कोही कसैलाई पर्खि बस्दा
कसले देख्छ आँसु खस्दा
बदलिरहने सोचाइ-लहर
हर मीठो दृश्यमा पस्दा
कहिले भेट हुने कुन दिन
मन जो मान्दैन
छटपटी हुन्छ धेरै दु:ख्छ
कहाँ हो जान्दैन
कोही कसैलाई पर्खि बस्दा
कसले देख्छ आँसु खस्दा
दु:खाइ जस्तो लागेको
माया पो रहेछ
कसैको मुटुको कोही मुटु
छाया पो रहेछ
कोही कसैलाई पर्खि बस्दा
कसले देख्छ आँसु खस्दा
लस एन्जेलस
प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 पौष, 2074