यक्षको पोखरा प्रवास:अलङ्‍कारशास्त्रिय अध्ययन

- माधव भँडारी

सामान्य कथन वा अन्य शास्त्रादिवाट साहित्यलाई पृथक् गराउने प्रमुख तत्व त्यसमा निहित सौन्दर्य हो । सौन्दर्यमा आह्‌लादकता हुन्छ अनि त्यले मस्तिष्कलाई सुम्सुम्याउँदै हृदयमा आनन्दको सञ्‍चार गर्दछ । सौन्दर्य एवम् आनन्ददायितालाई साहित्यको मूल आधारका रुपमा पश्‍चिमेलीहरुले पनि स्वीकार गरेका छन् । पूर्वेलीहरुले त अत्यधिक महत्ता दिएर अलङ्‍कारको वखान गर्नुबाट त्यसलाई उनीहरुले साहित्यको मूल तत्वका रुपमा मानेको स्पष्‍ट हुन्छ अनि सौन्दर्यलाई अलङ्‍कारको पर्यायवाची शब्दका रुपमा लिएको समेत पाइन्छ ।
अलङ्‍कारसम्बन्धी अर्को धारणा के हो भने कविले कहीं पनि म यो अलङ्‍कारको प्रयोग गर्छु भनेर प्रयत्‍न गरेको हुनुहुँदैन ।प्रतिभाशाली कविका वाणीमा स्वतस् स्फुर्त रुपमा अलङ्‍कार देखा पर्छ जसमा पाठकको हृदयलाई सहजै आफूतिर तान्‍ने क्षमता हुन्छ । अलङ्‍कारको यत्‍नसाध्य प्रयोग भएमा त्यसमा क्रित्रिमता झल्कन्छ अनि आहलादकत्वको मात्रा त्यसै न्युन हुन्छ ।
अलङ्‍कारसम्बन्धी पूर्वीय मान्यताको उपर्युक्‍त सम्क्षिप्‍त चर्चा यहाँ गर्नुको उद्‍देश्य यसै दृष्‍टिका आधारमा चूडामणि रेग्मीको लघुकाव्य —यक्षको पोखरा( प्रवास‘को विवेचन गर्नु हो भन्‍ने कुरा सर्वप्रथम यहाँ उल्लेख गर्नु समीचीन नै होला ।
सम्स्कृतका कविकुलगुरू कालिदासको —मेघदुत‘ को प्रत्यक्ष प्रभावमा रचित यो काव्य मन्दाक्राता छन्दका चौतिस श्‍लोकमा आवद्‍ध छ । आकारमा लघुता भए पनि सामान्य नेपाली जागिरे ९घरको आर्थिक अवस्था भत्‍ता पाएर सुधार्न पोखरा गएकोले०को आर्थिक विपन्‍नता एवं पोखराको विविधता तथा विषमतापूर्ण जनजीवनको समेत झलक यसले दिएको छ । अझ अभावग्रस्त झुत्रेझाम्रे जीवन गुजारेर पनि पतिको सान्‍निध्यमा सधैँ सन्तुष्‍ट रहने आफ्नो प्रियतम कान्छीप्रतिको अगाध अनुराग उम्लिएर एकाकीपनलाई छिल्विल्याउँदा व्‍यथित पक्ष अर्थात कान्छोको विश्‍वजननी विरह(पिडाको मार्मिक अभिव्यक्‍ति यसमा हुन पुगेको छ । कवि स्वयम् पनि कान्छा भएकाले यहाँ कविकै मानसिकता प्रतिविम्वित भएको आवास पाइन्छ, साथै युगीन अभावग्रस्ततासमेत आरोपित भएर बढी हृदयस्पर्शिता ल्याएको छ ।
