न्यू योर्क शहरको यात्रा र माघे सङ्क्रान्तिको भोज

- डिग बहादुर तामाङ्ग

दुई हप्ता अघि डिसेम्बर ३०, २०१७ तारिखका दिन तामाङ्ग सोसाइटी अफ ग्रेटनर वासींगटनको सेन्टरभिल शहर भर्जिनिया राज्यमा बसेको बैठकमा सोसाइटीका अध्यक्ष उत्तर सिंहदोङ तामाङ्गले हामीहरुलाई खबर गर्नु भएको थियो आउने जनवरी १३ - १४,२०१८ तारिखका दिनहरुमा उत्तर अमेरिकाको न्यू योर्क शहरमा बिश्व तामांग सम्मेलन हुने भएको छ ।

तपाईहरु कोको जाने हामी मध्ये ?समयमै यातायात देखि बस्ने होटेल सम्मको व्यवस्था गर्न प¥यो भनेर त्यहाँ उपस्थित सहाभागीहरुलाई खबर दिएको थियो । उपस्थित भएकाहरुलाई ठूलो जिज्ञासा थियो, किन जाने भन्ने बारे । उत्तरमा उत्तरजीले सुनाए, अब आउने दिनहरुमा नयाँ संरचना बोकेको संस्थाको स्थापना हुने र त्यसको बिधान सम्बन्धी छलफलको विषयहरुमा छलफल गर्न हामीहरु जानु पर्छ भन्ने थियो । सोही दिनको अन्त तिर धेरैले जाने इच्छा देखाएका थिए । तर जाने दिन आँउदा सम्म जम्मा हामीहरु १३ जना वासीङटन डिसीबाट जाने निधो भयो ।

जानेहरुमा उत्तरलामा, पेमा लामा, फौदलामा, रोजीघिसीङ्ग, सन्तोष घिसीङ्ग, ज्योति योन्जन,रोजिघिसीङ्ग, पाल्तेन योन्जन, डिग बहादुर तामाङ्ग,किरणलामा उन्की श्रीमती, नेत्रघिसीङ्ग ।

तर मलाई लागेको थियो ,म को संग जाने कहाँ बस्ने भन्ने चिन्ताले मलाई सताई राखेको थियो । त्यतिकैमा उत्तरजीले फोन गर्नु भयो र १४ जनालाई बोक्ने भ्यान भाडामा लिने विषयमा छलफल भएको थियो ।

मैले त्यो भ्यान हाक्न त सजिलो होला, तर कहाँ पार्क गरेर राख्ने, गाडीको बीमा पनि महगो हुन्छ भनेर उत्तरजीसंगको सम्बाद टुङ्गीन नपाँउदै, घरको अर्को लाइनमा फोन आयो, नेत्र घिसीङ्गजी को फोन रहेछ ।


हाम्रो सम्बाद सक्ने वितिकै नेत्रजीको फोनलाई रिसिभरलाई कानमा राखेर सम्बाद सुरु गरेँ । नेत्र भाई ! फ्याफुल्ला दाई नमस्कार ! मैले त्यहाँ जानलाई गाडि भाडामा लिइ सकेँ, होटेल पनि, गाडि विमानस्थल नजिक लिई सके, दाईलाई हामी संग जौ भनेर फोन गरेको ।

मैले आफनो भाईसंग जाने निर्णय गरेँ । जनवरी १२ तारिखको विहाना १० बजेतिर नेत्रभाई, भतिजो किरन लामा र बुहारी तारा लामा लाई लिएर, मेरो बासस्थान, २ अटमहिल वे, गेथेस्बर्ग, मेरिल्याण्ड आइ पुगे ।

हामी मेरो घरबाट १०स: ३० तिर न्यू योर्क तिर प्रस्थान ग¥यौं । हाईवे २७० अनि टोल तिर्न पर्ने हाईवे , त्यसपछि हाइवे ९५ जुन हाईवे क्यानाडाको क्यूबेक प्रोभिन्स, मोन्टेलबाट शुरु भएर फ्लोरिडा राज्यको मायामी भन्ने ठाउँमा गएर टुंगिने हुँदा यो हाइवे लाई उत्तर अमेरिकाको मुटुको धमानी पनि भन्ने चलन छ ।


यो दिन तापक्रमको हिसाबे निकै राम्रो थियो, तर साउन महिनाको जस्तो झरि परेकोले सवारी साधान चलाएर हिँडन त्यति सान्दर्भिक भने थिएन । ८० माईल प्रतिघण्टा हाँकिने गाडी त्यो दिन ४० माइल प्रति घण्टा भन्दा बढि हाँक्न नसक्ने भएकोले, नेत्रभाईले, “ दाई हामी मेरिल्याण्ड हाउसको रेष्ट एरियामा रोक्ने कि” मैले भने “हुन्छ नि भने ? बाबु भने पछि,मेरिल्याण्ड हाउसको करिब एक हजा रवटा भन्दा कार लोरि अटाउने, चार पाँच वटा भन्दा पेट्रेल पम भएको, पाँचसय भन्दा बढि आगन्तुकहरुलाई सेवा दिन सक्ने,महिला तथा पुरुष शौचालय दशवटा भन्दा बढि बिभिन्न खाले चमेना गृहहरु भएको ठाउँमा पुग्यौं ।



