पहाडकी रानी

- महेश रेग्मी

तिमी हिँडेपछि
तिमीसँगै
म हिँड्ने बाटो पनि हिँडेछ।  
 
अब मसँग हिँड्ने बाटाहरु छैनन्
अब मसँग हेर्ने आँखाहरु छैनन्।
 
छोरी हिँड्ने गरेको बाटोमा
एउटा छाया हिँडिरहेको छ  
तिमी हिँड्ने गरेको बाटोमा
लासैलास हिँडिरहेका छन्।  
 
प्रिय!
तिमीबिनाको स्वतन्त्रता स्वादिलो छैन
तिमीबिनाको जीवनको सत्ता ढलिरहेछु
 
हिजो फुत्किएको समय
कहाँ पुग्यो होला?
म समयहीन समय छाडिएँ
रेलस्टेशनमा कुनै लगेजसरी।
 
छाया समात्न खोज्छु  
तस्बीरको  

समय बोलाउँछु
तानसेनमा।  
 
तानसेनको श्रीनगरडाँडाबाट हेरे पनि  
पशुपतिनगरको फाँटकडाँडाबाट हेरे पनि
दार्जिलिङ्गको घुम पहाडबाट हेरे पनि
भोगाइ उही छ  
दृश्य उही छ
दृश्य मर्दैन
आँखाको भोक मर्दैन
म ढुङ्गाको सिरानी हालेर नाङ्गो आकाश हेरिरहेछु
र समय मेरो टाउकोमाथि
डेमोकल्स्को नाङ्गो तरवार भएर झुण्डिएको छ
मात्र म आवाज बाँचिरहेको छु
के तिमीले सुन्यौ ?
मेरो आवाज
तानसेनको आवाज
जिन्दगीको मौसममा।
 
पहाडकी रानी!
मेरो पनि आँसु बगेको छटिष्टामा  
मेरो पनि रगत बगेको छटिष्टामा
मेरो पनि देश छटिष्टामा
, तिमीले त्यही टिष्टालाई छोएर भन!
के हामी दुई किनार भयौँ ?
मेरो अन्तिम उकालो प्रश्न तिमीलाई !    
 
 
तानसेनपाल्पा, हाल :  काठमाडौ

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 21 जेठ, 2065

लेखकका अन्य रचनाहरु