अनुराधा

- भरत बागलुङे

२०६५ सालको मध्ये हिउँदको चिसोलाई थप्पड हान्ने गरी मेरो सेलफोनमा इन्दिरा चिच्याई अजय एउटा दुर्घटनाको खबर छ । आफुलाई सम्हाल है । इन्दिराको अमुत भाषाले मेरो ओंठबाट निस्कन आँटेको आवाज मुखभित्रै अड्किन्छ । इन्दिरा धरमराएको आवाजमा बोलिरहेकी थिई अनुराधा अब यो दुनियाँमा सजिब छैन । अनुराधाको मृत्युको खबरले मेरा हात खुट्टाहरू लग–लग का“प्न थाल्छन्, मुटुको गति बढेर आएको ढुकढुक आवाज मेरा कानमा बज्न थाल्छ र आ“खाबाट बर्रर आ“सु झर्छन् त्यसपछि म उभिएकै ठाउ“मा थचक्क बस्न पुग्छु ।
आ“खा वरिपरी अनुराधाको निर्दोष चेहेराको प्रतिच्छाया घुमिरहन्छ र कानमा उसको सुलोलित आवाज बजिरहन्छ–ए कवि तिमी चिया कालो लिन्छौ की दुध राखेको तर म त दुध चिया नै लिन्छु है । के सा“च्चि अब यो आवाज मैले कहिल्यै सुन्न पाउने छैन ? आपैmलाई प्रश्न गर्छु म र आ“सुले भरिएका आ“खा उठाएर भित्तोमा मसँगै जनआन्दोलनको मोर्चामा मुठ्ठि उठाएर उभिईरहेकी अनुराधाको फोटोलाई नियाल्छु । उ शान्त र गम्भीर थिई ।
अनुराधाको मृत्यु स्वीकार गर्न सक्दिन म तर यो स्वीकार्नै पर्ने बाध्यता भएर मेरो सामु उभिन आईपुगेको एउटा तितो दुर्घटना थियो मेरो लागि ।
करिब दुई सातापछि इन्दिरास“ग भेट हुन पुग्यो मनबाट अनुराधाको मृत्युले दिएको दुःख, वेदना बीसको उन्नाईस भएको थिएन तै पनि मन बलियो गरि बा“धेर म इन्दिरास“ग अनुराधाको मृत्युको कारण सोध्छु ।
मलाई विश्वास थियो अनुराधा सानो तिनो चोटले दुखेर पलायन हुने प्रवृत्तिकी केटी थिईन ।
“उसले मेटासिड खाएर मरेकी रै’छ ।” इन्दिाराले मेरो सवालको प्रतिउत्तरमा भनी ।
“तर किन ?”
“पोष्टमार्टम रिपोर्टमा लेखिएको छ रे उसको पेटमा चार महिनाको गर्भ थियो ।”
इन्दिराको पछिल्लो कुरोले म एक पटक छा“गाबाट खसे भैmँ हुन्छु–यो कसरी सम्भव हुन सक्छ ? अनुराधा त्यस्तो प्रवृत्तिकी केटी थिईन यो सब कसरी भयो ? म मनमा प्रश्न र उत्तर एकसाथ खोज्न थाल्छु ।
“के सोच्दै हुनुहुन्छ कवि ज्यू ?” इन्दिराको आवाजले मेरो एकाग्रता भंग गराईदिन्छ । उ मेरो ख्याउटे चेहेरामा हेरेर मुसुक्क हा“सिदिन्छे तर उसको हा“सोमा अनुराधा प्रतिको स्नेहका थुप्रै विश्वासहरू जीवित देखिन्थे ।
“तर इन्दिरा यो कुरोमा मलाई विश्वास लाग्दैन, तिमीलाई त अनुराधाको सबै बानी ब्यहोरा ज्ञात छ ।” उ कसरी यस्तो कर्ममा लागि केही त थाह होला नी तिमीलाई ? मैले सोधें ।
“थाहा पाएर पो हामीले के गर्न सक्छौ“ र । अनुराधाले आत्महत्या गरी तर उसले आत्महत्या गर्नुको कारक हत्यारा सावित हु“दैन । जीवनलाई मृत तुल्याउनु जघन्य अपराध हो तर कानुनमा सोही अपराधको हात माथि हुन्छ ।” इन्दिराले भनी ।
“त्यसो भनेर कहा“ हुन्छ ?” म अपराधलाई कानुनको जामाले ढाकेर स्वीकृत गर्न सक्दिन इन्दिरा ।
“यो शीर्पm हाम्रो पीडाले जन्माएको आक्रोशको पीडा मात्र हो ।”
“तिमी जे भन †”
“प्रेमको प्रतिच्छाया हो यो आक्रोश जहा“ अनुराधालाई हामीले प्रेम गरिरहेको अहम् प्रदर्शन गरिरहन्छौँ ।” इन्दिरा अभैm आºनै ढिपीमा अडिग रहन्छे ठीक म जसरी ।
“जीवनको कुनै–कुनै मोडमा घृणा र प्रेमले एक आपसमा सम्झौता गर्नु पर्छ तिमी यो कुरा मान्न किन सक्दिनौ इन्दिरा ? यो सृष्टिको अनादिकालको कुरो हैन, प्रेमको निमित्त घृणाको सहारा लिनु समयको रोजाई पनि हैन तर रोज्नु पर्छ विना हिचकिचाहट यहि तथ्यलाई हामीले ।”
“तपाइ“ जीवनमा हार्न नखोज्ने मान्छेमा जर्वजस्ति प्रतिस्थापित हुन खोजिरहनु भएको छ । आज पनि तपाइँको सामु मैले हार्न पुगेँ कवि जी ।” इन्दिराले हठात घोषणा गर्छे । हामी अनुराधाले काम गर्ने वैदेशिक रोजगारमा मान्छे पठाउने कार्यालयमा प्रवेश गर्नेछौँ । उसले अध्ययन गर्ने क्याम्पस । उसले राजनैतिक आस्था राख्ने पार्टी र त्यसको विद्यार्थी संस्थामा पुग्नेछौँ अजय। अनुराधाको मृत्युको रहस्य सोही ठाउँबाट शुभारम्भ हुनेछ र हत्यारा पनि भेटिनेछ । उसको आवाजमा आक्रोस, शंसय र आशाका थुप्रै जीवित तरङ्गहरु थिए ।
“यो युद्ध हैन तर मृत अनुराधाको आत्मा यदि यहिं कतै छ भने उसको खुशीको लागि हामीले गर्नै पर्ने कर्तब्य हो इन्दिरा ।” मैले भने“ ।
“म तपाइ“लाई इन्कार पनि त गर्न सक्दिन ।”
“धन्यवाद इन्दिरा ।”
  
नेपालीको औसत आयु पार गरिसकेका बाबु आमा, भाउजु लिएर छुट्टै बस्ने दाजू, दुई विवाहिता दिदीहरू, एक भाई र एक बैनी अनुराधाको परिवारिक पृष्ठभूमी यत्ति थियो । नियमित आम्दानी नभएको विशुद्ध किसान परिवार थियो अनुराधाको परिवार । अनुराधाका बाबु नुवाकोटको एउटा दुर्गमगाउँबाट करिब करिब बीस वर्षपहिले सुखको खोजीमा काठमाण्डौ खाल्डोमा पसेका थिए । शुरुमा उनले अर्काको खेत ठेकमा लिएर खेतीपाती गरी गुजारा गरिरहेका थिए । पछि उनले काँठमै केही खेत र घर घडेरी जोडको थिए यद्यपी खेतवारीको उब्जनीले छ महिना थेग्न नसक्ने अधिकांश नेपाली किसान परिवारको वर्गमा पर्ने परिवार थियो अनुराधाको परिवार । यद्यपी त्यही माटो उनीहरूको सब थोक थियो, सपना, विपना, आस्था, भरोसा सारा त्यही माटो थियो । माटोमा जीवनका सुनाखरी खोज्नु उनीहरूको नित्य दैयन्दिनी थियो । बत्ती मुनीको अ“ध्यारोको नियती भोगिरहेको का“ठमा उज्यालो खोज्नु उनीहरूको बाध्यता जस्तो कर्म थियो ।
पहिलो पटक अनुराधालाई मैले रत्नपार्कमा भेटेको थिए“–प्रतिगमन विरोधी जनआन्दोलनको शक्तिशाली भीडको माझमा उ हरेक दिन अग्रपंक्तिमा उभिएर तानाशाहीका विरूद्ध लोकतन्त्रको पक्षमा आवाज घन्काई रहेकी हुन्थी । अ“ध्यारोका पक्षपातीका विरूद्ध उज्यालोको पक्षमा, हिंसा र क्रुरताका विरूद्ध शान्ती र भातृत्वका पक्षमा उ अग्रपंक्तिमा रहेकी हुन्थी वृद्ध छायादेवी पराजुली र भीष्म धिमालको साथ–साथमा ।
मध्ये हिउँदको कठाङ्ग्रिने जाडोमा बेरोजगार हुनुको पीडा मनको रुकस्याकमा खाँदेर म सा“झ माईक्रो बसमा घर फर्कंदै गर्दा अनुराधास“ग मेरो भेट भएको थियो पहिलोपटक । एउटा संयोग नै भन्नु पर्छ उ मस“गै एउटै सिटमा बस्न आईपुगेकी थिई ।
तपाइ“ कता जा“दै हुनुहुन्छ ? केही क्षणपछि मैले उसलाई औपचारिक बन्दै प्रश्न गर्नपुगे“
घर । तर यो जवाफ दिनु भन्दा पहिले उ मेरो अकस्मातको प्रश्नले असजिलो गरी मलाई हेरिरहेकी थिई ।
उस्को असजिलो शहरमा पैmलेको सरकारी सुरक्षाकर्मीको आतंकप्रति लक्षित थियो सायद ।
यसैको प्रतिक्रियामा मैले भने“–म सुरक्षा निकायको मान्छे हैन तपाइ“ डराउनु पर्दैन ।
हैन–हैन† उस्ले संक्षिप्तमा भनी ।
तपाइ“को घर कता नी मैले पुनः उसलाई उही प्रश्न दोहो¥याई सोधें ।
का“ठतिर । तपाइ“लाई पूरानो टीबी हस्पिटल थाहा छ ? थाहा छ भने त्यसस“गैको गाउ“मा पर्छ मेरो घर ।
उसले निडरतापूर्वक मेरो लागि आपैmले सोधेको प्रश्नको आपैm जवाफ दिंदै कुरो टुङ्ग्याई ।
तपाइ“लाई म एउटा प्रश्न सोध्न सक्छु ?
अवश्य । उसले संक्षिप्तमा जवाफ दिई ।
के मैले तपाइ“को नाउ“ जान्न सक्छु ?
उ खिस्स हा“स्न पुगी मेरो प्रश्नको प्रतिक्रियामा र भनी अनुराधा ।
म चुपो लागे“ ।
तर उ लागिन सम्भवत अब उसको बोल्ने पालो थियो–उसले पहिलो पटक नै मेरो नाउ“ सोधी ।
अजय । मैले आºनो नाउ“ संक्षिप्तमा प्रस्तुत गरे“ ।
के गर्नु हुन्छ काठमाण्डौमा ? उसले सोधी ।
बेरोजगार छु आम मान्छेको कोणबाट हेर्दा तर म कविता लेख्छु कवि चाहि“ हैन र कविता लेख्नु मेरो कर्म हो–रोजगारी हैन । म आºनो बारेमा यसरी परिचय दिन्छु उसलाई ।
धेरै खुशी लाग्यो ।
जीवनमा पहिलो पटक देख्दैछु कवि भेटेर खुशी भए“ भन्ने मान्छे । प्रतिउत्तर थियो यो मेरो ।
सा“च्ची ?
ख्याल हैन ।
अनी तपाइ“को घर नी ?
यता छैन दिदीस“ग बस्छु । पश्चिमको एउटा दुर्गम पहाडी जिल्लाको अर्धसुगम गाउ“मा पर्छ ।
यसपछि मेरो ओर्लने स्टेशन आई पुगेको जानकारी दिन्छ बसको फुच्चे ख“लासीले, कुनै दिन भेट्ने असम्भव जस्तो वाचा गर्दै म उस“ग छुट्टिन पुग्छु र महाराजको कान्तिहस्पिटलछेउ ओर्लन पुग्छु ।
  
देश बसन्त विद्रोहमय बनिरहेको थियो । नागरिकहरु भोक, प्यास, निद्रा, बन्द व्यापार, जागिर, पढाई सबथोक त्यागेर सडकमा राजा ज्ञानेन्द्रको तानाशाही कदमको विरुद्ध स्वतन्त्रताको पक्षमा, लोकतन्त्र र शान्तिको पक्षमा विशाल समुन्द्र जसरी बगिरहेका थिए । महाराजगञ्जस्थित स्वर सम्राट नारायण गोपालको सम्मानार्थ नामाकरण गरिएको नारायण गोपाल चोकमा एउटा अग्लो श्वेत मान्छे आप्mनो लामो नाकको हाराहारी हातको चोर औ“लो उठाएर इन्क्लापको नारा भट्याई रहेको थियो र लोकतन्त्र विरोधीहरुलाई आक्रोसपूर्ण लवजमा चेतावनी दिईरहेको थियो । सडक किनारामा रहेको रेलिङमा अडेस लागेर मैले उसको भाषण सुनिरहेको थिए“ । महाराज समय अभैm बा“की छ । सुध्रिने मौका अन्तिम पटक दिन जनता तयार छन् । समयलाई बुभ्mने नबुभ्mने तिम्रो इच्छा । बस् ।
प्रकाश कोइरालाले बाबुको इज्जत फाल्यो र राजाले हण्डीमा हालिदिएको कलो खान सुटुक्क दरबार पस्यो साला बीपीको छोरा भएर कस्तो संस्कार सिके होला त्यसले । पछाडीबाट मेरो साथी विनोद पौडेलले प्रशंगविहिन आक्रोस पोख्यो ।
तर यो सशांक बीपीको सच्चा सपुत हो यसले आफुलाई कुनै हालतमा बेच्दैन यार यो मान्छे ठीक छ । गिरिजाबाबुको देहान्तपछि का“ग्रेसको भविष्य यसैको हातमा हुनेछ । दिपकले सान्त्वना दियो ।
अरे यार यो सशांक कोइराला हो ? मैले यसभन्दा पहिले कहिल्यै सशांक कोइरालालाई देखेको थिइन । मैले सोध्न पुगे“ । टिचिङ हस्पिटल महाराजगञ्जमा रहेको बीपी कोईराला नेत्र अध्ययन केन्द्रमा म थुप्रै पटक आ“खा जचाउ“न गएको छु दिदीस“ग । मलाई थाह थियो सशांक कोइराला त्यही“ कार्यरत छन् तर मनमा ठूलो इच्छा हु“दाहु“दै पनि मैले यो मान्छेलाई कहिल्यै भेट्न र देख्न सकेको थिइन पहिलो पटक उसलाई देख्दा मभित्र एउटा रुमानी कल्पना भरिएर आउ“छ मैले बीपीको जेल जर्नल र आत्मावृत्तान्तमा पढेको छु यो आकृतिलाई आज साक्षात देख्न पाइयो खुशीको कुरो । म आपैmभित्र हराउ“छु ।
इन्क्लापका लयवद्ध आवाजहरु ट्टन पुग्छन् र त्यसको ठाउ“मा स्थापित हुन आइपुग्छन् होहल्ला र चिच्याहटका कर्कश आवाजहरु । पुलिसहरु हातमा कठबा“सका लाठा र एसएलआर अनि टियर ग्या“सका ओढारमुखे बन्दुक बोकेर आन्दोलनकारीहरुलाई खेद्न शुरु गर्छन् । आन्दोलनकारीहरु चिच्याइरहेका थिए ज्ञाने चोर देश छोड, लोकतन्त्र जिन्दावाद । कस्तो आत्माविश्वास लोकतन्त्रको अमुर्त परिभाषाप्रति नागरिकहरुको ।
इन्क्लाप जिन्दावाद । टाउकोमा लाठा हैन मेरो छातीमा गोली हान । यो आवेगपूर्ण आवाज मैले पटक पटक सुनेको आवाज थियो र मेरो अगाडी थियो त्यही चिरपरिचित आवाज बोल्ने अनुराधाको रगताम्य शरिर । अनुराधाको स्थितिले म छा“गाबाट खसेजस्तो बन्न पुग्छु । मेरा हातखुट्टाहरु लुगलुग का“प्न थाल्छन् र मुटुको धड्कन बाहिरै सुनिने गरी बढ्छ । म निरिह बनेर अनुराधाको रगताम्य शरिर हेरिहन्छु उ चिच्याई रहेकी थिइ लोकतन्त्रप्रतिको आत्माविश्वासको पक्षमा र पुलिसहरु उसलाई घिसारिरहेका थिए भ्यानमा कोच्नको लागि ।
पुलिसको निलो भ्यान आन्दोलनकारीहरु बोकेर नारायणगोपाल चोकबाट दक्षिण हुइ“कियो सायद प्रहरी तालिम केन्द्र महाराजगञ्जमा आन्दोलनकारीहरुलाई थुन्न लिएर गए होला । भेडाबाख्रा जसरी भ्यानमा कोचिएका आन्दोलनकारी मुठ्ठि उठाएर चिच्याई रहेका देखिन्थे ज्ञाने चोर देश छोड, गणतन्त्र नेपाल जिन्दावाद । तर मैले भीडमा अनुराधालाई चिन्न सकिन उ त्यही“ थिई या थिइन ? यही भ्यानमा त हो कोचिएको कतै भीडमा अ“चेटिएर भुईंमा पो लड्न पुगी की मभित्र पीडाका तुफानहरु सुनामीका छालजसरी उठ्छन ।
साँझ कान्तिपुर टेलीभिजनको समाचारमा महाराजगञ्जको आन्दोलनका घाइतेहरुको फुटेजमा मैले अनुराधाको गम्भीर र घाइते चेहेरा परन्तु दृढ निश्चयले भरिएको भेटाएँ ।
अनुराधा अब मेरो जीवनको एउटा सपना मात्र बनेर मभित्र जीवित छे । उसको फोटोको सम्मुख उभिएर म जीवनपर्यन्त उसलाई याद मात्र गरिरहन सक्छु । सोच्छु असल मान्छेको परिचयमा अनुराधा मभित्र बाँचिरहनेछे ।

नारायणस्थान, बागलुङ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 पौष, 2072

लेखकका अन्य रचनाहरु