अन्तर्ब्यथा आजको

- कोमलप्रसाद पोखरेल

आज हर्केलाई पटक्कै निद्रा परेको छैन । रातभरि उसका मानसपटलभित्र विभिन्न तर्क वितर्कहरू चलिरहेका छन् । केही गर्दा पनि निद्रा नआएपछि उ जुरुक्क उठ्छ र भुइँमा बस्छ । उसलाई जन्माउने, दःुख गरेर हुर्काउने आमा र जन्मभूमिको संझना गर्छ । उसले आप्mना बृद्ध बाको संझना गर्छ । संझदा संझदै ऊ पूर्व स्मृतिको महासागरमा चुर्लुम्म डुब्छ र केही बेरमा एकमुठी नुनिलो पानी सर्किएपछि ऐं ऐं गर्दै मनोवादको बाँकटेमा पौडिन थाल्छ ।
म एति टाढा यो बिरानु देशमा किन आएँ ! असी वर्ख नाघेका मेरा बाको अवस्था ऐले कस्तो होला ! अर्काको भनाइमा विश्वास गरी डलरको लोभमा पर्दा आज मेरो यो गति भो ! लोभले लाभ लाभले बिलाप भन्थे बुढापाकाले । मलाई लोभले लाभ हैन बिलाप मात्तै हात लागो ! अलिकति भा’को पाखो बारी पनि देउताजस्ता बालाई फस्ल्याङ् फुस्लुङ् पारी बेचेर बिदेशतिर टाप कस्ने म भन्दा पापी, दुष्ट छोरा सन्सारमा अर्को को होला ! हे भग्वान् मलाई केका दशाले याँ ल्याइ पु¥यायो नि ! एकछिन् रोएपछि हर्के पुनः बर्बराउन लाग्छ ।
विदेश पठाउने कम्पनीका पापी बज्ज्याले नक्कली भिसा दे’र मरेछ । तेसैले गर्दा तिन तिन बर्खसम्म लुकेर आप्mनु जिउज्यान नभनी अर्काकै कमारो भएँ । पैसा कमाउनु ता परै जाओस् ऐले झेलखानामा दुख् बेहोर्दै छु । एक बर्ख भैसको । था छैन अज्जै कति दिन थुन्ने हो । छोडिद्यो भने नि के गरी घर फिर्नु ! म पापी नि उस्तै छु । झेलखानमा परेछि मात्तै बालाई चिठी पठाएँ । बाले पाउनु भो भएन ! पा’को भा’ ता उताड नि चिठी आउनु पर्ने हो । कि......!
हर्केको कण्ठ एकाएक अवरुद्ध हुन्छ र भक्कानिएर डङ्ङ लड्छ र रुँदारुँदै झकाउँछ । टङ्टङ्... टङ्टङ्... टङ्टङ्...घन्टा घरले छ बजाए पछि ऊ झल्याँस्स हुन्छ, धर्खरिंदै उठ्छ र आप्mनो दुःख बिसाउन छेवैको कोठामा थुनिएको उसको साथी बजरङ्ग गुप्ताकोमा जान्छ ।
बजरङ्ग गुप्ता पनि हर्के जस्तै विदेशी मुद्रा कमाउन तिहाँ गएको जोगबनी बिहारको एउटा गरिब ठिटो हो ।
हर्केलाई देख्नासाथ केही मुस्कुराउँदै हर्केतिर हात बढाउँदै भन्छ, लेलो भैया आपका लेटर । अभि अभि मैने पोष्ट ओपिस से लेके आया हुँ ।
हर्के हर्ष र विस्मतको द्वन्द्वमा चिठी समात्छ । कता कता भित्र चस्स भएझैं हुन्छ उसको नेपाली मुटुमा ।
चिठीलाई तिन पल्ट ढोगेर विस्तारै नच्याती टिकट उक्काउँछ । सहिद धर्मभक्तको फोटो भएको टिकटलाई चुम्मा खाएर गोजीमा हाल्छ । खाम नच्यातिकन चिठी खोलेर उभिई उभिई पढ्छ ।
मिति २ हजार बाउन्न साल
मुंसिर दुइ गते सन्सरबार

पियारो छोरा हर्केकै, तेरो अभागी बाउको संजना र थुप्रै थुप्रै मायाँ । तैंले पठा’को चिठी बेलैमा हात परो । मेरै अभागले होला मैले बेलैमा चिठी लेखेर पठाउन सकिन । अब मात्तै अलेली चिठी लेख्न सक्ने भएँ हात काम्दै काम्दै । गल्ती भो भने सुधारी पड्नू ।
