क्वियर सिद्धान्त र अर्धसत्य उपन्यास

- भरत साउद

१. विषय प्रवेश ः क्वियर शब्दका अर्थबारे
परम्परागत सामाजिक रुढीका रुपमा स्त्री र पुरुष गरी दुई ओटा मात्र लैङ्गििक पहिचान कायम थिए । त्यसभन्दा भिन्न लिङ्गीय पहिचानलाई स्वीकार नगरी उनीहरुलाई चिनाउनका लागि अपमानजनक शब्दहरु छक्का, हिजडा, नपुंशक आदि प्रयोग गरिन्थ्यो । हाल समलिङ्गी, द्विलिङ्गी, यौनिक निस्क्रियता वा सुशुप्तता भएका आदि सबै लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई चिनाउन नेपाली भाषामा तेस्रो लिङ्गी पदावली प्रयोग गरिन्छ । विषमलिङ्गीय सामाजिक रुढीका कारण आप्mनो पहिचान लुकाउन बाध्य यो तेस्रो लिङ्गी समुदाय केही दशक यता स्वतन्त्र रुपले देखिन मात्र होइन आप्mनो राजनीतिक, कानुनी, आर्थिक र सामाजिक अधिकारका लागि सङ्गठित भएर लड्न थालेको छ । पहिले अपमानित भएर वा अपमानित भइने आशंकाले संकुचित भएर बा“च्न विवश पारिएको तेस्रो लिङ्गी समुदाय अब केही वाचाल बनेको छ । आप्mनो ल्रङ्गिक स्थितिलाई रोग वा शारीरिक÷मानसिक विचलन मानेर अपकमान गर्नेहरुले प्रयोग गर्ने गरेका परम्परागत रुखा र असभ्यपन झल्कने शब्दहरुको साटो उनीहरुले आप्mनो् पहिचान झल्काउन सम्मानजनक पदावलीका रुपमा तेस्रो लिङ्गी प्रयोग गर्न थालेका छन् । क्वियर (त्रगभभच) शब्दको अर्थ अङ्ग्रजीमा परम्परागत रुपमा मूलतः नकारात्मक थियो । समान लिङ्गका व्यक्तिहरुप्रति यौनाकर्षण भएका स्त्री वा पुरुषलाई विचलित वा अप्राकृतिक, खराब अभिलक्षण वा कलङ्क भएका व्यक्तिका रुपमा चिनाउन क्वियर शब्दको प्रयोग हुन्थ्यो । सन् १९९०को दशकबाट समलिङ्गी स्त्री तथा पुरुष लगायत तेस्रो लिङ्गी समुदायले आप्mनो जीवन पद्धति र बौद्धिक शोधखोजको क्षेत्रका रुपमा चिनाउन आप्mनो पहिचनाका लागि सम्मानजनक शब्दका रुपमा क्वियर शब्द प्रयोग गर्न थाले । यसरी यस शब्दको स्तरोन्नति भएको छ । अतः क्वियर शब्द नेपाली भाषाको तेस्रो लिङ्गी पदावलीको निकट समानार्थी रहेको देखिन्छ ।
लैङगिकता सम्बन्धी आधारभूत धारणाले नारी र पुरुष गरी दुई प्रकारका लिङ्गको मात्र अस्थित्व स्वीकार गरेको छ । तीभन्दा भिन्न लैङ्गिकता भएकाहरुलाई ईश्वरीय दण्ड पाएका, पापी, शारीरिक विचलन भएका वा रोगीका रुपमा लिने गरिन्छ । खास गरी लैङ्गिक हिसाबले पुरुषहरुका अधिनमा राजनीतिक सत्ता भएका कारण सत्तासीनज पुरुषले आपूm र आप्mनो अपरिहार्य आवश्यकतालाई प्राकृतिक ठान्थे र अन्य लैङ्गिकता भएको समुदायलाई विचलित, रोगी, अप्राकृतिकक वा श्रापितका रुपमा अपमानित र उत्पीडित बनायो । तेस्रो लिङ्गीहरुमाथि हुने यस प्रकारको विभेद, अपमान र उत्पीडन प्राचीन कालदेखि अद्यापि कायमै रहेको छ । आपूmलाई मूल प्रवाह ठान्ने विपरीतलिङ्गीहरुको धार्मिक, सांस्कृतिक समुदायबाट यस्तो उत्पीडन झन् चर्को रह्यो । तेस्रो लिङ्गीहरुका लागि उनीहरुले प्रदान गरे्का बेइज्जती र कलङ्कका चिह्नहरु ९कतष्नmब० अनुहारमा लागेको नपखालिने कालो् दागका रुपमा बोकेर हिड्नुपर्ने भयो । अपमानका यस्ता चिह्नहरु नमेटिने भएका कारण तेस्रो ल्गिी समुदाय आप्mनो पहिचान लुकाएर समाजमा स्कुचित भएर बस्न बाध्य भयो ।
तेस्रो लिङ्गी समुदायभित्र पनि भिन्न भिन्न लैङ्गिकता भएका अरु समुदायहरु समेटिन्छन् । समलिङ्गी(स्त्री वा पुरुष), द्विलिङ्गी, परिवर्तित लिङ्गीय पहिचान भएका आदि समुदायहरु यसमा पर्दछन् । आप्mनो स्वतन्त्र अस्तित्व अधिकार र सम्ममानपूर्वक बा“च्न पाउने राजनीतिका लागि सङ्घर्षरत यी पृथक लैङगिकता भएका समुदायले समग्रमा आपूmलाई तेस्रो लिङ्गी वा क्वियर भनेर चिनाउ“छन् ।
१.१ स्त्री समलिङ्गी र पुरुष समलिङ्गी
