करुण रस प्रयोगका आधारमा मैनालीको सहिद कथाको विश्लेषण

- प्रा. जीवनाथ सुवेदी

सारकथन (abstract)
प्रस्तुत लेख कथाकार गुरुप्रसाद मैनालीको सहिद कथाको विवेचना र त्यसमा पाइने करुण रस प्रयोगको अध्ययन–विश्लेषणमा केन्द्रित छ । अध्ययनका क्रममा रससिद्धान्त तथा करुण रसको परिचय दिई विवेच्य कथाको परिचयात्मक चर्चा गरिएको छ र उपर्युक्त कथामा प्रयुक्त करुण रसको खोजी गरी त्यसको विश्लेषणबाट प्राप्त निष्कर्ष निकालेर उक्त कथामा करुण रस–प्रयोगको औचित्यको निरूपण गरिएको छ । प्रस्तुत अध्ययन मूलतः व्याख्या–विश्लेषणात्मक अध्ययन विधिमा आधारित छ । यस लेखमा रससिद्धान्त तथा करुण रसको परिचय दिएर मैनालीको सहिद कथाको सामान्य विवेचना गरी विश्लेषित कथामा करुण रसको उचित प्रयोग गरिएको तथा यसका माध्यमबाट कथाकारले आफ्नो युगचेतना, समाजबोध र कथाकारिता सम्बन्धी–कला–कौशलको प्रस्तुतिका साथै नेपाली साहित्यमा रससिद्धान्त तथा करुण रस–प्रयोग परम्परालाई प्रभावकारी ढङ्गले निरन्तरता दिएको निष्कर्ष निकालिएको छ ।
१. विषय प्रवेश
ई.पू. द्वितीयदेखि प्रथम शताब्दीतिरका मानिने आचार्य भरतमुनिद्वारा प्रतिपादित रसवाद पूर्वीय वा संस्कृत साहित्य शास्त्र परम्पराको जेठो र महŒवपूर्ण काव्यसिद्धान्त हो । विभाव, अनुभाव र व्यभिचारी भावको संयोगले सह्दयको अन्तःकरणमा सुषुप्त अवस्थामा रहेका स्थायी भाव जागृत भएर रस निस्पत्ति हुन्छ भन्ने भरतमुनिको रस सूत्रको व्याख्या गरी विभिन्न उत्तरवर्ती आचार्यहरूले रसवादलाई महŒवपूर्ण काव्यसिद्धान्तका रूपमा स्थापना गरेर रसलाई काव्यको आत्मा सिद्ध गरेका छन् । भरतमुनिदेखि छैटौं शताब्दीका भामह, सातौ शताब्दीका दण्डी, नवौं शताब्दीका आनन्दवर्धन, एघारौं शताब्दीका अभिनव गुप्त, चौधौं शताब्दीका विश्वनाथ र सत्रौं शताब्दीका जगन्नाथसम्मका आचार्यहरूले रससिद्धान्त र विविध रस तथा तिनको महत्तालाई पुष्टि गरेका छन् ।


नेपाली साहित्यमा प्राथमिक कालदेखि नै विविध रस प्रयोगको परम्परा अघि बढेको देखिन्छ । प्राथमिक कालमा वीर तथा भक्ति रस प्रमुख रहे पनि हास्य एवम् अन्य रस समेत केहीमात्रामा प्रयोग भएको पाइन्छ । माध्यमिक कालमा प्रमुख रूपमा शृङ्गार रस प्रयोग । करुण रस सुरुदेखि नै केही मात्रामा प्रयोग हुँदै आएर खास गरी आधुनिक कालमा गुरुप्रसाद मैनालीका कथा, लैनसिंह बाङ्देलका उपन्यास, लक्ष्मीप्रसाद देवकोटाका काव्यजस्ता कालजयी कृतिहरूमा प्रभावकारी ढङ्गले प्रयोग भयो भने यो परम्परा माधव घिमिरे हुँदै निरन्तर रूपमा गतिशील रहेकै छ ।
सहिद नेपाली साहित्यका प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनाली (१९५७—२०२८) को प्रसिद्ध फुटकर कथा हो । सरल, सहज र सरस प्रस्तुति भएको यस कथाको वाच्यार्थ सर्वसाधारणका लागि सम्प्रेष्य र रमणीय त छँदै छ । वाच्यार्थ जति सरल र मन छुने छ, त्यति नै यस कथामा रसात्मक अभिव्यक्ति गहन, रमणीय हुनका साथै करुण रसको प्रयोग झन मर्मस्पर्शी छ । अतः रसात्मकताका दृष्टिले प्रस्तुत कथाको समीक्षा कार्य उपयुक्त र महŒवपूर्ण हुने भएकाले यहाँ रससिद्धान्त अन्तर्गत करुण रसका आधारमा ‘सहिद’ कथाको विश्लेषण गरिएको छ ।
२. विश्लेषणको आधार ः रससिद्धान्त तथा करुण रसको परिचय
२.१ रससिद्धान्तको सामान्य परिचय
आस्वादनार्थक रस् धातुमा अच् प्रत्यय लागी बनेको संस्कृत रस शब्दको अर्थ आस्वादित हुने वस्तु वा स्वाद, रससिक्त हुने गुण, वीर्य, देह आदि, रसमय बनाउने वस्तु, पानी, द्रव, पारद (एक प्रसिद्ध सेतो गरुङ चम्किलो तरल पदार्थ, पारो÷पारा) आदि र रसित वा आस्वादित हुनु अथवा श्रृङ्गार, हास्य, करुण, वीर आदि भावावस्था आदि हुन्छ । स्वादका रूपमा षड्रस (गुलियो, नुनिलो, अमिलो, तितो, टर्रो र पिरो) भन्ने अर्थ रस शब्दले बुझाउँछ । आयुर्वेदमा जलीय पदार्थ र रसनेन्द्रिय ग्राह्य गुणलाई रस भनिन्छ । ब्राह्मण ग्रन्थमा मह तथा उपनिषद्मा प्राणतŒव वा स्वाद (ब्रह्मानन्द) लाई रस भनिन्छ (गौतम, २०५५ ः ६८८) । रसलाई रामायणमा जीवन र महाभारतमा पानी, मदिरा, गन्ध आदिका रूपमा लिइन्छ । लोक व्यवहार वा लोकजीवनमा खाद्य तरल पदार्थ अथवा पेय पदार्थलाई र साहित्यमा काव्यानन्दलाई रस भनिन्छ ।
वेद, उपनिषद्, रामायण, महाभारत र अग्नि पुराणपछि साहित्य क्षेत्रमा सर्वप्रथम नन्दिकेश्वरले रस शब्दको प्रयोग गरेका हुन् भन्ने पाइए पनि पूर्वीय काव्यशास्त्रीय परम्परामा रससिद्धान्तको स्थापना चाहिँ ई.पू. प्रथम÷द्वितीय शताब्दीतिरका आचार्य भरतमुनिले गरेका हुन् । उनले आफ्नो नाट्यशास्त्रमा रसलाई नाटकको आत्मा भनेका छन् तापनि सम्पूर्ण काव्यविधामा यसको व्याप्ति छ । रसवाद पूर्वीय काव्यशास्त्र परम्पराको जेठो र प्रमुख साहित्य सिद्धान्त हो । आचार्य भरतमुनिले विभावानुभावव्यभिचारीसंयोगाद्रसनिष्पत्तिः भन्ने रससूत्रमार्फत विभाव, अनुभाव र व्यभिचारी÷सञ्चारी भावहरूका साथ स्थायी भावको संयोग हुँदा रसको निष्पत्ति (उत्पत्ति) हुन्छ भनेका छन् । आचार्य मम्मटका अनुसार आलम्बन विभावबाट उद्बुद्ध, उद्दीपन विभावबाट उद्दीप्त, अनुभावद्वारा व्यक्त अनि व्यभिचारी भावद्वारा परिपुष्ट भएको सह्दयको स्थायीभाव नै रस हो (काव्यप्रकाश, ४ ः २८) । आचार्य विश्वनाथका अनुसार कुनै स्थायी भाव विभावादिद्वारा परिपक्व अवस्थामा परिणत हुन्छ र त्यसैलाई रस भनिन्छ । उनले रसलाई अखण्ड स्वप्रकाशानन्द, चिन्मय, वेद्यान्तरस्पर्शशून्य, ब्रह्मस्वाद सहोदर लोकोत्तर चमत्कार–प्राण भनेका छन् । उनले ‘वाक्यं रसात्मकं काव्यम्’ भन्ने मान्यताको स्थापना गरी रसलाई काव्यको आत्मा मानेका छन् (साहित्यदर्पण, ३ ः ३) ।
