उर्लिएको क्रान्तिलाई रोक्न गाह्रो भयो ।
कस्तो विधि बन्छ अब तोक्न गाह्रो भयो।
अराजकता समयको भयो मुग्धमार
निर्धालाई नयाँ पाठ घोक्न गाह्रो भयो ।।
निरन्तर छ परिवर्तन रोकिँदैन कसै
चुपचाप छ हल्ला गर्न, खोक्न गाह्रो भयो।।
इमानदारी निस्वार्थीको अनिकाल पर्दा
निर्माणको गह्रौं भारी बोक्न गाह्रो भयो ।।
चोरलाई चौतारी छ साधुलाई सुली
अपराधीलाई गोली ठोक्न गाह्रो भयो।।
प्रजातन्त्र अब भने धेरै साह्रो भयो
फलामको चिउरा जस्तो टोक्न गाह्रो भयो।।
मदहोश हुँदै अरू सजिलोमा जिउँछन्
समयको सुरा मलाई धोक्न गाह्रो भयो।।
प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 पौष, 2074