प्रेमिल बात

- इन्दिरा दिक्षित

मुहार भाव मनको किन हो अनौठो ।
भित्रै रहेछ मनमा खुसिको छचल्को ।
निकाल्न आतुर सबै मन को उद्गार ।
मेरा ती मित्र सरलै छवि स्वच्छ सौम्य । १

टाढा कतै हिड न धुम्न परै हराऊँ ।
ऊतै कतै शहर नूतन हो बसाऊँ ।
लाग्दैन यो मन कतै परिवेश बाधा ।
के देख्न सक्छ खुस दुष्मनयो जमाना । २

हामी सधै दुःखी हुदै किन बस्नु पर्ने ।
नैरास्यपूर्ण जिवनै छ अगाल्न पर्ने ।
यो दुख अन्त हुनु पर्छ वसन्त ल्याउँ ।
हाम्रो नि हुन्छ अधिकार रमेर बाचौं । ३

मायॉं र प्रेम मन भित्र कतै लुकेको ।
भयो अबेर अब देर न गर्नु राम्रो ।
फुकॉंउँ यो अब मनै हलुका बनाऊँ ।
हामी दुबै अब त साथ कतै बिताऊँ । ४

आऊ समाउ अब हात भनेर भन्छन् ।
संसार सुन्दर अहो बढियॉं छ भन्छन् ।
दोधार हुन्छ मन यो सब बात सुन्दा ।
थामूँ कसो गरी हात कतै त छुट्ला । ५

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 भाद्र, 2073

लेखकका अन्य रचनाहरु