भोकको संगीत

- ओमप्रसाद घायल

कुनैदिन फुर्सदमा
जव तिमीले पढ्नेछौ
मेरो कविताका हरेक अनुच्छेदहरु
त्यतिखेर तिमीले आफै सम्झिने छौं
मेरोे गुज्रिएको वास्तविक जीवनकथा ।
रगतको आ“सुझरीमा
निथ्रुक्क भिजेर लेखिएका
जिन्दगीका तिनै आल्हादित पङ्तीहरुमा
म बौलाएको हुनेछु धेरैपटक
र हरेकक्षण गरिरहेको हुनेछु –‘अस्वभाविक आत्महत्या ।’

तिमीले देख्दा मलाई कसरी देख्यौ थाह छैन
तिमीले बुझ्दा मलाई कसरी बुुझ्यौ त्यो पनि थाह छैन
तर परिचितहरुको अपरिचित सम्बन्धअनुभूतिमा
मैले धेरैपटक सामना गरेको छु
आफ्नैहरुस“गको घातक युद्ध
र वेहोरेको छु कयौंपटक अप्राकृतिक पराजय ।

प्रिय मित्र
सपनाहरुको रङ्गशालामा
देख्न त मैलेपनि देखेको थिए“ धेरैथरी सपनाहरु
र तिनै नक्कली सपनाको हवाईजहाज चढेर
उडिरहेको थिए“ दिनप्रतिदिन
जीवनको उही नाटकीय आकाशमा ....।
तर देखेर पनि कुनै सपनाहरु
रुपान्तरण गर्न सकि“दोरहेनछ विपनामा
र उडेर कल्पनाको हवाईजहाज
छिचोल्न सकि“दोरहेनछ जीवनको एककोष यात्रा ।

खुसीको बर्खिलापमा जिन्दगीको हरेकपल
यसरीनै हस्ताक्षर गरेकोछु मैले
र आत्मसमर्पण गरेको छु भोकस“ग ।
सायद यही भोकको भूमरीमा
धेरैपटक गरेको छु आफ्नै जिन्दगीको शिकार ।
र विवशत् खाएको छु आफ्नै मासुलाई कचकची ....।
कुनै वियोगान्त नाटकको कथाजस्तो
मेरा जिन्दगीका हरेक अध्यायहरु
यसरीनै समाप्त भएका छन् ।
फेरिपनि वेकार जिन्दगीको उपसंहारमा
मैले लेखिरहेको छु यतिखेर
सायद एउटा शोककाव्य ।
पढेर पनि आफैलाई पढ्न छुटाएजस्तो
लेखेर पनि आफैलाई लेख्न छुटाएजस्तो
धेरै अपुरो÷धेरै अधुरो
दर्दनाक अक्षरहरुको वर्णमाला
तिमीलाई छोडेर आएको छु
कुनैदिन फुर्सदमा
जव तिमीले पढ्नेछौ
मेरो कविताका हरेकअनुच्छेदहरु
त्यतिखेर तिमीले आफै सम्झिने छौं
मेरोे गुज्रिएको वास्तविक जीवनकथा ।

बलेवा, बागलुङ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु