विरह भो प्रवास
न छ खुसी न आस ll
कुशलता हरायो
मन भरी छ त्रास ll
न त मिल्यो धरा याँ
न त मिल्यो अकास ll
अब बढे छ ग्लानि
कटिसकें पचास ll
सकसले सताए
सुख भयो खलास ll
कति खपौँ म पीडा
पलपलै छु उदास ll
म त रुखो हुँदै छु
मरिसके मिठास ll
प्रिय छ मातृभूमि
छ फिरिने प्रयास ll
छन्द - हिउँचुली
(विश्राम - ४ मा)
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१-पुरानो नैकाप, काठमाडौँ
प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 1 पौष, 2073