नयाँ पालुवासँगै नयाँ बिहानीमा

- इन्द्रकुमार श्रेष्ठ सरित्

थुप्रै जोर हातहरु चलायमान छन्
अथक छ परिश्रम अथक छन् मनहरु
निष्पट्ट रातलाई अाँखाको उज्यालोले चिर्दै
थुपैजोर हातहरु पिञ्जरा बाहिर छिराएर
ठङठङको आवाजस“गै चट्टान फोर्ने प्रयत्न गर्छ
बगिरहेछ पसिना खलखल
थकाई छैन, अन्यौल छैन
गन्तव्य भेट्न व्यग्र छन् पाइलाहरु
मनको साँचोले मस्तिष्कमा पाकेको विचारलाई छड्काउ“दै
मानवहरुको सभ्य समाजका लागि
एउटा नयाँ बिहानी डाकिरहेछ मध्यरातमा
चट्टान फोर्दा उछिट्टिएका माटाका कणहरु जम्मा गरेर
उभ्याउँनुछ विचारको अग्लो पहाड
मानवनिर्मित त्यही मलिलो पहाडमा
म तिमी र हामी जम्मैजम्मै मिलेर
फुलाउ“नुछ संसारै उज्यालोपार्ने
अजम्मरी एउटा नयाँ पालुवा
एउटा बिल्कुलै नयाँ बिहानीमा ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 फागुन, 2074

लेखकका अन्य रचनाहरु