उज्यालो खोज्ने मन

- इन्द्र्कुमार श्रेष्ठ सरित्

ताराहरुको टहटहले मलाई लोभ्याउ“छ
जूनको उज्यालोले मलाई शीतल दिन्छ
त्यसैले ताराको उज्यालोस“गस“गै म युगौंयुग हिंड्न सक्छु
जूनस“गको, तारास“गको अटुट नाता म मन पराउ“छु
जून र तारास“गको न्यानो सन्निधिलाई
म धेरै धरै आत्मीयतापूर्वक अ“गाल्छु

उज्यालो छेक्ने बादललाई म पटक्कै देखी सहन्न
अ“ध्यारोको साम्राज्य म स्वीकार्नै सक्तिन
असन्तुष्टि व्यक्त गर्छु
लाठो उज्याउ“छु
गर्छु म निरन्तर बिरोध
अनि अ“ध्यारोलाई भगाउ“न
आव्हान गर्छु म उज्यालोको ।

घामको उज्यालोलाई गरेर स्वागत
म पूmलको मुस्कान मुस्कुराउ“छु
नय“ा बिहानीको स्वागत गर्छु
हिंड्छु म नय“ा यात्रामा
त्यसैले त एउटा पूरै रात
म प्रतीक्षा गर्छु बिहान झुल्किने
उज्यालो अनि न्यानो घामको ।

च्यातिदिन मन लाग्छ
उज्यालो छेक्ने बादलरुपी पर्दा
सहमति कहिल्यै हुन्न मेरो
उज्यालोलाई के्रैदी बनाउने कुटिल चालप्रति
किनभने विहानीको उज्यालो
प्रत्येक घर घरमा पुग्न पाउ“नु पर्छ
जीवन र जगतको अ“ध्यारो हटाउ“न
उज्यालो नवीन चेतना र प्रगतिको संवाहक बनेर
प्रत्येक मनहरुमा पुग्न पाउ“नु पर्छ
प्रत्येक घरहरुमा पुग्न पाउ“नु पर्छ ।

तरहरा (सुन्सरी),
हालः मण्डिखाटार, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 24 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु