बालकृष्ण समका काव्यमा दार्शनिकता र कवितायात्राको चरणको संक्षिप्त अध्ययन

- नारायण बराल

१.विषयप्रवेश मानविय समाजको विकास भएपछि मान्छेको स्वभाविक जिज्ञासा र चेतनाबाट दर्शनको उत्पति भएको पाईन्छ । प्रकृति र समाजसँगको संघर्षका कारण उत्पन्न समस्याको समाधान खोज्ने क्रममा दर्शनको विकास भएको पाईन्छ । जब भौतिक र सामाजिक अनुभव बिच द्धन्द्ध हुन्छ तब मानवमा एक दृष्टिकोणहरु निर्माण हुन्छन् । प्रकृतिका डरलाग्दा समस्याहरुसँग जुध्नकै लागि मानिसले बौध्दिक विकासको फलका रुपमा दर्शनको विकास गरेको पाईन्छ ।
नेपाली वृहत् शब्दकोशमा दर्शन शब्दको अर्थ प्रकृति, ईश्वर, ज्ञान, निशान, वस्तु, जीवन र चेतनाबारेको विवेचना र विश्लेषण गरिने विधा भनिएको छ । यो शब्द संस्कृत व्याकरण अनुसार दृश् दशने धातुमा अन प्रत्यय लागेर दर्शन शब्दको निर्माण भएकोले देख्नु भन्नाले स्थूल (चर्म) चक्षुले बाहिरी संसारलाई र सूक्ष्म (ज्ञान÷प्रज्ञा) चक्षुले आन्तरिक संसारलाई देख्नु भन्ने अर्थ गर्न सकिन्छ । जसद्धारा देखिन्छ (दृश्यते अनेन इति दर्शनम्) र जसको तत्वबोध या साक्षत्कार हुन्छ (दृश्यते इति दर्शनम्) । यी दुई दर्शन शब्द विभिन्न अर्थ र तात्पर्यमा प्रयोग हुन्छ (चालिसे २०६९ः१) । दर्शन शब्दलाई अंग्रेजीमा ९एजष्यिक र कयउजष्ब० दुई शब्द मिलेर ९उजष्यिकयउजथ० लाई दर्शन भनिएको पाईन्छ । यसमा अघिल्लो शब्दले प्रेम र पछिल्लो शब्दले ज्ञान बुझाउँछ । समग्रमा ९उजष्यिकयउजथ० को अर्थ ज्ञानप्रतिको प्रेम हुन्छ । यसरी हेर्दा दर्शन ज्ञानप्रतिको प्रेम हो भन्न सकिन्छ ( सिन्हा १९८३ः२ ) । नेपाली संस्कृत र अंग्रजी भाषाका दर्शन शब्दका धारणाका आधारमा दर्शन मानवीय विश्व दृष्टिकोण हो भन्न सकिन्छ । दर्शनशास्त्रलाई अझै स्पष्ट पार्नका लागि उही विद्धानहरुका धारणा प्रस्तुत गर्न सकिन्छ ः
“दर्शन त्यस ज्ञानको नाम हो, जसकाट चछुष अर्थात् रुपमा प्रकट हुने र आँखाले विषयहरु, चाहे ती अति नै सूक्ष्म या अन्य कुनै वस्तुभित्र थाभिएर रहेका वा धेरै टाढा रहेका किन नहोउन, ती सबको ज्ञान हुन्छ” ।–प्रसिद्ध पूर्वीय चिन्तक माधवाचार्यले
“दर्शनशास्त्र जगतको विषयबोध गर्ने मानव प्रयास होे ” –प्रसिद्ध भारतीय दर्शनशास्त्री राधाकृष्णले
“दर्शनशास्त्र चिन्तन पद्धति मात्र नभएर जीवन पद्धति पनि हो ”। –पाश्चात्य विद्धान एम हिरियन्नाल
“प्रत्येक दर्शनले एक विश्व दृष्टिकोण अभिव्यक्त गर्दछ ”।–पाश्चात्य विद्धान मोसि कर्नफोर्थ
“हरेक सच्चा दर्शनशास्त्र आफ्नो युगको उच्चतम बौद्धिक सारतत्व हो ”।–कार्ल माक्र्स
यी माथिका भनाईहरुबाट के स्पष्ट हुन्छ भने दर्शनशास्त्र भन्नाले मानव चेतनाको एक उच्चतम रुप हो भन्ने स्पष्ट हुन्छ ।
पूर्वीय विद्धानहरुका मत अनुसार दर्शन भन्नाले आलोचनात्मक व्याख्याता, तार्किक पर्यवेक्षण, जस्तै न्याय, वैशेषिक, साङ्ख्य, वेदान्त, योग, मीमांसा आदिद्धारा जीवन र जगत्बारेको सम्यक् हेराइ गर्नु भन्ने अर्थ गरिएको छ ।
मानवप्रवृत्तिको चर्चा गदै हब्स भन्छन् मानवको छनौट दर्शन या आदर्शका बीच नभएर सधै राम्रो दर्शन र नराम्रो दर्शनबीच हुन्छ भन्ने भनाईबाट मानिस दार्शनिक प्राणी रहेको कुरा वुझन् सकिन्छ । चिन्तनका दृष्टकोणबाट मानवीय प्रवृत्तिमा समानता भएपनि पूर्वीय र पाश्चात्य दर्शनको प्रवृत्ति अलग अलग देख्न सकिन्छ । पाश्चात्य दर्शनले प्रायः बौद्धिक चिन्तनलाई प्राथमिकता दिएको पाईन्छ भने पूर्वीय दर्शनले बौद्धिक दर्शनलाई गौण रुपमा लिदै यस दर्शनले प्रायः अपरोक्षानुभूति या आत्म साक्षात्कारलाई प्राथमिकता दिएको पाईन्छ । परमतत्वको साक्षत्कार वा अपरोक्षनुभवलाई पूर्वीय दर्शनमा दर्शन भनिएको छ (दर्शनम् साक्षत्करणम्ः अपिच दृश्यते अनेन इति दर्शनम् ) यसको साथै पूर्वीय दर्शनमा दर्शनका साधन र श्रृति र तर्कलाई मानिएको छ साथै श्रृतिको अर्थ वेद हो भन्ने बुझिन्छ । पूर्वीय दर्शन आध्यात्मिक चिन्तनबाट बढी प्रभावित भएको देखिन आउँछ । पूर्वीय चिन्तनका सन्दर्भमा चर्चा गर्दा परलौकिक शक्तिमा विश्वास गर्ने ईश्वरवादी चिन्तन प्रबल रुपमा रहेका वेद, ब्राह्मण, आरण्यक, उपनिषद ब्रह्मसूत्र, भगवद्गीता र अन्य आस्तिक दर्शनका विचारहरु नै दर्शन सम्बन्धी धारणाहरु भएको पाईन्छ ।
पूर्वीय र पाश्चात्य दर्शनमध्ये पूर्वीय दर्शन परम्परामा आस्तिक र नास्तिक, वैदिक र अवैदिक, आत्मवादी र अनात्मवादी, ईश्वरवादी र अनिश्वरवादी भनेर दर्शनलाई विभाजन गरिएको छ । वेद, ईश्वर र आत्मालाई स्वीकार गर्ने दर्शनलाई आस्तिक, वैदिक, आत्मवादी वा ईश्वरवादी मानिएको छ भने वेद, ईश्वर, र आत्मालाई स्वीकार नगर्ने दर्शनलाई नास्तिक दर्शन भनिएको पाईन्छ । आस्तिक दर्शन अन्तर्गत न्याय, वैशेषिक, साङ्ख्य, योग, मीमांसा र वेदान्त दर्शन पर्दछन् भने नास्तिक दर्शन अन्र्तगत चार्वाक, जैन र बौद्ध दर्शन पर्दछन् ।
जीवन र जगतलाई हेर्ने, बुझने र व्याख्या गर्ने दृष्टिकोण नै दर्शनशात्र हो । मानिस जुन विश्व परिवेशमा बाँचेको हुन्छ, आफु बाँचेको परिवेशको बारेमा मानिस स्वयम्का चिन्तकहरुको प्रणाली नै दर्शन हो । अर्थात् दर्शन भनेको मानिसको विश्व दृष्टिकोण हो । संसार भनेको के हो ? यसको उत्पत्ति कसरी भयो ? र विकास कसरी हुन्छ ? भन्ने जस्ता सवालमा हरेक व्यक्तिको एउटा निश्चित दृष्टिकोण हुनु आवश्यक हुन्छ, त्यो नै उसको विश्व दृष्टिकोण हो र त्यही उसको दर्शन हो ।
१.१ काव्यमा दार्शनिकता
बालकृष्ण सम दार्शनिक कवि हुन् । सम कल्पना, भावना र हृदयस्पर्शीताका कवि नभई मूलतः दार्शनिक कवि हुन् । उनी नेपाली काव्यकारका पंङ्क्तिमा दार्शनिक कविको रुपमा सुपरिचित छन् साथै उनले कविता – नाटकमा समेत दर्शनलाई बोलाएका छन् । दर्शनद्धारा निर्देशित उनका कविता र काव्यभित्र सूक्ष्मता र कठिनताले प्रवेश गरे तापनि प्रबृद्ध पाठकका दृष्टिमा अप्रिय बन्न जाँदैनन् । ‘विचारको श्रृङ्गार नै कविता हो’ भन्ठान्ने समले दर्शनको स्वागत गरेका छँदैछन् । साँचो अर्थमा उनी नेपालका दार्शनिक कवि हुन् भन्ने कुरा उनका काव्यका व्यक्त विचारहरुले पुष्टि गर्दछ (रिसाल२०५८ः७३) । समका प्रशस्त काव्यहरु प्रकाशित भएको छ तापनि यहाँ केही काव्यहरुको मात्र चर्चा गरिन्छ ।
बालकृष्ण समको कविता यात्रा शुरु वि.सं १९६७ भएदेखि २००३ सम्मतक कवितामा छन्द प्रयोग र ईश्वरप्रतिको आस्था व्यक्त भएको पाइन्छ । उनको स्वागत कविता (१९९१ शारदा असार) मा जन्मनु र मर्नुको केही भेद छैन, ईश्वरद्धारा यो प्रपञ्च नियन्त्रित र निर्देशित छ भन्ने ईश्वरीय चिन्तन भेटिन्छ । १९९२ को शारदामा प्रकाशित फुटेको फूलदान कवितामा पनि टुटेफुटेको भए पनि शादुलबिक्रीडित छन्दको प्रयोग गरेर छन्दप्रतिको मोहलाई आत्मसात गरेका छन् । यस कविताको लगत्तै पछि (१९९२ शारदा) उनको कवि र कविता नामक कवितामा गुमानी पन्तको अनुकरण गरी दुई पंक्ति अनुष्टुप, भानुभक्तको अनुकरण गरी चार पंक्ति शादूलबिक्रीडित, नरबहादुर रानाद्धारा लिखित जंगबहादुरको सवाईको अनुकरण गरी तेस्रो श्लोकमा सवाई, चौथो श्लोकमा राजिवलोचनको अनुकरणमा शार्दूलबिक्रीडित । पाँचौ श्लोकमा मोतीराम भट्टको अनुकरणमा गजलको प्रयोग गर्दै दशौं श्लोकसम्म विभिन्न कविको झझल्को दिने गरी विभिन्न छन्दको प्रयोग गरेका छन् । बालकृष्ण समले बहुलाले (१९९३ शारदा) कविताका विभिन्न पाउमा संस्कृतका विभिन्न छन्दको प्रयोग गरेका र कतिपय आधा पाउमा समेत अर्कै छन्दको प्रयोग गरेबाट कवि छन्द मुक्त हुन खोजेको देखिन्छ ।
समको दार्शनिक विकासको अध्ययन हामी नेपाली साहित्यका पाठकहरुका लागि अत्यन्त आकर्षक विषय हो । प्रारम्भमा ईश्वरवादी भएका सम नेपालका प्रमुख देवता शिव हुन् र उनलाई स्मरण गराउने पशुपतिको मन्दिर काठमाडौंमा छ । देशभक्तिको भावनामा पनि औधी तिक्खर रुपमा प्रकट भएका समको इच्छा प्रारिम्भक कालको कवितामा उनले शिवभक्ति र नेपाल भक्तिको औधी आकर्षक पाराले प्रकट गरेका छन् । जसलाई यसप्रकारले उल्लेख गरिन्छ ।

इच्छा यो छ महेश, अन्तिम जसै त्यो मृत्युशथ्या जली
मेरो रक्त सुकाउला म मरुँला बेहोस भै छट्पटी
त्यो बेला मुखमा वुटीहरु परुन् नेपालकै केवल
जे मा हिमशैलको छ मधुरो मीठो चीसो चम्बन ! (समः२०३८ः४३)

कवि सम मरेपछि पनि नेपालीहरु बसेकै ठाउँमा पुग्न पाउँ भनी मसानपछिको आशा र साक्षी शिवलाई प्रार्थना गर्ने सम पछि गएर ब्रह्वादी भए । उनको देवता प्रतिको आस्था कहिल्यै स्थिर नभएतापनि प्रारभ्मिक अवस्थामा काव्यमा पंक्ति पक्तिमा ईश्वरवादी चिन्तन देखिएको छ । बालकृष्ण सम ईश्वर भक्ति थिए भन्ने कुरा उनको स्वागत भन्ने पद्य कवितामा प्रकट भएको ईश्वरप्रतिको धारणले पनि पृष्टि गर्दछ । वि.सं १९९१ सालमा छापिएको स्वागत भन्ने पद्य कवितामा परम्परागत ईश्वरीय मान्यताहरुलाई नै अँगालेको पाईन्छ । जन्मनु र मर्नुको भेदको कुनै अर्थ छैन र यसको केही महत्व नभएको र यी त ईश्वरद्धारा नियन्त्रित र निर्देशित चक्रचाल हुन् भन्दै यस्ता घटनाहरुमा शोक मनाउन आवश्यक छैन बरु त्यसको साटो ईश्वरको अस्तित्वलाई बुझनु आवश्यक छ र चित्त वुझाउन सक्नुपर्छ भन्ने भावना मुखरित भएको पाईन्छ । जसलाई तलका सिलोकहरुबाट यस भनाईको प्रमाणित हुन्छ ।
लाख शुन्य घनभित्र रहन्छन्
शुन्यभित्र परमेश्वर हुन्छन् ;
जीवनै जब जुराउँछ छाक
व्यर्थमा किन त हर्ष र शोक !

ले तसर्फ अब भेद बिदाई !
स्वागत प्रलयको दिनलाई–
‘मर्नु– लाइ अनि ‘जन्मनू’–लाई
एकलाई अथवा दुइलाई–
यस कालका कविताहरुमा समले परम्परागत ईश्वरीय मान्यताहरुलाई नै अँगालेका छन् । मानिसको जीवनमा आइपर्ने जस्तो सुकै कष्टहरु, बाधा, व्यवधानहरु असफलताहरुबाट छटपटिएको अबस्थामा सहानुभुतिका हात फैलाई सधै रक्षा प्रेरणादायी प्रेममूर्तिका रुपमा समले ईश्वरलाई नै देखाएका छन् । समको वि सं २००२ सालमा प्रकाशित हात शिर्षक काव्यमा यही धारणा पाइन्छ ।
बालकृष्ण समको दर्शन पनि मनोनीय छ । उनको दर्शन वैज्ञानिक भएर उसमा मनोवैज्ञानिकताको पुट पनि छ, उनको स्नेह कवितामा देखिएको केही दर्शनलाई यसरी प्रस्तुत गर्न सकिन्छ ।
एउटा विधवाले आफ्नो पुजा कोठामा अर्थात् अराध्यदेव सीतारामसित आफ्ना पतिदेवको विरहरमरणको करुण कथा सुनाएर व्यथित भइरहेकी थिइन, ती विधवालाई उनका अराध्यदेव राम सम्झाउँछन् ः


“पति मरे भनि रुन्छयौ विधवा, प्रेम बाँचुन्जेल मर्दछ को !
माया नै दम्पतिको नाम हो, फेरि माया मार्दछ को !
त्यो मरेको सत्य भए अनि कसरी तिम्रा आँखामा
नाच्न आउँथ्यो, कसरी बोल्थ्यो विर्सिनसक्नु भाषामा !
स्नेहको शैलीमा विधवाले सीतारामको मूर्ती प्रति भनेकी दुई व्यञ्जनात्मकता वा रुपकको गम्भीर झलक पनि देखिन्छ ।
“आफूहरु ता भाश्कर जस्तै मुस्कराइरहने दिनरात,
पृथ्वीमा घनघोर वर्षा या होस् कालो रातैरात
आँखा छोपी बादलको हातले वज्रध्वनिले थुन्दै कान
रहने कस्तो निष्ठुर,कत्रो मानवताका यो अपमान”
यसमा अन्यायी संरक्षक वा शासकवर्ग तथा निर्दयी धनिक र शक्तिशाली वर्ग उपर मधुर र गम्भीर व्यंङ्ग तथा सुन्दर अपील पनि छ । स्नेहकी विधवाको करुणा खुब आँसु चुहाएर चाँडै विदा हुने किसिमको होइन,उसको करुण मर्मस्थलतक पुगेर जनतालाई भित्रैभित्र चिरकाल रुवाउन सक्दछ । समको सफल गद्य कविताका रुपमा स्वर्ग र देवता (२००४) देखापर्छ । यस कविताबाट समको कविता लेखनले गद्यतर्फ मोड लिएको पाईन्छ । वि सं २००५ सालमा नियमित आकस्मिकता दार्शनिक ग्रन्थ प्रकाशित भएपछि उनमा विज्ञानको तीब्र प्रभाव पर्न गयो जसले गर्दा सम अनिश्वरवादीतिर ढल्केको पाईन्छ । आस्तिकताबाट नास्तिकतातर्पmको दार्शनिक विचार नै उनका कविताको विषयवस्तु हो तर सम नास्तिक नै होइनन् बरु उनको ईश्वर मानवतावादमा परिणत भएको हो अर्थात् र्र्मूिर्त पूजाबाट सम मानवता पूजातर्फ देखिएका हुन् । अझ उनको नौल्याई भनेको अध्यात्मवादलाई भौतिकवादमा मिसाएर धर्म अधर्मको बीच देखापर्नु हो । अध्यात्मवादलाई भौतिकवादमा मिसाएर वा घोलेर कवितात्मक अभिव्यक्ति दिने कविका रुपमा उनी प्रथम नै देखापर्दछन् ।
सम मूलतः एउटा दार्शनिक योगी कवि हुन् । भौतिकवादलाई उनले यद्यपी स्वीकार गरे तापनि उनी नियमित आकस्मिकताका रहस्यवादी हुन् । उनको दर्शनमा पश्चिमी भौतिकवाद र पूर्वीय अध्यात्मवादको समीकरण भएको छ र त्यसको जीवित प्रमाण आगो र पानी हो जो विम्व उपविम्वहरुसँग सम्बन्धित भएर सममा उत्तरकालीन कविताहरुमा रहेको छ (श्रेष्ठः २०३५ः११३) । समले स्वर्ग र देवता कविता र नियमित आकस्मिकताजस्ता दार्शनिक ग्रन्थ लेखेबाट ईश्वररहित संसारका आडमा रहेर विकासवादी भौतिकवादी दृष्टिबाट विश्व विकास र मानव सभ्यताको व्याख्या गरेका छन् । समको कविता नियमित आकस्मिकतामा देखा परेको दार्शनिक चिन्तनको लघुरुप स्वर्ग र देवता कविता हो भने यसको विशिष्ट रुप आगो र पानी खण्डकाव्यमा देखा पर्दछ । स्वर्ग र देवता (२००४) कविताले फुटकर कवितामा उनको दार्शनिकता र चिन्तनशीलता सशक्त रुपमा स्थापित गरेको छ भने आगो र पानी खण्डकाव्यलाई पनि कविताको मझौला रुपसम्मका दार्शनिकता र चिन्तन प्रक्रियाको स्तम्भका रुपमा लिन सकिन्छ । समको दार्शनिकतामा स्वर्ग र देवता कवितापछिको ज्यादै सशक्त र महत्वपूर्ण मोड एवम् काव्य कृति आगो र पानी (२०११) खण्डकाव्य हो ।
सम मूलतः एउटा दार्शनिक कवि हुन् । उनी आगो र पानीमा समको कविताभन्दा भाषण सुन्न र वैचारिक एवं दार्शनिक मान्यताहरुको सङ्ग्रह पढ्न पाइन्छ भन्ने पाठकहरुको आज पनि सङ्ख्यामा वृद्धि नै छ,कमी छैन । वैज्ञानिक प्रगतिप्रति आस्थावान् सममा बुुढिदै गएपछि त झन् झन् आध्यात्मिक थपिदै गएको उनका अन्तिम कविताले देखाउँछन् । अमेरिकाली अन्तरिक्ष यात्रीहरुले चन्द्रमामा टेकेपछि लेखिएको सोम कविताले यस कुरालाई छर्लङ्ग पारेको छ । सोम को अर्थ चन्द्रमा मात्र नभई वैदिक युगको रक्सी ‘सोमरस’ पनि उनका कवितामा भएको छ । मानवको चन्द्र विजयलाई उनले सोमरसबाट पाइने तुष्टिसित दाँजेका छन् । कस्तो लाग्छ भने कविलाई चन्द्रमा टेक्नेमा भन्दा वेदहरु बुझने र अध्यात्मिकता प्राप्त गर्ने कुरामा बढी चाख छ (शर्मा २०५८ः४५) । वैदिक छन्द एवं वैदिक ऋचा बीचबीचमा राखी गद्यकविता र काव्य रचना गर्ने नेपाली कविहरुमा सम एक मात्र उदाहरण छन् । शुरुमा शास्त्रीय छन्द र वार्णिक छन्दमा कविता रच्ने सम वैदिक छन्दको विविध प्रस्तावलाई कोट्ट्याई प्रयोग गर्दछन् । उनको महाकाव्य चिसो चूह्लोमा यसको सर्वाधिक प्रयोग भएको देखिन्छ (रिसाल२०५८ः६२) ।
समष्टिगत रुपमा मूल्याङ्कन गर्दा बालकृष्ण समका कविताको मुख्य विषयवस्तु दर्शन नै हुने गरेको पाइन्छ । कुनै दर्शन, चिन्तन वा विचारलाई नै आप्mना कविता तथा महाकाव्यको पनि विषय बनाएको पाइन्छ । उनको चिन्तन धारा प्राचीन पूर्वीय अध्यात्मका मुहानबाट थालिई युगगत सन्दर्भसमेत आत्मसात् गर्दै आधुनिक पश्चिमी विकासवादी –भौतिकवादी चिन्तनक्षेत्रतर्फ क्रमशः ढल्कदै गई मानवतावादमा परिणत भएको देखिन्छ भने त्यो पुनः पूर्वीय ब्रह्मवादका वैज्ञानिक व्याख्याका तहसम्म पनि विस्तारित बन्न पुगेको छ । त्यसैले पश्चिमी भौतिकवादी दर्शन र ज्ञानविज्ञानका निश्कर्षलाई पूर्वीय अध्यात्मदर्शनका निश्कर्षमा मिसाई आफनै खालको मौलिक दर्शनको प्रतिपादन गरी त्यसै दर्शनलाई आफ्ना कविताको मुख्य विषयवस्तुका रुपमा प्रयोग गर्ने नामुद नेपाली कविका रुपका उनी प्रतिष्ठित छन् ।
२.कविता यात्राको चरण
झन्डै चार दर्जनजति नाट्यकृतिहरु, अनेक फूटकर कविता, खण्डकाव्य, महाकाव्य, आख्यान, दर्शन र निबन्धजस्ता साहित्यका बहुविध क्षेत्रका अनमोल रचनाकृतिहरु प्रस्तुत गरेर नेपाली साहित्यको आलोकलाई झलमल्ल पार्ने व्यक्तिmत्वको नाम हो बालकृष्ण सम । बालकृष्णसम (१९५९– २०३८) नेपाली साहित्यका सिद्धहस्त र मूर्धन्य व्यक्तिप्रतिभाका रुपमा परिचित नेपाली साहित्यका विविध विधामा राष्टियता, मानवता र वैदिक बौद्धिकताले सिगारी, कलात्मक भाषा, प्राञ्जल शैलिद्धारा अपूर्व परिश्कार र विशिष्ट चिन्तन प्रदान गर्ने नेपाली वाङ्मयका अद्धितीय साधक, आधुनिक नेपाली नाटकका प्रवर्तक तथा नेपाली जनजीवन र संस्कृतिका उद्धोषक बालकृष्ण सम नाटककार, महाकाव्यकार, निबन्धकार, कथाकार र चित्रकारका रुपमा बहुपरिचित तथा अधिक सम्मानित छन् । नेपाली साहित्यमा नाट्य सम्राटको नामले परिचित बालकृष्ण सम नाटकका अतिरिक्त कुशल चित्रकार, कुशल वक्ता, सफल निबन्धकार, जीवनीकार र कवि पनि हुन् । उनको प्रमुख क्षेत्र नाटक भएपनि कविताविधा अन्र्तगत यस विधाको सानो रुप फूटकर कवितादेखि मझौला रुप खण्डकाव्य हुदै बृहत् रुप महाकाव्यसम्म उनको सृजनावृत फैलिएको छ र अनेक पद्य नाटकका माध्यमद्धारा पनि उनको कवित्व व्यक्त भएको छ (बासुदेव त्रिपाठी २०५३ः१६३) । पुर्वीय एवं पाश्चात्य दर्शनको समीकरण गरिएका उनका कविताकृतिहरु बौद्धिकताको आलोकमा विस्तारित भएका पाइन्छन् । समय समयमा दिशा परिवर्तन गर्दै अघि बढेका समका कविता यात्राका खास चरण वा मोडहरु लाई मूलतः ६ चरणमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।
(क) पहिलो चरण ( १९६७ – १९७५)
(ख) दोस्रो चरण (१९७६–१९८५)
(ग) तेस्रो चरण ( १९८६–२००३)
(घ) चौथो चरण (२००४–२०१८)
(ङ) पाँचौ चरण (२०१९–२०३०)
(च) छैटौ चरण (२०३१–२०३८) (त्रिपाठी २०५३ः१६४)
उक्त समका सात दशकका ६ चरणहरुमध्ये प्रारम्भिक ३ (तीन ) चरण (विं सं १९६७–२००३) को लगभग साढे तीन दशकको अवधिले समका कविता यात्राको पूर्वाद्धलाई प्रस्तुत गरेको छ भने पछिल्ला तीन चरण (वि सं २००४–२०३८) को लगभग उत्तिकै लामो अवधिले त्यस यात्राका उत्तराद्र्धको प्रतिनिधित्व गरेको छ ।

(क) पहिलो चरण (१९६७ –१९७५)
समको कवितायात्राको यो चरण चाहिं वास्तवमा कविताको अङ्कुरण प्रस्फूटन र प्रारुपको प्रक्रियाको सम्झना गराउने दृष्टिले मात्र महत्वपूर्ण छ र त्यो उनको कवित्वको भित्री जग हो (बासुदेव र अन्य २०५३ः१६५) । आठ वर्षको कलिलै उमेरदेखि कविता सिर्जनामा लागेका समको ‘मेरो कविताको आराधना’ मा सङकलित कविताहरुलाई दृष्टि दिदा यो कवि समको अभ्यासकालको समय मानिन्छ । भाषा मुठीका इस्सोर जस्ता कविताहरुलाई हेर्दा यस चरणमा कविको कवित्व प्रस्फुटनको प्रसव वेदना प्रारभ्भ भएको पाइन्छ । यसरी समको यस चरणमा अंशतः माध्यमिककालीन कविताको आकर्षण लेखनाथीय शैलीको आंशिकवरण गर्दै वैचारिक उन्मुख प्रवृत्ति देखापरेको पाइन्छ ।
(ख) दोस्रो चरण(१९७६–१९८५)
यस चरणमा समले एक प्रभात स्मरण र आर्यघाट जस्ता महाकाव्यकृतिहरुको रचना गर्न खोजेपनि कविको त्यो प्रयास पुरा नभएको देखिन्छ । कवितात्मक नाटकहरुको सिर्जना यसै चरणमा भएको पाइन्छ । यस समयमका काव्य र पद्य नाटकका अभ्यासशील साधनामा देखापर्छ तर त्यो उनको खास कवित्वको पृष्ठभूमिको पनि पृष्ठभूमि हो । समको परिश्कारवादी काव्यशैली तथा उक्तिवैचित्रयता, गधकवितात्मक स्फुरण, शैलीगत स्वच्छता, अध्यात्मचेतको वरणजस्ता प्रवृत्तिहरु समको यस चरणमा देखापरेका छन् ।
(ग) तेस्रो चरण (१९८६–२००३)
वि सं १९८६ मा मुटुको व्यथा नाटक प्रकाशित गरी नेपाली नाटकको क्षेत्रमा आधुनिक युगको प्रवेश गराएका समको कवित्व प्रस्फुटन, प्रकाशन, परिमार्जन र उच्चतातर्फ यो चरण अग्रसर भएको पाईन्छ । यस चरणमा कवि सम नेपाली साहित्यमा आधुनिक नाटककारका रुपमा देखापदै फूटकर कविताको सृजनामा पनि गतिशील रुपमा अग्रसर भएको पाइन्छ । यस समयमा चाहिं खास पद्य नाटक र कविता प्रयोगका दृष्टिले पनि प्रकाशन र सङ्क्रमणका प्रक्रियाका सन्दर्भमा नै उल्लेखनीय छ । यो चरण वास्तवमा उनका पूर्ववर्ती चरणहरुको क्रमिक कवितात्मक अन्तर्विकासको परिण।म हुनाको साथै उत्तराद्र्ध कविता यात्राको पृष्ठभूमि पनि हो । स्वागत, मर्ने बेला, इच्छा जस्ता थुप्रै कविता र्सििर्जएका समका यस चरणमा मानवतावादी दृष्टिकोण, वैज्ञानिक चिन्तन, आर्ष निरीश्वर र अध्यात्मचेत गधकवितात्मक जस्ता प्रवृत्तिहरु प्रात्त गर्न सकिन्छ ।
(घ) चौथो चरण ( २००४–२०१८)
कवितात्मक प्राप्ति र विस्तारको समयावधिको रुपमा यस चरणलाई लिइन्छ । विं सं २००४ शारदा मा प्रकाशित गध कवितात्मक परिश्कृतिलाई नव आयाम दिएका छन् । यस चरणमा प्रकाशित उनका काव्यहरुमा स्वर्ग र देवता (२००४), नियमित आकस्मिकता (२००५), जस्ता कविताहरु, आगो र पानी (२०११) खण्डकाव्य, र चिसो चुह्लो (२०१५) महाकाव्यको रचना समले यसै चरणमा गरेको पाईन्छ । यस चरणमा समको आध्यात्मिक दर्शनको युग सापेक्ष व्याख्या, पूर्वीय ब्रह्मवादको वैज्ञानिक सूक्ष्म व्याख्या, वौद्धिकताको प्रभाव, विकासवादी भौतिकवादी मानवतावादी चिन्तन, वर्णमात्रिक छन्दका विवध छन्दको प्रयोग परिश्कृत परिमार्जित भाषाशैलीको प्रयोग जस्ता विशेषताहरु प्राप्त गर्न सकिन्छ । समले कविताको फूटकर रुपदेखि बृहत् रुप महाकाव्य सम्मको सिर्जना गरेकोले यो चरण समको कवितात्मक उचाइको यूगको रुपमा लिइन्छ ।
(ङ) पाँचौं चरण (२०१९–२०३०)
समको यस चरणलाई कवितात्मक सिद्धि तथा पराकाष्ठाको समयवधि भनिन्छ । यस चरणमा उनका विशेष उत्कृष्ट फूटकर कविताको प्रचुरता देखा प–यो । जसमा उनका महत्वपूर्ण रचनाहरुमा म पनि द्यौता मान्छु , मेरो नुहाउने कोठा, मृत्युपछिको अभिव्यञ्जना जस्ता कविताहरु पर्दछन् । दर्शन र विचारको कवितात्मक प्रस्तुति, प्रगतिवादी चिन्तन, मानवतावादी आस्तिक दृष्टिकोण, कवितात्मक परिस्कृतिमा सिद्धि, विषय वस्तुगत विविधता जस्ता प्रवृत्तिहरु समको यस चरणमा प्राप्त गर्न सकिन्छ ।
(च) छैटौ चरण (२०३१–२०३८)
यस चरणमा समको खासै उल्लेखनीय कविता कृतिको रचना भएको पाइदैन त्यसैले यो समयलाई समको कवित्वको शिथिलता र विश्रान्तिको समयावधि भनिन्छ । यस चरणमा उल्लेख्य काव्यको रचना नभएपनि उनका विभिन्न कविताहरुलाई समेटेर बालकृष्ण समका कविता २०३८ (कविता संग्रह) प्रकाशित भएको पाइन्छ । कविको यस अन्तिम चरणको रुपमा रहेको यो समयमा नवीन चिन्तन तथा कुनै नयाँ प्रवृत्तिको सूत्रपात हुनुभन्दा सिर्जनात्मक क्षमतामा शिथिलता आएको पाइन्छ ।
बालकृष्ण समको योगदान कविताका लघु, मध्यम र बृहत् तीनै तहमा देखापर्दछ र नाट्यकाव्यका फाँटमा पनि उनको योगदान अविस्मरणीय रहेको अनुभव हुन्छ । यसरी लगभग सात दशकका कविता यात्रामा वा कविता साधनाका क्रममा समको ठोस कवितात्मक योगदान यसका चौथा र पाँचौ चरण (२००४–२०३०) का अपरान्ह जीवनमा नै प्राप्त भएको देखा पर्छ । गध कवितात्मक नव आयाम दिने सम पूर्वीय पाश्चात्य दर्शनका विविध पाटाहरुलाई पस्किदै नेपाली कविता क्षेत्रलाई उच्च गति प्रदान गर्न सफल देखिन्छन् । समष्टिमा राष्टियता मानवतावाद, वैचारिकता, तार्किकता परिश्कारवादी, प्रगतिवादी, वस्तुवादी, भौतिक –अध्यात्मवादी चिन्तन, विभिन्न बिम्बको नवीन प्रस्तुति, विविध छन्दको प्रयोगजस्ता मूलभूत प्रवृत्तिहरु समका कविताकृतिहरुमा प्राप्त गर्न सकिन्छ । संङ्ख्यात्मक तथा गुणात्मक रुपमा महत्वपूर्ण योगदान दिने सम नेपाली नाट्य तथा कविताको क्षेत्रमा महिमामय स्थान ग्रहण गर्न सफल देखिन्छन् ।
सन्दर्भ ग्रन्थ सूचि
अवस्थी, महादेव, आधुनिक नेपाली महाकाव्य र खण्डकाव्यको विमर्श, इन्टेलेक्चुअल्ज बुक प्यालेस,काठमाण्डौ २०६७ ।
चालिसे, नारायण, पूर्वीय दार्शनिक मान्यतामा कोइरालाका उपन्यास, वी.पी. चिन्तन केन्द्र दाङ्ग प्रथम संस्करण २०६९ ।
भूषाल वेदुराम, नेपालमा प्रचलित दार्शनिक चिन्तनहरु, नेपाल प्रज्ञाप्रतिष्ठान, पहिलो संस्करण २०६८ ।
रिसाल, राममणि, नेपाली काव्य र कवि, काठमाडौं साझा प्रकाशन पाँचौ सस्करण २०५८ ।
सिन्हा, हरेन्द्रप्रसाद, भारतीय दर्शनकी रुपरेखा, दिल्ली मोतीराम वनारसीदास, सन् १९८३ ।
सम, बालकृष्ण, बालकृष्ण समका कविता, साझा प्रकाशन २०३८ ।
शर्मा, तारानाथ, सम र समका कृति , साझा प्रकाशन छैटौ संस्करण २०५८ ।
श्रेष्ठ ,रमेश, नेपाली कविताका प्रवृत्ति, साझा प्रकाशन, पहिलो संस्करण २०३५ ।
त्रिपाठी, बासुदेव नेपाली कविता भाग ४, साझा प्रकाशन २०५३ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु