छेदीलाला कथासङ्ग्रहको विवेचना

- सदानन्द अभागी

परिचय–
विराटनगरमा लेखक संघ र प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन गरिएको वृहद साहित्य सम्मेलन २०७४ साल फागुन ४–५ गते राममणि पोखरेलसँग साक्षत्कार हुने मौका मिल्यो । सप्रेम उपहार सहित छेदीलाल कथासङ्ग्रह मेरो हातमा प¥यो । आफ्नो कृतिमा सबैले लेखक परिचय भनि व्यक्तिगत विवरण राखेका हुन्छन् तर राममणिको यस कृतिमा भने त्रियुगा नगरपालिका –३ मिलनचोक, उदयपुरको साथमा उदयपुर साहित्य परिषद, नेपाल स्रष्टा समाज, सगरमाथा साहित्य प्रतिष्ठान सुरभि साहित्य प्रतिष्ठान, विराट साहित्य अभियान, नेपाल अर्बुद रोग निवारण सङ्घ र पोखरेल राष्ट्रिय प्रतिष्ठानमा आबद्धता देखिन्छ । सम्झनाको पोखरीमा छचल्किएका छाल जेल संस्मरण (खण्ड १), साहिँली मैया र रसुवाघाट (उपन्यास)को साथै हरिमानको आत्महत्या, सोममाया र शान्ति अभियान, दण्डहीनता, सूचना टाँस ,अमरमानको बहिर्गमन, यात्रा अनुभूति, समयका पाइला, स्वदेश प्रेम, समयले दिएका पीडा, र छेदीलाल गरी १० ओटा कथासङ्ग्रहहरूले उहाँलाई बरिष्ठ कथाकारको रूपमा स्थापित गरिसकेका छन्, । कृति अध्ययनले उहाँ एक बरिष्ठ आख्यानकारको साथै समाजसेवी एवम् समाज सेवामा समर्पित हुँदा जेलको यातना समेत भोग गरेको व्यक्तिको रूपमा परिचय गराउँछ
कृतिको संरचना –आवरण सहित १८१ पृष्ठमा संरचित यस कृतिको प्रकाशन श्रीमती शकुन्तला पोखरेलले गर्नु भएको छ । यस कृतिको मूल्य २५० रुपियाँ राखिएको छ र यसमा १३ कथाहरू समावेश गरिएका छन् । यस कृतिलाई पिता स्व.भागवतप्रसाद पोखरेल, माता स्व. हेमकुमारी पोखरेल, दाजु स्व.रत्नप्रसाद (विश्वनाथ)÷भाउजू स्व.गोमा पोखरेल) दाजुहरू स्व. रामबाबु, स्व.देवराज पोखरेल नातिनी स्व. निकिसा (जानुका) भट्टराईप्रति भावपूर्ण श्रद्धाञ्जली समर्पण गरिएको छ ।
कृतिप्रति साहित्यकारको धारणा – डा. दयाराम श्रेष्ठले मन्तव्य शीर्षकमा मूल्याङ्कन गर्दै भन्दछन् –‘समग्रमा उनले आफ्ना कथाहरूमा ग्रामिण जनजीवनका विभिन्न समवेदना र अनुभूतिलाई उतारेका छन् ।’ यस कृतिको भूमिका लेखन बलराम पोखरेलले गर्नु भएको छ र यस कृतिप्रति उहाँको धारणा यस प्रकार आएको छ –‘एक वाब्क्यमा भन्दा कथाहरू राम्रा र उत्तम छन् ।’
कथाभित्र प्रवेश गर्दा – यस कृतिको पहिलो कथा माननीयज्यू शीषर््ाकमा लेखिएको छ । यी माननीय पहिला घरमा गलत काम गरेर भूमिगत भएका ,भूमिगत रहँदा पनि एउटी युवतीलाई भुँडी बोकाएर गर्भपतन गर्न खोजेका र गर्भपतन गराउन नसकी दशक्ठा जग्गा दिएर अर्कैको जिम्मा लगाएका, काठमाण्डौ गएर पैसा आर्जन गरेर पुन सोही घरकी अर्की छोरीलाई भगाएर, घरकी पत्नी र छोराछारीलाई मतलव नराखी पैसाको बलमा साँंसद भएको धारणा आएको छ । भूमिगतमा जाने मानिस सबै राम्रो चरित्रका हुँदैनन् राजनीति गर्न धन लगानी गरे पुग्ने धारणा आएको छ कथामा ।
फेरि भेट भएन –समाज परिवर्तनको लागि माओवादी जनयुद्धमा होमिएकी कमला एउटा कृषकको घरमा बास बस्न पुगेकी र बिहान हिडेपछि उसको नाम कतै सुन्न नपाइएको तर देशमा माओवादी विद्रोह अन्त्य भएको शान्तिवार्ताले सार्थकता लिएको संविधान बनेको भन्दै कथाकारले सो समयमा सेना, प्रहरी र भूमिगत मओवादीबाट जनताले भोग्न परेको कष्टको वर्णन गरेका छन् । सरकार पक्ष र माओवादी पक्षबाट वेपत्ता पारिएकाको स्मरण गराउँछ कथाले ।
शून्यतामा जीवन –यस कथामा कथाकारले एक बच्चा सहितकी विधवालाई गाउँका युवाले सताएर अर्को विवाह गर्न बाध्य भएकी, उस्को पलिो लोग्नेबाट जन्मेको बच्चाप्रति धनीबाट गरिएको श्रमशोषण गरिबले दैनिकीमा बाँच्न प्रने बाध्यता र काममा नै हुने मृत्युवरण, लोकतन्त्रबाट दलितले प्राप्त गर्न नसकेको अनुभूति, मदिरा पानको साथै दलित र बालश्रम शोषणको स्थितिलाई प्रष्ट्याएका छन् । वंश–मध्यम वर्गीय परिवार, पहाडबाट तराईतिर बसाइँ सराइ, छोरालाई धन आर्जन गर्न विदेश पठाउनु, बुहारीको यौवनताले खोजेको शारिरिक सम्पर्क, गाउँघरमा यस सम्बन्धमा हुने चर्चा र उपचर्चा, सासु र बुहारीका झगडा, ससुरामा देखिएको चिन्ता, बुहारीले रातमा आफ्नो नाठोलाई घरमा बोलाएको र बुहारीको चियो गर्न बसेको ससुरालाई नाठो सम्झी बाहुमा जकेडेको धारणा कथाले समेटेको छ । आजको समयमा विदेश जाने क्रममा परिवारमा देखिएको जटिल समस्यालाई कथाले समेटेको छ । वेड नम्बर चौध –गर्मी महिना, बिरामीको संख्या अधिक, पुरुष भन्दा महिला अधिक, मामा भेट्न गएको व्यक्तिले विद्रोही स्वभावका साहित्यकार विमारी भएको देख्नु, साहित्यकारले अनमेल विवाह गरेको, प्रथम विवाहलाई मौखिक पारपाचुके गरेको, पहिली श्रीमतीलाई शंका गरि गर्भको सन्तान समेत नस्वीकारेको तर गर्भको सन्तानलेपछि रगत जाँचगरी प्रमाण सहित अंशको दावीेको मिसिल प्राप्त भए पछि साहित्यकार बौलाए र वेड नम्बर १४मा नै मृत्यु वरण गरेको यस कथामा शिक्षक भएर विद्यार्थीप्रतिको शारीरिक सम्बन्ध, आफ्नी पत्नीप्रतिको अविश्वास, आदि नराम्रा कामको परिणति पनि नराम्रो हुने साथै गर्भ हैन भन्नेहरूलाई मौखिक नभै रगत परीक्षणबाट पुष्टि गर्न सकिने शिक्षा प्रदान गरेको छ कथाले । विद्रोह –२००४ सालमा देशमा राण शासनको अन्याय अत्याचार दमनले अति उत्कषृमा पुगेको थियो ,। नयनध्वजले गाउँमा तहल्का मच्चाएको र उसको दमन, शोषणको विद्रोह गर्नेआँट कसैमा थिएन । रङ्गनाथ र उसको बीचमा मतभेद जारी थियो । सामन्तको मानवताहीन व्यवहारको विद्रोह जनाउँदै र।ङ्गनाथले आफ्ना घरका सबै बस्तुहरु, छाडेर रातमा गाउँ छाडेका र नयनध्वजको घरको नजिकको चौतारीमा ‘‘नैने समाज पिराह असती, तीन पुस्ता पछि तेरो वंश नास होस् नास भएनछ भने पनि दुख पाऊन्, आजको म्यादले तैंले वर्ष दिन भित्र धरती टेक्न नपाएर !’’ लेखेर छाडेको जस्को फलस्वरूप गाउँमा हल्ली खल्ली मच्चिएको र नयनध्वज पनि गाउँ छाडेर राजधानी गएको, नयनध्वजकी आमा बार्दलीबाट हामफालेर मृत्युवरण भएको आदि धारणा आएका छन् । अति अत्याचार र शोषणले गर्दा विद्रोहको जन्म हुन्छ र त्यसको नतिजा हानिकारक हुन्छ भन्ने शिक्षा प्रदान गरेको छ कथाले ।छेदीलाल र नाकाबन्दी – यस कृतिको नामाकरण पनि छेदीलाल यसै कथाबाट राखिएको छ । छेदीलाल सीमानामा बसेको, परिश्रमी भए पनि धेरै जहानको कारणले गरिबलिे थिचिएको ,देशको सुविधाबाट बञ्चित, भारतीय बजारबाट सामान ल्याएर बेच्ने काम गर्नु, आदि दैनिकी थियो छेदीलालको । नाकाबन्दी लागेको जानकारी नभएकोले ऊ मारिन्छ, उसकी छोरी अपहरणमा पर्छे , छोरीलाई कस्ले कहाँ पु¥याइयो नत पत्रिकाले लेख्यो नत खोजेर नै पाइयो आदि धारणा पस्किएको छ कथामा । यस कथाले तराईका सीमाक्षेत्रमा बस्ने गरिब जनताको प्रतिनिधित्व गरेको छ । भारतीय नाकाबन्दीले देशमा आएको असहज परिस्थितिलाई स्मरण गराएको छ । कथा यथार्थ परक र मार्मिक छ ।किनारा नलागेको जीवन –कथाले समाजको परिवर्तन, न्याय र समनताको खोजी, महिला र पुरुषमा समनता , न्याय र व्यवहार बीच सन्तुलन, महिला माथिको अत्याचार, विभेद, बाल्यकालमै विवाह, बाल्यकालमै विधवा, विधवा अवस्थामा अंशसहित माइत आउनु, कष्ट पाउनु, सन्तानको लागि गरिने बहुविवाह, पति वितेकोमा प्रयोग गरिने शब्द पोइटोकुई र यौवनताले खोजेको जोडी, विधवा बहिनीको सम्पतिको अधिपत्व र बहिनीले भोग्न परेको माइतीको दासतालाई यस कथाले समेटेको छ । मौका छोप्नेहरू–यस कथामा भुइँचालोले तहसनहस पारेका अवस्थामा मानिसको कष्टदायी अवस्थाको वर्णन, राहत बाँडने काममा सरकार लगायत विभिन्न संस्था तथा व्यक्तिहरूको सम्लग्नता त्यस अवस्थामा मौकापारी राहत बाडने र सीप सिकाउने वाहनामा छोरीचेलीलाई वेच्न लाने मानिसको बिगबिगीको बारेमा प्रष्ट्याएको छ कथाले । फुपूको मृत्युले डो¥याएका दिन–अस्थाइ शिक्षकमा जीवन विताएका सरको मन्दिर जाने तर्खर म पात्रको अस्पताल जाने धारणा, जनकपुरका मन्दिरहरूमा देवी देवताको दर्शन, अस्पताल पुग्नु फुपूलाई भेट्नु, पूmपु पोइल गएकी हुनाले माइत नआउने गरेकी, सौता माथि छोरीलाई विवाह गरिदिने चलन, जातभात, स्वर्गको द्वार खोल्नको लागि छोरा चाहिने धार्मिक परम्परा, अनमेल र वेजातिसँगको विवाह, जाडोमा तराइमा शीतलहर र हुस्सुबाट मृत्युवरण हुनु,बोक्सीका कुरा, दाइजोका कुरा, अछुतले इनारसमेत छुन नपाइने कुरा, कमरा कमारी छुटेका, सतीप्रथाको अन्त्य, जागिर खान नागरिकता र शैक्षिक प्रमाण पत्रको उमेर मिल्न पर्ने, छोरी पुजिने तर शोषण गरिने जस्ता धाारणाको साथै अन्तिममा कथा ‘ प्रत्येक महिलाले, जति पल्ट पनि सन्तानको लागि जति पल्ट भए पनि विवाह गर्नु पर्छ भन्ने लाग्छ मलाई’ भन्दै समाप्त भएको छ । न्यायको खोजी– मधेस आन्दोलन सकिएपछि तराइको गरिब गाउँको यात्रा, थाकलले छाएका झोडी , चुरेको जङ्गल, दलितहरूले इनारको पानी छुन पाउने, छोए पिटाइ खाने, नागरिकता पाउन कठीन पर्ने, नागरिकता दिन आउनेले पनि उमेरको ख्याल नगर्ने, दलित लगायतकाको सहयोगमा आन्दोलन गरिने, दलितकै सहयोगमा माथिल्लो योहोदामा पुग्ने, समाजमा रहेको गरि।बी, अशिक्षा र भेदभावको मूलकारण देशको शासनसत्ता नै भएको, गरिबीले छाएका महिला र धनीका महिलाका शारिरिक बनौटमा कुनै भिन्नता नभए पनि खानपान, शिक्षा आदि गरिबीले गर्दा शारीरिक भिन्नता भएको, मधेसआन्दोलनले के दियो र के पाइयो भन्ने प्रश्न, बोलेका कुरालाई व्यवहारमा उतार्न पर्ने, दलितले न्याय पाउन पर्ने आदिको साथै समतापूर्ण, विभेदरहित समाजको निर्माण हुनुपर्छ भन्ने धारणा पस्केको छ कथाले ।
गाउँको परिवेश– ब्ूढो पिपलको रुख काटेर गैरसरकारी संस्थाको भवन बनाउने धारणामा गाउँबासीले इतिहास मेटाउन नहुने धारणा, मधेस आन्दोलनले ल्याएको जागरण, शीतलहर र लुले ल्याउने मृत्युवरण, जागिरको अन्तिम समयतिर गाउँमा सरुवा भएर आएको सचिव, नयाँपार्टीहरूले चन्दा माग्नु, नदिए तालाचापी लगाउने चेतावनी दिनु, स्थानीय विकास अधिकारीसँग गएर घटना सुनाउनु, सिडियोसँग गएर सुरक्षा माग्नु, समाधान ननिक्लनु, गाउँका मानिसको भिड जम्मा हुनु, सचिवले प्रतिवाद गर्नु, ज्यान मार्ने धम्की पाउनु तर विकासको बजेटबाट गाउँका अराजक युवाहरूलाई गाँजा र चरेशलगायतका नशालु पदार्थ निम्ति चन्दा दिन चेक काट्न हिम्मत गर्न सकेनन् जस्ता अभिव्यक्तिले कथा सजिएको छ ।। ज्यानै खतरामा पर्दा पनि विकासको बजेटबाट चन्दा नदिनु एक वफादार कर्मचारीको रूपमा खडा भएका छन् गाविस सचिव ।मानव मन – सप्ताह वाँचन, पहाडबाट तराईमा बसाइँ सराइ, छोरो विदेश, पुजारी पनि विदुर र राधा पनि विधवा , पुजारीको घरमा सुतेकी राधा निदमा तर पुजारीको पुरुषत्व भने जल्दो अवस्थामा रहँदै कथा समाप्त हुन्छ । जीवको पुरुषत्व जागृत भए पछि आफ्नो दायित्व र कर्तव्यलाई भुल्दछ भन्ने शिक्षा प्रदान गरेको छ कथाले ।
कथाको भावसारलाई केलाउँदा कथा ग्रामिण परिवेशमा लेखिएका छन्, मार्मिक छन्, गाउँको गरिबी, पहाडी जीवनको साथै तराइको जनजीवन, राष्ट्रप्रतिको चिन्तन, २००४ सालदेखि हालसम्म सामन्तीले गरिब, असाह्यप्रति गरेका शोषण, दमन, अन्याय, अत्याचार, जनयुद्धमा जनताले भोग्न परेको दोहोरो पीडा, महिला माथिको शोषण, बहुविवाह, अन्तरजातीय, अनमेल विवाह। बाल विवाहको असर, मधेस आन्दोलन, जातिय विभेद, छुआछुतमा पनि दलितले, इनार र कलको पानी समेत छुन नपाउने जस्ता अमानवीय कर्तुत, यौवनताले खोजेको अङ्गालो, विदेश रोजगारमा गएका परिवारमा देखिएको विखण्डन्, कर्मचारीले भोग्न परेका समस्या, सुकुम्बासीका पीडा, धार्मिक कार्यक्रम, सीमा अतिक्रमण, राष्ट्र राष्ट्रियताप्रतिको चिन्तन, आदि आदि विविधतालाई समेट्ने प्रयास गरेका छन् कथाहरूले ।
भाषाशैली – गाउँमा बोलिने बोलीलाई कथाकारले टिप्न सक्षम देखिन्छन् । भाषा सरल छ । तराईका गाउँमा बोलिने भाषालाई बुझाउन नेपालीमाा रुपान्तरण गरिएको छ । ठाउँ ठाउँमा स्थानीयस्तरमा बोलिने भाषा जस्तै वननपसी(पर नसरेकी÷रजस्वला नभएकी),दुई भाइलाई कान्लामा रोपेकारे (दुई भाइ मरेर काल्न्लामा गाडेका) स्थानीयस्तरका उखनाटुक्काहरू जस्तै अन्न र पानीको शरीर नखाइ बाँचिदैन, धनको मुख रातो हुन्छ, देश खाई शेष भएका आदि उखान थुप्रै प्रयोगमा आएको पाइन्छ । कथाकारले लेखनलाई रोमान्चित पारेका छन् । पढौं पढौं लाग्ने गरी प्रस्तुत गर्नु कथाकारको सफलता हो ।
शीर्षकी करणा– यस कथामा लेखिएका धेरै कथाहरू शीर्षकी्करणको लागि उपयुक्त देखिएको भए पनि छेदीलाललाई शीर्षकमा प्राथमिकता दिनुको मूख्य कारण उसको गरिबीले यस कथामा लेखिएका कथाहरूलाई प्रतिनिधित्व ्गर्द छ भने दशगजामा बसेर नेपालको सीमामा सीमा रक्षकको रूपमा ऊ उभिएको छ, भारतबाट अघोषित ्नाकाबन्दीमा जीवन सञ्चालनको लागि ुसामान किन्न भारतीय भूमिमा ऊ वेकसुर मारिएको छ । त्यसो हुँदा यो कथासङ्ग्रहको शीर्षक सार्थक मान्न सकिन्छ ।
कथाहरू लामा छन् । विषयगत बस्तुलाई समावेश गरी छोटयाएर प्रस्तुत गर्न नस।किने होइन तर विषयबस्तुलाई विवरण्याात्मक बनाएर प्रष्ट्याउनु पनि राम्रो हो ।
अन्त्यमा मीठा, राम्रा, व्यवहारिक घटनाक्रमलाई समाएर ग्रामिण परिवेशलाई समाउँदै लेखिएका यी कथाले देशको यथार्थतालाई समाउन सकेका छन् । नेपाली समाजका राणाकालिन समयदेखि हालसम्मको विकसित घटनाक्रमलाई समाएर कथालेख्ने यस्ता गहन कथाकारको भावी जीवन सुखमय होस् र साहित्यले अझै अग्रसरता पावस् भन्दै बिदा चाहान्छु ।
धन्यवाद
कावासोती–७, शान्तिचोक, नवलपुर

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 15 चैत्र, 2074

लेखकका अन्य रचनाहरु