कविको कथा

- उज्ज्वल जी.सी.

कुनै देशमा भारवी नाम गरेका एक कवि थिए । उनको ख्याती देशभर फैलिएको थियो । सबैले असल र गुणी व्यक्तिका रुपमा स्वीकारे पनि उनका जन्मदिने बाबुलेचाहि‘ं सधै‘ं ‘यसो गरिनस्,उसो गरिनस्’ भन्दै खोट मात्र लगाउने गर्थे ।
आफ्नो सफलतालाई नबुझ्ने केवल एकजना बाबु मात्र भएकाले अचानक उसले मनमनै ‘अब सधै‘ं अवजस दिने बाबुलाई मारिदिन पाए ठीक होला बरु ! कतिदिन सुनिरहनु कचकच ? जति राम्रो काम गरे पनि देख्ने होइन । मजस्तो छोराको पनि यस्ता मुर्ख बाउ हुनु कुन जन्मका पाप होला !’ भन्दै अनेक नकारात्मक कुराहरु सोच्न थाल्यो ।

सोच्दासोच्दै अन्ततः ऊ बाबुलाई मार्ने निष्कर्षमा पुग्यो ।

एकदिन खाना खाएर बाबुआमा कौशीमा गफ गर्दै थिए । भारवी ‘बाबु तल झर्लान् र खुकुरीले छप्काउ‘ंला’ भन्दै भरेङमा लुकेर बसिरहेको थियो ।
कुराकानी गर्ने क्रममा उनका बाबुले आकाशतिर देखाउ‘ंदै भने‘ं – “ हेर त बुढी, जसरी त्यो धु्रवतारा चम्केको छ त्यसरी नै यो धर्तीमा हाम्रो छोरा चम्किरहेको छ । हामी कति भाग्यमानी हगि ?”

बुढाको कुरा सुनेर बुढीले भनि – “अनि किन त तपाइ‘ं सधै‘ं छोरालाई गाली मात्र गर्नुहुन्छ ? कहिल्यै राम्रो भन्नुहुन्न ।”

–“धत् लाटी ! त्यो त मेरो छोरो । मैले नै राम्रो भनेर पुल्पुलाएको भए आज त्यो यत्रो ठूलो मान्छे बन्न सक्थ्यो र ? त्यसले गरेको उन्नति मलाई था’छैन र ? मेरा गालीले नै त त्यो आज देशकै प्रख्यात कवि बन्न पुगेको हो । ”

बाबुको कुरा सुनेर भारवी झल्यॉंंस्स भयो । एकछिन त उसले सपना होकि विपना हो भनेर छुट्याउन पनि सकेन । केहीवेरपछि आपूmले चिताएको पापप्रति प्रायश्चित गर्दै उसले मनमनै सोच्न थाल्यो – “कस्तो पाप चिताए‘ं मैले ? बुबाको सोचाई कसरी बुझ्न सकिन मैले ? हे भगवान ! मलाई माफ गरिदेऊ । म बुबासंग सबै यथार्थ खोल्छु र उहॉंबाट श्राप लिएर म आफ्नो पाप कटाउ‘ंछु ।” भन्दै ।

हो,वास्तवमा जतिसुकै विद्धान भए पनि आफ्नो बाबुलाई चिन्न नसक्नु उसको कमजोरी थियो । तर अनपढले जस्तो उसले आफ्नो गल्ती लुकाएन ।
यत्तिकैमा बाबुआमा तल के ओर्लेका थिए,नाङ्गो खुकुरीसहित भारवीले बाबुको खुट्टा समाउ‘ंदै भन्न थाल्यो–“बुबा,मैले हजुरलाई चिन्न सकिन । सधै‘ं मलाई गाली मात्र गरिबक्सने भएकोले म आज हजुरलाई मार्ने सोचले भरेङ मुनी लुकेर बसिरहेको थिए‘ं । मैले जे सोचे‘ं त्यो महापाप हो । यसबाट मुक्त गर्न मलाई हजुरले श्राप दिबक्सियोस् । म त्यो भोगेर पाप मुक्त गर्छु ।”

भारवीको कुरा सुनेर बाबुले भने – “ तै‘ंले जे सोचिस् त्यो तेरो मूख्र्याइ‘ंपन हो । तर म त‘ंलाई श्राप कहिल्यै दिन्न । त‘ं मेरो छोरा होस् । छोरालाई बाबुले कहिल्यै श्राप दि‘ंदैन । सत्यकुरा ओकल्नु नै तेरो महानता हो । त‘ंलाई मैले माफी दिए‘ं । ल भयो जा !”

–“हैन बुबा ! हजुरले मलाई श्राप नदिने हो भने म हजुरकै अगाडि प्राणत्याग गर्छु ।”
भारवीको कुरा सुनेर बाबुले एकछिन गम खाए र भने‘ं– “त्यसो भए त‘ं एकवर्ष ससुराली गएर बस् । यो नै मेरो श्राप हो ।”

–“यस्तो पनि श्राप हुन्छ र ? ससुरालीमा त झन् मलाई सुखसयल पो मिल्छ । हैन,हजुरले श्राप दिनै पर्छ !”

बाबुले फेरि भने–“पहिला ससुराली एक वर्षसम्म बसेर त हेर ! अनि थाहा पाउ‘ंछस् कति सुखसयल मिल्दोरहेछ भन्ने ।”

अन्ततः बाबुको श्रापबाट मोक्ष हुन ऊ श्रीमती र छोराछोरीसहित भोलिपल्टै ससुराली गयो । ज्वाइ‘ंछोरी र नातीनातिना देखेर सासुससुरा लगायत सबैजनाका मुहारमा खुसियाली छायो । बेलुकी नाना परिकारहरु तयार भए । एक,दुई हप्तासम्म त ‘ज्वाइ‘ंं पाहुना’ को मान मर्यादा कायमै रह्यो ।

पन्ध्र दिन बितिसक्दा पनि ज्वाइ‘ंको फर्कने सुरसार नदेखेपछि सासुले छोरीसंग बडो कुटनैतिक पाराले कुरा बुझ्न खोजिन्–“अर्को महिना कुलदेवताको पूजा छ । त्यसबेलासम्म तिमीहरु पनि बस्नु पर्छ नि ! भन्दै ।
आमाको कुरा सुनेपछि छोरीले “ केको एक महिना ? हामी त एक वर्षै बस्ने गरेर आएका ।”
भन्दै घटनाका सारा बेलीबिस्तार सुनाई ।

दिनहरु क्रमशः बित्दै गए ।

ज्वाइ‘ंप्रतिको मान–मर्यादा सुस्तरी घट्न थाल्यो । तीन,चार महिनापछि त घरकै साधारण व्यक्तिझै‘ं सम्झेर सासुससुराले भारवीलाई सानातिना कामहरु अह्राउन लागे । आफ्नो स्वाभिमानमा ठूलो चोट पुग्न गएता पनि बाबुको श्रापबाट मोक्ष हुन भारवीले सबै अनुरोधहरुलाई सहजरुपमा पालना गर्दै गए– पॉंच,छ महिनासम्म । त्यसपछि सासुससुराका अनुरोधहरु क्रमशः आदेशमा परिणत हु‘ंदै जान थाले ।

हु‘ंदाहु‘ंदा एकदिन हराएको बाख्रा खोज्न जानु प¥यो भारवीले । बाख्रा फेला नपरेपछि घरमा काम गर्नेलाई झै‘ं नाना घुर्कीहरु सुनाई सासुले । सहनुको सीमा नाघेपछि अन्ततः भारवीले श्रीमतीलाई सानो कागजमा ‘काम गर्नुभन्दा पहिले विचार पु¥याउनु’ भन्ने हरफ लेखेर “ल, यो सुरक्षित राख्नु । यदि धेरै दुःख प¥यो भने यसलाई बेचेर खानु । कसैले मूल्य सोधे भने दश हजार भन्नु । म अब पॉंच,छ महिनापछि मात्र आउ‘ंछु ।” भन्दै ससुरालीघर छोडे ।

केही महिना बितेपछि भारवीकी श्रीमतीको पनि कुनै अस्तित्व रहेन माइतीमा । ‘कति बस्छेस् माइती मात्र ?’ भन्दै जन्म दिएकी आमाले समेत दिनहु‘ं घोचपेच गर्ने गरेकीले उनी एकदिन छोराछोरी लि‘ंदै हाटबजारमा गएर श्रीमान्ले भनेझै‘ं कागजको टुक्रालाई बेच्न बसिन् । बजारमा सबैजना तीनछक्क परे– एक टुक्रा कागजको मूल्य दश हजार भनेको सुनेर । यत्तिकैमा दरबारबाट हाटबजार निरीक्षण गर्न केही सिपाहीहरु आइपुगे । एक टुक्रा कागजको मूल्य सुनेर ‘यो त बौलाएकी आइमाई पो रै’छ !’ भन्दै उनीहरुले दरबार फर्केर यथास्थिति राजालाई जाहेर गरे ।

‘के रहेछ रहस्य ?’ भन्दै राजा आफै हाटबजार हेर्न आए । उनलाई थाहा भयो,उक्त कागजमा लेखिएका शब्दहरु विख्यात भारवी कविका रहेछन् भनेर । अनि, राजाले सुरुक्क दश हजार तिरेर खरिद गरे । दरबार पुगेर आफ्नो बैठक कोठामा उक्त कागजका शब्दहरु ठूलठूला अक्षरमा लेखेर टॉंगे ।

एकदिन दरबारको हजामले राजाको कपाल काट्दै थियो । उसको हात कॉंपेर छुरा एक्कासी भूइ‘ंमा झ¥यो ।

राजाले जङ्गिदै भने– “के भयो ?”
हजामले लुगलुग काम्दै भन्यो–“महाराज माफी पाऊ‘ं !”
राजाले फेरि भने–“केको माफी ?”

आफ्नो ज्यान बचाउन दरबारियाहरुले राजाको घॉंटी रेटेर मार्न लगाएको रहस्य खोल्यो हजामले ।
राजा रिसाउ‘ंदै फेरि जङ्गिए– “अनि, किन सकिनस् त मेरो घॉंटी रेट्न ?”
हजामले भित्तामा देखाउ‘ंदै भन्यो– “महाराज ! ऊ त्यो पढेपछि मेरो हात अनायास काम्यो र छुरा भुइ‘ंमा झर्न पुग्यो ।”
सत्यकुरा बोलेकोमा हजामलाई ज्यानमाफी र षड्यन्त्रकारीहरुलाई मृत्युदण्ड दि‘ंदै राजाले आफ्नो जीवन बचाउने शब्दहरुका स्रष्टा भारवीलाई दरबारमा बोलाएर एकलाख इनाम दि‘ंदै ठूलो सम्मान व्यक्त गरे ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 पौष, 2072

लेखकका अन्य रचनाहरु