भित्र नित्यकर्म गरि सकेपछि हामीहरु आफनो गाडिमा फर्कियौ । बुहारी ताराले, घरबाट, भुटेको बदम, दहि, स्याउ ,केरा, साथमा लगेकी रहेछिन । सबै चिजको पोका फुकाएर “लौ आप्थेबा सोलो” लौ ठुूलो बा खानुहोस, सत्तरीले बोलाउने साठिले जा भन्ने बेलाको दाँतहरुको वेवास्था गरेर मकै र बदम क्व¥याम क्व¥यारम चपाउन थालें ।

उता नेत्रभाईले पनि दहि र मकैसंग राखेर खाना थाले, किरणको रसिलो गफले हामीलाई एक प्रकारको रमाईलो दिइ राखेको थियो । किरणको मिटो गफ र मकै बदमको स्वादले आफनो देशको मौलिक खाजाले हामीहरुलाई मोहित पारि राखेको थियो र समय बितेको पत्तो पाएन । करिब डेट घण्टाको बिश्राम पछि, हामीहरु बिस्तारेै, न्यू जर्सि टर्नपाइक तिर लाग्यौं ।

यसपाली हामीहरुले मेन्हाटन भन्ने शहर अथवा बिश्वको अनौपचारिक राजधानी नछोई नअथवा त्यतातिर नलागि हाईवे आई २७८ पूर्वतिर लाग्यौं, केहि समय पछि आँखाले हेरेर नभ्याँउने दुई तल्ला भएको बिश्व प्रख्यात पूल देखेँ जस्को नाम रहेछ भेरोजनाब्रिज । डबल डेक, जस्को लम्बाई ४,२६० फिट, यो पुलले स्टेट्स आईईल्याण्ड र ब्रोक्लिन शहरलाई जोडेको रहेछ, माथिल्लो डेकमा ६ लेन मुन्तिरको डेकमा ६ लेन गरि १२ वटा लेन रहेछन ।


जस्को उच्चाई ६४९ फिट छन् रे । यो पुल हडसन नदी माथि बनेको रहेछ, जस्को नाम ईटालिन एक्सोपोलर जो व्यक्तिले १५२४ मा हालको न्यू योर्क शहर खरिद गरेको थियो रे, उनैको नामबाट यो पूलको नामकरण गरेको रहेछ ।


केहि बेर पछि हामीहरु रानी शहर अथवा मा पुग्यौं र मेन्हाटनको खोला पारीको शहर । जहाँ जोन एफ केनेडी अन्तर्राष्ट्रिय बिमान स्थल र लोगाटि बिमान स्थल छन । माथि आकाशमा असंख्या मात्रामा हवाईजहाजहरु, अवतरण उडानका लागि आवाज निकाली रहेका थिए । शुक्रबारको दिन त्यहि माथि साँझको बेला हाईवेमा मोटरकारहरुको घुँइचोले साधारणतया प्रतिघण्टा ८० माइल कुदन पर्ने गाडीहरु प्रति घण्टा १० माइल पनि गुडि रहेको थिएनन् ।

यहि बेला प्रकृतीको नियमले के मान्थ्यो र रशआवर, चर्पी जान चटारो प¥यो मलाई, मूूलसडकबाट छेउतिरको निस्कने बाटो समातेर, एउटा रेष्टुरन्ट भित्र पस्यौं । त्यहाँ केहि नेपालीहरुलाई देखेपछि मेरो आँट बढ्यो र सरासर चर्पी खानातिर लागे ।



पाँच बजे हामीहरु कुइनको मोरिस अभिन्यूको कन्फर्टइन्ना भन्ने होटेलको प्राङ्गण मा गाडि पार गरेर भित्र पस्यौं, हाम्रो कोठा नं.४०९ वौ तल भएकोले बिधुतिय भ¥याङ चडेर माथिल्लो तलमा उक्लियौं ।



माथि गएर एकैछिन बिश्राम पछि, ज्याक्सन हाईट याक भन्ने भोजानालय तिर जान लाग्दा होटोलको लबिभन्दा बाहिर, पूर्व जापानका लागि नेपाली राजदूत गणेश योन्जन तामांगसंग जम्को भेटभयो हाम्रो । उहाँ र भाषाविद्ध अमृतयोन्जनजी इमिरेटस् एयरलाईनको उडाबाट विहान आई पुग्नु भएको रहेछ । हामीहरुको छोटो परिचय र अभिवादन पछि, हामीहरु ज्याक्सन हाइट्सको याक भोजनालय तिर लाग्यौं ।



