गजल

- भाष्कर काजी

क्वार्टर होइन पुरा चलाएपछि
को हुन्छ होसमा सुरा चलाएपछि

सम्झाइ मान्दैन, धम्काइ हुँदैन
दुःख त पाइन्छ नि भुरा चलाएपछि

मान्छेले त मान्छे चिन्दैन मान्छे अब
के को गुनासो? छुरा चलाएपछि

हिट्लरको मनले पनि थात छोड्छ
तिम्ले एक्छिन चुरा चलाएपछि

मर्छु होला जस्तो लाग्छ मलार्इ
तिम्रो अन्तै बिहेको कुरा चलाएपछि

रुँघा-७, रुकुम

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 पौष, 2072

लेखकका अन्य रचनाहरु