कि आन्दोलन मच्चाऊँ ?

- नारायण तिवारी

“हरिबाबू ! तपाईंं त हद सोझो हुनुहुन्छ । सोझो भएर काम चल्दैन आजको जमानामा बुझ्नुभो ।”
मदन दाइ भन्दै हुनुहुन्थ्यो । उहाँ आपूmलाई अधिक चतुर ठान्नुहुन्छ सायद । म पनि आपूmलाई छाम्छु— म हद सोझो नै हो ? वा त्यस्तो खाले सोझो जसलाई ‘मूर्ख’ पनि भनिन्छ— त्यही हो त म ?
म मदन दाइलाई पनि छाम्छु— उहाँ मलाई त्यसरी भन्नुहुन्छ, उहाँ नै चाहिँ कुन हदसम्मको चतुर हो ? उहाँ पनि ‘ठग’ खाले चतुर त होइन ?
मदन दाइले यो लगाएर पाँच चोटि मलाई ‘हद सोझो’ को तक्मा भिराइसक्नुभयो । म गनिरहेको छु । सुरुसुरुमा त मैले वास्ता गरिनँ र गजक्क पनि परेको हुँ— सोझो हुन पाउनु मेरो निम्ति गर्वको विषय लागेको थियो । तर बारम्बार ‘हद सोझो’, ‘हद सोझो’ को पगरी भिराउँदा भने मेरो सोझो (सायद !) हृदयले पचाउन सकेन ।
मदन दाइले यसपल्ट ओकल्नुभएको ‘हद सोझो’ को प्रसङ्ग यस्तो छ—
म विराटनगरबाट मालपोत तिर्न इनरुवा गएको थिएँ । तीन बजिसकेको थियो । फाँटवाला कर्मचारीले “समय सिद्धियो, भोलि आउनुस्” भने । मैले घडी हेरँे— हो तीन त बजिसकेको रहेछ ।
मैले यति मात्र भनेँ— “कति बजेसम्म हो मालपोत बुझ्ने ?”
—“तीन बजेसम्म हो ।”
“तपाईंले उसलाई हरियो नोट देखाउनुभएन । तपाईंंको काम दुई मिनेटमै भइहाल्थ्यो । के फाइदा दुई सय रुपियाँ तिरेर इनरुवा बस्नुभयो निÓ ।”
मदन दाइले यसै भन्नुभयो ।
—“कुरा पैसाको होइन, नियमको हो, सिद्धान्तको हो ।” मैले मदन दाइसित कन्दै बोलेँ ।
—“त्यसैले त तपाईंं हद सोझो भन्या । मान्छेले कत्राकत्रा कुरा मिचिसके तपाईंं समय र नियमलाई पक्रेर बस्नुस् ।”
‘अनि त पाउनुभा’छ अनेक हन्डर र दुःख ।’ मदन दाइका ओठ चलेनन्, मेरै अन्तस्करण बोल्न खोज्यो ।
हो, त्यसैले दुःख पाएको हो त मैले ? इमानदार हुनु, नैतिकता नछोड्नु, सच्चरित्रवान् हुनु— अर्थात् यिनैयिनै कुरा हुनु सोझो हुनु भन्ने मेरो अर्थमा, मदन दाइको अर्थमा दुःख पाउनु हो ?
एकपल्ट मेरो एउटा साथीले ‘स्वास्नी सुत्केरी छ ख्वाउन खर्च भएन’ भनेर मसित मुख खोल्दा मैले दुई हजार रुपियाँ दिएर पठाएको थिएँ ।
—“कहाँको स्वास्नी सुत्केरी हुन्छ उसको । स्वास्नी नै छैन ।”
—“के भन्नुहुन्छ दाइ ?”
—“के भन्नु नि भएको कुरा भन्छु— उसकी स्वास्नी पोइल हिँडेकी वर्षदिन भइसक्यो होला । मोरो भतुवा । आजकल कुकुरको मूत खाएर दिन बिताउँछ, तपाईंंजस्ता मान्छेलाई ठग्दैÓ ।”
म सानोभन्दा सानो कुरा पनि मदन दाइलाई भनिहाल्थेँ । उहाँसित मेरो आत्मीयता गाँसिएको छ । उहाँले मलाई ‘हद सोझो’ को उपाधि पहि¥याउनुमा पनि उहाँको मप्रतिको आत्मीयताले नै होÓ ।
तर मलाई यो उपाधि आजभोलि बिझाउन थालेको छ ।
मदन दाइले मलाई मुख फोडेरै ‘मूर्ख’ भन्न नसक्या मात्र हो तर भनेको वा भन्न खोजेको त्यही नै हो ।
मभित्र तूफान उठ्छ । मालपोत तिर्न जाँदा हरियो नोट नदेखाउनु र आफ्नो काम ननिकाल्नु मैले ‘घूस’ लाई प्रोत्साहित होइन निरुत्साहित गरेको भनेर किन मदन दाइ मेरो पिठ्यूँमा धाप मार्नुहुन्न ? त्यो कर्मचारीले सयको नोट पाएको भए मेरो काम गरिदिने थियो होला, होला पनि किन गरिदिने नै थियो रे, तर त्यसो भयो भने ऊ घूसखोर ठहरिने, बेइमान हुने कि म मूर्ख ? यही हो मभित्र उठेको तूफानÓ ।
मैले एउटा स्वास्नी सुत्केरी भएको व्यक्तिलई ‘खर्च छैन पाऊँ’ भन्दा सहयोग गर्नु मेरो मूर्खता हो कि मौकामा मानिसलाई मर्दा–पर्दा मानिस नै काम लाग्दछ, त्यो मैले राम्रो काम गरेर कसैलाई बचाउने प्रयत्न गरेको ? किन त्यसो भन्नुहुन्न मदन दाइ ।
अब कसैले मलाई ढाँट्छ, छल्छ भने त त्यो पो बदमास हो त । त्यसलाई चाहिँ केही नभन्ने, मलाई चैँ मूर्खको दर्जामा राख्ने कतिको सुहाउने कुरा हो ।
—मदन दाइ ! नेताहरू भाषण गर्छन्, घोषणापत्रमा ठूलाठूला कुरा लेख्छन्— तिनलाई पत्याएर भोट दिऊँ कि बहिष्कार गरौँ ?
—मदन दाइ ! एउटा दरिद्र माग्ने बाटोमा हात पसार्छ— त्यसलाई दुई पैसा हातमा राखिदिऊँ कि थुकेर अघि बढौँ ?
—मदन दाइ ! छिमेकीहरू मित्रताका कुरा गर्छन्— म पत्याएर हात मिलाइराखूँ कि झट्किएर हात–युद्धको शङ्ख बजाऊँ ?
—मदन दाइ ! केटाकेटीहरू सरस्वती पूजाको चन्दा उठाउँछन्— दुत्कारेर पठाऊँ कि झोलीमा केही हालिदिऊँ ?
—मदन दाइ ! कार्यालयमा १० देखि ५ बजेसम्म नै निरन्तर घोटिएर काम गरिरहन्छु— गरि नै राखूँ काम कि, आन्दोलन मच्चाऊँ ?
—मदन दाइ ! कहिलेकाहीँ यस्तो पनि हुन्छ, कसैसित तर्कवितर्क, वादविवाद हुन्छ । मलाई आपूm ठीक छु जस्तो लाग्छ । अब अर्कोलाई थप्पड उज्याइहालूँ कि ?
—मदन दाइ ! थाहा छ— यो समाज ज्याद्रो छ । असल मान्छेहरूको खैरियत छैन यो समाजमा । त्यसो भए के त बदमास बनिहालूँ कि असल नै बनिरहूँ !?
—हो, नेताहरू भोटको दुरुपयोग बढ्ता गरिराखेकै छन् ।
—माग्नेले मागेको पैसाले रक्सी पनि धोक्न सक्छ ।
—छिमेकीहरू मुखमा रामराम बगलीमा छुरा राख्न सक्छन् ।
—पूजाको चन्दालाई केटाकेटीहरू मिठाई खान र सिनेमा हेर्नमा लगाउन सक्दछन् ।
—दस–पाँच बजाउनेको अवमूल्यन पनि भएको हुन सक्दछ ।
मदन दाइ ! त्यसो भए म हद सोझो नभएर हद चतुर बन्नैप¥यो ? यो ज्याद्रो समाजलाई सही बाटोमा हिँडाउन सोझोपन छाड्नैपर्छ, चरित्र बेच्नैपर्छ ?
सक्दिनँ, मदन दाइ ! म सक्दिनँ !! यो समाज म आपूm इमानदार रहेरै बदल्न चाहन्छु— इमान छोड्न सक्दिनँ । म मूर्ख होइन मदन दाइ ! मलाई हद सोझो नभन्नुहोस्Ó ।
मदन दाइ मभित्रको उतारचढावलाई बुझ्नुहुन्छ–हुन्न ? मभित्रको तूफानलाई पढ्नुहुन्छ–हुन्न ? तर अघिदेखि उहाँ मलाई नियाल्दै हुनुहुन्छ । उहाँका निधारमा पो यो चिसोमा पनि चिटचिट पसिना आइरहेको छ । म देख्दछु— पसिना आइ नै रहेको

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 बैशाख, 2073

लेखकका अन्य रचनाहरु