गाडीलाई विसोैनी नपाए, झण्डै हामीहरु, ४० मिनेट जती कुरेर बस्यौं। सातबजे हामीहरु याक भोजनालय भित्र छि¥यौं, त्यहाँ खचाखच ग्राहक ग्रहकहरु, कोहि मोमो संग,तात्तातो चियासंग स्वाद लिई रहेका थिए । कोहि अमेरिकाको अध्यगमनको बारेमा सम्बाद चलाई रहेको थिए । हामीहरु विचको टेबिलमा बस्यौं, किरणले भनि हाल्यो, मोमो खाउँ, त्यहाँ नेपालीहरुको मोैलिक खाद्यान्नबाट बनाइने खाद्यपर्दाथ पनि पाईने रहेछ ।



कोदो र तितेफापरको ढिँडो, चिउरा, भूटुन, आलुतामाको रस, छोयला, गुन्दुक भटमास साँझेको ईत्यादि परिकार मध्ये हामीले मोमो र नेपाली खाले खाजाको ल्याउँन भन्यौं । किरणले होइन, अलि चिसो छ, पेगको अडर गर्ने कि भनेर । म र बुहारी ताराले स्वच्छ जलमा रमाउने निधो ग¥यौं, नेत्रभाई र किरणले बरफ र कालो स्कटल्यणको झोल पदार्थमा रमाए । हामीहरु रातको ९ बजेतिर आफनो होटेलमा फक्यौं ।



भोलिपल्ट विहान जनवरी १३ तारिखको विहान ७ बजेतिर, बिहानको नस्तको लागि हामीहरु तल ओर्लियौ । जापानको प्रतिनिधि कुमार तामांग, नेपालबाट भाषाबिद अमृत योन्जन, उहाँकी धर्मपत्नी, छोरा, जापानाको लागि पूर्व राजदूत गणेश योन्जन, कुवेत प्रतिनिधि कुमार तामांग, अन्य राज्यबाट बन्धुहरुको भेटघाट परिचयले, मेरो बुढोतनमा केही उर्जाथपेको भान भयो ।

उत्तर अमेरिकाको बृहत तामांग सम्मेलन भै रहेको स्थानमा हामीहरु, ९:३० बजे पुग्यौं । त्यहाँ हामीलाई एक सय डलर लिएर, एउटा सम्मेलनको लोगो भएको घरबुनाको झोला, नोटबुक, आफनो छायाँचित्र भएको एउटा परिचय पत्र, टोपि थमाएको थियो । मैले टोपि नलिई अन्य सामाग्रिकहरु लिएर अगाडीको पंक्तिमा बसें, केहि छिनमा, हाम्रा महा बाणिज्यदूत मधुमारजी आइपुग्नु भो । त्यहाँ विहानाको नास्ताको रुपमा, उसिनेको अण्डा पाउरोटी, आलुलाई नेपालीपाराले पकाएर राखेको थियो, साथमा चिया पनि ।


विभिन्न देशबाट आएका प्रतिनिधिहरुको भाषण, नेपाल सरकारको तर्फबाट महाबाणिज्यदुतको भाषण र भाषाबिद अमृतजीको प्रस्तुती पछि, हामीहरु आफनो होटेल तिर फर्क्यौ ।

दिउँसो भरिका कार्य व्यस्थाताले शिथिल शरिरलाई बोकेर हामीहरु, साँझ ७ बजेतिर शंकर घिसिंगको भोजनालय मायाँ रेष्टुरण्ट एण्ड बार २५(९४ स्टनवे, आस्टोरिया, न्यू योर्कमा पूर्वराजदूत गणेश योन्जन तामांग बाहेक सबै सहाभागीहरु उपस्थित भयौं । १२ तामांग अठार जात,घिसिङ्गले पकायो हातले खायो यसमा हजुर के लाज भन्ने हिरादेवी वाइवाले गाएकी गीतको बोल याद गर्दै खायौं ।

खानाहरु स्वादिष्ट थियो नै, जाडोको याम सबैले हुस्की र वाइनको चुस्की लगाए पछि, दिउसो भरिको थकाइ त कता गयो गयो । खाना खाए पछि, तामांग सेलो ठूलो स्वरले घन्किन थाले पछि, उमेरका युवायुवातीहरु नाच्न थाले, हामी बुढाखाडाहरु रमिते भएर बस्यौं । राती ११ बजेतिर हामीहरु होटल पुग्यौं । हामीहरुकै टिम अर्को गाडिमा गएकाहरु उत्तर लामा, पेमा, सन्तोष, ज्योति, रोजि बहिनीहरु चाहिँ मालिंगो भन्ने भोजनालयमा गएर, नेपाली दोहरीको मज्जा लिनु भो रे, भनेर ज्योति बहिनीले भोलि पल्ट खबर दिनु भएको थियो हामीलाई ।

जनवरी १४,२०१८ को बिहानै सम्मेलन जानु भन्दा ९ बजेतिर, हाम्रा गाउँको भोजराज थोकर तामांग हामीलाई लिन आउनु भएको रहेछ, हाम्रो कार ब्याट्री ओसिएर स्टाट बन्द भएर बसेको थियो । “ज्योजो ङा धिमरि सेके” दाइ मेरो घरमा जौं । हामीले उहाँको निम्तो स्वीकारेर क्यूइनबाट ज्याक्सनहाइटस् तिर लाग्यौ

उहाँको बासस्थान ४ तल्ला माथि रहेछ । हामीहरु पुग्नेबित्तिकै, धमाधम परिकारहरु ल्याउन थालिन बोहारी नानीले –भोजराजकी श्रीमतीले । घरतरुल, सेलरोटी, तितेफाप्रको बारा, खाप्स्यो, बटारेको रोटि,तिलको लड्डु, घिउचाकु,माछा तारेको । बिहानै भएकोले सबैले चियाको माग राखे । ति परिकारहरु देख्ने बित्तिकै मलाई थाह भयो कि आजको दिन माघेसङ्क्रान्तिको शुभ दिन रहेछ भन्ने थाहा भो ।

त्यहाँ हामीहरु सबैजना नाताले आफन्त थियो । डोल्मो घिसिंङ्ग , नेत्रघिशिङ्ग किरणलामा उनकी धर्मपत्नी तारा लामा, बिराटनगरकी मेनोसोटा निवासी लो थरकी बहिनी,कोलाराडो बाट आएको गोले भाईहरु मात्रै थियो । केहि समयपछि, भोजराज लाई उन्की धर्मपत्नीलाई धन्यवाद “थुचे छे” भन्दै हामीहरु निस्क्यौं ।

ढाका ल्कबमा आइ पुग्दा त्यहाँ “बाइ ल” संगठनको बिधानको बारेमा गहिरो छलफल भै राखेको रहेछ । लुइवा वाइवाको तित्रा को जस्तो बोलिले सबैलाई अघाई सकेको रहेछ ।

बेलुकाको डम्फू साँझको रमझमले सबैलाई मनोरन्जको शिखरमा पुर्याए त्यहाँ एउटा सेलो बजि राखेको थियो । महिलाको स्वरमा “च्याङपाको बाजाको डम्फूको धूनले हामीलाई पनि नाचौं नाचौ लाग्यो” .च्याङबा से राब्बा डम्फूला सोर थाइमा, ङातै स्याउ स्याउ मानखाजी भन्ने धून र स्वरले म बुढो पनि भयो तन्नेरि झै महसूस भो ।


गणेश रशिक र हिरण्य भोजपुरीहरुको गित “सात भान्ज्याङभित्र छैन ईष्टिमित्र धनेस्वरमा एउटा मित, साँइली र माइली हजुर बोलाईमात्र रहन्छ, जौं क्यारा यत्रैसित भन्ने बोलको गीत सन्जोक योन्जनले आफनो स्वरमा गाएको आवाज सुनेपछि, म र गणेश योञ्जनजी पनि अनौपचारिक नृत्य समुहमा गएर मिसीन पुग्यौ ।

हाम्रो साठी काटेको कम्मर मर्काएर एकछिन रमाइलो ग¥यौं र माघ महिनाको एक गतेको जाडोमा पनि अलि अलि पसीनाले नुहायौ हामीहरुले । होटेलमा फर्किंदा विहानको १ बजि सकेको थियो । भोलि पल्ट अथवा जनवारी १५ तारिखको दिन सबैजनालाई फयाफुल्ला थुचेछे, अथवा नमस्कार धन्यवाद भनेर आ- आफनो घरमा फक्यौं ।

झण्डै पाँच घण्टाको सवारी यात्रापछि, घरमा आई पुग्दा सधै झैँ पकाईएको भोजन तयार पारेर राखेकी रहेछन मेरी श्रीमतीले । संगै बसेर खाएपछि, नेत्रभाई भतिजो बुहारी भर्जिनिया राज्यको रेष्टनतिर लागे । म एक गिलाँस रातो वाइन लिएर, यो नियात्रा टिप्न थाले, राती ९ बजेतिर सकेर, माथिल्लो तल्ला तिर उक्लें ।

गेथेस्बर्ग, मेरिल्याण्ड, अमेरिका ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 15 चैत्र, 2074

लेखकका अन्य रचनाहरु