सधैँ यस्तै हुने भए देश कैले उठ्ने होला
यो नेपाली फेरि कैले एकतामा जुट्ने होला ।
हिमाल पाहाड मधेश सबै एउटै सिङ्गो देश भन्ने
यूगौँ प्यारो समता यो कैले सम्म रुठ्ने होला ।
आफ्नै घर आफ्नै आगन, हुनु हुन्न कोही पर
सहमति नगरेर कहिले सम्म छुट्ने होला ।
देश साझा फुलवारी हो भागवन्डा खोज्ने लाई
राता रात पराइले एक एक गरी भुट्ने होला ।
भाइ फुटे गवार लुटे भन्ने उक्ति बिर्षिएमा
झुक्याएर एकदिन गवारैले लुट्ने होला ।
भोजपुर ,चरम्बी ६
हाल : West Hartford Connecticut, America
प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 बैशाख, 2074