देशको डिभी, विसङ्गतवाद र जन्मभूमि

- बाँस्कोटा धनञ्जय

दमक सर्जकहरुको उर्वर भूमि बन्दै गएको छ हिजोआज । थुप्रै सर्जकहरु रतुवाको वगरबाट उक्लिदै छन् । कोही माथि वेलडा“गीबाट फुत्तै निस्किदैछन् । निस्किरहेका छन् यत्रतत्र । खुशीको कुरा हो । विष्णु नेउपाने पनि यो पङ्तीमा उभिएका एउटा परिवर्तनको उदघोष गर्ने सर्जक हुन् । उनको यो कृति ‘जन्मभूमि’ कविता सङ्ग्रहका रुपमा आएको छ ।
हुनत यो कृतिको टिकाटिप्पणी, समालोचना, समिक्षा पहिले नि भइसकेको होला । पत्रपत्रीकामा पाठकका विचारहरु प्रेशित पनि भए होलान । यसका बारेमा कार्यक्रमहरु प्नि भए होलान । अनि पत्रीकालाई पनि यसको टिप्पणी त पहिल्यै भइसकेको हो भने किन फेरी दोहो¥याएर प्रकाशित गर्नु भन्ने मनमा प्रश्न पनि उठन सक्ला । तर यो जति पटक भएको भए पनि यसमा भिन्न विचार छ । भिन्न नजर छ । भिन्न रंग र राग छ । भिन्न चिन्तन र दर्शन छ जुन कुरा आजसंम यस कृतिको बारेमा एक शब्द पनि भनिएको छैन । यही नयाँ विषयले यसलाई सिगार्ने छ भन्ने ठानिएको छ यहाँ । अर्को कुरा, आजको परिप्रेक्षमा यस क्षेत्रमा छन्दमा, त्यो पनि युवा कविले, कविता लेखेको नौलो कुरा हुने पनि भयो । यसमा अठतिसवटा कविताहरु छन्दोबद्ध छन् र बाँकि पन्द्रवटा छन्दबिहिन अर्थात गद्य कविता छन । यी दुईवटा कारणले आज मलाई यो कविताकृतिको फेरी एकपटक समिक्षा लेख्न बाध्य बनायो । यो साहित्यलाई हेर्ने एउट नयाँ चक्षु हो, चियाउने भिन्न भ्mयाल हो ।
दोश्रो विश्वयुद्धको त्राशदी पछि फ्र।न्सबाट एउटा विचारको उदय भएको थियो जसले युद्धका बिभिषीकाहरुलाई आत्मा देखिनै घृणा गर्दा गर्दै विसंगतवाद (‘अ्यावसर्डिजम्’) को जन्म भयो । यो वादले परंपरागत विचार र संस्कृतिका मूल्य र मान्यताहरुका बिरुद्धमा विद्रोह गर्दथ्यो । त्यतिञ्जेल के मानिन्थ्यो भने मान्छे भनेको विचार र चेतनाले भरिएको प्राणी हो र ऊ यो ब्रम्हाण्डमा कम्तिमा बौद्धिक प्राणी भएर बस्छ । ऊ यो ब्यवस्थित समाजको अभिन्न पाटो हो । अर्थात मान्छेले यो समाजलाई अनुशासित र मर्यादित बनाएर राखेको छ । र मान्छे बहादुरीता, सहासिकता र नायकत्वमा रंगिन बन्छ यदि ऊ पराजित नै किन नहोस । तर यी सव बकवास हुन भन्यो विसंगतवादले र खरो उत्रिए जा“ पाद सार्त, अलबर्ट क्यामुहरु । उनीहरुले मान्छेको नायकत्वलाई चुनौती दिए र भने —मान्छे त यो ब्रमाण्डबाट पृथकिएको बस्तु हो, उसले समुहको नौटंकी गरेपनि ऊ नितान्त एक्लो छ । मानव संसारको कुनै सत्य कुरा, मूल्य र अर्थ छैन । मानव जीवन त अर्थ र अस्थित्वको निरर्थक खोजी गर्छ, तयसको खोजमिा भौंतारिन्छ निरर्थकतातिरबाट निरर्थकतातिर र निरर्थकतामा पुगेर उसको यात्रा अंत्य हुन्छ । यही अर्थहीन खोजीमा मान्छेको इहलीला समाप्त हुन्छ । फ्रान्सका युजिन आयनेस्कोले भने— मान्छेले जतिसुकै मरिहत्ते गरे पनि उसले पाउने भनेको ब्यर्थ हो । उसका समग्र कामहरु निरर्थक, चेतनाहिन र प्रयोजहिन हुन्छन् । यही दुखान्तमा मान्छे रुमल्लिन्छन् र सकिन्छन् ।
विसंगतवाद यसरी प्रकट हुन्छ ः
निरर्थक संघर्ष नैराश्य= विसंगतवाद


