जाग

- वि.के यात्री

दमन र शोषणको मुहान सुकाउनुपर्छ।
सबै मिली अत्याचारलाई पाखा लाउनुपर्छ।।
 
बलियाहरुले निर्धाहरुलाई हडप्न खोजे।
अन्यायको साँध मिचेर अघि बढ्न खोजे।।
जुट्नुपर्छ उठ्नुपर्छ, चर्काे आवाज उठाई।
छेक्नुपर्छ रोक्नुपर्छ, अधिकारको नारा लगाई।।
 
भ्रष्टाचारको रुख नै काटेर लडाउनुपर्छ।
जालझेल छलकपटको हाँगा पन्छाउनुपर्छ।।
बुन्नेहरुले बुनिरहन्छन् जाल चुपचाप बसे।
कुटिरहन्छन् कुट्नेहरुले चुपचाप नै सहे।।
जाग्नुपर्छ लाग्नुपर्छ एकता शक्ति बनाई।
दिनुपर्छ जनताको रगत चुस्नेलाई भगाई।।
 
गाउँगाउँ वस्ती वस्ती चेतना जगाउनुपर्छ।
आफ्नो हकको पर्खाल मजबूत बनाउनुपर्छ।।
पनौती१२, खोपासी

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 जेठ, 2065

लेखकका अन्य रचनाहरु