हृदयको आवाज

- निलकमल छेत्री

हृदयको आवाज हुँ म
म चिच्याउ छु, कराउछु
अनि एक दिन कलमको साहारा लिएर बाहिर निस्कन्छु ||

मेरो आवाजमा त्यो सत्य छ ||
फूलको थुंगाहरुबाट उसको सुगन्ध भै निस्किन सक्छु
खुल्ला आकाशमा बादल भै उड्न सक्छु
हृदयको आवाज हुँ म ||

म अन्धाको आँखाबाट संसार हेरन सक्छु
म खुट्टा न भएको मान्छेसंग पुरा संसार घुम्न सक्छु
म ती बुढी भएकी आमाको साहारा बन्न सक्छु
म रोगीको रोगलाई मन भित्र पसि हेरन् सक्छु ||

मेरो आवाजमा त्यो सत्य छ
निराशालाई आशामा परिवर्तन गर्न सक्छु
लागेको तृषनालाई पानि भै मेटाउन सक्छु
कसैको नयाँबाट आँशु बनी बग्न पनि सक्छु
कसैको ओठबाट मुस्कान भै निस्किन पनि सक्छु ||

मेरो आवाजमा त्यो सत्य छ
कसैको आँखाका तारा पनि हुन् पुग्छु
कसैको आँखाको कसिंगर पनि बन्न पुग्छु
तेही मान्छेलाई मान्छे मत्रै पनि देख्न सक्छु
तेही मान्छेलाई मानवताको गुणले भरिएको पनि देख्न सक्छु
हृदयको आवाज हुँ म

गान्तोक, पूर्व सिक्किम ,भारत

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 15 चैत्र, 2074

लेखकका अन्य रचनाहरु