म वेदनामा कसरी बसौँ
प्रताडनामा कसरी बसौँ
बढे सधैं नै मनमा व्यथा
छु तर्कनामा कसरी बसौँ
थियो भने पङ्ख म उड्दथें
विडम्बनामा कसरी बसौँ
जताततै देख्दछु जाल झैं
कुभावनामा कसरी बसौँ
विरानु झैं लाग्छ सबै यहाँ
छुचोपनामा कसरी बसौँ
हुँदैन आफ्नो परदेशमा
अचिन्तनामा कसरी बसौँ
झुकेन यो शिर कतै पनि
र याचनामा कसरी बसौँ
सूत्र - lSl SS l lS l S
विश्राम – ५ अक्षरमा
चन्द्रागिरी न.पा -२१, काठमाडौँ, हाल:-न्युयोर्क,अमेरिका
प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 16 आसाढ, 2073