कवितारामको नाटकको अध्ययन

- गोपाल प्रसाद खतिवडा

कथा वस्तु
प्रथम परिच्छेद ः २०४८ सालमा प्रकाशित 'स्वभावगीता' नाटकको कथावस्तु विज्ञानको र सदुपयोगले दिने फाइदा र दुरुपयोगले थोपर्ने नोक्सानमा आधारित छ । प्रस्तुत कथा वि.सं.२०४८ पछिको लगभग एक हजार वर्ष पछाडिको एकतीसौं शताब्दीमा हुनसक्ने संभावनाप्रति सचेत भएर तयार गरिएको छ । पूर्वदीप्ती शैलीमा रचित प्रस्तुत नाटकको कथावस्तु एउटा निर्जक स्थानबाट प्रारम्भ हुन्छ । क' '' पात्रा एकान्तमा बसेर वार्तालापमा व्यस्त छन् ।
 
चट्यांगको अवाजका साथ अनौठो प्रकारका झिल्काहरुले तिनीहरुलाइ छोप्छन् । वातावरणमा एक्कासि परिवर्तन आउँछ । एउटा सिसाको ढक्कनले उनीहरुलाई छोप्छ । बिस्तारै चट्टानले भुइँ छोड्न थाल्छ '' '' पात्राहरु अच्चम्भित हुन्छन् । उनीहरु बसेको ढुङ्गा उडिरहेछ । कुनै अन्य ग्रहवासीहरुले अपहरण गरेको त्रास उनीहरुमा पलाउँछ । एक्कासी उनीहरु बसेको चट्टानले भुइँ छोएको अनुभव हुन्छ । पारदर्शक सिसाको ढक्कन विस्तारै कुहिरो हटेझैँ हटेर जान्छ । उनीहरु त्यही स्थानमा हुन्छन् । तर वरिपरिको प्राकृतिक वातावरणको स्थानमा पूर्ण विकसित वैज्ञानिक प्रविधिले युक्त आधुनिक सहर देखा पर्छ । यसै समयमा आफूलाई वि.सं.३०४६ सालको शान्तिदूतको रुपमा परिचित गराउँदै विचित्र परिधानमा एउटा व्यक्ति उपस्थित हुन्छ । शान्तिदूतद्वारा '' '' लाई उनीहरुले विकसित गरेको समयवाहनद्वारा ३१ औँ शताब्दीमा लगिएको थाहा हुन्छ । एक्काइसौँ शताब्दी देखि एकतीसौँ शताब्दीसम्मको एकहजारवर्षको अनियमित तथा अविवेकी वैज्ञानिक प्रयोग अविष्कार र उन्नतिको दुनियाले संसारमा शुद्ध मानवको विनास भएको छ । त्यैकारणले एक्कासौँ शताब्दीका विशुद्ध मानवजोडी '' '' लाई मानववंशको पुनः उत्पादको लागि सहर्ष अनुरोध पूर्वक ल्याइएको कुरा शान्तिदूतले जानकारी दिन्छ । '' '' आफूहरु नातेदार भएकोले यौनसंसर्ग गरी सन्तानोत्पादन गर्न नसक्ने कुरा जनाउँछन् । सम्पूर्ण आदर्शगत मूल्य र मान्यता हराएर नितान्त यान्त्रिक बचाइमा बाँचेको ३१ औँ शताब्दीको शान्तिदूत सामाजिक मूल्यगत संस्कार अन्तर्गतको सम्बन्ध नबुझेर अलमल्ल पर्छ । यसरी मिलेर बसेका भाले र पोथी जोडीले सन्तान जन्माउन अस्विकार गर्नुको वैज्ञानिक कारण उसको सुपर कम्प्युटरले पनि पत्ता लगाउन सक्दैन ।

दोस्रो परिच्छेद ः दोस्रो अङ्कमा शान्तिदूत र '' '' पात्रा ३१ औँ शताब्दीको नियन्त्रक समक्ष जाने क्रममा छन् । आर्यहरुको धार्मिक ग्रन्थमा आश्चर्यजनकरुपमा वर्णित त्रिपुरासुरको त्रिपुरजस्तो आकाशमा अत्यन्त सुन्दर गुम्बजनगर निर्मित छ । चारैतिरबाट पारदर्शक सिसाहरुले ढाकिएको सो नगरमा बाह्य वातावरणको पहुँच छैन । त्यस नगरभित्र हुँदै जान वैज्ञानिक प्रविधिद्वारा आविष्कृत वाष्पफोहराद्वारा फोक्सोको छातीसम्म पुग्ने गरी निर्मलीकरण हुनुपर्ने हुन्छ । अन्यथा बाहिरी प्रदुषण भित्र पस्न सक्छन् । त्यो प्रदुषणले भित्रको वातावरणमा भाइरसको रुप लिन सक्ने कुरा शान्तिदूत व्यक्त गर्छ । '' '' आफू स्र्वाङ्ग नग्न भएर स्नान गर्न नसक्ने त्यसो गर्दा आफूलाई लाज लाग्ने कुरा भन्छन् । यो लाज भनेको के हो शारिरिक उत्तेजना वा एलर्जी हो भनी शान्तिदूत आश्चर्य प्रकट गर्छ । उसको ३१ औँ शताब्दीमा लाज नै छैन । '' '' यो उनीहरुको मूल्य र मान्यतागत संस्कार रुपमा विद्यमान परिस्थिति भएको कुरा व्यक्त गर्छन् । अन्त्यमा निर्मलीकरण गृहभित्र एक्ला-एक्लै नग्न भएर निर्मलीकरण हुन '' '' बाध्य हुन्छन् ।

'
' निर्मलीकरणका लागि भित्र पस्नासाथ स्वचालित ढोका बन्द भएपछि ध्वनि नियन्त्रकले 'लुगा खोल्नुस् निर्मलीकृत हुनुसू भन्छ । लुगा  खोल्नासाथ दिव्यानुभूति गराउने रासायनिक वाष्प फोहरा खुल्छन् । '' गहिरो स्वासप्रश्वास लिन्छ फोक्सै सम्म शुद्धिकरण भई सकेपछि रासायनिक फोहराहरु आफैँ बन्द हुन्छ । दिव्यानन्दको अनुभूति हुन्छ । त्यो मादकता मिसाइएको रासायनिक वाष्प पनि हुनसक्छ । तुरुन्तै परिधानकक्षको ढोका खुल्छ । '' परिधान कक्षतिर पस्नासाथ निर्मलिकरणको ढोका बन्द भएर बाहिरपट्टिको ढोका खुल्छ । '' पात्रा त्यस कक्षमा पसे तापनि नाङ्गिन सक्दिनन् । ध्वनियन्त्रले लुगा खोल्न पटक-पटक अनुरोध गरे तापनि उनीं  आफैदेखि लजाएर बरु मर्छु तर लुगा खोल्दिन भन्ने विचारका साथ कक्ष भित्रै बसिरहन्छिन् ।

तेस्रो परिच्छेद ः तेस्रो अङ्कमा '' सँग शान्तिदूतसँगको '' लाई निर्मलीकरण गराउने प्रसङ्गको विचारविमर्शपछि चिकित्सकहरुले विशेष प्रविधिद्वारा रातो रङ्गगको रारायनिक वाष्पद्वारा बेहोस बनाएपश्चात नग्न बनाई '' लाई निर्मलीकरण प्रक्रियामा पुर् याउँछन् । यस प्रक्रियापश्चात '' आनन्दको अनुभूति गर्दै पूर्ण नग्न अङ्गकासाथ अनुरक्तिको आभास सहित '' का सामु प्रस्तुत हुन्छिन् । '' पात्र आँखा चिम्लन्छ ।

चौथौँ परिच्छेद ः चौथो अङ्कमा उर्पयुक्त तीनै जना नगरको सभा स्थलमा पुग्छन् । आणविक दुर्घटनाले विकृत नागरिकहरुले भव्य स्वागत गर्छन् । त्यहाँका नागरिकहरु २१ औँ शताब्दीबाट ल्याइएकाहस्लाई देखेर मानवजातिको असली स्वरुपको बारेमा जान्न जिज्ञाशिल छन् । '' '' यस्तो दृश्य देखेर डराउँछन् । उदघोसद्वारा मानव पूवर्ज '' '' डराएकोले कृत्रिम परिधानमा प्रस्तुत हुन अनुरोध गरेपछि तिनीहरु पौराणिक देव-देवीका परिधान र मुखुण्डोहरुमा उपस्थित भई '' '' लाई प्रसन्न तुल्याउने प्रयास गर्छन् ।

पाँचौँ परिच्छेद ः पाँचौ अङ्कमा '' '' शान्तिदूत नियन्त्रकसामु पुग्दा नियन्त्रकले स्वागत गर्दछ । ऊ आफू लगायत शान्तिदूत समेत कम्प्युटरले सज्जित शरीर भएको यन्त्र मानव नै भएको जानकारी दिन्छ । आफ्ना कार्यक्रमहरुका बारेमा सम्पूर्ण जानकारी '' '' लाई दिन्छ र नयाँ मानव नस्लको उत्पादन गरी मानव समाजलाई कृतज्ञ बनाइदिन अनुरोध गर्दछ । मानव जातिकै यो दुर्गतिको कारण जान्ने जिज्ञासा '' '' ले राखेपछि नियन्त्रक त्यस सम्बन्धमा निम्नानुसारको जानकारी प्रस्तुत गर्छ ।

लगभग २५ औँ शताब्दीतिर पृथ्वीमा मानवको जनसंख्या धान्नै नसक्ने गरी बढ्दै गयो । पृथ्वीमा स्रोत साधनको अभाव हुन थाल्यो । मानव-मानवबीच लडाई झगडा हुन थाल्यो । आणविक हातहतियारको प्रयोगले प्रायः सम्पूर्ण मानवको विनाश भयो । त्यस दुर्घटनामा एक जोडी बचेकाले तिनीहरुबाट पुनः मानव सृष्टि हुन पुग्यो । वैज्ञानिकको उन्नतिले युक्त त्यस समाजमा महिला पुरुषबीच सम्बन्ध बिग्रन थाल्यो । महिलाहरु शरीरमा हारमोनको उपचार गरी द्विलिङ्गी बनेर एक्लै सन्तान जन्माउन थाले । द्विलिङ्गी नै बिहाबारी हुन थाल्यो । पुरुषले स्त्री पाउन छाडे । एक तरहले विकृत महिलावादले चरमोत्कर्ष रुप लियो । पुरुषहरु पनि के कम शरीरमा हारमोनको उपचार गरी उनीहरु पनि द्विलिङ्गी बन्न थाले । एउटै व्यक्ति कहिले आमा कहिले बाबु । यस्तो आश्चर्यजनक कहानी सुनेपछि त्यस परिवेशको दृश्य झलक समेत देखाउन '' पात्रा नियन्त्रकलाई अनुरोध गर्छे ।

छैठौँ परिच्छेद ः छैठौँ अङ्कमा समययन्त्र मार्फत नियन्त्रक द्विलिङ्गीहरुको वार्तालाप देखाउँछ । अबका प्रायः सबै बच्चाहरु समेत प्रयोगबाट जन्मेका प्रयोगान्छे हुन थालेका छन् । एकलिङ्गी नागरिकहरु दोस्रो दर्जाका ठहरिन थालेका छन् । महिलावाद पुरुषवादभन्दा पर द्विलिङ्गीवाद समाजमा हावी भइसकेको स्थिति छ । यस संस्कृतिका बिरुद्ध खुला तर्क गर्न प्रतिबन्ध छ ।