मन एक्लियो र अतालियो
छु प्रवासमा र निसासियो
पिरमा सदैव छ जिन्दगी
जति ताप हो त्यति भोगियो
कति दर्द भो विरहाग्निले
न त ज्यान गो न त बाँचियो
सब पोखिए सपना यहाँ
सुख चैनबाट लखेटियो
परिकल्पना दहमा डुबे
तब आशको जड ठोकियो
किन भाग्य आज कृतघ्न छ
किन झोक्कियो र बटारियो
अब बृद्धता छ शरीरमा
घर आँगनी पनि टाढियो
छन्द :-संयुता
(५ मा विश्राम)
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 30 बैशाख, 2073