गजल

- कल्पना पौडेल आचार्य

मलाई आफ्नै, तस्विर मन पर्दैन
जे जो भेटिए, तक्दिर मन पर्दैन

नास्तिक छैन, भरोषा उठे सायद
हो पत्थरका, मन्दिर मन पर्दैन

हत्केला हेर्छु, सग्ला छन त्यै'पनि
न मेटिएका, 'लकिर' मन पर्दैन

आर्तनाद छ, भोक'बिलासका द्वन्द
झुपडी नजिक्, मन्जिल मन पर्दैन

स्वतन्त्र छेस, भन्छौ ब्यर्थै किन
यी बांधिएका, जन्जिर मन पर्दैन

भरतपुर-१८, चितवन

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 चैत्र, 2072

लेखकका अन्य रचनाहरु