तँ याँबड हिंडेको निकोर्सी पल्टको कुरो हो माथि चुलीमा दुइ घरी कोला किनेर भारमा बोकी सुरुङ्गाको बुधबारे हाटमा बेच्न लाँदै थिएँ, माईको पुल नेर पुगेछि मलाई बसले किचेछ । होसाँ आउँदा म भद्रपुरको अस्पतालाँ सुतिर’को थे । मेरा दोडै खुट्टा भाँचिएछन् । अस्पतालाँ मेरो आफन्त भन्ने कोइ थे’न । मैले नचिन्या गोडा दुएक मान्छे अलिक पर्तिर एसो भन्दै थे — डाग्डर साप यो हर्के भन्ने मान्छेको दोडै गोडा काट्दिनु परो । बरु हजुर्लाइ........। गाडी चल्ने ठाम्मा कोला बोकेर हिन्ने मोरो .....।... कच्च्याक हुनु पथ्र्यो ! बाँचेर हाम्लाई कम्ती दुख् देन ।
मेरो खुट्टा काट्नु पर्ने अवस्था थेन । खुट्टा नकाटिदिनोस् भनेर डग्डरसँग कति विन्ती भाउ गरेंं, रोएँ चिच्याएँ तर मेरो केइ लागेन । मलाई बिहोस पारेर मेरा दोडै खुट्टा काटेछन् ।
के गर्नु बाउ तँ याँ भएको भए मैले एसरी डुँडो भ’र बस्नु पर्ने थे’न होला । फेरि के भन्छस् र खुट्टा काटेको पर्सी पल्टै मलाई अस्पतालबड निकालो । तेस्तो अबस्थामा म कसरी घराँ आएँ होला तँ आपैंm सम्जी त नानी । तेस्पछि दस मइनासम्म घाउ निको नभ’र धेरै दुख् पाएँ । स्वास्नी लाने जारले’नि एस्तो दुख् नपाओस् ।
धन्न डाँडाघरे बैदाङ काकाले अनेक जरीबुटी गरेर मेरो घाउ निको पारे । मेरा भाबी नै र’छन् । कइल्यै नबिर्सने गुन ला’का छन् उनले । तेसै गरी थुम्की गोठे जोगी साँइँलाले खान दे’र मेरो ज्यान बचाइ र’छ । फेरी लाउँदै दस घर चाहारेर चाँमल ले’र आउँछ । मलाई नि दिन्छ आफु नि खान्छ । अगिल्ला जनमको छोरै र’छ बरा ! उसको आफ्नु भन्ने कोइ छैन । पछि तैंले उस्को हेर्बिचार गर्नू ।
हेर् बाउ ऐले तँ के गर्दै छस्, के खाँदै छस् ! याँबड लग्या पैसा नि पुग्ने बित्तिकै सकिएछ । सात समुन्द्र पारीका मुलुकाँ तँलाई टिठ्याउने को पो होला र ! तेरो कथा बेथा सुनेर मेरो मुटुक ढुक्ढुक् ढुक्ढुक् गर्छ ।
मैले ता तँलाई पैले नै भन्या थें पैसा कमाउन विदेश जाइर’नु पर्दैन, आफ्नै मलुुकाँ नि उद्दिम गरो भने पैसा कमाइन्छ भनेर । तँ जत्ति नै पड्या लप्सीबोटे छ्याङ् कान्छाको छोरो जेठोले चार भन्ज्याङ् नेपालमैं टिपिसन हो कि के पढा’र मनग्गे कमाउँछ अरे । एइ गएको दशैंमा घर आँउँदा बाउलाई भेडी गोठालाले लाउने जस्तो तातो गन्जी, आमालाई ढाकाको चोलो र मुजेत्रो, बुइनीलाई इस्कुले डिरेस र मनग्गे दशै खर्च ले’र आयो अरे ।
गैरीघरे कालेले नि हुटेलमा पाले बसेर दशैंमा सए सातेक रुप्याँ ल्याएछ । सानामा तँसंगै गुच्चा खेल्ने घिम्रे पुरेतको छारो चिम्रे थे’न, हो त्यो पाँच बर्ष अगिसम्म जुँगे हल्दारका पछिपछि हिंडेर स्याइटेका भराँ जिउ पाल्थ्यो । ऐले त कोनि कुन पाटीको भोटाँ उठेर मान्ने भ’को छ अरे । तिस दिनमा तिसै हज्जार कमाउँछ अरे । सर्खारले गाडी नि दे’को छ भन्छन् । हुने बेलाँ गोरु नि ब्याउँछ भन्छन, हो र छ ।
तल्ला गाउँको तालु खुइले मुख्याको काइँली स्वास्नी पटिको छोरो लुइरे नेपाल खाल्डाभित्रैको एउडा दबाइ दोगानाँ नकुर बस्या थ्यो । तिन बर्खपछि डाग्डर भएछ । ऐले नेपालकै कोनि कुन सहराँ पैसा प्mयाउरी ला’र बस्या छ अरे । ऐले उसलाई सप्पैले डाग्डर एल. भन्दारान् । खै के हो एल सेल भन्या म ता बुज्दा नि बुज्दिन ।
चार चोटि म्याटिस फिल भ’र रुँदै हिडेको भुँडे माजनको छोरो बिस्ने अइले अंगे्रजी इस्कुलाँ हाकिम छ अरे । बजाराँ चारतले सिमेन्टीको घर जखेछ तेल्ले नि ।
मैले तँलाई यिनेरु जस्तै हुनुपथ्र्याे भन्न खोज्या होइन । हाम्रै देशाँ नि गर्दा हुन्थ्यो भन्या हो ।
खोइ मलाइ ता एसपालिको दशैं नि आएन । दशैभरि तेरै बाटो हेरेर रोइबसें । अर्थोक् ता परै जाओस् बिरालोले खस्याक् गर्दा नि तेरै झझल्को लाग्छ । तेरो मुख माŒौ हेर्न पाए नि अलिक बर्ख बाँच्ने थें । एइ गएको असारमा चार कोरी दुइ टेकें । अब कति दिन पो बाँच्छु होला र !
सपनामा जइले नि तेरी आमालाई माŒौ देख्छु । हिजो छाडी अस्ति एउडा सारै पर्तङ्गे सपना देखें । मेरो घुँडाँ मुन्टो राखेर तेरी आमा रोई बस्या थी । दुई हात थापेर भन्दै थी, मैले तिम्लाइ जिम्मा दे’को मेरो मुटुक् काँ छ ? मलाई देऊ ।
म चुपो लागि बसें । केइ जुवाफ लाउन सकिन । एक न दुई भ’र घोसे मुन्टो लाइरएँ । खोइ मरेको मान्छेको हङ्सले नि छोराछोरी नबिर्सिंदो र’छ !
याँको हाल खबर केइ छैन भन्दा नि धेरै छन् । ऐले हाम्रा देसाँ पर्जातन्तर्को सारै जगजगी छ । मान्छेलाइ माŒौ होइन हावाजाज, मटर, भटभटे इत्येदि सप्पै थोक्लाइ पर्जातन्तरको मात लग्या छ । भर्खरै इन्डेबड आकासाँ उडेका दोडा हावाजाज अक्कासमै लाक्पा खेलेर भुइँमा पछारिएछन् र त्याँभित्र भा’को जात्रुहेरु सप्पै भुर्कुट् भ’छन् । तँजस्तै पैसा कमाउन बाइर ग’का धेरै नेपाली ज्वानहेरु मरेछन् ।
तल गोलधापे माइला मगरको छोरो बिर्खे पनि तेइ घटनामा परेछ । एउडा भा’को छोरो नि तेसरी मर्दा बिचरी आमालाइ कस्तो भा’होला ! छोराको पैसा खोइ कोनि कति लाख पाउँछ भनेर बिर्खेको आमालाइ इन्डेको दिल्ली बोलाएछ । तर अरु पैसा ता परै जाओस् फर्किने बाटो खर्च नि मरेर द्यो अरे । दिल्लीका सिल्ली बज्जेहेर्ले पैसा जति आपैंm हसुरेर दुख् माŒौ देछन् बबुरीलाइ ।
अर्को कुरा अइले याँ राम्रा मान्छे जति छानी छानी गाडीले किचेर मार्दैछ । उनन्चास साल माग तिन गते हाम्रा कमल सरको जेठो छोरो सुर्जेलाइ दमकको रतुवा पुलको छेवैमा बसले किचेर ठहरै मारो । ऊ सङ्गै उसको साथी कुमारलाइ नि ठहरै पारो । बिचरा सुर्जे छ्यालिस सालको आन्डोलनमा गोली खा’र नि बाँच्या थे । गर्नु गरो बज्याका ठाँडाले । तेरो कुरा गर्दा सर र सर्नी डाँकै छाडेर रुन्छन् । सर्नीले भनेको तँ र उनको सुर्जे एक दिनले माŒौ जेठाकान्छा अरे ।
अस्ति भर्खर माŒौ इटरी ओर्तिर सुकुना पुलैमा पान्जना इस्कुले नानीलाइ ठाँउको ठाउँ गाडीले कच्याक्कै पारेछ । कठैबरी एक्कै घर्का तिनजना पो परेछन् त ! तिँदेर्का बाउआमा अपहत्ते गरी मर्न आँट्या थे रे । तर गाउँलेले बँचाएछन् । च्च...च्च... कठैबरि... अब के गरी बाँच्नु तिनेर्ले ! एस्ता थुप्प्रै घटना भ’र दिनैपिच्छे जस्तो मान्छे मरिरन्छन् । लेखी साद्धै छैन ।
अँ तेताका नि धेरै नराम्रा कुरा सुन्दै छु । अर्काको मुलुक हो । बहुत होस् पु¥याउनू । नेपाल चारभन्ज्याङ् भित्रका एक जना मास्टरको तेतैतिर नकुर गर्दा मिसिनले दोडै हात छिनायो अरे । मेरा खुुट्टा छैनन् तेरो नि हात काट्यो भने पछि हाम्रो के गति होला !
अर्को कुरा रसुवा धुन्चेको रुन्चे भोटेले विदेशबड डलरसँगै एड्स् नि ल्यायो भनेर उल्लाइ सप्पैले गाली ग¥या सुन्छु । तँसँग तेस्तो एड्स्फेड्स् केइ छ भने कुनै हालतमा नि एता नल्याउनू । साँउँसम्म उठ्यो भने तेतै बेच्नू । बिकेन भने बरु तेसै भा’नि कसैलाइ दे’र आउनू । मान्छेले गाली दे’को राम्रो हैन ।
उइ तेरो अभागी बाउ

चिठी पडिसकेर राख्न लाग्दा खामभित्राबाट अर्को एउटा पट्याएको कागजको टुक्रा फुत्रुक्क भुइँमा खस्छ । हर्के निहुरिएर कागज टिप्छ । सेतो धागाले बाँधेको कागज देखेपछि लगलग काम्दै डोरी फुकाएर पढ्न थाल्छ ।
हर्के भतिजकै,
उपरान्त धेरै दिन अगिदेखुन् च्याङ्बा दाइ तँलाइ चिठी पठाउने कुरा गर्दै थे । बल्लतल्ल हिजो मात्र सुरुङ्गा बजार जाने गोरु गाडामा चडेर ढ्वाङ्मा चिठी खसाउन जाँदै थे । माइ किनारनेर पुगेछि उछिन्पाछिन् गर्दै कुद्ने दोडा बसले ठाउँको ठाउँ ठहरै मा¥यो । बिचरा ऐया भन्न नि पाएनन्.! खुट्टा भाँच्ने तेइ गाडी ज्यान लिने नि तेइ गाडी ! नेपालमा मान्छे जति गाडीले नै सक्ने भो भतिज ।
च्याङ्बा दाइ तँलाइ चिठी पठाउने घिड्घिडो पुरा नभै यो सन्सारबड बिदा भए । उनको आत्माले शान्ति पाओस् भनी उनका आप्mनै हातले लेख्या चिठी समेत पठाइद्या छु । मलाइ मेरा बाउ, आमा, सिरिमती मर्दा नि एस्तो पिर प¥या थे’न । हुनुहार् दैव नटार् भन्या एइ र’छ । अब जे हुनु भैगो । धेरै सुर्ता गर्दा नि दाइ आउँदैनन् । मलाइ नै आफ्नु बाउ सम्जेर तुरन् घर् फिर्नू । दाइको काज किरिया म गर्दैछु । पछि मेरो काम गर्ने तँ छँदैछस् । चिठी पाम्नासाथ त्याँ भात खा’र याँ चुठ्न आउनू ।
थुम्की गोठे जोगी काका

चिठी पढिसक्नासाथ हर्के थर्र काम्दै रुख ढलेझैं भुइँमा ढङ्ङ ढल्छ र भट्याक् भट्याक् गर्न थाल्छ । आत्तिएको रुन्चे स्वरमा हर्केलाई उठाउन खाज्दै बजरङग चिच्याउँछ हर्के भैया ......! ! !

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु