बस्न चहान्न म तिमीले बनाएको त्यो सपनाको महलभित्र
म त आफ्नै कल्पनाले बुनेको बालुवाको घरमा बस्न चहान्छु
तेसैले मलाई आफ्नै संसार प्यारो लाग्छ ||
बाँच्न सक्दिन म तिम्रो झुटो मायाको त्यो चम्किलो संसारमा
मलाई मेरो साँचो मायाको अन्धकार संसार नै प्यारो लाग्छ ||
चाहीदैन्न मलाई तिम्रा ती झुटा खुशीहरु
अब मैले दु:खलाई नै आफ्नो साथि बनाई सके
तेसैले मलाई आफ्नै संसार प्यारो लाग्छ ||
तिमिनै रमाउ ती ताराहरुले भरिएको जुनेली रातमा
मलाई त औसिकै कालो रातहरु न्यानो लाग्न थालेको छ
तेसैले मलाई आफ्नै संसार प्यारो लाग्छ ||
फेरी बल्झाउने प्रयास नगर मेरो त्यो घाऊलाई बिन्ति गर्छु
मैले आफ्नै संसार बनाए सके एकान्तामै म जीवन जिउने गर्छु
तेसैले मलाई आफ्नै संसार प्यारो लाग्छ ||
गान्तोक, पुर्व सिक्किम ,भारत
प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 माघ, 2074