विसौं शताब्दीका अस्थित्वबादीहरुले यसलाई ब्यक्तिको निरर्थक संघर्ष हो भनी ब्याख्या गरे । अलबर्ट क्यामुले त के भन्न पनि भ्याए भने यो ब्रम्हाण्डमा जव मान्छेले प्रकाश नपाएको महसुस गर्छ, उसलाई अनौठो लाग्छ र ऊ निर्वासित महसुस गर्छ । उनको ‘मिथ अफ सिसिफस’ यसैको नमूना हो जसमा विद्रोह गर्दा त्यो निरर्थक काम रहेछ भन्ने महसुस गराउन सिसिफसलाई एउटै ढुंगो सधैं गुडक्याउने सजाय दिइन्छ र उसले यो विसंगत महसुस गर्छ ।
आयरिस लेखक सेमुएल बेकेटले घोषणै गरेकि मान्छे अस्थित्वबिहिनताको खोजिमै सकिन्छ । उनले भने, ‘नथिङ्ग ह्यापन्स, नोबोडी कम्स, नोबोडी गोज, इट इज अपूmल ।’(केही हुंदैन, कोही आ“उदै, कोही जा“दैन, यो पीडादायी कुरा हो ।) उनको ‘वेटिङ्ग फर गोदो’ यसैको प्रमुख उदारण हो जसमा दुइबटा पात्र गोदो आउ“छ भनेर सधैं पर्खिन्छन् तर गोदो आउंदैन । अर्का फ्रेन्च नाटककार जिन जेनेटले त जीवनको भोगाइबाट प्राप्त भएको ‘दुःखदाई हा“सो’ नै विसंगतवाद हो भने । रुञ्चे हाँसो नै विसंगत हो । हुनै नसक्ने कुरा संभव देख्नु विसंगत हो । देखिरहिएको कुरा पनि देख्न नसकिरहनु विसंगत हो । थहा भएर पनि छोडन नसक्नु विसंगत हो ।
विष्णु नेउपानेको यो कविता सङ्ग्रहले यस्तै विसंगतहरु यत्रतत्र बोकेको छ । मान्छेको नायकत्वलाई खारेजी गर्दै निरर्थक जीवनको यात्रामा लिप्त हुन्छ जीवन । उनका भावहरु त्यसै गर्छन् यहा“ । उनको समाज यस्तै छ । उनका भावको समाजशास्त्र तिनै दमित आवाजहरुको प्रक्षेपणमा पैmलिएको छ । रंगविहिन जीवनका अवयवहरुलाई रंगीन बनाएर उतार्नुमा छ । यो संसारलाई देख्ने मान्छेको क्षमता हुदैन र उसले बुझेको कुरा यही बिसंगत चश्मा हो । निरर्थकताको लागि मान्छेले संघर्ष गर्छ किनभने यो दुनिया“ रित्तो र निरर्थक छ । मान्छे आप्mनै समस्यामा रमलिन्छन् किनभने तिनका इच्छाहरु, सपनाहरु कुनै पनि पुरा हुंदैनन् । तिनले अतित र बर्तमानलाई जोडेर जिन्दगी नाप्छन् र अतितलाई सम्झेर पछुतो गर्छन् । समग्रमा मानवीय अवस्था अर्थविहिन चक्रमा घुमिरहेको छ । जे बुझे पनि, सोचे पनि त्यो यथार्थ छैन । चुरो अर्कै हुन्छ । यी कविताहरु यिनै बिसङ्गतवादले रंगिएका छन ।

बिस्थापित र एक्लिएको मनः आजको बिज्ञान र प्रविधीले, भौतिक विकासले मान्छेको बैयक्तिकतालाई ध्वस्त गरेर यान्त्रिकरण गरिदियो । यसैले होला, डब्लु. एच. अडेनको ‘अननन् सिटिजन’ कविता सर्वाधिक लोकप्रिय बन्यो । त्यसमा मान्छे एक्लिएको, हराएको र यान्त्रिकरणले मान्छेका भावहरुको तिरस्कार भइरहेको तीतो सत्य छ त्यहाँ । यसरी नै आज हामी आपैंmबाट एक्लिदैछौं । आफन्तबाट एक्लिदैछौ । समाज र आप्mनै मनबाट एक्लिदैछौं । विगतले बर्तमान र आगतलाई स्वास फेर्न नसक्ने गरी थिचेको छ । कविले पनि यी भावलाई जीवन्त पस्केका छन् ।
म संझन्छु ऐले
र बल्झन्छु ऐले ।
थिचेका जुराले
कथाकै कुराले । । (कुरा कथाका)
समाज अर्काको पीडामा रमाउने गरेको छ । अर्काको पीडा नदेख्ने कुरा जीवन्त कुरा हो । आफैंलाई मात्र हेर्ने तर मानवताको भाषणगर्ने विसंगतता हामीकहाँ जीवन्त छ । एउटी सुत्केरी महिलाको छटपटीलाई यसरी उजागर गर्छन कवि ः
उनीचैं कष्टले रुन्छिन् लाजले अरु हाँस्तछन्
उनीचैं दुःखमा डुब्छिन् आसले अरु नाच्दछन् । (सुत्केरी —जैविक बाध्यता र रहर)
‘बुढ्यौली’ कवितामा बुढ्यौलीपनले ल्याएको परिणती पनि यस्तै मन र शरीरलाई विस्थापन गर्ने चरित्रको छ । देशको ब्यथिति र हिंसाले उब्जाएको ‘जलन’ पनि छ । यही बेथितिलाई उजागर गर्ने र पालन पोषण गर्ने चलन पनि छ ।

