मधु पोखरेलको ‘तिमी आइनौ’ एक दृष्टि

- कृष्ण सुवेदी

पूर्वाञ्चल साहित्य प्रतिष्ठान, बिराटनगरबाट प्रकाशित, गजलकार मधु पोखरेलको गजल संग्रह ‘तिमी आइनौ’ वर्ष २०६७ मा प्रकाशित कृति हो ।
ललितकला प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभा सदस्य पवन राजवंशीद्धारा आवरण कला निर्मित उक्त संग्रहले प्रति थान रु. ११०।– मुल्य बोकेर जन्मिएको छ । गजल विधाका पारखी एवम् स्रष्टाहरुमा समर्पित यो कृतिमा नेपालका गजल सम्राट ज्ञानुवाकर पौडेलले “बेग्लै मिठासका गजलहरु” शीर्षकमा भूमिका लेख्नु भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान बिराटनगरका अध्यक्ष विवश पोखरेलले प्रकाशकीय लेख्नु भएको यस कृतिमा कृतिकार मधु पोखरेलले आफु पनि कविताबाट गजलतर्फ आकर्षित हुन बाध्य भएको कुरा ‘प्राक्कथन’मा उकेल्नु भएको छ ।
विभिन्न समय, परिस्थितिमा जन्मिएका कवि पोखरेलका यी गजलहरु–पढ्दा सदावहार, समयसापेक्ष लाग्दछन् । ७१ थान नेपाली भाषामा र २ थान हिन्दी भाषामागरि जम्मा ७३ थान गजल कतै चार, कतै पाँच र कतै सात शेरमा बाँधिएर प्रकाशित भएका छन् । अधिकांश गजलहरु पाँच शेरमा संग्रहित छन् । २०५३ सालदेखि २०६७ साल वैशाखसम्ममा रचना गरिएका यी गजलहरु प्राय देश भरिका विभिन्न पत्र–पत्रिकामा पूर्व प्रकाशित गजलहरुलाई एकैथलोमा कृतिका रुपमा संग्रहित गर्ने कार्य भएको छ । मधु पोखरेलका केही गजलहरुले देश, काल, परिस्थितिका बिकृति–विसंगतिहरुलाई उजागर गर्ने काम गरेका छन् भने केही गजलहरु सृङ्गारिक रसले भरिपूर्ण छन् ।

‘कतै फेरी माकुरीको जालमा प¥यौ कि
विश्वासको नजरबाट फेरी झ¥यौ कि ।
ंंंंं.........
शहर बजार गाउँ–वेसी झस्कँदैछन् हेर
आशंका र विकृतिका घैंटा भ¥यौ कि ।
(पृष्ट–३, शीर्षक– कतै फेरी माकुरीको)
यस गजलले नेताहरुलाई नजानिंदो पाराले चड्कन हानेको छ । सिर्जनाका माध्यमबाट झापड हान्न खप्पिस छन् कवि पोखरेल । त्यसैगरी सृङ्गारिक गजल सिर्जना गर्न र गाउँन पनि खप्पिस छन् कवि मधु पोखरेल ।

म तिम्रो गजवको शहर छोडी आएँ
म तिम्रो नजरको रहर छोडी आएँ ।

त्यो सौन्दर्य–मोहक ती थुम्किहरुमा
म तिम्रो झझल्को– लहर छोडी आएँ ।
........
कतै सम्झनाले नियालेर हेरें
धनु ! यो गजलको बहर छोडी आएँ ।
(पृष्ट–५, शीर्षक– मतिम्रो गजवको)
गजलकार मधु पोखरेलका सृङ्गारिक गजलहरु प्राय मिठासपूर्ण हुछन् । लय वाचन गर्दा अझ मिठास पाइन्छन् यी गजलहरुमा । यतिमात्र नभएर वियोगान्त गजलहरु लेख्न पनि निक्कै सिपालु छन् गजलकार मधु पोखरेल ।

प्रेम भित्र पीडा हुँदा आँसु खस्दो रैछ
मनै त हो जहिलेसुकै जहाँपनि पस्तो रैछ ।

सुकोमल नै ठानी बसेँ प्रतिक्षामा आजसम्म
अप्राप्तिले मुटुसम्म छुरी पनि धस्तो रैछ ।
.......
कति पीडा, कति धोका मायाँ भित्रै पाए पछि
निर्मोहीको तिर्सनाले भित्र–भित्रै धस्तो रैछ ।
(पृष्ट–५४,शीर्षक–प्रेम भित्रपीडा...)
समग्रमा भन्नुपर्दा गजलकार मधु पोखरेल स्वरका मात्र धनी नभएर सिर्जनाका पनि पारखी हुन् । यो कृति सवैकालागि पठनीय र संग्रहणीय छ । गजलकार पोखरेलको कलम अझै खारियोस्, शुभ कामना छ–साहित्यकार, कवि, गजलकार मधु पोखरेललाई ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु