गजल

- डिल्लीप्रसाद अधिकारी

मर्ने तरखरमा छु बचाए हुन्छ
कोमल छ मन जचाए हुन्छ

शंकाले चिथोर्यौ मलाई
विश्वास सबै पचाए हुन्छ

इशारा तिमी गर लौ
जसरी मलाई नचाए हुन्छ

भूल कतै हुन्छ नि मबाट
परिस्थिति त्यो सचाए हुन्छ

सम्बन्धक‍ो एउटा लौरो छ
तिम्रो खुशी भचाए हुन्छ

बुझेकी छौ सबै तिमीले
झगडा अझै मचाए हुन्छ

अधिकारी उदास छ अाज
व्यथित गजल रचाए हुन्छ ।।
‌‌‌

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 जेठ, 2073

लेखकका अन्य रचनाहरु