अर्थहिनता, रित्तोपना र निरुद्देश्यता ः मान्छेले जति संघर्ष गरे पनि उसले प्राप्त गर्ने भनेको निरर्थकता हो, रित्तोपन हो । जसलाई हामी उपलब्धी भन्छौं, त्यो उलब्धी नभएर आत्मरति र निरर्थकताको पोको नै हो । के के न पायौं भन्नेहरु पनि रित्तै हुन्छन् यहाँ । केही पायौंन भन्नेहरु पनि रित्तै हुन्छन् यहाँ । यही निरर्थकताको पोको काँधमा बोकेर जीवनभरी मान्छे सडक र गल्ली चाहर्छ । अनि रमाउँछ । तर जव उसलाई चेतना आउँछ, उसले यो निरर्थकताको बोध गर्न पुग्छ र निराश हुन थाल्छ । यो असंगतिपनले ल्याएको परिणति हो ।
अनि लाग्छ —
पखेटामा जन्मेर छिचिमिरे जीवन भागिरहेको—
उत्तरआधुनिक मान्छे
सौन्दर्यपूर्ण होइन
अत्यास लाग्दो देखिन्छ । (समयका पानाहरु)
सिर्जनाको माली बन्ने विसंगतता पनि छ यहाँ । जति मार्ग खोजे पनि दुखी हुने अवस्था पनि छ कविताका गराहरुमा । देश चिरेर राष्ट्रियता खोज्नेहरु विसंगत पाटाका प्रबक्ताहरु ह्ुन । आज यिनैे प्रवक्ताहरुले यो देशमा शासन गरे । मानछेको सवभावले आज मान्छेलाई मान्छे हुनबाट बञ्चित गरिरहेको छ । मान्छे चुपचाप हिंडिरहेको छ कतै नहेरी ।

मृत्युलाई बिर्षन बाध्य हुनु, बाँच्न बाध्य हुनु ः जीवन निरर्थक छ भनेर मात्र पुग्दैन । त्यति पश्चात पनि मान्छे बाचिरहनु पर्छ । उसलाई मर्ने छुट हुंदैन । आत्मसमर्पण गर्ने छुट हुँदैन । निरर्थक छ भन्ने जान्दाजान्दै पनि बाँचिरहनु पर्छ । सकिनसकि ताम्सिरहनु पर्छ । गतिविधीहरु अघि बढाइरहनु पर्छ । आराम लिन सख्त मनाही छ । उसले केही न केही काम गरिरहनु पर्छ ।
...तर पर्खिरहेछु अनन्त आँशु भोग्दै
चेत जगाउन अस्तित्वको
चट्टानका पहरामा घुँडा टेकेर एक्लै । (आत्मकथामा स्वर्गीय हिमाल)

आस्था र भरोसा सबै पहिरोजानु, नैरास्यता पैदा हुनु ः जीवनमा जे जति आस्था र भरोसाहरु पालेका हुन्छन्, ती सबैको समूल नष्ट गरिएको हुन्छ । आँफूले बनाएका योजना पनि उल्टिन्छन् । उपलब्धी भन्ने कुरा पनि उपलब्धीबिहिनतामा गएर टुङो लाग्छ । जे लाई हामी उपलब्धी भन्छौं, त्यो रित्तोपना मात्र हो । आधुनिकतावादले मान्छेको भूमिकालाई प्रमुख ठान्यो । मान्छेलाई सर्वोपरी मान्यो । मान्छेको चेतना र भावलाई मानवतावादसँग लगेर जोड्यो । कवि मान्छेलाई अहं भन्ने आधुनिकतावादको विरुद्धमा उभिएर उत्तरआधुनिकतालाई पनि राम्ररी सकार्न नसकि दिग्भ्रमीत भएका छन् । किनभने आधुनिकतावादले मान्छेलाई प्रकृतिको उतकृष्ट रचना मान्यो, तर कवि नेउपाने यसको विपक्षमा देखिएर उत्तरआधुनिकता (विषम चिन्तनको स्वीकारोक्ति)तिर ढल्केका हुन् कि भन्ने देखिन्छ जसले विसंगतवादलाई स्वीकार्छ ।

मासिन्न जलको कुम्भी डढेलो सिद्धिदा पनि
नासिन्न स्वार्थको घैंटो स्वास नै रित्तिँदा पनि । (मानवीय स्वभाव)

कस्तो दिनमा यो घर किनेंछु
आप्mनो जवानी, पसिना छिनेंछु ।
जुन् आँसु मेरा परिवार झार्छन्
आगो उकेली अझ राप ताप्छन् । । (छिमेकी)

जनाधिकारका कर्मी —संस्था बिके बराबर
संचारका कयौं संस्था बिक्रीभए सरासर । (पराधीनताको अनन्त शृङ्खला)

बिरोेधाभाष अर्थात असङ्गत हुनु ःआज रुपमा जे देखिएको छ, त्यो सारमा अर्कै हुने गरेको छ । खण्डित हुनेगरेको छ । असंगतिपूर्ण हुनेगरेको छ । खोजिकार्य पनि अर्थहिन हुने गरेको छ । आदर्शको स्खलन भइरहेकोछ । नीति र नैतिकताको धज्जी उडाइरहेको छ । हेर्दा एउटो छ, ब्यावहारमा अर्को छ । यही विरोधाभाषमा हामी र हाम्रो समाज बाँचिरहेको छ । हाम्रो देश बाँचिरहेको छ ।

पार्टी, आदर्श, सिद्धान्त, ब्यावस्था नीति घातले ।
भयो आक्रान्त नेपाल आज यो जात पातले (हरे बुद्धि)

शिक्षाको नीति हो मात्रै उछिन्नु साथ सङ्गति
सिकेकै सीपले बाच्ने बन्दैन किन पद्धति ? (नेपाली युवाको पीडा)

पैmलाइकन हात शून्य निशिमा के सिर्जना गर्नु हो
खाएरै अरुको कमाइ कसरी कुन स्वर्गमा तर्नु हो ? (धर्मकर्म)

स्वच्छन्दता ः कविले मातृभूमिको, प्रकृतिको थुप्रै उत्सवहरु मनाएका छन् । उनको त्यो हर्कबडाईँमा पाठकहरु पनि समाहित हुनपुग्छन् । किनभने स्वच्छन्दवादले ईश्वर र प्रकृतिलाई एकै ठानेको छ । यी दुवैको भूमिका सिर्जना गर्ने, रक्षा गर्ने र नाश गर्ने हो ।

भmर्ना जस्तै बईँस लतिका ताल छोइ तरेली
खेल्दा नाच्छन् तरलमनमा भाव भित्रै परेली ।
रातोलाली निरव बनमा छर्दछन् ती गुराँस
मेरा आँखा पथिक जनमा पर्दछन् मासमास ।। (जन्मभूमि)

नोष्टाल्जीया ः कविले आप्mना थुप्रै संंम्समरण र विगतको संझना प्रेशित गरेका छन् । यस संग्रहको शिर्षकले नै यसलाई पुष्टि गर्छ । उनले आप्mनो जन्मभूमिको प्रेम र संझनालाई महान आकार दिएका छन् । आप्mनो जन्मभूमिलाई उनी श्रद्धा गर्छन् । संझन्छन् । मनभरी राखेको आप्mनो माटोको महिमा छ यहाँ । आप्mनो जन्मभूमि छाडन पाउँदा, आप्mनोसंगै आप्mनो देशको डिभी पर्दा उत्सव मनाउनेहरुलाई कवि झापड लाउँछन् । देशको डिभी पर्दा रमाउनेहरुको भिडमा कवि नेउपाने त्यो च्यात्दैछन् यो संग्रहमा । उनी यसरी विगतलाई संझन्छन् ः
त्यो माटोमा धवल तन यो अङ्कुराएर आयो
लाली छायो जगत सुखको ज्ञान माधुर्य पायो
पङ्खा लागे पनि पयरमा आँतमा खुल्छ धर्ती
आर्जेका ती अनुभव सबै माथ स्वीकार्छ अर्ति ।। (जन्मभूमि)
उनी ‘संझनाका पानाहरुमा’ आप्mनो मायाँको संझना यसरी गर्न पुग्छन् ः
कहानी बनेका तिनै मात संझी
बिहानी बनिन्छन् संधैं रात ब्यूँझी ।
अहो भाग्य भन्दै म बैराग्य हुन्छु
उनै सम्झनाले गला फेरि धुन्छु ।। (संझनाका पानाहरु)

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 पौष, 2072

लेखकका अन्य रचनाहरु