भरतमुनिको रससूत्रमा उल्लेख भएका विभाव, अनुभाव, व्यभिचारी वा सञ्चारी भाव र स्थायी भावलाई रससामग्री वा रस उत्पत्तिका साधन भनिन्छ ।
सह्दयको मनमा सुषुप्त अवस्थामा वासना वा संस्कारका रूपमा रहेको स्थायी भावलाई जगाउने वा रस रूपमा परिणत गराउने पात्र, वस्तु र परिवेशलाई विभाव भनिन्छ । रसोत्पत्तिको महŒवपूर्ण कारण स्वरूप यसका पनि आलम्बन विभाव र उद्दीपन विभाव गरी दुई भेद छन् ।
साहित्यिक कृतिमा वर्णित जुन पात्र वा वस्तुका कारण सह्दयीका मनमा वासना वा संस्कारका रूपमा रहेको स्थायी भाव जागृत भई रस रूपमा व्यक्त हुन्छ, त्यो पात्र वा वस्तु आलम्बन विभाव हुन्छ । यो पनि विषयालम्बन र आश्रयालम्बन गरी दुई किसिमको हुन्छ । जुन पात्र वा वस्तुलाई देखेर स्थायी भाव जागृत हुन्छ, त्यो विषयालम्बन हो भने जुन पात्रमा स्थायी भाव जागृत हुन्छ, त्यो आश्रयालम्बन हो ।
साहित्यिक कृतिमा वर्णित सह्दयीको मनमा अवस्थित स्थायी भावलाई रसावस्थामा उद्दीप्त पार्ने वा जगाउने उत्प्रेरक परिवेश वा वस्तुलाई उद्दीपन विभाव भनिन्छ । साहित्यिक कृतिमा वर्णित पात्र वा वस्तु आलम्बन विभाव हुन् भने परिवेश वा उद्दीप्त गराउने कुनै वस्तु उद्दीपन विभाव हो ।
स्थायी भावको अनुभव गराउने विभावको प्रतिव्रिmया अनुभाव हो । अथवा विभावलाई बाह्य रूपमा प्रकट गर्ने वा प्रकाशित हुने चेष्टा नै अनुभाव हो । अनुभाव रसको कार्य सूचक पनि हो । यो कायिक, वाचिक, आहार्य र साŒिवक गरी चार किसिमको हुन्छ । विभावको भावलाई प्रकट गर्ने आङ्गिक वा शारीरिक चेष्टालाई कायिक अनुभाव भनिन्छ । विभावको मानसिक भावलाई बोलीका माध्यमबाट प्रकट गर्नुलाई वाचिक अनुभाव भनिन्छ । विभाव विभिन्न भाव प्रकट गर्ने लुगा, गहना आदि लवाइलाई आहार्य अनुभाव भनिन्छ । विभावको भाव बाह्य रूपमा प्रकट गर्ने आन्तरिक प्रतिव्रिmया साŒिवक अनुभाव हो । अथवा रस र स्थायी भाव अनुसार विभावका छक्क पर्नु, पसिना आउनु, काम्नु, स्वर बिग्रनु, गदगद हुनु, अनुहारको रङ बदलिनु, आँसु आउनु, जिरिङ्ङ हुनु आदि प्रतिव्रिmयालाई साŒिवक अनुभाव भनिन्छ ।
स्थिर रूपले रहने रति आदि स्थायी भावमा कहिले प्रकट हुने र कहिले हराउने चलनशील रहने निर्वेद आदिलाई व्यभिचारी वा सञ्चारी भाव भनिन्छ । सह्दयको मनमा अन्तर्निहित हर्ष, ग्लानि, आवेग आदि क्षणक्षणमा देखिने र क्षणक्षणमा हराउने गर्छन् । यस्ता भावलाई व्यभिचारी भाव भनिन्छ । यी भावहरू अस्थिर हुन्छन् र खालि स्थायी भावको पुष्टिका निम्ति मात्र देखिने गर्छन् । त्यसैले यस्ता भावलाई व्यभिचारी भाव वा सञ्चारी भाव भनिन्छ र यी रसका सहयोगी हुन्छन् । यस्ता भाव ३३ वटा हुन्छन् भनिएको छ । एउटै रस वा स्थायी भावमा विभिन्न सञ्चारी भाव देखिन सक्छन् । जस्तै रति स्थायी भावमा लज्जा, आवेग, दैन्य, उन्माद, शङ्का, चिन्ता, चञ्चलता आदि सञ्चारी भाव देखिन सक्छन् । हास स्थायी भावमा श्रम, हर्ष, चपलता आदि, शोक स्थायी भावमा जडता, मोह, विषाद, स्मृति आदि, व्रmोध स्थायी भावमा गर्व, आवेग, उग्रता आदि, उत्साह स्थायी भावमा गर्व, आवेग आदि, भय स्थायी भावमा शङ्का, ग्लानि आदि, जुगुप्सा (घृणा) स्थायी भावमा श्रम, आलस्य आदि, विस्मय स्थायी भावमा जडता, हर्ष, शङ्का, औत्सुक्य आदि, निर्वेद स्थायी भावमा धृति, स्मृति, हर्ष आदि सञ्चारी भाव देखिन सक्छन् ।
सह्यको अन्तस्करणमा सुषुप्त अवस्थामा स्थायी रूपले रहेका संस्कार, मनोविकार वा वासनाजन्य भावलाई स्थायी भाव भनिन्छ । अथवा मानव ह्दयमा रहेका रति (अनुराग), हास (हाँसो) शोक, व्रmोध, उत्साह, भय, जुगुप्सा (घृणा) विस्मय (आश्चर्य), निर्वेद (समता) आदि आवेग वा संवेगहरू स्थायी भाव हुन् । यिनको स्वभाव स्थिर किसिमको हुने हुँदा यी स्थायी भावलाई अन्य विरोधी भावले दबाउन वा हटाउन सक्तैनन् । यी नौ स्थायी भावको सङ्ख्या अनुसार पूर्वीय काव्यशास्त्रमा व्रmमशः श्रृङ्गार, हास्य, करुण, रौद्र, वीर, भयानक, बीभत्स, अद्भुत र शान्त गरी नौ रसहरू स्थापित छन् ।
स्थायी भाव र रसको सङ्ख्यामा केही मतभिन्नता पनि पाइन्छ । विश्वनाथले वात्सल्य भावलाई रस र भक्तिलाई भने भाव मानेका छन् । यसै गरी विभिन्न आचार्यहद्वारा यी बाहेक प्रेयान् वा प्रेयस, लौल्य, उदात्त, उद्धत, स्नेह, व्यसन, दुःख, सुख, ब्राह्म, सम्भोग, विप्रलम्भ, कार्पण्य, माया, उज्ज्वल वा मधुर, भक्ति आदि विभिन्न रसको उल्लेख गरिएको पाइन्छ । संस्कृत काव्यशास्त्रका आचार्यहरूले भने देवता, राजा, गुरु आदिका प्रतिको रति वा अनुरक्ति (प्रेम) लाई भावको संज्ञा मात्र दिएका छन् । अतः काव्यशास्त्रीय मान्यता अनुसार साहित्य सिद्धान्तमा भने नवरसको मान्यता नै प्रसिद्ध र स्थापित भएको पाइन्छ ।
जे होस्, साहित्यको अध्ययन, श्रवण र अवलोकन गर्दा विभाव, अनुभाव तथा सञ्चारी भावको संयोगबाट सह्दय वा मानव मनमा सुषुप्त अवस्थामा रहेका रति आदि स्थायी भावरूपी चित्तवृत्ति आनन्दको अवस्थामा पुगेर रसानुभूति हुन्छ । अथवा साहित्यको आस्वादन गर्दा सम्बन्धित साहित्यमा प्रस्तुत सुखदुःखसँग एकाकार भएको भावक (पाठक, श्रोता, दर्शक) का मनमा उत्पन्न आनन्दको भाव वा अवस्था नै रस हो ।
२.२ करुण रसको सामान्य परिचय
शोक स्थायीभाव पूर्ण रूपमा अभिव्यञ्जित भएको अवस्था करुण रस हो (सिंह, सन् १९९७ ः २५३) । इष्ट नाश र अनिष्ट प्राप्तिबाट करुण रसको आविर्भाव हुन्छ । यसको वर्ण कपोत र देवता यम मानिन्छ । यसको स्थायीभाव शोक हो भने विनष्ट आत्मीय जन, बन्धुबान्धव आदि आलम्बन विभाव हुन् । दाह कर्म आदि उद्दीपन विभाव हो । दैवनिन्दा, भूमि पतन, व्रmन्दन, वैवण्र्य, उच्छ्वास, निश्वास, स्तम्भ, प्रलपन आदि अनुभाव हुन् । निर्वेद, मोह, अपस्मार, व्याधि, ग्लानि, स्मृति, श्रम, विषाद, जडता, उन्माद, चिन्ता आदि व्यभिचारीभाव हुन् (साहित्यदर्पण, ३ ः २२२—२२५) । यस सिद्धान्त अनुसार करुण रसको उदाहरण गुरुप्रसाद मैनालीको सहिद कथामा निम्नलिखित अनुसार रहेको छ ः
“के भन्नु बाबु † मेरो राम खसेछ । मेरो राजालाई दैवले चुँडेर लग्यो !” वीरबहादुर झन घोप्टो परेर डाँको छोडेर रुन लाग्यो । मैले पनि मन थाम्न सकिन, गहभरि आँसु भो । एकै छिनपछि वीरबहादुरले आँसु पुछ्दै भन्यो— “मेरो राम राजा रहीशको छोरोजस्तो राम्रो थियो । गोरो, कलकलाउँदो, यति अग्लो निधार भएको, बाँचिरहेको भए ठूलो मानिस हुने थियो (मैनाली, २०६२ ः ६७) ।”
यहाँ पुत्रवियोगबाट उत्पन्न कारुणिक अवस्थाको अभिव्यक्ति छ । प्रिय आत्मजको नाशबाट करुण रसको आविर्भाव भएको छ । वीरबहादुरको प्रिय पुत्र रामको आत्यन्तिक वियोगबाट उत्पन्न शोक करुण रसको स्थायीभाव रहेको छ भने दिवङ्गत पुत्र राम आलाम्बन विभाव र पुत्र नरहेको खबर, छोराको शारीरिक अवस्था, उसको देहावसानको झझल्को आदि उद्दीपन विभाव हुन् । वीरबहादुर घोप्टो परेर डाँको छोडेर रुनु, ‘दैवले चुँडेर लग्यो’ भन्नु, छोराको वर्णन गर्नु आदि अनुभाव हुन् । छोरा रामको बारम्बार स्मरण, चिन्ता आदि व्यभिचारीभाव हुन् भने यस अभिव्यक्तिबाट यहाँ वक्ता पात्र तथा श्रोता÷पाठकका ह्दयलाई द्रवित गराई करुणा उत्पन्न गराउने प्रस्तुतिले करुण रस अभिव्यक्त छ ।
३. सहिद कथाको परिचयात्मक समीक्षा
नेपाली साहित्यका सुप्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको ‘सहिद’ ऐतिहासिक सन्दर्भमा आधारित सामाजिक कथा हो । यो कथा उनका एघार कथाहरूको सँगालो नासो (२०२६) नामक नेपाली साहित्यको प्रसिद्ध कृतिमा सङ्कलित छ । यसमा ऐतिहासिक, पारिवारिक तथा सामाजिक गतिविधिको चित्रणका माध्यमबाट मान्छेको पारिवारिक, सामाजिक, मानवीय तथा राष्ट्रिय कंर्तव्यका सम्बन्धमा चेतना जगाउने काम गरिएको छ । कथाको अभिधेयार्थमा सामाजिक शोषण, विवशता सामाजिक समस्या, मानवता र राष्ट्रप्रतिको दायित्व, पारिवारिक वियोग, त्याग तथा वीरताको चित्रण गरिएको छ । रसात्मकताका दृष्टिले भने जीवनको अत्यन्त कारुणिक पक्षको अभिव्यक्ति भएकाले कथा मर्मस्पर्शी बनेको छ ।
नेपालको कुनै पहाडी गाउँको वीरबहादुरले आफ्नो विवाहका लागि गाउँको साहुसँग एक सय रुपयाँ ऋण लिएकोमा ब्याज, स्याज र प्याज गर्दै दस वर्षमा पाँच सय पुगेर बाबु बाजेले आर्जेको बीस मुरी धान फल्ने खेत बन्धकमा पर्छ । खेत उकास्न वा ऋणबाट मुक्त हुन वीरबहादुर भारतको कुनै सहरमा दरबान हुन पुग्छ र अझ बढी आर्जनका लागि त्यहाँको मारवाडी साहुबाट भाडामा रिक्सा लिएर चलाउँछ । त्यही सहरमा पढ्ने नेपालको देवता बाबुसँग आफ्नी पत्नी डल्लीलाई चिठी लेखाउने गथ्र्यो तर देवता बाबुले त्यस सहरलाई छोडेपछि चिठी लेखाउने व्रmममा त्यही सहरमा मेडकल कलेज पढ्ने नेपालकै एक जना विद्यार्थी (म पात्र) सँग वीरबहादुरको चिनजान हुन्छ । उसले वर्षभरिमा चार सय रुपयाँ कमाएको थियो । दसैंमा छ सय बनाएर पत्नी डल्ली र छोरा रामलाई लुगाफाटा लिएर घर आउने भनी घरमा चिठी पठाएको थियो तर त्यही सहरमा मजदुरी गर्ने नुवाकोटको धनेले उसको पैसा चोर्छ । केही महिनापछि छोराको मृत्युको खबर आउँछ । पीडित पत्नीलाई सम्झेर रित्तै हात घर हिँडेको वीरबहादुरलाई गोरखपुरमा देवताबाबुले भेटेर सम्झाई बुझाई सातसाले व्रmान्तिमा विराटनगरमा खटाउँछ । त्यहाँ सरकारी सेनासँग लड्दा गोली लागेर अस्पतालमा लडेको वीरबहादुरलाई म पात्रले भेट्छ र केही समयमै वीरबहादुरको मृत्यु हुन्छ ।
उपर्युक्त कथावस्तु भएको मैनालीको यस सहिद कथामा वि.सं.२००७ को नेपालको व्रmान्तिमा नेपाली जनताको त्याग र बलिदानको मार्मिक चित्र उनारिएको छ । त्यस्तै त्यस ताकाका गाउँले सोझा नेपालीले खप्नुपरेका शोषण, पेट पाल्न परिवारबाट अलग्गिएर बिदेसिनुपर्ने बाध्यता, विदेशमा गरिब नेपालीहरूको दिनचर्या र दारुण परिस्थिति आदिको चित्रण गरिएको छ । कथामा एउटै वर्गको मान्छे कुनै त्यागी, सहयोगी र उदार भएकाले महान् हुन्छ भन्ने कुरा वीरबहादुरको चरित्रका माध्यमबाट देखाइएका छ भने कोही अत्यन्त नीच हुन्छ भन्ने कुरा धेनेको चरित्रबाट औंल्याइएको छ । सात सालको व्रmान्तिमा दीन हीन गरिब नेपालीले पनि त्याग र आत्मबलिदान गरी देशप्रतिको कर्तव्य पूरा गरेको प्रसङ्ग प्रस्तुत गरेर प्रमुख पात्र वीरबहादुरले देशका लागि गरेको वीरतापूर्ण आत्मबलिदानमा कथा टुङ्ग्याएर शीर्षक तदनुरूप सार्थक रूपमा चयन गरिएको छ । आफ्नो व्यक्तिगत स्वार्थ र पारिवारिक सुखलाई पन्छाएर कैयौं नेपालीले ज्यानको बलिदान दिएको नेपालको ऐतिहासिक सन्दर्भ कथामा मार्मिक र महŒवपूर्ण देखापर्छ । मानवीय सद्भाव, सहयोग, उदारता, क्षमा, त्याग, देशभक्ति जस्ता आदर्श तथा व्यक्तिगत स्वार्थ, शोषण, चोरी, दुव्र्यसन जस्ता खराब सामाजिक यथार्थ पक्षलाई यहाँ प्रस्तुत गरिएको छ । देशभित्र र बाहिरका स्थानीय परिवेश, केही हिन्दी मिश्रित बोली, पात्र अनुरूपको सरल भाषा तथा प्रथम पुरुषप्रधान शैलीमा लेखिएको प्रस्तुत कथा निकै प्रभावकारी र मार्मिक छ ।
साहुको ऋणले घरखेत बन्धकमा परी मायालु पत्नी र प्यारो सन्तानको विछोडमा विदेशमा दरबान तथा रिक्सावाल भएर जीवन बिताउन बाध्य नेपाली जातिको उदाहरण स्वरूप यहाँ वीरबहादुरलाई उभ्याइएको छ । सन्तानको मृत्युको खबर, पत्नी वियोग, चोरी तथा वीरगति प्राप्त गर्नु जस्ता प्रमुख पात्रका कारुणिक पक्षको चित्रणले कथा अत्यन्त कारुणिक भएको छ ।
४. करुण रस प्रयोगका आधारमा सहिद कथाको विश्लेषण
करुण शब्दले विशेषणका रूपमा मार्मिक, दयनीय, शोकयुक्त आदि अर्थ बुझाउँछ । साहित्यका नवरसमध्ये शोक स्थायीभाव भएको एक रसका रूपमा रहेको करुण नाम शब्द हो । यसै करुण शब्दमा ‘आ’ (टाप्) प्रत्यय लागेर दया, माया, दयालुता, दुःख, पीडा, वेदनाजस्ता अर्थ बुझाउने भाववाचक करुणा शब्द बन्छ । गुरुप्रसाद मैनालीको सहिद कथा मूल रूपमा यस्तै करुणाले भरिएको छ । कथाको प्रमुख पात्र वीरबहादुर ऋण लाग्नाले आफ्नो बाँच्ने आधारस्वरूप घरखेत साहुका हातमा परेको हुँदा त्यसलाई उकास्नका लागि परिवारबाट बिछोडिएर जीविकाका लागि आर्थिक उपार्जन गर्न बिदेसिएको छ । विदेशमा दरबान, रिक्सा चालक जस्ता निम्न स्तरका र कठोर श्रम गर्नुपर्ने काम गरेर खेत उकास्ने र परिवारसँगै बाँच्ने उद्देश्य राखेको वीरबहादुरको सम्पत्ति चोरिन्छ । त्यति हुँदा पनि ऊ परदेशमा दुःख पाएका नेपालीप्रति करुणा राखेर मद्दत गर्छ । ऊ परदेशकै भए पनि प्रहरी हवलदारको ज्यान बचाउँछ भने आफ्नो सम्पत्ति चोर्ने दुव्र्यसनी धनेलाई समेत करुणा राखेर सहयोग गर्छ । यस प्रकार कथाको प्रमुख पात्रको स्वभाव र चरित्रमा प्रशस्त करुणा रहेको देखिन्छ ।
यसरी अरुप्रति सद्भाव राखी दया र सहयोग गर्ने वीरबहादुर आफ्नो जीवनस्तर उकास्न उत्साहित हुँदा पनि अझ असफल हुँदै जान्छ । आपूm विदेशमा दुःख गरिरहेको र आर्जेको सम्पत्ति चोरिँदा समेत हिम्मत नहारेको वीरबहादुरले आफ्नो प्रिय पुत्रको निधनको खबर पाउँछ । प्यारी पत्नी एक्लै पुत्रवियोगको पीडामा छट्पटाइरहेको अवस्थामा ऊ घरतर्पm लाग्छ । यो अवस्था कति कारुणिक छ त्यो सायद भाषाका माध्यमले पूर्ण रूपमा व्यक्त गर्न सकिँदैन । यस कथाका अत्यन्त दुःखद परिस्थिति मध्ये यो एउटा ज्यादै पीडादायी कारुणिक अवस्था हो । यस्तो पुत्रशोकले विह्वल भएर दुःखी भएकी पत्नीलाई भेट्न व्यग्रताका साथ घरतिर हिँडेको वीरबहादुरलाई पूर्वपरिचित देवताबाबुले गोरखपुरमा भेटेर देशमा प्रजातन्त्र प्राप्तिका लागि मुक्ति सेनामा सामेल भई लाडाइँमा होमिन उत्प्रेरित गर्छ । त्यस अवस्थामा पुत्रशोकमा विह्वल र एक्ली भएकी आफ्नी पत्नीलाई भेटेर आउने अनुमति माग्दा समेत उसले त्यो अवसर पाउँदैन । यहाँ उस्तै कारुणिक अवस्था सृजना भएको छ । यसरी बाध्य भएर व्रmान्तिमा सामेल भएको वीरबहादुर सरकारी सेनाको गोली लागी घाइते भएर विराटनगरको अस्पतालमा पु¥याइन्छ र त्यहाँ पूर्वपरिचित म पात्र (विद्यार्थी÷डाक्टर) सँग भेट हुन्छ । त्यहाँ उसले देवताबाबु पनि सहिद भएको खबर सुन्छ र दुःखी हुन्छ । असह्य पीडा र शारीरिक दुरवस्थाले गर्दा नबाँच्ने सङ्केत पाएको वीरबहादुरले त्यस डाक्टरसँग आपूm मरेपछि पत्नी डल्लीलाई चिठी लेखिदिने आग्रह गरेको प्रसङ्ग अति नै कारुणिक र मार्मिक बनेको छ । अन्त्यमा वीरबहादुरको देहावसान र डाक्टरले उसको दुःखद र वियोगान्त अवस्थाको सम्झना गरेको प्रसङ्ग पनि कम मार्मिक र पीडादायक छैन । यस प्रकार यिनै प्रसङ्ग वा घटनाहरूको बाहुल्यले गर्दा यस कथामा मुख्य रूपमा करुण रस अभिव्यक्त छ । कथामा करुण रसाभिव्यक्तिका प्रसङ्गहरू निम्नलिखित अनुसार छन् ः
...उसले भने बमोजिम चिट्ठी लेखिदिएँ । चिट्ठीको मजबून यस्तो थियो— “दरवानीमा लाउनखानमात्र ठीक हुने, एक पैसा नजोगिने हुनाले आजकाल रिक्सा चलाउने काम गरिरहेको छु । साह्रै कडा मिहिनेत गर्नुपर्छ । खाने–सुत्ने फुर्सद रहँदैन । अहिलेसम्म चार सय जम्मा पारिसकेँ, अब दशैंसम्ममा छ–सात सय पु¥याउँछु र दशैंमा घर आउँछु अनि खेत निखन्नुपर्ला । दशैंमा आउँदा तिमी र रामलाई नयाँ–नयाँ कपडाहरू लिएर आउँनेछु । अब त राम ठूलो भैसक्यो होला । चक्चक् गरेर तिमीलाई हैरान पार्दो हो । सडकमा साना–साना केटा–केटी खेलेको देख्दा मलाई रामको झझल्को लाग्छ । यति टाढा परदेशमा खालि तिमीहरूको मायाले बाँचिरहेको छु” इत्यादि (मैनाली, २०६२ ः ६२) ।
यो चिठीको सारांश कथाको समस्या–सूत्रका रूपमा आएको छ । यसबाट कथाको प्रमुख पात्र वीरबहादुर ऋण लागेर परदेसिएको छ र त्यहाँ कडा मेहनत गरी केही अर्थोपार्जन गर्दै र पत्नी तथा सन्तानको सम्झना गर्दै पुनर्मिलनको आशामा बाँचिरहेको छ । नेपाली जनजीवनका कतिपय नरनारीहरू परापूर्वकालेदेखि वर्तमानसम्म पनि आर्थिक तथा सामाजिक कारणले आफ्ना प्यारा परिवारजनबाट बिछोडिन बाध्य छन् र उनीहरूको पुनर्मिलन हुन पनि र नहुन पनि सक्छ । प्रस्तुत प्रसङ्गले त्यही कुराको सङ्केत गरेको छ भने चिठी लेखाउने परदेशी पात्र वीरबहादुरप्रति पाठकमा करुणा उत्पन्न भएको छ । यसरी यहींबाट कथामा करुणाको प्रसङ्ग आरम्भ हुन्छ भने आफ्नो परिवारबाट बिछोडिएर बिदेसिने गरी ऋण लाग्नाको कारण के होला ? भन्ने कुतूहलता समेत यस प्रसङ्गले जगाउँछ ।
“... वीरबहादुर π के तिम्रो खेत अर्काले लिएको छ ?”
“जी, गाउँकै साहले पाँचसयको बन्धकमा खाएको छ ।”
“एकै पटक किन त्यतिको ऋण लिएको त ?”
“किन एकैपटक लिन्थें ? डल्लीलाई बिहे गर्दा एकसय लिएको थिएँ । त्यसैलाई दोब्¥याई–तेब्¥याई पाँचसय पारेर खेत खाइरहेको छ । खेत कस्तो छ नि जान्नुभो ? तीन बाली लाग्छ, बीस मुरी मसिनो धान फल्छ । गाउँ भरिको मुटु खेत हो हजूर, बाजेले किनेको ।”
“तिमीले बिहे गरेको कति वर्ष भो ?”
“दश वर्ष भो, ...”
“दशै वर्षमा एक सयको पाँच सय भो त ?”
“व्याज कति लिन्छ नि जान्नु भो ? सैकडा पच्चीस अनि व्याजको स्याज, स्याजको स्याज गर्दा पाँच सय पुग्न कति बेर लाग्छ र (मैनाली, २०६२ ः ६३) ।”
यस संवादले वीरबहादुरलाई ऋण लागेको र परदेसिनुपरेको कारण प्रस्ट्याउनका साथै नेपाली समाजका सर्वसाधारण कर्मठ मानिसहरूलाई दिनप्रतिदिन विपन्नतातिर धकेलेर पलायनको बाटो लगाउने अनि आफ्नो जन्मभूमि वा पुर्खाको थलो, परिवारजन तथा इष्टमित्रबाट टड्याउने दुःखद पक्षलाई समेत उजागर गरेको छ । आर्थिक विपन्नता, सोझोपन तथा इमानदारिताको नाजायज फाइदा उठाउने स्वार्थी वर्ग एकातिर सव्रिmय छ भने अर्कातिर त्यस परिस्थितिबाट लखेटिन बाध्य बनाइएका जनता दिनदिनै गरिबीको खाडलमा परेर निराश र निरुपाय भई पलायन भइरहेका छन् । जनताको यस्तो दुःखद परिस्थिति बुझेर उनीहरूको जीवनस्तर उकास्न सहुलियत ब्याजमा सुलभ ढङ्गले ऋण उपलब्ध गराई उद्यम वा व्यवसायतर्पm लगाउने जिम्मेवार सरकार हाम्रो देशमा पहिलादेखि नै नभएको कुरा यहाँ देखाइएको छ भने त्यस्तो परिस्थिति आजसम्म त छँदै छ, पछिसम्म पनि रहिरहने लक्षण देखिएको छ । त्यस्तै देशको कर्मठ जनशक्तिको उपयोग गरी त्यसलाई देशको आर्थिक उत्पादन तथा निर्माणमा अभिप्रेरित गरेर उनीहरूमा देशप्रति भरोसा जगाउनको सट्टा उनीहरूलाई पीडामा निराश भएर बाँच्न बाध्य बनाउने परिस्थितिको सिर्जनाले सामान्य जनजीवनप्रति करुणा उत्पन्न गराएको छ ।
यसरी यस कथामा प्रस्तुत प्रङ्गबाट करुण अवस्था आरम्भ भएर अघि बढेको छ । जम्मा छ खण्डमा लेखिएको प्रस्तुत कथाका उक्त प्रसङ्गहरू पहिलो खण्ड अन्तर्गत रहेका छन् ।
“थाहा पाउनुभो बाबु ! आज चोरले मेरो ट्रङ्क फोरेर सबै रुपियाँ चोरेछ ! थानामा रपट लेखाएर आउँदै छु ।”
मैले विस्मयका साथ सोधें— “के सबै लगेछ ?”
“एक पैसा बाँकी छैन, कपडा–लत्ता पनि लगेछ । (मैनाली, २०६२ ः ६३) ।”
वीरबहादुरका कुरा सुनेर मलाई अपार दुःख भो । मनमनले भनें— “साहुका पीरले स्वास्नी छोरा–छोरी छोडेर विदेशिएको यस गरीबले पसीना बगाएर कमाएको धन कुन पापीले छिनायो होला ?”
...वीरबहादुरले भन्यो—...
“त्यही धने सालेको काम हो लौ जे किरिया हाल् भने पनि सक्छु । सालेले म गरीबको सालभरको पसीना खायो । त्यसलाई परमेश्वरले हातहातै फल दिएनन् भने मलाई भन्नुहोला । (मैनाली, २०६२ ः ६४) ।”
कथामा करुणा सृजना गर्ने यो घटना दोस्रो सङ्कटावस्थाका रूपमा आएको छ । परदेशमा कष्टले केही पैसा जम्मा पारी बिछोडिएका आफ्ना लाबालासँगै बाँच्ने र खाइजीविकाको आधार खेत उकास्ने सपनाका साथ आशावादी भएको वीरबहादुरको पैसा चोरिएर अर्को दुःखको परिस्थिति सृजना भएको छ । यथार्थमा पनि कतिपय मान्छेका जीवनमा दुःख एकपछि अर्को गर्दै आउने गर्छन् भने आशा र उत्साहमा तुषारापात भइरहेको देखिन्छ । यहाँ वीरबहादुरको जीवन भोगाइमा त्यस्तै भएर कथामा करुणा सृजना भएको छ । वित्तनाश आदिबाट पनि करुण रस आविर्भूत हुन सक्छ (सिंह, सन् १९९७ ः २५४) । त्यस कारण यहाँ वीरबहादुरको चोरी भएको धन आलम्बन विभाव हो भने चोरी हुनु उद्दीपन विभाव हो । थानामा रपट लेखाउनु आदि अनुभाव हो भने विस्मय, शङ्का आदि व्यभिचारी भाव हुन् । यहाँ बल्लबल्ल कमाएको धन चोरिँदा उत्पन्न शोक स्थायी भाव हो । यसरी यहाँ करुण रस अभिव्यक्त भएको छ ।
“... तीन–तीन जना बेरामीलाई ख्वाउनु छ । बिचराहरू भोकले छट्पटाइरहेका होलान् ......”
“बिरामीलाई ख्वाउनु छ ? को बिरामी छ ?”
“को–को भनूँ बाबु, मलाई रोजै दुई–चार जना बेरामीको स्याहार–सुसार गर्ने काम परिआउँछ । आज नम्बर सातमा दुई जना छन्, नम्बर पाँचमा एक जना । परदेशको ठाउँ बिचराहरू बेरामी हुनासाथ बोलाउँछन्, आफ्नू मुलृुकका मानिस हुन् बाबु ! हामीले नहेरे कसले हेर्छ ?”
...मेरा मनमा कुरा खेल्न थाल्यो— “यो कस्तो विचित्रको मानिस हो, सालभरको कमाइ चोरियो भन्छ तर फिव्रmी छैन । झन् बिरामीहरूलाई ख्वाउने–प्याउने दायित्व बोकेर हिँड्छ । यसलाई नेपालीहरू आफ्ना मानिस भन्ने पूरा ख्याल छ ।” दायित्व लिएर मात्र दायित्व परिआउने हो कि नलिए पनि पर्ने हो मैले केही निर्णय गर्न सकिनँ (मैनाली, २०६२ ः ६५) ।
... ... ... ... ... ... ... ... ... ... ...
“... हिन्दू–मुसलमानको दङ्गामा त्यसलाई मैले बचाएको हुँ बाबु ! एउटा मुसलमानले छुरा हानेर त्यसको भुँडी खसाइसकेको थियो, चट्ट म अगाडि गएर छेकें र बाँच्यो । त्यसलाई लाग्ने छुरा मेरो पाखुरामा लाग्यो र पन्ध्र दिन अस्पतालमा सुतें । अहिलेसम्म खत छँदै छ । नपत्याए यी हेर्नुहोस् ।” वीरबहादुरले कमीजको बाहुला सारेर खत देखायो ... (मैनाली, २०६२ ः ६६) ।”
यस प्रसङ्गले वीरबहादुर आफ्नो भन्दा अरुको पीरमा बढी दुःखी हुन्छ र सहयोगलाई कर्तव्य ठान्छ भन्ने देखाउँछ । जो अरुप्रति दयालु छ, त्यसप्रति अरुको सहानुभूति रहन्छ । यहाँ यस्तो दयालु वीरबहादुरमाथि सङ्कट आइपर्दा करुणा अझ तीव्र भएको छ । मान्छेमा कति सह्दयता र करुणा छ भन्ने कुरा पनि यस्तै घटना र त्यसमा उसको भूमिकाले निर्धारण गर्छ ।
“...पाँच नम्बर कोठामा बस्ने बेरामी सिकिस्त छ । शायद बाँच्तैन क्यार । म¥यो भने फेरि घाटमा पु¥याउनुपर्छ ।”
“त्यो बिरामी कहाँको मानिस हो वीरबहादुर ?”
