वि।सं। २०४८ मा सारस्रङ्ग्रह प्रकाशनबाट प्रकाशित कृति हो । उनका हरेक कृतिमा झैँ यसमा पनि वाह्य आवरण पृष्ठ अस्वीकृतिजन्य ढाँचा तथा कालो रङ्ग पोतिएको छ । भूमिकाका दश पृष्ठ र नाटकका ९९ पृष्ठ गरेर जम्मा १०८ पृष्ठमा प्रस्तुत नाटक रचित छ । विधागत विश्लेषण गरेर आफ्नो नाटकको अध्ययन गर्दा नाटक भयो भएन भन्ने कुरामा लेखको विश्वास छैन । यो नाटक नाटकउपन्यास = नाटकान्यास समेत भएको हुनसक्ने लेखकको आशयले नै यसमा विधागत विचलन छ भन्न सकिन्छ । स्वभावगीता प्रस्तुत नाटक अठार अध्यायमा बाँडिएको छ । नाटकको सामान्य नियम अनुसार यसलाई अङ्क र दृश्यमा वर्गिकरण गरिएको छैन । नेपाली नाटक परम्परामा वैज्ञानिक विषयवस्तुलाई प्रवेश गराइए स्वैरकाल्पनिक प्रविधि अँगाल्दै नयाँपन दिँदा केही विधागत विचलनता बेहोर्नुपरेको समेत हुनसक्छ । पाश्चात्य नाटककार एज.जि. वेल्सको कालयन्त्र टायम मेशिन नाटकसँग केही हदसम्म ुस्वभावगीता'को वैज्ञानिक विषयवस्तुको आधारमा सामिप्य छ भन्न सकिन्छ । वैज्ञानिक कल्पनाको आकाशमा प्रशस्त फन्को मारेको प्रस्तुत नाटक स्वैरकाल्पनिक प्रविधिमा आधारित छ । नाटकको अन्त्यतिर स्वप्न शैलीको समेत प्रयोग पाइन्छ ।भाषा शैलीप्रस्तुत नाटक वैज्ञानिक विषयवस्तुमा आधारित नाटक हो । यस नाटकको भाषा शैलीमा वैज्ञानिक शब्द शब्दावलीको प्रयोग हुनु स्वाभाविकै हो । साथै यस नाटकमा विभिन्न तत्सम आगन्तुक झर्रो शब्द तथा अनौठा शब्दावलीहरुको समेत प्रयोग पाइन

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 श्रावण, 2065

लेखकका अन्य रचनाहरु