प्रतिभावान् कविको समग्र अभिव्यक्‍ति सौन्दर्यमय हुन्छ अनि सौन्दर्यको अर्को नाम अलङ्‍कार हो भन्‍ने कुरा पहिलेनै स्पष्‍ट पारिसकिएको छ । कवि रेग्मीको यस काव्यले पनि विप्रलम्भ श्रृङ्‍गारको हार्दिकतालाई छताछुल्ल पारेको छ । काव्यको अलङ्‍कारमयताको सङ्‍केत शीर्षकले नै दिएको छ( —यक्षको पोखराप्रवास‘ —कान्छोको‘ भन्‍नुको सट्‍टा —यक्षको‘ भनेर कान्छालाई कवि कालिदासको यक्षमा रुपान्तरित गराइएको छ । यसबाट यक्षको प्रियतमाप्रतिको अगाध अनुरागका साथै उनीसँगको छोटै वियोग पनि उसको निम्ति असह्‍य हुने कुराको अनुभव गर्न सकिन्‍छ । विरहको अतिशय्‍य यक्षमा भएकोले —कान्छो‘को सट्‍टा —यक्षको‘ भनिंदा त्यसै अतिशयिताको अनुभूति यसबाट हुनजान्छ । यसप्रकार उपमेय —कान्छो‘लाई आफूभित्र सर्लक्‍क लुकाएर देखापर्ने —यक्ष‘ मात्र यहाँ रहेकाले स्पष्‍ट रुपमा —अतिशयोक्‍ति‘ अलङ्‍कार पाइन्छ । अलङ्‍कारको, खास गरी अर्थालङ्‍कारको प्रारम्भ —उपमा‘बाटै भएको छ । काव्यको पहिलो श्‍लोकका अन्तिम दुई पङ्‍क्‍ति
धर्तीलाई गगन जसरी राख्‍छ रोजै रिझाई
कान्छीलाई हरतरहले यक्ष राख्थ्यो रिझाई
म —पूर्णोपमा‘ अलङ्‍कार छ । यसमा यक्ष ९कान्छो० उपमेय, गगन(उपमान रिझाएर राख्‍नु (साधारण धर्म अनि जसरी(वाचक शब्द गरी उपमाका चारै अङ्‍को उपस्थिति छ । यसरी सम्पूर्ण अङ्‍ग शब्दतस् कथित भएमा —पूर्णोपमा‘ अनि तीमध्ये कुनै वा केहीको उल्लेख नभएमा —लुप्‍तोपमा‘ भन्‍ने गरिन्छ । शीर्षकको सन्दर्भमा भनिए झैँ यहाँ —कान्छो‘को उल्लेख नभई —यक्ष‘को मात्र कथन भएकाले —अतिशयोक्‍ति‘ पनि छ । यस प्रकार —उपमा‘ र —अतिशयोक्‍ति‘को छुट्‍याउन कठिन पर्ने गरी यहाँ मिश्रण भएकोले —सङ्‍कर‘ बन्‍न गएको छ ।
उपमा अलङ्‍कार व्यापक तथा अन्य धेरै अलङ्‍कारको वीज पनि भएकाले यस काव्यमा पनि यसको प्राचुर्य पाइन्‍छ । तीमध्ये केही उदाहरण मात्र यहाँ प्रस्तुत छन्।
चण्डी जस्ती गगनभरी नै हिँड्‍छे उग्र गर्जी ९श्‍लो।द्द०
के भो १ के भो १ गगन वनमा भास्सिए झैँ भयो त्यो ९श्‍लो, ज्ञण्०
यो भो वज्रै खबर पहिलो पोखरा जानुपर्‍ने
कोठा ढाक्‍यो अतिशय कडा घातकी ग्यासले झैँ ९श्‍लो। द्ध०
प्यारी कान्छी अहह लहरा झैँ सधैँ वेरियौ है
यस्तो नाथे रुखसङ तिमी १ भन्दिनौ दोष क्‍यैुनै १ ९श्‍लो। ज्ञज्ञ०
रुपक अलङ्‍कार पनि उपमा जस्तै वहुप्रचलित भएकाले सोको प्रयोग पनि यहाँ पशस्त भएको छ जस्तै (
कान्छी छाडी पर रहनमा तर्सने यक्ष कान्छो ९श्‍लो। द्ध०
उपमेयमाथि उपमानको आरोप हुँदा रुपक अलङ्‍कार वन्दछ । यहाँ उपमेय कान्छोमाथि उपमान यक्षको आरोप भएको छ । यस्तै(
कान्छा(कान्छी अलमल परे यो कुरा भो चट्‍याङ ९श्‍लो। छ०
यहाँ पोखरा जानुपर्ने कुरा ९उपमेय० माथि चट्‍याङ ९उपमान० आरोपित छ । अन्य केही उदाहरण (
गर्ज्यो चड्क्‍यो गुरु विरहको त्रास(विद्‍युत् चचम्क्‍यो ९श्‍लो। ठ०
अ‍ेक्लो क्लो रुन मन गरी धुम्मियो यक्ष कान्छो । ९श्‍लो। ज्ञण्०
यो नै ठाउँ प्रकृति(जननी राख्‍दछिन् दीन नानी ९श्‍लो। द्दद्द०
उपर्युक्‍तवाहेक यस काव्‍यमा धेरै ठाउँमा प्रयोग भएको अलङ्‍कार —उत्प्रेक्षा‘ हो । प्रस्तुतमा समान प्रकृतिको अप्रस्तुतको सम्भावना देखाएमा —उत्प्रेक्षा‘ अलङ्‍कार वन्दछ । उत्कृष्‍ट उपमानको सम्भावना प्रदर्शनद्‍वारा चमत्कारपूर्ण वनाउनु यसको उद्‍देश्य हो । जस्तो स्
अवंरीत्या कतिपय निला ताल उच्‍चा दिएर
हाँस्दी देख्‍यो प्रकृति(रमणी पोखरा मस्किएर ९श्‍लो। ज्ञद्ध०
यहाँ प्राकृतिक सौन्दर्यले परिपूर्ण पोखरामा मस्किएर हाँस्ने रमणीको सम्भावना गरिएको छ । यस्तै स्
ढुङ्‍गे ठाउँ भइकन सधैँ पोखरा मस्त वन्छे
केही जादू लिइकन कुनै यो परी हो कि लाग्छे ९श्‍लो। ज्ञछ०
यहाँ प्रस्तुत पोखरामा अप्रस्तुत जादू गर्ने परीको सम्भावना छ । अन्य केही उदाहरण स्
माछापुच्छे उठिकन ठुलो ध्यानमुद्रास्थ योगी
कान्छालाई मुसुमुसु कुनै प्रश्‍न सोध्दैछ नै कि ९श्‍लो। ज्ञड०
—सेती‘ देख्दा मनभरि यो वेदनामूर्ती यक्ष
सेती नै यी व्यथितहुदया बुझ्दथ्‍यो दीन यक्ष ९श्‍लो। द्दण्०
त्यो पाटोमा प्रथम उसले ध्यानमा मग्न योगी
यो पाटोमा अतिशय चुचे पिल्सिङे देख्छ टोपी ९श्‍लो। द्दछ०
प्रस्तुत वर्णद्‍वारा विषेशण आदिको साम्यवाट अप्रस्तुतको व्यञ्‍जन भएका —समासोक्‍ति‘ अलङ्‍कार वन्दछ । निम्न पङ्क्‍तिहरु यसको सुन्दर उदाहरण वनेका छन् ।
के छाड्थ्यो त्यो गडवडविना थेत्‍तरो मेघ वर्स्यो
वाटो छेक्ने दृढ मन गरी साथ लाग्छे तडित् त्यो । ९श्‍लो। ज्ञठ०
यहाँ प्रस्तुत मेघ र तडित् ९विजुली० को निमित्‍त प्रयुक्‍त थेत्‍तरो, गडवड गर्ने, वर्सने एवम् बाटो छेक्ने विशेषणहरुका आधामा अर्काको काममा वाधा गर्न उद्‍यत दम्पतीको व्यवहारको व्यञ्‍जना भएको छ ।
कुनै वस्तुलाई देख्‍ता सोहीसमान पूर्वानुभूत कुराको सम्झना आउँदा —स्मरण अलङ्‍कार वन्दछ । जस्तैस्
आङ्‍ला(आङ्‍ली युगल मजले पात्‍तिएरै डुलेका
देख्दा कान्छो मन(मन धेरै पुग्छ कान्छीसमीप ९श्‍लो।ज्ञठ०
पोखरामा अङ्‍ग्रेजदम्पतीको रमाइलो देख्ता यहाँ कान्छालाई घरमा कान्छीसँग रामरउसको स्मरण भएको छ ।
उपर्युक्‍त रुपमा केही अलङ्‍कारहरुको मोटामोटी अध्ययन मात्र यहाँ गरिएको छ । यसमा मसिनो गरी अन्य थुप्रै अलङ्‍कारको खोजी गर्न सकिन्छ । समग्रमा भन्‍नुपर्दा, यो लघुकाव्य अलङ्‍कारले पूर्ण छ । अलङ्‍कारलेपूर्णतालाई अर्को शब्दमा सौन्दर्यपूर्णता भन्‍न सकिने हुँदा यसैलाई काव्यको उच्‍चताको मानक मान्‍न कुनै अप्ठ्‍यारो पर्दैन ।

वरवोटे इलाम।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 माघ, 2072

लेखकका अन्य रचनाहरु