जीन्दगीमा यस्तो भुल नभएको होइन पहिले ।
फेरि पनि त्यस्तै भयो जिन्दगीमा मेरो अहिले ।
थाहा छ जीवन सबैको उस्तै सफल हुँदैन
भाग्य पनि सबैको उस्तै कमसल हुँदैन
जिन्दगीमा भुल मेरो नभएको हाइन पहिले
फेरि पनि उस्तै भयो जिन्दगीमा मेरो अहिले ।
कहाँ जाऔँ कसलाई भनौ जति चोट परे पनि
मन बुझाउँने आफैंले हो जति आसुँ झरे पनि
जिन्दगीमा उतारचढाव नआएको होइन पहिले
फेरि पनि त्यस्तै भयो जिन्दगीमा मेरो अहिले ।
हृदयको जून मेरो बादल आइ छोपि दियो
कोमल मेरो मुटुमा त्यसले छुरा रोपि दियो
जिन्दगीमा त्यस्तो मेरो नभएको होइन पहिले
फेरि पनि त्यस्तै भयो जिन्दगीमा मेरो अहिले ।
जिन्दगीमा त्यस्तो भुल नभएको होइन पहिले ।
फेरि पनि त्यस्तै भयो जिन्दगीमा मेरो अहिले ।
प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 चैत्र, 2073