धेरै भयो अरू के के हुन बाँकी छ ?
जिन्दगीमा अझै कति रुन बाँकी छ ?
चकमन्न अँध्यारोले निल्यो सधैँ नै
तारा झरे टिल्पिलाउँदो जुन बाँकी छ
बैगुनीले भुली सके टाढा सम्झिँदै
किन सोच्थे तिर्नु पर्ने गुन बाँकी छ ?
चाहनाका अग्ला महल ढले धर्तीमा
थुप्रो लाग्यो खरानीको छुन बाँकी छ
धर्म भन्दा पाप धेरै गरे जस्तो भो
गंगाजलले अधर्म त्यो धुन बाँकी छ
पीडा हुँदा हृदयमा पोल्छ भतभती
ज्वलनका पोका सबै फुन बाँकी छ
रछ्यानमा मिर्किए झैं भयो प्रतिभा
कस्ले भन्छ खिया भित्र सुन बाँकी छ ?
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 माघ, 2072