“रामेछापको गुरुङ हो । त्यहाँ परको बङ्गालीकहाँ भाँडा माझ्थ्यो ।”
“के मरेका जति सबैलाई घाटमा पु¥याउँछन् ?”
“बेवारिसे मुर्दालाई कसले पु¥याउँथ्यो बाबु ! डूम–मेहतरले कुकुर–बिरालो फाले झैं घिच्याएर फालिदिन्छन् । मैले भेटेका जतिलाई घाटमा पु¥याएर जलाइदिने गरेको छु । तर के गर्नु बाबु, बोक्ने मानिस र दाउराले बडो मुश्किल पर्छ । नेपालीहरूलाई भन्न गयो भने यो जात र ऊ जात भन्न थाल्छन् । कफन, दाउरामा गरेर मेरो हरसाल सौ–सवासौ रुपियाँ खर्च हुन्छ । अब के गर्ने त, आफ्ना देशका मानिस हुन् अर्थोक नभए पनि धर्म त होला !” (मैनाली, २०६२ ः ६६) ।”
यस प्रसङ्गले एकातिर कथाको प्रमुख पात्रको मनोदशा र आदर्श चरित्रलाई प्रकट गरेको छ भने अर्कातर्पm परदेशमा नेपालीहरूको दयनीय अवस्थालाई देखाएको छ । आर्थिक÷सामाजिक कारणले विदेशमा नेपालीहरू तल्लो स्तरको जीवन गुजार्न बाध्य छन् भन्ने कुराको उदाहणस्वरूप यस प्रसङ्गले करुणालाई अझ तीव्र बनाएको छ । यहाँ बिरामी र मृत नेपालीहरू आलम्बन हुन् भने त्यस्तो हुने परिस्थिति उद्दीपन विभाव हो । शोक स्थायीभाव त छँदै छ । चिन्ता, कुकुर बिरालाभैmँ फ्याल्नु, यो जात ऊ जात भन्नु, दाउरा र कफनको पैसाले मुस्किल पर्नु आदि अनुभाव हो । उनीहरूप्रतिका सहयोगको भावना, धार्मिक उत्साह आदि व्यभिचारी भाव हो । यसरी यहाँ करुण रसको अभिव्यक्ति भएकोछ छ ।
डेड–दुई महीना पछिको कुरा हो, एकदिन बिहान वीरबहादुर फेरि मेरो कोठामा दाखिल भयो । उसका दुबै आँखामा आँसु छचल्किरहेका थिए । मलाई देख्ने बित्तिकै छातीमा भक्कानु पारेर रुन लाग्यो ।
मैले मनमनमा भनें— “यस दुःखलाई हाँसोमा उडाइदिने निःशोक प्राणीको ह्दय आज कुन महान् आघातले विचलित गरायो होला ? यो चोट अवश्य सामान्य छ्रैन होला ?” अनि प्रकटमा भनें— “किन यस्तो विवश भैरहेका छौ वीरबहादुर ? तिमीलाई के भो ?”
“के भन्नु बाबु † मेरो राम खसेछ । मेरो राजालाई दैवले चुँडेर लग्यो !” वीरबहादुर झन घोप्टो परेर डाँको छोडेर रुन लाग्यो । मैले पनि मन थाम्न सकिन, गहभरि आँसु भो । एकै छिनपछि वीरबहादुरले आँसु पुछ्दै भन्यो— “मेरो राम राजा रहीशको छोरोजस्तो राम्रो थियो । गोरो, कलकलाउँदो, यति अग्लो निधार भएको, बाँचिरहेको भए ठूलो मानिस हुने थियो (मैनाली, २०६२ ः ६७) ।”
अनि उसले अलि धैर्य गरेर भन्यो—“यो साल मेरो ठूलो दशा रहेछ बाबु ! भएभरको कमाइ चोरले लग्यो आज छोरो मरेको चिट्ठी आयो । उता डल्ली रोएर मर्न लागेकी होली । भर्सेला परोस् साहू–साहू ! म भोलि घर जान्छु हजुर !”
भोलिपल्ट वीरबहादुरलाई पु¥याउन म पनि स्टेशनसम्म गएँ । धनसम्पत्तिको नाउँमा ऊसँग एउटा कब्जा फुक्लेको थोत्रो ट्रङ्क र एउटा पुरानो कम्बलको सानू गुण्टा सिवाय केही थिएन । इञ्जनले सिटी दिएपछि उसले गहभरि आँसु पारेर सलाम ग¥यो । मेरो आँखाबाट पनि अचानक दुईथोपा आँसु खसे । रेल हिंडेपछि पनि मैले धेरैबेरसम्म वीरबहादुरको झ्यालतिर हेरिरहें ।
मलाई आज आफ्नै परिवारको कुनै आत्मीय व्यक्ति बिछोड भएजस्तो दुःख भैरहेको थियो (मैनाली, २०६२ ः ६८) ।
यस कथाको चौथो खण्डको यो सबभन्दा बढी मर्म छुनेमध्येको एउटा प्रसङ्ग हो । यहाँ पुत्रवियोगबाट उत्पन्न अत्यन्त करुण अवस्थाको अभिव्यक्ति छ । प्रिय आत्मजको नाशबाट करुण रसको आविर्भाव भएको छ । वीरबहादुरको प्रिय पुत्र रामको आत्यन्तिक वियोगबाट उत्पन्न शोक यहाँको स्थायीभाव हो । दिवङ्गत पुत्र राम विषयालम्बन विभाव हो भने वीरबहादुर आश्रयालम्बन विभाव हो । आपूm परदेशमा भएको बेला घरमा पुत्रको देहान्त भएको खबर सुन्नु, छोराको शारीरिक अवस्था, उसको देहावसानको झझल्को आदि उद्दीपन विभाव हुन् । वीरबहादुर घोप्टो परेर डाँको छोडेर रुनु, ‘दैवले चुँडेर लग्यो’ भन्नु, छोराको वर्णन गर्नु, वक्ता पात्रको आँसु खस्नु आदि अनुभाव हुन् । छोरा रामको बारम्बार स्मरण, चिन्ता आदि व्यभिचारीभाव हुन् भने यस अभिव्यक्तिबाट यहाँ वक्ता पात्र तथा श्रोता÷पाठकका ह्दयलाई द्रवित गराई करुणा उत्पन्न गराउने प्रस्तुतिले करुण रस अभिव्यक्त छ ।
उसले आँसु झार्दै भन्यो— “तपाईंसँग बिदा भएर पर्सिपल्ट बिहान गोरखपुर पुगें । प्लेटफारममा अचानक देवता बाबुसँग भेट भो र उहाँले आश्चर्य मानेर सोध्नुभयो —‘वीरबहादुर ! तिमी यस्तो छाँटसँग कहाँ जान लागेको ?’ मैले रोएर आफ्नू हाल सबै भनिदिएँ । अनि उहाँले गहभरि आँसु पारेर भन्नुभो— ‘हरे राम खसेछ ? डल्लीलाई कस्तो छ नि ?’ मैले भनें— ‘ऊ पनि रोएर मर्न लागेकी होली’ ।
अनि, उहाँले भन्नुभो— ‘...तिमी घर जान पाउँदैनौ । सेनामा भर्ती हुनुपर्छ ।’ मैले हात जोडेर भनें— ‘बाबु, एकपटक डल्लीको मुख मात्रै हेरेर आउन दिनुहोस्, अनि जे भन्नुहुन्छ मान्नेछु’ (मैनाली, २०६२ ः ६९) ।
यस प्रसङ्गमा दिवङ्गत राम विषयालम्बन र वीरहादुर तथा डल्ली आश्रयालम्बन हुन् । डल्ली रोएर मर्न लाग्नु, मृत्युको खबरले भएको दुःखमय वातावरण, छोराको मृत्युमा पनि वीरबहादुर र डल्ली (पतिपत्नी) को भेट हुन नसक्नु आदि उद्दीपन विभाव हुन् । वीरबहादुर रुनु, दुःखको हाल बताउनु, डल्ली रुनु, देवताबाबुले गहभरि आँसु पारेर भन्नु आदि अनुभाव हुन् । आश्चय, विस्मय, स्मरण आदि व्यभिचारीभाव हुन् । यसरी यहाँ शोक स्थायीभाव भएको करुण रस अभिव्यक्त छ ।
“...उहाँले भन्नुभो— ‘...तिमीलाई यो कुरा सुनेर दुःख लाग्ला । मेरो पनि भदौमा जहान परलोक भैछन् । काखको छोरालाई दिदीले लगेर पाल्नुभएको छ अरे । उता सरकारले घर–खेत जफत गरिराखेको छ । आपूm चन्दा मागेर खान्छु” (मैनाली, २०६२ ः ६९) ।
यहाँ देवताबाबुकी दिवङ्गत जहान विषयगत आलम्बन र देवताबाबु आश्रयगत आलम्बन हुन् । जहानको मृत्युको दुःखद अवस्था, काखको छोरो मातृविहीन भएको अवस्था आदि उद्दीपन विभाव हुन् । पत्नी वियोगको दुःख प्रकट गर्नु, स्मरण गर्नु आदि अनुभाव हुन् । स्मृति, चिन्ता आदि व्यभिचारीभाव हुन् भने शोक यहाँ स्थायीभाव छ । त्यसैले यो करुण रसाभिव्यक्ति भएको प्रस्तुत कथाको अर्को प्रसङ्ग हो ।
“...हामी देवता बाबुको आज्ञा काट्न सक्तैनौं । उहाँले मलाई पनि प्लाटुन कमाण्डरमा भर्ती गरेर विराटनगर पठाइदिनुभो (मैनाली, २०६२ ः ६९) । ...दुश्मनले हानेको एक गोली मेरो छातीमा लाग्यो र म बेहोश भएर गिरें । होश फिरेपछि मैले आपूmलाई यही बेडमा सुतिरहेको पाएँ ।”
एकछिनपछि फेरि उसले आँसु झार्दै भन्यो— “बाबु ! लडाइँमा मैले धेरै पटक मृत्युसँग खेलवाड गरिसकेको छु । त्यसो हुनाले मर्नमा त मलाई अलिकता पनि फिव्रmी छैन । तर एकपटक डल्लीको मुख हेर्न पाइनँ । ठूलो अपशोच यही कुराको छ (मैनाली, २०६२ ः ७०) ।”
लडाइँमा गोली लागी शारीरिक पीडाले र पत्नीवियोगले छटपटाइरहेको वीरबहादुर यहाँ आलम्बन विभाव हो । दुस्मनको गोलीले वीरबहादुर घाइते भएको, मृत्युको अवस्था सृजना भएको र डल्लीसँग भेट हुन नसकेको दुःखद वातावरण उद्दीपन विभाव हुन् । दुस्मनको गोली वीरबहादुरको छातीमा लाग्नु, बेहोस भएर गिर्नु, डल्लीको मुख हेर्न नपाएर अपशोच हुनु अनुभाव हुन् । चिन्ता, ग्लानि, अपशोच, मर्नमा फिव्रmी नहुनु आदि व्यभिचारीभाव हुन् । शोक स्थायीभाव भएको प्रस्तुत कथाको यस प्रसङ्गमा करुण रसाभिक्ति भएको छ ।
“...तिम्रा देवता बाबु पनि अस्तिको लडाइँमा शहीद हुनुभो !”
“अहो ! देवता बाबु बित्नुभो ? उहाँ महान् पुरुष हुनुहुन्थ्यो.......।”
वीरबहादुर आँखा चिम्लेर दुवै हात जोरी एक छिन मौन रह्यो... (मैनाली, २०६२ ः ७०) ।
यहाँ दिवङ्गत देवताबाबु विषयालम्बन हो भने वीरबहादुर आश्रयालम्बन हो । लडाइँमा देवताबाबु सहिद भएको खबर, देवताबाबुको महानताको स्मरण उद्दीपन विभाव हो । देवताबाबु सहिद हुनु, देवताबाबुको मृत्युको खबर पाएर वीरबहादुरले दुःख प्रकट गर्नु र आँखा चिम्लेर हात जोरी मौन धारण गर्नु अनुभाव हो । विस्मय, आश्चर्य, चिन्ता, स्मृति आदि व्यभिचारी भाव हुन् । यसरी शोक स्थायीभाव उद्बुद्ध भएको हुँदा यो यस कथाको अर्को करुण रसावस्थाको प्रसङ्ग हो ।
...अनि फेरि मतिर हेरेर उसले भन्यो— “बाबु ! मेरा शरीरका पुर्जाहरू चुँडिन लागेका छन् । घाउ सारै दुखिरहेछ । यसपटक म अवश्य बाँच्दिन । मेरी डल्लीलाई एउटा चिट्ठी पठाइदिनुहोला ।”
मेरा गहभरि आँसु भो, मैले भनें— “तिमी विश्वास राख वीरबहादुर, म डल्लीलाई चिट्ठी अवश्य पठाइदिनेछु ।” (मैनाली, २०६२ ः ७०)
मेरा मनमा विचारको ज्वारभाटा चल्न लाग्यो । ओहो ! मृत्युको रूप पनि कति प्रकारको हुन्छ ! ऊ देशको निमित्त वीरगतिले मर्न लाग्यो, अरु हजारौं नेपालीहरू ठाउँ–ठाउँमा कुकुर–बिराला मरेजस्तो परिरहेका छन् । अब डल्लीलाई चिट्ठी पो के भनेर लेखिदिऊँ ? छोरो मरेको वर्ष दिन भएको छैन, लोग्ने परदेशमा यसरी मर्न लागिरहेको छ । जग्गा–जमीन साहूले अँठ्याइराखेको छ । चिट्ठी पाउँदा ती दीन–हीन विधवाको ह्दय कस्तो होला ! लोग्नेको व्रिmयाकाष्टा गर्ने पैसा पनि पो छ कि छैन ? अब शायद उनीसँग बन्धक राख्ने गहना पनि केही होवैन ! मेरो मन एकतमासको भो ।
... ... ... ... ... ... ... ... ... ... ...
... पर क्षितिजमा ठूलो कोलाहल गर्दै मानिसहरू आउन लागेका देखें । अघि–अघि मुक्तिसेनाका हतियारबन्द सिपाहीहरू थिए, त्यसपछि एक हातमा आरती र एक हातमा माला लिएका महिला स्वयंसेविकाहरूको दल थियो, त्यसपछि आठजना स्वयंसेवकहरूले एउटा लाश बोकेका थिए । लाश ठूलो राष्ट्रिय झण्डाले ढाकेर पूmलमाला, अबीर, लावाले सिंगारी राखेको थियो । त्यसपछि राष्ट्रिय झण्डा लिएका पुरुष स्वयंसेवक र नागरिकहरूको दल थियो ।
बुझ्दा अर्थी मेरै चिरपरिचित वीरबहादुरको रहेछ । मेरा आँखाबाट आँसुका धारा बग्न लागे (मैनाली, २०६२ ः ७१) ।
यो यस कथाको अत्यन्त कारुणिक अवस्थामध्येको एउटा मार्मिक प्रसङ्ग हो । यहाँ दिवङ्गत वीरबहादुर विषयालम्बन विभाव हो भने मपात्र (विद्यार्थी डाक्टर) आश्रयालम्बन विभाव हो । वीरबहादुरले मर्ने बेलामा डल्लीलाई चिठी लेखिदिन गरेको अनुरोध, वीरबहादुरको मृत्युको दुःखद वातावरण, डल्ली र वीरबहादुरको कहिल्यै भेट नहुने बिछोड, एक्लो अवस्थामा रहेकी विरहिणी पत्नीको सम्झना गर्दै वीरबहादुरले मृत्यु वरण गर्नु आदि उद्दीपन विभाव हुन् । परदेशमा मृत्यु हुन लाग्दा घरमा भएकी एक्ली पत्नीलाई आफ्नो मृत्युपछि चिठी लेखिदिन अनुरोध गर्नु, म पात्र दुःखी हुनु र उसको मन एकतमासको हुनु, वीरबहादुरको शवयात्रा, म पात्रका आँखाबाट आँसुका धारा बग्नु आदि अनुभाव हुन् । खिन्नता, आश्चर्य, चिन्ता, स्मरण, मलामीको मृतकप्रतिको आदर सम्मान निर्वेद आदि व्यभिचारीभाव हुन् । शोक स्थायीभाव भएको यो यस कथाको करुण रस अभिव्यक्त भएको अन्तिम प्रसङ्ग हो ।
५. निष्कर्ष
रससिद्धान्तका आधारमा गुरुप्रसाद मैनालीको सहिद कथामा वीरबहादुर, उसकी पत्नी डल्ली र उसको छोरा रामु आलम्बन विभाव हुन् । उनीहरूका जीवनमा आइपरेका दुःखकष्टहरू र तिनका कारण उद्दीपन विभाव हुन् । खास गरी वीरबहादुरबाट प्रकट गरिएका आफ्नो जीवन र परिवारमा आइपरेका दुःखकष्टको प्रतिव्रिmया अनुभाव हुन् । यस दुःखद अवस्थाको स्मृति, त्यस अवस्थाबाट उत्पन्न आश्चर्य, ग्लानि, व्रmोध, मोह, भय, शङ्का आदि सञ्चारी भाव हुन् भने शोक यसको स्थायी भाव हो । यिनै कुराको संयुक्त अभिव्यक्तिले कुरुणावस्था प्रकट भएको हुँदा यस कथामा करुण रसको सशक्त प्रस्तुति छ ।

रससिद्धान्तको मान्यता अनुसार साहित्यको रस काव्यानन्द हो । काव्य–साहित्यमा वर्णित पात्र र तिनका चरित्र, स्वभाव, परिवेश, विषय आदिको प्रस्तुतिमा भावक वा पाठक, श्रोता र दर्शकको भाव एकाकार भएर सम्बन्धित साहित्यमा भावक डुब्नु वा हराउनु अथवा काव्यसहित्यमा वर्णित भावलाई भावकले ह्दयतः अनुभव गर्नु नै रसावस्था हो । यसलाई अर्को ढङ्गले भन्नुपर्दा काव्यमा वर्णित विभावादिका संयोगबाट मानवह्दयस्थित रति आदि स्थायी भाव वा संवेगहरू जागृत भएर भावक काव्य–साहित्यको भावनामा एकाकार हुने प्रस्तुतिमा रसको अभिव्यक्ति हुन्छ । संस्कृत साहित्यशास्त्र परम्परामा ई.पू. प्रथम÷द्वितीय शताब्दीतिरका आचार्य भरतमुनिले प्रतिपादन गरेको र उत्तरवर्ती आचार्यहरूले व्याख्या गरी व्यापकता दिएको यो रसवाद पूर्वीय साहित्य जगत्को जेठो र महŒवपूर्ण शास्त्रीय समालोचना सिद्धान्त हो ।
नेपाली साहित्यका प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनाली (१९५७—२०२८) द्वारा लिखित तथा उनको एघार कथाहरूको सङ्ग्रह ‘नासो’ (२०२६) पुस्तकमा सङ्कलित ‘सहिद’ पारिवारिक, सामाजिक, राष्ट्रिय एवम् मानवीय जिम्मेवारी पालना गर्दै बाँच्ने व्रmममा मान्छलाई विभिन्न प्रतिकूल परिस्थिति र मान्छेले नै समस्या उत्पन्न गराएर अत्यन्त दुःखी अवस्थामा पु¥याउँछ भन्ने कुरा बोध गराइएको सामाजिक कथा हो । यस कथामा विवेकशील र इमानदार मान्छेलाई विवेकहीन र नीच नियत भएका मान्छेले दुःख दिने गरेकाले कतिपयको जीवन अत्यन्त कारुणिक हुने गरेको कुरा देखाइएको छ । जसले जीवनमा नितान्त व्यक्तिगत स्वार्थ र व्रmूरताबश अर्कालाई दुःख दिएर विजय हासिल गरेको महसुस गर्छ तर वास्तवमा त्यो अत्यन्त मुर्ख हो र त्यसो गर्नु महामुर्खता हो । किन भने जसले जीवनमा त्यस्तो दुःख झेल्नुपर्छ त्यसको र जसले अर्कालाई दुःख दिन्छ उसको पनि अवश्य अन्त्य हुन्छ । सबै मान्छेमा विवेक र मानवीय कर्तव्य बोध हुने भए सायद मानव समाज शान्त र समृद्ध हुने थियो होला तर त्यस्तो कुरा त खालि आदर्श कल्पनामात्र हुने गरेको छ । यस कथामा मान्छेले मानवेतर पीडक परिस्थितिबाट मात्र होइन मान्छेबाटै पीडित हुनुपरेको सामाजिक यथार्थ दुरवस्थालाई प्रस्तुत गरिएको छ ।
मान्छेका जीवनमा सुख र दुःख दुवै आउँछन् तर कसैको जीवनमा दुःख थोरै र सुख धेरै अनि कसैको जीवनमा सुख थोरै र दुःख धेरै आएको देखिन्छ । त्यस्तै कुनको पालो कहिले आउँदै छ त्यो पनि उसलाई थाहा हुँदैन । सुख आउँदा आनन्दित हुनु र दुःख आउँदा खिन्न हुनु पनि मानव स्वभावै हो । कथामा वीरबहादुरको जीवनमा सुखले थोरै मात्र चियाएको छ । पति, पत्नी र प्रिय पुत्रको सानो परिवार, जीविकाको सानो आधार घरखेत वीरबहादुरको जीवनका सुखद पक्ष हुन् तर त्यसको सन्निधिमा रहेर अनुभव गर्न वीरबहादुरले पाएन खालि त्यस सुखको तृष्णा र कल्पनाको मात्र अनुभवमा उसले सीमित हुनुप¥यो । ऋण लाग्नु, साहु लाग्नु, परदेसिनुपर्ने बाध्यता, शत्रु लाग्नु वा चोरी हुनु र लाडाइँमा गोली लाग्नु, दिन लाग्नु वा पुत्रवियोग हुनु, आपैmँ घाइते भई मृत्युका मुखमा पुग्नु र पत्नीवियोग हुनु जस्ता दुःखकष्टले कहिले एकपछि अर्को गर्दै र कहिले एकैसाथ जस्तो गरी वीरबहादुर र उसको परिवारमा आव्रmमण गरेको छ । यस्तो अत्यन्त मार्मिक तथा कारुणिक अवस्थाको चित्रण भएको हुँदा यस कथामा करुण रसको सशक्त अभिव्यक्ति छ । यसरी सहिद कथामा करुण रसको प्रभावकारी प्रयोग गरी मैनालीले नेपाली साहित्यमा करुण रसको अभिव्यक्तिलाई निरन्तरता दिएका छन् ।
सन्दर्भ सामग्री
अवस्थी, बच्चूलाल. (१९७२). ध्वनि–सिद्धान्त तथा तुलनीय साहित्य–चिन्तन. भोपाल ः मध्यप्रदेश हिन्दी ग्रन्थ अकादमी ।
उपाध्याय, केशवप्रसाद (२०५५). पूर्वीय साहित्य सिद्धान्त. काठमाडौं ः साझाप्रकाशन ।
गौतम, देवीप्रसाद. (२०५५). ‘रस’ नेपाली साहित्यकोश. (सम्पा. ईश्वर बराल र अन्य) काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
भट्टराई, गोविन्दप्रसाद (२०३१). पूर्वीय काव्यसिद्धान्त. काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
मम्मट. (२००७). काव्यप्रकाश. (व्याख्या सत्यव्रत सिंह) वाराणसी ः चौखम्बा विद्याभवन ।
मैनाली, गुरुप्रसाद (२०६२). नासो (सम्पा. तानासर्मा) काठमाडौं ः माधवप्रसाद मैनाली ।
विश्वनाथ (१९९७). साहित्यदर्पण. (व्याख्या डा.सत्यव्रत सिंह) वाराणसी ः चौखम्बा विद्याभवन ।
सिग्देल, सोमनाथ शम्र्मा (२०५८). साहित्य प्रदीप. काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।


कनकाई बहुमुखी क्याम्पस, कनकाई नगरपालिका, सुरुङ्गा (झापा)

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु