उज्यालो आकाश

- खगिन्द्रा खुसी

‘हाइ,’
‘हेल्लो डार्लिङ्, म तिम्रै म्यासेज पर्खिरहेकी थिएँ !’
‘थ्याङ्ज’
‘म आउँ ?’
......................
‘कता हरायौ? म आउँ हैन?’
‘म बिमारी छु,’
‘के भयो?’
‘ज्वरोले ग्रस्त बनाएको छ, तपाईँ आउनु भयो भने तपाईँकै बाइकमा हस्पिटल जाने थिएँ । श्रीमान््ले पैसा नपठाएको धेरै भैसक्यो । आफु सँग भएको पनि सकियो । २÷४ हजार पैसा पनि सहयोग गर्नु हुन्थ्यो की? ’
...............................
किन म्यासेज नगर्नुभएको?
.....................
..........................
फेरि उताबाट म्यासेज आएन । त्यस पछि फेसबुक लग आउट गरी सरलाले । सकीनसकी उठेर सिरानीमा अढेस लागेर बसी । थर्मसको पानी गिलासमा खन्याएर खाई अनि फेरि फेसबुक खोली, उसले भर्खरै अपलोड गरेको फोटोमा सय भन्दा बढी लाइक आएका रहेछन् । धेरै कमेन्ट पनि छन् । सबै भन्दा पछिल्लो पटक उसको श्रीमान्््ले लाइक गरेको रहेछ । त्यो देखेर उसको मन हुरुक्क भएर आयो । श्रीमान्् प्रतिको प्रेम मनभरि भयो । धेरै भएको थियो उसको श्रीमान््ले उसको फोटो र स्टाटसहरुमा लाइक नगरेको । उसको श्रीमान््को नाममा सर्च गरी, नयाँ फोटो अपलोड गरेको रहेन छ, धेरै भयो उसले आफ्ना तस्विरहरु अपलोड नगरेको । ‘प्रेरक भनाइहरु’ मात्र अपलोड गरेको हुन्छ । पहिला पहिला त्यस्ता भनाइहरुमा त्यति चासो राख्दिन थिई, आज धेरै बेर लगाएर तिनै भनाइहरु हेरि, खोजी खोजी आफ्नो श्रीमान््ले लगाएका जीवन दर्शन सम्बन्धी भनाइहरु पढी । उसलाई श्रीमान्् सँग बोल्न मन लाग्यो । फोन गर्न मन लाग्यो, बिरामी भएको कुरा भन्न मन लाग्यो ! तर, के भनेर फोन गर्ने ? रिसाएका छन् ।
“को हो सँगै बस्ने केटी?” श्रीमान््ले फेसबुकमा अपलोड गरेको फोटो हेर्दै फोनबाट श्रीमान््लाई सोधेकी थिई सरलाले । डेढ वर्ष त भयो नि त्यो फोटो अपलोड गरेको । “नेपाल तिरकै हो, तिमी चिन्दिनौ” कति सहजै उत्तर दिएका थिए उनले, तर त्यो उत्तरले सरलाको जिज्ञासा मेटाएको थिएन ।
“त्यही नचिनेर त सोधेकी त!!” उसले रिसाएर भनेकी थिई ।
“तिमी कुरा नबुझी रिसाउँछ्यौ!” श्रीमान्् झर्केका थिए ।
सरलाले फोन काटिदिई, उसले घुक्र्याएकी थिई फोन काटेर, श्रीमान््ले फेरि फोन गर्लान् भनेर आस गरेर बसी, त्यो दिन त फोन गरेनन् । अर्को दिन फोन गरेर छोरीको खबर सोधे, सरलाको रिस र घुक्र्याइ सँग मतलब राखेनन् । उ त्यतिकै ठुस्किरही, भाऊ खोजिरही, श्रीमान््ले फोन गर्दा आफु नबोली छोरीलाई नै बोल्न दिन थाली । त्यतिखेरै उसको मन भाँचिएको थियो । धेरै दिन पछि फेरि फेसबुक खोलेर हेर्दा त्यही केटी सँगका अरु पनि फोटोहरु देखी उसले । सही नसक्नु भयो उसलाई । त्यहींदेखि त हरेक समय फेसबुकमा अनलाइन हुन थालेकी हो । आफु देखिन भन्दा पनि श्रीमान््को निगरानीका लागि फेसबुक खोल्थी ऊ चौबिसै घण्टा अनलाइनमा हुन्थी । पहिला पहिला श्रीमान््ले जष्, जभििय, लेख्थे, खबर खाबर सोध्थे । उसका प्रश्नमा सरला वस्तुगत उत्तर दिन्थी । आफु रिसाए पछि एक दिन न एक दिन त्यो केटीसँगको फोटो हटाउनेछन् भन्ने विश्वास थियो उसलाई । नभन्दै एक दिन फेसबुक हेर्दा त्यहाँ त्यो केटी सँगको फोटो थिएन । ऊ मनमनै खुसी भइ, गर्व लाग्यो उसलाई आफैं प्रति, आफु बाठी भएको महसुस गरी, तर महसुस गर्न नपाउँदै उसले अर्को फोटो देखी । श्रीमान््ले अर्को फोटो अपलोट गरेका रहेछन् । पहिलाकी केटी सँगको फोटो हटाएर अर्की केटी सँगको फोटो लगाएका रहेछन् । उ रिसले भाउन्न भइ, उसको रिसको पारो कहिल्यै सेलाउन पाएन, एक पछि अर्की केटी सँगको फोटो अपलोड गरिरहे, “को हो?” भन्दा उसले चित्त बुझ्ने जवाफ पाएकी भए पनि चुप लागेर बस्थी होला, तर त्यति पनि गरेनन् श्रीमान््ले । श्रीमान्् सँगको रिसलाई प्रतिशोध बनाई उसले, बदला लिन चाही र मन मनै योजना बनाई यही फेसबुकको प्रयोग गर्ने ।
अर्को दिन विहानै फेसबुकमा आफ्नो फोटो अपलोड गरेर खाना पकाउन थाली । खाना खाएर छोरीलाई स्कुल पु¥याएर घर आई, बिहानका अन्य सबै काम सकेर फुर्सद भए पछि फेरि फेसबुक खोली । उ आश्चर्यमा परी । उसका फोटोमा सय भन्दा बढी लाइक र धेरै कमेन्ट आएका रहेछन् । उसले त सोचेकै थिइन आफ्ना फोटोमा यति धेरै लाइक र कमेन्ट आउँछन् भनेर । चिनेका नचिनेका धेरैबाट फ्रेन्ड रिक्वेस्ट पनि आएका रहेछन् । खुसी भइ उ, आए जति सबैलाई एसेप्ट गरी, ती सबै साथी भए । तिनै साथीहरु सँग च्याटिङ्ग गर्दै बसी दिन भरि । बेलुका छोरी ल्याएर खाना ख्वाएर हतारहतार बेलुकाको काम सकी र फेरि फेसबुक अन गरी । त्यो दिन बाह्र बजे सम्म च्याट गरेर बसी । कोको नचिनेका मान्छेहरुले, जष् भन्दै म्यासेज गर्थे । ज–जसले म्यासेज पठाए पनि रिप्लाई पठाउँथी । केटी भन्दा केटा धेरै थिए म्यासेज पठाउने । सुरुमै हाइ डियर भनेर पठाउँथे । ऊ पुलकित हुँदै रिप्लाई पठाउँथी । उठेदेखि ननिदाउन्जेली फेसबुक सँगै हुन थाली ऊ । उसका फेसबुकमा अपलोड गरेका फोटोहरुका कमेन्ट अलि उच्छृङ्खल हुन्थे । कतिले “आइ लभ यू” लेखिदिन्थे “कति राम्री”, “कति राम्रो जिउ”, “आँखा”, “ओठ” लेखेका कमेन्ट त प्राय सधैं हुन्थे । सुरुमा त त्यस्ता कमेन्टहरु आफैंले पनि हेर्न सकिन । तर श्रीमान्् सँग बदला तिर्नु थियो उसले । “उनले चाहिं केटी सँग टाँस्सिएको फोटो लगाउँदा पनि केही नहुने मैले त मेरो एक्लैको फोटो त लगाएकी छु नि! कमेन्ट त मैले गर्न लगाएकी हुँ र? फोटो राम्रो देखेर कमेन्ट गरे त मेरो के दोष?” बन्द कोठामा एक्लै भुतभुताउँदै भन्दै मन दह्रो बनाई । दुईचार वटा फोटो लगाए पछि उसको श्रीमान््को फोन आयो । “के गरेकी तिमीले? को हुन् ती फेसबुकमा कमेन्ट गर्ने” त्यस वेला सरलालाई जितेको महसुस भयो । उसले तत्काल उत्तर फिराई
“के भएको छ र? मैले चाहिं फोटो राख्नु हुँदैन? तपाईँ जस्तो कसै सँग नार्रिएर खिचेको फोटो लगाएकी छुइन त! , मैले मेरो आफ्नो फोटो लगाएकी हुँ, कस कसले कमेन्ट गर्छन् त म के गरौं? फेसबुकका सबै मान्छे चिनेर साध्य हुन्छ?”
“आफु र परिवारको इज्जत सम्झेर काम गर” श्रीमान््ले सम्झाउने प्रयास गरेको थियो तर सरला उल्टै रिसाउँदै भनी –
“मलाई मात्रै हुनु पर्छ परिवारको इज्जतको डर ? तपाईले चैं राख्नु पर्दैन परिवारको इज्जत?”
“मैले के गरें र ?” श्रीमान््ले पानी माथिको ओभानो हुँदै दिएको जवाफले उसलाई झन् चिढ्यायो । उसले पनि रिसाएर जवाफ दिई “आफ्नो शरीरको भैंसी नदेख्ने अरुको चाहिं जुम्रा हिंडेको पनि देख्ने?”
“तिमीले सोचे जस्तो क्यै पनि हैन, त्यसै मलाई आरोप लगाउँछ्यौ” श्रीमान््ले सफाई दिन खोज्यो ।
“दुनियाँले देखेको छ ! पानी माथिको ओभानो हुन नखोज्नु न!!” उसले तातो जवाफ फर्काई ।
“म अरु कुरा जान्दिन, अबदेखि फेसबुकमा दुनियाभरका दुनिया थरीका कमेन्ट देख्नु नपरोस् !” भन्दै श्रीमान्ले फोन राख्यो ।
सरलालाई श्रीमान्का कुराले झन् इख्यायो । उसले फेसबुक खोली । च्याटमा धेरै जनाले म्यासेज छोडेका रहेछन् । दर्पणले पनि..।

दर्पण उसको फेसबुक फ्रेन्ड हो । उसले पहिलै पटकमा ‘डियर’ भनेर सम्बोधन गरेर म्यासेज गरेको थियो । फोटोहरुको कमेन्टमा पनि उसले खुलेआम “आइ लभ यू” लेखेको हुन्छ । अरु कुरा चाहिं च्याटमा हुन्छ उनीहरुको । कुराकानीमा खुलापन छ, गोप्यता हुँदैन । कुराकानीकै क्रममा धेरै पटक भेट्ने आग्रह गरिसकेको छ दर्पणले, तर भेट्नका लागि भने आज सम्म मानेकी थिइन सरला तर यस पटक फेसबुक अन गर्ने बित्तिकै दर्पणको म्यासेज पढी ।
“सरला तिमी सँग भेट्न मन लागेको छ प्लिज नाइ नभन है!”
सरलाले तत्काल उत्तर दिई ।
“ठिक छ, तपाईँ मेरोमा आउन सक्नु हुन्छ”
त्यही साँझ दर्पण उसलाई भेट्न काकडभिट्टा पुगेको थियो । फेसबुकले उनीहरुको मन जोडेको थियो अब तन पनि जोड्यो । केही बाँकी रहेन उनीहरुको बिचमा । श्रीमान्् सँग गरेका सबै काम गरी उसले दर्पण सँग । दर्पण सँग समय बिताउँदा श्रीमान््लाई जितेको महसुस गर्थी ऊ । मनमनै श्रीमान््लाई खुच्चिङ गर्थी ।
तर यस वेला समयले नै उस प्रति खुच्चिङ गरेको जस्तो लाग्दैछ उसलाई । दर्पण अर्कैको लोग्ने थियो । पहिला उसलाई त्यो कुरा थाहा थिएन । पछि थाहा पाइ, तर थाहा पाए पनि वास्ता राखिन उसले । अर्की श्रीमती भए पनि नभए पनि उसले सौता भएर उसकी श्रीमती भए ठाउँमा जानु पर्ने थिएन, त्यसैले चासो राखिन उसले दर्पणकी श्रीमती प्रति । दर्पणको वाइक थियो, दिनै पिच्छे नयाँ नयाँ ठाउँ घुम्ने, नयाँ नयाँ होटलमा खाने गर्न थाले । घुम्दा लाग्ने खर्च आधा आधा हुन्थ्यो । काहीँ सरला तिर्थी काहीँ दर्पणले । सरलालाई श्रीमान्ले पैसा पठाइरहेको थियो । त्यही पैसा खर्च गरिरहेकी थिई । कसैको पर्वाह नगरी खुलेआम दर्पण सँग घुम्थी सरला । धेरै पटक उसका घर र माइत तिरका आफन्तहरुले पनि देखिसकेका थिए, ऊ दर्पण सित हिंडेको । समाजमा राम्रो हुँदा हुँदै त नराम्रो बनाउन खोज्छन्, झन् उसलाई खुलेआम त्यसरी दोस्रो मान्छे सित हिँडेको देख्दा किन चुप लाग्थे मान्छेहरु ? एक दिन विदेशबाट श्रीमान््को फोन आयो ।
“हेल्लो”
“हेल्लो”
“छोरी कहाँ छे?”
“यहीं”
“घर लगेर छोड्दिनु, तँलाई अल्झो हुन सक्छे त्यो । मेरा बाबुआमाले हेर्ने छन्, त्यस पछि अझ खुल्ला हुन्छेस् तँ ।” श्रीमान््को कुरा बुझी सरलाले । उसको मन चिसो भयो तर केही नजाने जस्तो गरेर भनी“किन लानु वहाँ? यहीं बस्छे नि!”
“कति तिर भ्याउनु हुन्छ हजुरले? केटा लिएर घुम्न दिन्छे छोरीले?”
“जे पायो त्यही नभन्नु है !”
“लाज नभएकी ? तँ जस्ती गतिछाडा आइमाई सँग बिहे गर्नु नै गल्ती भयो, म मरी मरी दुःख गरेर पैसा पठाउने तँ दुनियाँ नाठो खेलाएर पैसा सक्ने? अब म आउँदै छु । मेरो अघि देखा नपर्नु, तर मेरो पैसाको पाई पाई हिसाव चाहिन्छ”
“कहाँबाट ल्याउनु पैसा?, छोरी पढाउन र कोठा भाडा तिर्न कति पैसा लाग्छ ?
“म केही जान्दिन, मैले सबै थाहा पाइसकें, अब तँ सँगको सबै सम्बन्ध सकिए, छोरी घरमा लगेर छोडिदे अनि जे गर्न मन लाग्छ गर्” भनेर फोन राखिदियो श्रीमान््ले । सरलाको मनमा चिसो पस्यो । श्रीमान््ले ठट्टा गरेको थिएन । सम्बन्ध सकिने कुरा भए पछि उसले दर्पणलाई फोन गरी । दर्पण १ घण्टामै उसको कोठामा आइपुग्यो । उसले श्रीमान्् सँग भएको यथार्थ कुरा सुनाई दर्पणलाई । सरलालाई आफुले त्यति सुनाए पछि दर्पणले कुनै ठुलै निर्णय सुनाउला भन्ने लागेको थ्यो तर उसले त्यस विषयमा चासै राखेन । सधैं झैं कतै घुम्न जाने प्रस्ताव राख्यो । त्यस वेला दर्पण प्रति रिस उठेको थियो सरलालाई तर रिस भित्रै दवाएर राखी । सरलालाई कुनै न कुनै दिन आफ्नो श्रीमान्ले यी कुरा भन्ने पक्का थियो । त्यसैले पहिलादेखि नै दर्पणलाई यसवारे कुरा गर्दै आईरहेकी थिई । तर एक पटक भन्दा पनि दर्पणले त्यस विषयमा आफ्नो विचार व्यक्त गरेन, कुनै निर्णय सुनाएन । दर्पण उसको मन, प्रेम र भावना सँग भन्दा शरीर सँग मात्रै प्रेम गर्छ कि जस्तो लाग्न थालेको थियो सरलालाई ।
श्रीमान्ले फोन गरे पछि सरलाको मन अशान्त भयो । त्यस विषयमा दर्पण लाटो छ, कुनै प्रतिक्रिया दिएन, निर्णय दिएन, त्यस विषयमा कहिल्यै कुरै गर्दैन । श्रीमान्को आउने समय नजिकिँदै आउँदा भित्र भित्रै अत्तालिन थाली । एक दिन दर्पणलाई बोलाएर फेरि प्रश्न गरी–
“मेरो श्रीमान््को आउने बेला भैसक्यो, उनी म सँगको सम्बन्ध सक्ने सुरमा छन्, के गरौं म ?”
दर्पण केही बोलेन । उसले दर्पणलाई झँगाल्दै भनी–
“किन बोल्नु हुन्न तपाईं ? मलाई यत्रो समस्या आएको छ, तपाईलाई केही मतलब छैन ?”
“म के गरौं त, घरमा श्रीमती छे”
“त्यसो भनेर कहाँ भयो त अब ? जसरी हुन्छ यो समस्याबाट मुक्त गराउनु मलाई” सरलाले रुन खोज्दै भनेकी थिई ।
“श्रीमान्ले छोडे के भयो त? कतै पसल गरेर बस न” दर्पणको गैर जिम्मेवारपूर्ण उत्तरले सरला खस्रङ्ग भइ । दर्पणबाट उसले यस्तो उत्तरको अपेक्षा गरेकी थिइन । आफ्नै साथमा राख्ला नभए पनि गरिखाने कुनै व्यवस्था मिलाइदेला भन्ने आशा राखेकी थिई । उसलाई रिस उठ्यो तर व्यक्त गरिन । त्यसै वेलादेखि नै उसले दर्पण सँगको च्याट र भेटघाट कम गर्न थालेकी थिई । उसको स्वार्थपूर्ण व्यवहार बुझिसकेकी थिई । यस वेला उसलाई दर्पणबाट आफु प्रयोग भइरहेको महसुस हुन थालेको भए पनि, तर फोनमा आफ्नो समस्या सुनाइरहन्छे उ, दर्पण भरसक त्यस विषयको उत्तर नै दिँदैन, दिनै पर्दा पनि आफ्नो बाध्यता र विवशता देखाएर पन्छिन खोज्छ, तर अझै पनि मौका पायो कि घुम्न जाउँ भन्छ, होटलमा बसौं भन्छ । सरला बाइकको घुमाइबाट अघाइसकी, होटलको बसाइबाट अघाइसकी । नारीहरु प्रेम र भावना भन्दा अलग भएर राखिएको यौन सम्बन्धबाट सन्तुष्टि लिन सक्दैनन् । यस कुराको बोध हुन थालेको छ सरलालाई । अझ महिलाका लागि प्रेम र आफ्ना भावनाको कदरबाट पाइने सन्तुष्टि नै पर्याप्त छ यौन सन्तुष्टि त पुरुषका लागि मात्र रहेछ भन्ने कुरा बुझ्न थालेकी छ । पहिला दर्पणको प्रेमको भ्रममा थिई सरला अब त्यो भ्रम हटिसक्यो । उसको प्रेम त नाटक मात्र रहेछ ! उसको उद्देश्य त शरीर सँग रमाउनु मात्र रहेछ !
दर्पणलाई बुझेकी छे तर पनि फेसबुकमा आएका उसका म्यासेजबाट, मोवाइलका आवाजबाट दर्पण सँग अझै जोडिइरहेकी छे, तर भेटघाट धेरै पातलिएको छ । यस वेला उ बिमारी छे । ज्वरो आएर थलिएकी छे । उसलाई हस्पिटल पु¥याउने कोही छैन । विरामी परेर दर्पणलाई गुहार्नु व्यर्थ छ । झिनो आशाले फेसबुकबाट च्याट गर्छे–
‘हाइ,’
‘हेल्लो डार्लिङ्, म तिम्रै म्यासेज पर्खिरहेकी थिएँ,’
‘थ्याङ्ज’
‘म आउँ ?’
......................
‘कता हरायौ? म आउँ हैन?’
‘म बिमारी छु,’
‘के भयो?’
‘ज्वरोले ग्रस्त बनाएको छ, तपाईँ आउनु भयो भने तपाईँकै बाइकमा हस्पिटल जाने थिएँ । श्रीमान्ले पैसा नपठाएको धेरै भैसक्यो । आफु सँग भएको पनि सकियो । २÷४ हजार पैसा पनि सहयोग गर्नु हुन्थ्यो कि? ’
...............................
किन म्यासेज नगर्नुभएको?
.....................
.........................
फेरि उताबाट म्यासेज आएन । त्यस पछि फेसबुक लग आउट गरी सरलाले । सकीनसकी उठेर सिरानीमा अढेस लागेर बसी । थर्मसको पानी गिलासमा खन्याएर खाई अनि फेरि फेसबुक खोली, उसले भर्खरै अपलोड गरेको फोटोमा सय भन्दा बढी लाइक आएका रहेछन् । धेरै कमेन्ट पनि छन् । सबै भन्दा पछिल्लो पटक उसको श्रीमान््ले लाइक गरेको रहेछ । त्यो देखेर उसको मन हुरुक्क भएर आयो । श्रीमान्् प्रतिको प्रेम मन भरि भयो । धेरै भएको थियो उसको श्रीमान््ले उसको फोटो र स्टाटसहरुमा लाइक नगरेको । उसको श्रीमान््को नाममा सर्च गरी, उसले नयाँ फोटो अपलोड गरेको थिएन, धेरै भयो उसले आफ्ना तस्विरहरु अपलोड नगरेको । प्रेरक भनाइहरु मात्र अपलोड गरेको हुन्छ । पहिला पहिला त्यस्ता भनाइहरुमा त्यति चासो राख्दिन थिई, आज धेरै बेर लगाएर तिनै भनाइहरु हेरि, खोजी खोजी आफ्नो श्रीमान््ले लगाएका जीवन दर्शन सम्बन्धी भनाइहरु पढी । उसलाई श्रीमान्् सँग बोल्न मन लाग्यो । फोन गर्न मन लाग्यो, बिरामी भएको कुरा भन्न मन लाग्यो – तर के भनेर फोन गर्ने, उ रिसाएको छ ।
उसले फेरि फेसबुक अन गरी । श्रीमान्् अनलाइन नै रहेछन् । श्रीमान्को च्याट बक्समा हात पु¥याएर धेरै बेर अल्मलिइरही । के गरौं के गरौं भयो, केही लेखौं भने पनि उत्तर नफर्काउने हुन्, या त गाली गर्ने हुन् कि भन्ने डरले रोकिइरही । धेरै बेर पछि । जे होला भनेर, मुटु दह्रो पारेर एउटा म्यासेज पठाई –
‘हाइ,’
उत्तर आएन उताबाट । धेरै बेर प्रतीक्षा गरी तर आएन । मोवाइल यसै टेवलमा राखेर, सिरानेमा अढेस लागेर बसी । उसलाई रुन मन लाग्यो । आँखाबाट आँसु झर्न थाले । आँसुले अनुहारमा आएका कपाल भिजेर एकै ठाउँ टाँसिए । आँखा चिम्म गरिरही धेरै बेर सम्म । आँखा खोल्दा टेवलमा रहेको मोवाइल पिलिक–पिलिक गर्दै बल्दै निभ्दै गर्दै थियो । त्यो म्यासेज आउँदा मोवाइलले दिने सङ्केत हो । उसले हत्त न पत्त मोवाइल हातमा लिएर म्यासेज हेरि । उ स्तव्ध भइ, मुटुको गति रोकिए जस्तो भयो । त्यहाँ उसको श्रीमान््को म्यासेज आएको रहेछ ।
‘हेल्लो’भनेर ।
फेरि के लेखेर पठाउने दोधार हुँदाहुँदै अनायासै टाइप भयो ।
‘सन्चै हुनु हुन्छ ?’
‘तन की मन?’
‘‘‘‘‘‘‘‘
‘तन अनि मन, दुवै’
‘आफैं सँग सोधिहेर मेरो मानसिक र शारीरिक अवस्थाको बारेमा’
घाउ त मेरो मनमा पनि लागेको छ
त्यो तिम्रै कारणले लागेको घाउ हो ।
‘हैन, घाउ तपाईंले लगाउनु भएको थियो, त्यो घाउमा मलम लगाउने मेरो उपाय चैँ गलत भयो’
‘पछुतो लाग्न थाल्यो?’
‘पछुतो हैन पारिवारिक जीवनलाई निरन्तरता दिने चाहना मात्र हो, मान्छे एक्लै पनि बाँचेकै छन् नि! धेरैले बाँचेको जीवन म पनि बाँच्न सक्छु’
‘‘‘‘‘‘।
“...............मैले पछुताएको हेर्न चाहन्थे क्यार ! मेरा धावापूर्ण कुराले उनको खुचिङ् मार्न उत्साहित मन हतोत्साहित भएको हुनु पर्छ । त्यै भएर त कुनै म्यासेज पठाएनन् त ! तर मैले पनि गलत भनेकी छैन । पहिलो गल्ती त उनको हो नि । मलाई भन्दा पहिला त उनलाई लाग्नु पर्ने हो नि पछुतो, उनलाई चैं पछुतो छैन, मैले मात्रै किन पछुताउनु? उ एक्लै बाँच्न सक्छन् भने म पनि सक्छु नि, ठिकै त भनें नि । अब फेरि म्यासेज गर्दिन म, ढोग्दिन उनलाई लोग्ने बनिदेऊ भनेर, उनलाई पनि पारिवारिक जीवनलाई निरन्तरता दिने मन छ भने, छोरीको भविष्यको चिन्ता लाग्छ भने आउँछन् नि ! ज्यु ज्यु गरेर बनेको सम्बन्ध कति दिन टिक्छ र ?” श्रीमान््को म्यासेज नआए पछि सरलाको आत्मवल वढे जस्तो भयो । त्यस्तै बिचारहरु खेल्न थाले मनमा । उसले मनमा उठेका ती सारा कुरालाई मोवाइलमा रोमनबाट टाइप गरी र श्रीमान्को नाममा सेन्ड गरी ।
सिरानीमा ढल्केर बसेकी सरला त्यतिकै निदाइछे । बिहान वाटामा कुदेका गाडीको हर्नले उसको निद्रा खुल्यो । मोवाइल हातमै रहेछ । छोरीले ब्ल्याङ्केट फालिछे । एउटा हातले तानेर छोरीलाई ब्ल्याङ्केट ओडाइदिई र ओछ्यानबाट ओर्लिएर टेवलमा मोवाइल राख्न खोज्दा मोवाइलको स्क्रिनमा परे उसका आँखा । एउटा म्यासेज आएको रहेछ । तत्काल त्यो म्यासेज खोलेर हेरि उसले । उसको श्रीमान््ले पठाएको म्यासेज रहेछ ।
‘१७ गते दिनको ठिक २ बजे चन्द्रगढी एयरपोर्टमा जानु’

उसले क्यालेन्डर हेरि । आज १४ गते रहेछ । उसले तत्काल अर्को म्यासेज पठाई ।
‘किन?’
तर उताबाट कुनै उत्तर आएन । त्यो दिन भरि आएन, अर्को दिन भरि पनि आएन बरु दर्पणले पठाएको लभ साइन आएको रहेछ । त्यसको प्रतिउत्तरमा त्यस्तै कुनै साइन पठाउँथी उ पनि, तर आज त्यसलाई डिलिट गरी उसले । कुनै प्रतिक्रिया पनि पठाइन । उसलाई दर्पण एलर्जी जस्तो लाग्न थाल्यो । दर्पणलाई फेसबुक फ्रेन्डको लाइनबाटै हटाइदिई । किन किन उसलाई एक्लै बाँच्न सक्ने आँट पलाउन थालेको थियो । त्यही आँटले श्रीमान््लाई त्यति लामो म्यासेज पठाएकी थिई । अब श्रीमान्् आएर सँगै बस्लान् भन्ने आस पनि थिएन उसलाई तर श्रीमान््ले पठाएको म्यासेजले उसलाई अलमलमा पारिरहेको थियो । किन लेखे त्यस्तो म्यासेज? उसले बुझ्न सकेकी थिइन । १७ गते पनि भयो । उसले किन? भनेर पठाएको म्यासेजको उत्तर आएको थिएन । त्यतिकै एयरपोर्ट जान मन थिएन । श्रीमान््ले आफुलाई फसाउन कुनै खेल खेल्न लागे कि ? भन्ने शङ्का पनि थियो मनमा । त्यही भएर पनि उसलाई त्यहाँ जान मन नलागेको हो । साढे बाह्र बजे सम्म पनि नजाने मानसिकतामा बसेकीे सरला पौने एकदेखि घरमा बस्नै सकिन । मनले उसका खुट्टा बाँध्न सकेनन् । दौडिए चन्द्रगढी तर्फ । उ चन्द्रगढीमा पुगेर गाडीबाट ओर्लिँदा पौने दुई भएछ । सिटी सफारीमा चढेर एयरपोर्ट पुग्दा २ बज्न पाँच मिनेट बाँकी थियो ।
एयरपोर्टमा मान्छेको बाक्लो चहलपहल थियो । उसले त्यहाँका हरेक मान्छेमा आँखा पु¥याई । ती मध्ये कसैले उसलाई पर्खिरहेका थिएनन् । कोही उसको प्रतीक्षामा थिएनन्, भित्र काउन्टरमा गएर बुझी त्यहाँ पनि उसका लागि भनेर कुनै सन्देश छाडिएको छैन, कुनै सामान राखिएको छैन । उसलाई, श्रीमान््ले कसै मार्फत कुनै सामान या सन्देश पठाएको हुन सक्ने शङ्का थियो, शङ्का भन्दा पनि मन भित्रको झिनो आशा थियो त्यो उसको श्रीमान्् प्रतिको तर त्यो आशा निराशामा परिणत भयो । केही थिएन त्यहाँ, कोही थिएन त्यहाँ । अब निराश भएर घर फर्कनुको विकल्प थिएन । उसले अलि तल पेसिन्जरको पर्खाइमा रहेको सिटी सफारीलाई हातले इसारा गरेर बोलाइ । उसले बोलाएको हात तल झार्न पनि नपाउँदै आकाशबाट हुइँकेर आयो एउटा प्लेन । बुद्ध एयर लेखिएको त्यो प्लेन एयरपोर्टको पिचमा गुड्किँदै काउन्टर नजिकै आएर रोकियो । सिटी सफारीमा बसेर मोवाइलमा समय हेरि भर्खर मात्रै २ बजेछ । प्लेनका मान्छे हुरुरु प्लेनबाट झरे अनि धमाधम बाहिर निस्कन थाले । त्यही मान्छेहरुको हुलमा एउटा पुरुष पनि निस्कियो । चिनेको जस्तो लागे पनि ठम्याउन सकिन उसले । त्यो पुरुषले पहिला वरपर आँखाहरु डुलायो र उसमा आएर अडिए ती आँखाहरु । उसमा आँखा पर्नासाथ दाँत देखिए उसको, गाला खुम्चिए अनि मात्र चिनी उसले त्यो मान्छे अर्थात् उसको श्रीमान््लाई । उ छक्क परी । उसले यति छिटो श्रीमान्् आउने कुरा त सोचेकी पनि थिइन । श्रीमान्् नहाँसेको भए उसलाई गाह्रो पर्ने थियो उसको अगाडी कसरी प्रस्तुत हुने भन्ने कुरामा, तर श्रीमान्् हाँसे पछि उसले पनि हाँसो फर्काइ दिई । के भन्ने हो श्रीमान््ले, अन्योलमा थिई ऊ । सोच्दा–सोच्दै आँखा भरिएछन् उसका । के सोचेर हो कुन्नि ! छेउमा आएर उसका आँसु पुछिदियो श्रीमान््ले । उसलाई झन् सजिलो भयो श्रीमान्को मनसाय बुझ्न । कस्तो रिक्सा जस्तै नयाँ सवारी साधन आएछ ?
“सवारी हैन दाइ सफारी हो ” सफारी चालकले ठट्यौलो उत्तर फर्कायो ।
“कति हो भाडा ?”
“कहाँ जाने?”
“काकडभिट्टा”
“एक हजार हो तर आठ सय दिए हुन्छ”
“लौ हिँड” श्रीमान््ले सफारी रिजर्भ ग¥यो ।
“यहाँदेखि काकडभिट्टा सफारीमा ?” विदेशदेखि आउनु भए जस्तो छ, भ्यान रिजर्व गरेर गए हुन्छ त? चालकले सल्लाह दियो ।
“किन त्यति पैसाले पोसाएन?” श्रीमान््ले प्रतिप्रश्न ग¥यो ।
“हैन दाइ, मलाई त काफी छ, तैपनि......”
श्रीमान््ले आफ्ना सामानहरु सफारीमा राख्दै आफु पनि चढ्यो । सरलाले आफ्नो नजिकै ठाउँ दिई । सफारी चालकले सफारी स्टार्ट ग¥यो । –
“छोरी किन नल्याएकी ?” श्रीमान््ले सरलालाई हेरेर भन्यो ।
“तपाईँ आउने कुरो भन्नु भएको थियो र ?”सरलाले उल्टो प्रश्न गरी ।
“सस्पेन्स” भन्दै सरलालाई अँगालो हाल्यो श्रीमान््ले ।
श्रीमान्लाई पनि आफ्नो गल्तीको महसुस भएको महसुस गर्दै श्रीमान्को आँखामा हेरि सरलाले । त्यहाँ कुनै गुनासो थिएन, घृणा र रिस थिएन, मात्रै नयाँ जोस थियो, उत्साह र प्रेम थियो, श्रीमान्को कुममा टाउको राखेर पर आकाशमा हेरि । सधैं हेरिरहेको आकाश हो, तर त्यही आकाश पनि आज सधैं भन्दा उज्यालो अनुभव भयो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 पौष, 2072

लेखकका अन्य रचनाहरु