समलिङ्गीभित्र पनि भिन्न भिन्न प्रकारका समलैङ्गिक अनुभवहरु रकहेका हुन्छन् । स्त्री समलिङ्गी र पुरुष समलिङ्गीका सामाजिक समस्याहरु नै फरक हुन सक्छन् । यहा“ समलिङ्गी भन्नाले समान लिङ्गका व्यक्तिप्रति यौनाकर्षित हुने व्यक्तिलाई बुझिन्छ । स्त्री समलिङ्गी भन्नाले स्त्रीसित नै यौन सम्पर्क राख्न चाहने स्त्री भन्ने बुझिन्छ भने पुरुष समलिङ्गी भन्नाले पुरुषसित नै यौ्रनज सम्पर्क राद्यन चाहने पुरुष भन्ने बुझिन्छ । यी दुबै किसिमका समलिङ्गीहरुले सामाजिक विभेद, अपमान र उत्पिडन सहेका हुन्छन् । विद्यमान समाज पुरुषप्रधान भएका कारण पुरुष समलिङ्गीभन्दा स्त्री समलिङ्गीले भोग्नु परेको उत्पीडन झन विकराल छ । स्त्री समलिङ्गी स्त्री र समलिङ्गी दुबै भएका कारण तिनले दोहोरो उत्पीडन भोग्नुपरेको छ । यसरी हेर्दा सापेक्षित रुपले आप्mनो यौनिक पहिचानलाई समाज समक्ष ल्याउन नारी समलिङ्गी ाई भन्दा पुरुष समलिङ्गीलाई सहज देखिन्छ । नेपालकै सन्दर्भलाई उदाहरणकमा रुपमा हेर्दा ब्लु डाइमन्ड वा नीलहीरा जस्ता तेस्रो लैङ्गिक समुदायमा पनि धेरै जसो सदस्यहरु पुरुष समलिङ्गी नै छन् । नेपालमा स्त्रीसमलिङ्गीहरु सार्वजनिक रुपले बाहिर निस्कन हच्कन्छन्, अप्ठ्यारो मान्छन् भन्ने तथ्य यसबाट देखिन्छ । (उप्रती, २०६८ ः २४८) विश्व सन्दर्भलाई हेर्दा स्त्री समलिङ्गी (लेस्बियन) तथा पुरुष समलिङ्गी(गे) का छुट्टाछुट्टै सङ्घर्ष, आन्दोलन र सङ्गठन भएका पनि देखिन्छन् । कतिपय समलिङ्गवादीहरु समलैङ्गिकताको एउटै छातामा फरक फरक अनुभव र यौनिकता भएका समुदायलाई राख्न नहुने मान्यता पनि राख्दछन् ।
सामान्य महिलाका लागि विपरीत लैङ्गिक व्यवहार मात्र प्राकृतिक र अन्य यौनिकता अप्राकृतिक होइन तर राजनीतिक सत्ता वा पुरुषवादी सत्ताले नचारीलाई आप्mनो अधीनमा राख्न वा पुरुषप्रति बफादार बनाउन नारीको यौनिकताको विपरीत लिङ्गवादी व्याख्या गरेको हो भन्ने स्त्री स समलिङ्गीवादी केही चिन्तकहरुको छ र उनीहरुकबा अनुसार पुरुषवादी सत्ता र विपरीत लिङ्गवाद अभिन्न कुरा हुन् । त्यसैले पृथकतावादी स्त्री समलिङ्गीहरु आपूmलाई पुरुषभन्दा सक्दो भिन्न राख्न चाहन्छन् । उनीहरु महिला विपरीत लिङ्गी र पुरुष समलिङ्गीभन्दा पनि आपूmलाई अलग्गै राख्न चाहन्छन् । पुरुष समलिङ्गीहरु पुरुष सत्तामुखी हुन्छन् । नारीवादीहरु विपरीत लिङ्गीय परिपाटीतिर उन्मुख हुन्छन र कतिपय स्त्री समलिङ्गवादी नारीवादीहरु वैयक्तिक यौनिकताको मुद्दालाई महङ्खव नदिएर राजनीतिक अधिकारको मुद्दालाई महङ्खव दिन्छन् । यी कसैले पनि स्त्री समलिङ्गीका भावना मुखरित गर्न नसक्ने भन्दै केही स्त्री समलिङ्गी पृथकतावादीहरु स्त्री समलिङ्गीहरु आफै छुट्टै सङ्घर्ष गरेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्दछन् ।
पुरुष समलिङ्गीहरु नारी समलिङ्गीहरुभन्दा तुलनात्मक रुपले बढी वाचाल पनि देखिन्छन् । यद्यपि अपमान र उत्पीडन भने उनीहरुले पनि खपिरहेकै छन् । पहिचानको सङ्कट पनि उनीहरुले झेलेकै छन् तर आप्mनो पहिचान लुकाएर बसेका ९अयिकभतभम० पुरुष समलिङ्गीहरु पितृसत्ताले स्ट्रेट पुरुषलाई प्रदान गरेका सुविधा र अग्राधिकार उपभोग गर्न पाइरहेका हुन्छन् । आप्mनो लैङ्गिक पहिचान लुकाएर बसेका ९अयिकभतभम० स्त्री समलिङ्गीहरु भने अन्य विपरीत लिङ्गी स्त्रीहरु जस्तै लैङ्गिक उत्पीडन भोगिरहेकै हुन्छन् ।
पुरुष समलिङ्गीहरुलाई चिनाउन अङ्ग्रेजीमा गे शब्द प्रयोग गरिन्छ । उन्नाइसौ“ शताब्दीपूर्व पश्चिममा पनि समलिङ्गीयता लैङ्गिक तथा यौनिक पहिचानका रुपमा स्थापित थिएन । यौनको प्रयोजन केवल प्रजनन व्रिmया हो भन्ने मानिन्थ्यो । समलैङ्गिक यौनाकर्षणलाई मानसिक रोगका रुपमा लिइन्थ्यो । प्रजनन व्रिmया सम्पन्न गर्ने उद्देश्य नभएको यौनलाई धर्म र प्रकृति विपरीत मानिन्छ । समलैङ्गिक यौनाकर्षणलाई माननसिक रोगका रुपमा लिइन्थ्यो । समलिङ्गी(होमोसेक्सुअल) शब्द मानसिक विचलनस“ग जोडेर प्रयोग गरिएकाले पुरुष समलिङ्गीहरुले आप्mना लागि गे शब्द प्रयोग गर्छन् ।
१.२ बुच डाइक र फेमे ९दगतअज मष्पभ बलम ाझmभ०
समलिङ्गी समुदायभित्र स्त्री समलिङ्गी र पुरुष समलिङ्गी दु्ई भेद मात्र छैनन् । पुरुष समलिङ्गी भित्रै र नारी समलिङ्गीभित्रेै पनि नारी र पुरुष स्वभाव भएका व्यक्तिहरु हुन्छन् । पुरुष समलिङ्गी जोडीमा एउटा पुरुष जस्तो स्वभाव भएको अर्थात् अर्काको शरीरभित्र प्रवेश गर्न ९उभलभतचबतभ० चाहने र अर्को नारी जस्तो स्वभाव भएको अर्थात् आप्mनो शरीरभित्र प्रवेश गराउन ९तय दभ उभलभतचबतभम० चाहने खालको हुन्छ । त्यसै गरी नारी समलिङ्गीहरुमा पनि कोही पुरुष स्वभाव भएका ९दगतअज मथपभ० र कोही नारी स्वभाव भएका ९ाझmभ० समलिङ्गी व्यक्तिहरु रहेका हुन्छन् ।
नारी स्वभाव भएका पुरुष समलिङ्गी र पुरुष स्वभाव भएका नारी समलिङ्गीहरु अन्य तेस्रो लिङ्गी समुदायभन्दा झन् बढी उत्पीडित र अपहेलित रहेका हुन्छन् । परम्परागत समाज र लैङ्गिक उत्पीडनको इतिहासबाट पनि यस कुराको पुष्टि हुन्छ । पश्चिमा सन्दर्भमा हेर्दा पनि ग्रिक सभ्यतादेखि मध्यकाल र आधुनिक कालसम्मै पनि पुरुष स्वभाव र शारीरिक वनावट भएका पुरुष समलिङ्गीलाई समाजले सापेक्षित रुपले सजिलोसित स्वीकार गरेको छ । (उप्रेती, २०६८ ः २४८) त्यसै गरी स्त्री स्वभाव भएका स्त्री समलिङ्गीहरुलाई पनि समाजको अपहेलनापूर्ण दृष्टिकोणबाट बच्न सापेक्षित रुपमा सजिलो हुन्छ । नारी स्वभाव देखाउने र शारीरिक रुपमा नारी जस्ता देखिने पुरुष समलिङ्गीहरु सामाजिक कउपहासका पात्र बन्दछन् । उनीहरु पुरुष स्वभाव भएका ९दगतअज मथपभ० व्यक्तिहरु जस्तो यौनिक इच्छा व्यक्त गर्न सक्दैनन् र आप्mनो भित्री वास्तविकतालाई लुकाएर राख्न बाध्य हुन्छन् ।
केही समलिङ्गी चिन्तकहरु पुरुष स्वभाव भएका पुरुष समलिङ्गी र नारी समलिङ्गी तथा नारी स्वभाव भएका पुरुष समलिङ्गी र नारी समलिङ्गीहरुलाई तेस्रो लिङ्गी वा समलिङ्गीको एउटै छातामुनि राख्न हु“दैन भन्ने धारणा राख्दछन् । उनीहरुका आवाज फरक फरक किसिमले आआप्mनै अनुभवअनुसार उठ्न दिनुपर्छ तर क्वियरसम्बन्धी चिन्तकहरुले पुरुष÷स्त्री सम्बन्धी परम्परागत लैङ्गिक तथा यौनिक धारणालाई नै स्वीकार गरेका छैनन् । उनीहरु स्त्रीसमलैङ्गिकता, पुरुषसमलैङ्गिकता, द्विलैङ्गिकता जस्ता विभाजनलाई विपरीत लैङ्गिक÷समलैङ्गिक जस्तो परम्परागत गलत धारणाबाट आएका कारण अस्वीकार्य मान्दछन् । मानिसको यौनिकता र लैङ्गिकता दुबै तरल हुने भएका कारण त्यस्तो सपाट विभाजन उपयुक्त छैन । यसले लैङ्गिक रुपमा उत्पीडित समुदायका बिच फुट पनि ल्याउछ र परम्परागतश ोषणलाई पनि बढावा दिन्छ । यसले सबै किसिमका लैङ्गिक भिन्नता भएका ननस्ट्रेट मानिसहरु एकबद्ध भएर क्वियर (नेपाली सन्दर्भमा तेस्रो लिङ्गी) समुदायका छातामुनि गोलबन्द भएर उभिन सक्दछन् ।
जसरी नारी समुदायभित्र अलग अलग जाति, धर्म र वर्गका महिलाहरुका अनुभव र समस्याहरु भिन्न भिन्न छन् त्यसै गरी समलिङ्गी समुदायभित्र पनि भिन्न धर्म, वर्ग र जातका समलिङ्गीहरुबिच पनि समस्या र अनुभवको भिन्नता रहेका हुन सक्छन् । पर्दापछाडि लुकेर (गैर समलिङ्गी जस्तै बनेर) बसेका पुरुष समलिङ्गीहरु पितृसत्ताले प्रदान गरेका पुरुषीय अग्राधिकारहरु प्रयोग गर्न पाउने हुनाले उनीहरुलाई उत्पीडनको महसुश कम हुन सक्दछ तर त्यसरी नै लुकेर(विपरीतलिङ्गी महिलाहरु जस्तै गरी ) बसेका स्त्री समलिङ्गीहरुलाई भने नारीका रुपमा उत्पीडन खप्नु परेकै हुन्छ । सहर र गाउ“का समलिङ्गीहरुका समस्या पनि सामाजिक मूल्यको भिन्नताका कारण फरक फरक हुन सक्छन् त्यसैले यस्ता भिन्न अनुभव र समस्या भएका व्यक्तिहरुलाई एउटैमा नमिसाई छुट्टाछुट्टै आवाज उठाउनुपर्छ भन्ने मान्यताको उल्टो सबै गैरविपरीत लिङ्गी समुदायलाई समाजले तेस्रो लिङ्गीका रुपमा मूलभूत रुपले उस्तै उत्पीडन गरेका कारण क्वियर सिद्धान्तका व्याख्याताहरु ननस्ट्रेटहरुको एकता आवश्यक हुने धारणा राख्दछन् ।
१.३ क्वियर शब्द नै किन ?
क्वियर विशेषण शब्द हो । यसले दिने अर्थ मुख्य गरी तिन थरी छन् ः आश्चर्य लाग्दो गरी भिन्न, मानसिक पागलपन भएको तथा समलिङ्गी । झट्ट हेर्दा एउटै क्वियर शब्दका यी तिन अर्थ एकापसमा पूर्णतः असम्बद्ध देखिन्छन् (बेनेट र रोयल, सन् २००८ ः १८७) । यस शब्दको उत्पत्तिगत अर्थ त यौनिकता र लैङ्गिकतास“ग सरोकार नराख्ने आश्चर्यपन ९कतचबलनभलभकक०स“ग नै सम्बन्धित छ । त्यही आश्चर्यपन मानिसको शारीरिक तथा मानसिक अनौठोपनका रुपमा पागलपन वा मानसिक रुग्णतास“ग जोडियो । त्यस्तै रुग्णता वा मानसिक असामान्यताभित्र परम्परागत पश्चिमी समाजले समलैङ्गिकतालाई पनि लिने गरेको हुनाले यसको प्रयोग गैरविषमलिङ्गीहरु९लयलकतचबष्नजतक०–लाई बुझाउनका लागि गरिन थाल्यो । यसरी हेर्दा क्वियर शब्द समलैङ्गिकतालाई घृणा गर्ने र त्यसस“ग डराउनेहरुले प्रयोग गरेको शब्द हो भन्ने स्पष्ट हुन्छ । विषमलिङ्गवादी (हेटेरोसेक्सिस्ट) हरुले होच्याएर प्रयोग गरेको यो शब्द समलिङ्गीहरुले आप्mनै लागि प्रयोग गर्न थाले । त्यसको एउटा कारण हो विपरीतलिङ्गवादीहरुलाई आप्mनाबारे होच्याएर टिप्पणी नगर्न चेतावनी दिनु । (उत्पीडितहरुले आप्mनो पहिचानका लागि त्यसो गर्ने गर्छन्, उदाहरणका लागि नेपालकै सन्दर्भमा पनि पहाडी मूलका मानिसहरुले तराई मूलका मानिसलाई होच्याएर मधेसी शब्द प्रयोग गर्ने गरेकाले तराईका मानिसहरुले आपूmलाई नहोच्याउन चुनौती दिदै मधेसी शब्द गर्वसाथ प्रयोग गर्न थालेका छन् ।) समलिङ्गीहरुले सामुहिक रुपले आपूmलाई क्वियर भन्नमा गर्व गरे र विपरीत लिङ्गवादीहरुलाई भन्न थाले – ‘‘तिमीहरुले सिकाउनु पर्दैन ः हामी को हौ“, हामी आपैm भन्छौ ः हामी जो हौ“, हामी क्वियर यहा“ छौ“ ः ध्यान देऊ ।’’(टाइसन्, सन् २००६ ः ३३५) यसरी ननस्ट्रेट समुदायलाई होच्याउन विपरीतलिङ्गवादी समाजले प्रयोग गरेको शब्दलाई उनीहरु आफैले पनि परिवर्तनको अभियानका रुपमा प्रयोग गर्न थाले ।
समलिङ्गवादीहरुले क्विअर शब्द अङ्गीकार गर्नुको अकोर्् पनि कारण छ । यस शब्दले पुरुष समलिङ्गी, स्त्री समलिङ्गी र सबै किसिमका गैरविपरीतलिङ्गवादीहरु(ननस्ट्रेटहरु)का बिचमा साझा राजनीतिक र सांस्कृतिक मञ्च खडा गर्न सक्दथ्यो । उनीहरु त्यसपूर्व सन् १९७० ताका भएका पुरुष समलिङ्गी स्वतन्त्रता र स्त्री समलिङ्गी नारीवादी आन्दोलनबाट विभापजत समलिङ्गी वा गैर विपरीतलिङ्गवादी समूह(क्याम्प)हरुलाई पुनः एकीकृत गर्न चाहन्थे । मध्यम वर्गीय स्वेत समलिङ्गीहरुको आभिजात्य चरित्रका कारण काला जातिका श्रमजीवि वर्गका र कतिपय स्त्री समलिङ्गीहरुले आप्mनो अनुभवले आवाज नपाएक र आपूmलाई आन्दोलनले बेवास्ता गरेको महकुस गरे । यसरी एकातिर विभाजन आएकै थियो त्यसका साथसाथै अर्कातिर बुच डाइक र फेमे स्त्री समलिङ्गी जोडी पनि परम्परागत विपरीतलिङ्गी महिला र पुरुषको जोडी जस्तै भूमिकामा देखिन थाले । यसबाट पुनः शक्ति सन्तुलन बिग्रने नै भयो । समलिङ्गीहरुका बिचमा देखिएका विभाजनका यी विभिन्नज खाडलहरु पुर्न ती सबै गैर विपरीत लिङ्गवादीहरुको सामुहिक पहिचान बोक्ने शब्दको खोजी भयो र त्यस प्रयोजनका लागि क्वियर शब्द प्रयमे्ग गर्न थालियो ।
१.४ क्विअर शब्दको नेपाली अनुवादबारे
क्विअर शब्दको नेपाली अनुवादका रुपमा केही ने्पाली समालो.चकहरुले सन्दिग्ध शब्द प्रयोग गरेका छन् । अझ मोहनराज शर्माले त सन्दिग्धलिङ्गी शब्दको पनि रचना र प्रयोग गरेका छन् । (शर्मा, २०६८ ः ३५)क्विअर शब्दको पुरानो अर्थ अनौठोपनस“ग सम्बन्धित भए पनि हाल साहित्य समालोचना तथा लैङ्गिक सिद्धान्तका सन्दर्भमा विपरीत लिङ्गप्रति यौनाकर्षित हुने (हेटेरोसेक्सुअल) समुदायबाहेक अन्य लैङ्गिकता र यौनिकता भएका समुदायलाई नै यसले जनाउ“छ । क्विअर शश्दले स्त्री समलिङ्गी, पुरुष समलिङ्गी, द्विलिङ्गी, नपुंशक(?) आदि सबै ननस्ट्रेट समुदायलाई समेट्ने भएका कारण यसको अर्थ सन्दिग्ध होइन भन्ने प्रस्ट छ । परम्परागत समाजले प्रजनन गर्ने प्रयोजनका लागि गरिने यौनलाई मात्र प्राकृतिक, उपयुक्त, नैतिक, सभ्य र स्वाभाविक मानेको छ । विपरीत लिङ्गप्रति मात्र यौनाकर्षण भएका व्यक्तिलाई सिधा(कतचबष्नजत)मानेका कारण त्यसभन्दा भिन्न यौनाकर्षण वा यौनिकता भएका व्यक्तिहरु बाङ्गा९लयलकतचककष्नजतक० भए । ती ननस्ट्रेट व्यक्तिहरु आपूmलाई सार्वजनिक रुपले प्रस्तुत गर्नका लागि क्विअर शब्द प्रयोग गर्छन् । यस लैङ्गिक समुदायले नेपाली सन्दर्भमा आपूmलाई तेस्रो लिङ्गी भनेर चिनाइरहेको छ । आप्mनो पहिचान तेस्रो लिङ्गीका रुपमा प्रस्तुत गर्दै आफना राजनीतिक, सामाजिक, कानुनी र प्राकृतिक अधिकारका लागि सङ्घर्षरत यस समुदायलाई सन्दिग्ध भन्नु उनीहरुमाथि अन्याय गर्नु हो, भावनामा ठेस पु¥याउनु हो र उनीहरुको अपमान गर्नु हो । सन्दिग्ध शब्दको अर्थ शङ्कास्पद भन्ने हुन्छ । आप्mनो यौनिकता र लैङ्गिकतालाई प्राकृतिक, उचित, उत्तम र दुधले धोए जस्तै पवित्र मान्ने र अरुको यौनिकता र लैङ्गिकतालाई शङ्कास्पद, सन्दिग्ध, आपराधिक मान्ने कुरा सभ्य समाजका विद्वत् वर्गका लागि कति सुहाउदो होला ?
अन्य नेपाली समालोचकहरुमा गोविन्दराज भट्टराई, सञ्जीव उप्रेती, लक्ष्मणप्रसाद गौतम आदिले
पनि क्विअर शब्दको नेपाली अनुवादका रुपमा सन्दिग्ध शब्द नै प्रयोग गरेका छन् । क्विअर शब्दले सैद्धान्तिक दृष्टिकोणबाट निर्मित केही जटिल र गहन अर्थ बोकेको छ । यसको अर्थ सपाट र सरल छैन । यस शब्दको अर्थमा क्लिष्टता रहेको पनि सही हो । त्यसको मतलब यो शब्दको तात्पर्य नै सन्दिग्ध हो भन्ने हुन्छ र ? क्विअर थिअरीका अनुसार मानिसको लैङ्गिकता र यौनिकता नै जटिल संरचना भएको कुरा हो । मानिसको यौनेच्छा श्रेणीगत रुपमा रहेको हुन्छ । यसलाई स्त्री÷पुरुष र विपरीत लिङ्गी÷समलिङ्गी जस्ता परम्परागत द्विचर विरोधबाट बुभ्mनै सकिदैन । हरेक मानिसका यौनिकता जीवनका विशिष्ट मोडहरुमा परिवर्तन हुन सक्छन् त्यसैले क्विअर शब्द कुनै खास लिङ्गका लागि नभएर परम्परागत समाजले सिधा ९कतचबष्नजत० मानेका भाले र पोथी बाहेक अन्य यौनिकता भएको समुदायलाई चिनाउनका लागि प्रयोग हुन्छ ।
सन्दिग्धता अध्ययन लैङ्गिक अध्ययनको सिद्धान्त होइन । पाश्चात्य समालोचनाका क्षेत्रमा सन्दिग्धता सिद्धान्त ९कगकउभलकभ तजभयचथ० ले लैङ्गिकताको अध्ययन गर्दैन । साहित्यमा कुतुहलता, रहस्यमयता, शङ्का, सन्दिग्धताको अध्ययन गर्ने यो नवीन सिद्धान्त हो । त्यसै गरी पूर्वीय काव्यशास्त्रको परम्परामा पनि सन्दिग्धताको विस्तारित चर्चा पाइन्छ तर त्यसले लिङ्ग र लैङ्गिकताको अध्ययन नगरी अर्थ वा पदगत सन्दिग्धताले काव्यमा पु¥याएको बाधा वा दोषको अध्ययन गर्दछ । आचार्य विश्वेश्वरले पूर्ववर्ती आचार्यका मतहरुको विस्तृत चर्चा गरेका छन् ।(हेर्नुहोस् ः काव्यप्रकाश)। पश्चिममा पनि आश्चर्यचकित पार्ने तङ्खवको अध्ययन यस सिद्धान्तले गर्छ । यस सिद्धान्तका अनुसार पाठ दुई किसिमको हुन्छ । एक समाधानित र अर्को असमाधानित । समाधानित पाठलाई बन्द पाठ(अयिकभ तभहत) पनि भनिन्छ । थ्रिलर साहित्य अथवा चलचित्र, जासुसी आख्यान, डरलाग्दो परिवेश सिर्जना गरेर साहसको प्रदर्शनद्वारा रोमाञ्चकता प्रदान गर्ने कृतिहरु, रहस्यात्मक कथाहरु, अतियथार्थवादी साहित्य आदिमा बन्द पाठ प्रयोग गरिएको हुन्छ । यसमा सन्दिग्धता सिर्जना गरी अन्तमा त्यसको रहस्योद्घाटन पनि गरिएको हुन्छ । यसको ठिक उल्टो खुला पाठ –यउभल तभहत) मा सन्दिग्धताको रहस्योद्घाटन नगरी पाठकलाई शङ्का र अनिश्चततामै छाडिदिएको हुन्छ । (बेनेट र रायल, सन् २००८ ः १९७) यसको अध्ययन गर्ने सिद्धान्त चाहि“ ससिन्दग्ध सिद्धान्त हो । (यहाँ सन्दिग्धता सिद्धान्तको व्याख्या गर्ने उद्ेश्य नराखी केवल क्विअर थिअरी सन्दिग्धता सिद्धान्तबाट नितान्त फरक भएको कुरा सही रुपले देखाउन मात्र खोजिएको हो ।) क्विअर थिअरीलाई चाहि“ नेपालीमा तेस्रो लिङ्गवादी सिद्धान्त शब्द प्रयोग गर्नु उपयुक्त हुन्छ ।
अङ्ग्रेजी भाषाका प्राध्यापक तथा नेपाली भाषका लेखक डा. गोविन्दराज भट्टराइले क्विअर थिअरीको नेपाली अनुवादका रुपमा सन्दिग्ध सिद्धान्त पदावली प्रयोग गरेका छन् र यस्तो प्रयोग पहिलोपल्ट आपैmले गरेको घोषणा पनि गरेका छन् । मोहनराज शर्माद्वारा लिखित उपन्यास सलिजो (२०६६)को भूमिकामा लेखेका छन् ः
नारी र पुरुष समलैङ्गिकतालाई नछुट्याई एकैसाथ बुझाउने शब्दको निर्माण भएको छ अङ्ग्रजीमा । त्यो हो ‘क्विअर’ अर्थात् अनौठो, विचित्रको, भिन्न, नेपालीमा सन्दिग्ध भन्दा उपयुक्त होला जस्तो लाग्छ । लैङ्गिकता र यौनिकताबारेको भिन्न सोच र धारणा हुनेहरु त्यसरी परिभाषित हुन नचाहनेहरुले रचेको तेस्रो स्पेस हो ‘क्विअर’ ।(पृष्ठ ः बाह्र) ।
भट्टराइको उपर्युक्त भनाइमा रहेका दुइटा कुरामा विचार गर्नुपर्ने देखिन्छ ः
१. क्विअर सिद्धान्तको नेपाली अनुवाद सन्दिग्ध भन्नु उपयुक्त होला जस्तो उनलाई लाग्छ ।
२. लैङ्गिकता र यौनिकताबारे भिन्न सोच हुनेअरु अर्थात् नारी वा पुरुष भनेर परिभाषित हुन नचाहनेहरुले रचेको तेस्रो स्पेस हो – क्विअर ।
पहिलो बु“दामा आएको कुराबारे माथि प्रस्ट भइसकहेकाने छ । प्रा. डा. भट्टराईलाई उपयुक्त लागेको उक्त प्रस्ताव तार्किक नभएकोले अस्वीकार्य नै छ । दोस्रो् बु“दामा उनले एउटा महङ्खवपूर्ण कुरा प्रस्तुत गरेका छन् । परम्परागत सामाजिक व्यवस्थाले दुई ओटा लिङ्गको अस्तित्व मात्र स्वीकार गरेको थियो । त्यस किसिमको लैङ्गिक परिभाषाभित्र नअटाउने भिन्न लैङ्गिकता र यौनिकता भएका व्यक्तिहरुले भट्टराइले भनेको तेस्रो लैङ्गिक स्पेस खोजेका हुन् । अर्थात् पुरुष र स्त्री दुई ओटा लिङ्ग भन्दा भिन्न यौनिकता नै तेस्रो लिङ्गीय स्पेस हो । स्मरणीय छ क्विअर शब्दले पनि पुरुष र स्त्री लैङ्गििक परिचयभन्दा भिन्न हुन चाहने, प्रकृतिले भिन्न पारेका लैङ्गिक समुदायलाई चिनाउदछ । यस बाट के प्रस्ट हुन्छ भने – क्विअर शब्दले बहन गर्ने अर्थ नै नेपालीमा तेस्रो लिङ्गी भन्ने पदावलीले प्रदान गर्दछ ।
नेपालीमा तेस्रो लिङ्गीबारे अझै प्रचुर भ्रम छ । समलिङ्गी र तेस्रो लिङ्गी भन्ने पदावली तेस्रो लिङ्गीहरुको अधिकारकर्मी सङ्गठन ब्लु डाइमन्ड सोसाइटीका अध्यक्ष सुनिलबाबु पन्तले नै प्रयोग गरेका छन् ।(शर्मा, २०६६ ः एकतीस, हुनत त्यो असावधानी मात्र पनि हुन सक्छ ।) यस पदावलीबाट तेस्रो लिङ्गीभित्र समलिङ्गी समुदाय पर्दैन भन्ने अर्थ लाग्छ । यदि तेस्रो लिङ्गी भनेको समलिङ्गी भन्दा नितान्त पृथक समुदाय हो भने समल्गिीलाई चौथो लिङ्गी भन्नु पर्ने होला नि त ! समलिङ्गी र तेस्रो लिङ्गी भनिएका समुदाय भन्दा भिन्न लैङ्गिकता र यौनिकता भएका ननस्ट्रेट व्यक्तिहरुको पनि अस्तित्व होला, तिनलाई के पा“चौ“ लिङ्गी, छैटा“ै लिङ्गी, सातौ“ लिङ्गी भन्दै जाने ? लैङ्गिकता र यौनिकता त व्यक्ति र परिवेशअनुसार फरक फरक हुन सक्दछ । त्यसैले कुरा त्यसो होइन, परम्परागत सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक कथित स्ट्रेट वा विपरीतलिङ्गी व्यवस्थाले स्वीकारेका दुई ओटा लिङ्ग(भाले र पोथी)बाहेक अन्य कुनै किसिमको लैङ्गिकताको कल्पना पहिले गरिएको थिएन । त्यस्तो देखिएमा त्यसलाई रोग, कलङ्क, श्राप वा अपाङ्गता ठानिन्थ्यो । हाल आएर वास्तविकताको सार्वजनिकीकरण भएपछि भाले र पोथी परम्परमगत दुई लिङ्गको भन्दा भिन्न लैङ्गिकता र यौनिकता भएका व्यक्ति तथा समुदायलाई तेस्रो लिङ्गी भनिएको हो र यही नै सही परिभाषा पनि हो । तेस्रो लिङ्गी भित्र समलिङ्गी तथा अन्य फरक लैङ्गिकता र यौनिकता भएका समुदायहरु समेटिन्छन् । ब्विअर भनेको पनि त्यही नै हो । क्विअर थिअरी (तेस्रो लिङ्गवादी सिद्धान्त)लाई सन्दिग्ध सिद्धान्त भन्नु सम्पूर्णतः अतार्किक÷कुतार्किक हुन्छ । एउटाले भनेका कारण सबैले भन्ने स्याल हुइँया प्रवृत्तिबाट सचेत बन्नु चुनौतीपूर्ण पनि होला ।
२. तेस्रो लिङ्गीय÷तेस्रो लिङ्गवादी सिद्धान्त९त्तगभभच तजभयचथ०को अवधारणा
विपरीत लिङ्गवाद९जभतभचयकभहष्कष्कm०ले समलिङ्गीहरुलाई पनि स्त्री समलिङ्गी र पुरुष समलिङ्गी गरी दुई विपरीत धुर्वीय पारिभाषित वर्गमा विभाजन गरेको छ । त्यसै गरी यी दुई शब्दहरुले समलिङ्गीयता र विपरीत लिङ्गीयता गरी स्पष्ट दुई वर्ग प्रस्तुत गरेका छन् । यस्तो सरल विपर्यासबाट मानिसको यौनिकताको व्याख्या हुन सक्दैन भन्ने तेस्रो लिङ्गवादी सिद्धान्तको मान्यता रहेको छ । मानिसको यौनिकता उसको आत्म तङ्खव जस्तै तरल, टुव्रmे र सम्भाव्यताहरुको समुच्चयका रुपमा रहेको हुन्छ । यौनिकता भन्ने कुरा यौनेच्छाहरुको परिवर्तनशील र गतिशील श्रेणी हो । विभिन्न समय र परिस्थितिमा एउटै मानिसको यौनिकता भिन्न भिन्न स्वरुपमा देखा पर्न सक्दछ । मानिसले स्त्री समलिङ्गी, पुरुष समलिङ्गी, द्विलिङ्गी आदि सम्बन्धी परिचय उसको वर्गीय, जातीय तथा सांस्कृतिक पहिचानका आधारमा प्राप्त गरेको हो । त्यसैले व्यक्तिको यौनिकता न त उसको जीववैज्ञानिक शारीरिक रचनामा रहेको लिङ्ग(स्त्री÷पुरुष)ले पूर्णतः नियन्त्रण गर्दछ, न त उसको संस्कृति प्रदत्त लिङ्गीय भूमिकाले पूर्णतः नियन्त्रण गर्दछ ।(टाइसन, २००५ ः ३३५) यौनिकताको परिभाषा व्यक्तिको यौनेच्छा, सिर्जनात्मकता र आवश्यकतासम्म फ्रलिएको छ भन्ने यस सिद्धान्तले मान्दछ । निष्कर्षतः नारी÷पुरुष वा समलिङ्गी÷विपरीत लिङ्गी सम्बन्धी परम्परागत द्विचरको अवधारणाभन्दा व्यापक रुपले यौनिकताको परिभाषा गरिनुपर्छ । मानव यौनेच्छाको क्षेत्र, बृहत्, तरल र परिवर्तनशील हुन्छ÷हुन सक्छ भन्ने कुरा स्वीकार गर्नुपर्छ भन्ने तेस्रो लिङ्गी सिद्धान्तको अवधारणागत आग्रह रहेको छ । उत्तर संरचनावादी सिद्धान्तको आलोकमा तेस्रो लिङ्गवादी साहित्य सिद्धान्त सन् १९९० को दशकमा देखा परेको हो । यसले यौनिकताको वर्गीकरणलाई पुनःपरिभाषित तथा पुनःस्थापित गरेको छ ।(बाल्डिक, सन् २००६ ः २१०) यसले स्त्री समलिङ्गी र पुरुष समलिङ्गीको संयुक्त क्षेत्र निर्माण गरेको छ । यसले सबै किसिमका भिन्न लैङ्गिकता र यौनिकता भएका(लयल कतचबष्नजत) व्यक्तिहरुका व्यवहार र गतिसिवधिहरु(भिन्न पोशाक, दोहोरो यौनिकता, परिवर्तित लिङ्ग र यौनिकता आदि) का बारेमा पनि अध्ययन गर्दछ ।
जसरी स्त्री समलिङ्गी र पुरुष समलिङ्गी सिद्धान्तहरु परम्परागत विपरीत लिङ्गवादी समाजले गरेको लिङ्गीय उत्पीडन, अपमानका विरुद्ध सङ्घर्ष गर्नका लागि समलिङ्गीहरुका अधिकार पनि विपरीत लिङ्गवादीहरु सरह हुनुपर्ने मान्यताका साथ स्थापित छन् । त्यसै गरी क्विअर थिअरी पनि विपरीत लिङ्गीय व्यवस्थाले उत्पीडनमा पारेको तेस्रो लिङ्गीय सम्पूर्ण समुदायको राजनीतिक, सामाजिक आदि अधिकार सुनिश्चत गर्ने उद्देश्य राख्दछ । पुरुष समलिङ्गी र स्त्री समलिङ्गीहरु आआप्mनै तरिकाले पृथक पृथक आन्दो्लनमा रहेर सङ्घर्ष गर्दा सन् १९७० को दशकमा प्रमुख रुपले एउटा समस्या देखा प¥यो । पुरुष समलिङ्गीहरु आपूmलाई मूलतः पुरुष ठान्ने हुनाले पितृसत्ता प्रदत्त पुरुषीय अग्राधिकार प्रयोग गर्न चाहन्थे त्यसैले उनीहरुले स्त्री विरोधी चरित्र यथावत् देखाउन थाले । स्त्री समलिङ्गीहरुले नारीवादी आन्दोलनस“ग जोडिएर अघि बढ्न खोजे । बहुसङ्ख्यक विपरीत लिङ्गवादी समुदायले पुरुष समलिङ्गी, स्त्री समलिङ्गी र आप्mनोभन्दा भिन्न यौनिकता भएका अल्पसङ्ख्यक समुदायमाथि अवहेलना, घृणा र उत्पीडन गरिरहेका कारण त्यस्ता साझा अवहेलना र उत्पीडन खपेका अल्पसङ्ख्यक समुदायको एकत्वका लागि साझा राजनीतिक, सामाजिक उद्देश्यका साथ अघि बढ्न क्विअर थिअरी अस्तित्वमा आएको हो ।
पाश्चात्य तथा पूवीृय समृद्ध साहित्य परम्परामा विभिन्न ऐतिहासिक कालखण्डमा सिर्जना भएका कृतिहरुमा समलैङ्गिक सन्दर्भहरु भेट्न सकिन्छ तर विपरीत लिङ्गवादी व्यवस्थाका कारण त्यसरी अध्ययन नगरिएको हो भन्ने तेस्रो लैङ्गिक समालोचनाको मान्यता हो । कृतिहरुका आधारमा तत्कालीन लेखकहरु विपरीत लिङ्गी(पुरुष वा महिला) थिए कि तेस्रो लिङ्गी थिए भन्ने बारे पनि अनुसन्धान गर्न सकिन्छ । तत्कालीन समाजले तेस्रो लिङ्गी व्यक्तिलाई सुरक्षा र सम्मान नदिएकै कारण कतिपय तेस्रो लिङ्गी लेखकहरु आप्mनो वास्तविक लैङ्गिकता र यौनिकतालाई पर्दा पछाडि राखेर परम्परागत विपरीत लिङ्गी पुरुष वा महिला जस्तो भएर बा“च्न विवश भएका हुन सक्छन् । यस कुराको सङ्केत उनीहरुका कृति र आत्मजीवनीबाट प्राप्त गर्न सकिन्छ तर समाजमा तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण अझै पनि बर्बर भएका कारण कसैको लिङ्गीयता बारे ठम्याइएको कुरा निर्धक्क रुपले भन्न सजिलो छैन ।
तेस्रो लिङ्गवादी सिद्धान्त उत्तर संरचनावाद र विनिर्माणवादका आलोकमा परम्परागत द्विचरलाई अस्वीकार गर्छ र पुरुष÷महिला, विपरीत लिङ्गी÷ समलिङ्गी, प्राकृतिक÷अप्राकृतिक जस्ता द्विचरहरुले विविधताको तरङ्गीय सञ्जाललाई केवल दुई ओटा वर्गमा विभाजन गरेका कारण यो अस्वीकार्य छ । यस्तो द्विचरमा पहिलो एउटालाई आभिजात्य, सामथ्र्यवान् र केन्द्रीयका रुपमा लिइएको हुन्छ भने दोस्रो पक्षलाई मूल्यहीन, सहायक र सीमान्तीय मानिएको हुन्छ । यस्तो द्विचरका विरुद्ध विविधताका तरङ्गीय सञ्जाल र श्रेणी हुने कुरामा यो् सिद्धान्त विश्वास गर्दछ । एन्ड्रिन रिचले यस किसिमको अवधारणाअनुसार अनिवार्य पारिएको विपरीत लिङ्गीयता र स्त्री समलिङ्गी अस्तित्व शीर्षक लेखमा प्रस्तुत गरे्को् विचारलाई एम.एच अब्राहमले यसरी उल्ल्ेख गरेका छन् ः
स्त्री समलिङ्गी सम्बन्ध शृङ्खला९भिकदष्बल अयलतष्लगगm० का रुपमा नारीहरु बिचको प्रेम र सम्बन्धको बन्धन कति विविधतायुक्त र लामो रे्न्जको सञ्जालका रुपमा रहेको हुन्छ भन्ने सन्दर्भमा रिचले आमाछोरीको पारिवारिक सम्बन्ध, महिला साझेदारी तथा सामाजिक समुहहरु र त्यसै गरी खुला शारीरिक समलिङ्गी यौन सम्पर्क आदिको उल्लेख गरेकी छन् ।(अब्राहम, २००५ ः २६४)
यसरी परम्परामा रहेका द्विचर विरोधको व्यवस्थाको केन्द्रीयता भञ्जन गर्दै सिद्धान्तकारहरुले तेस्रो लिङ्गी सिद्धान्तको विकास गरेका हुन् । एभ सेजविक, जुडिथ बट्लर आदिले तेस्रो लिङ्गीय यौनिकता र लैङ्गिकतालाई सीमान्तीय तथा अप्राकृतिक देखाउने परम्परागत द्विचर विरोधलाई उल्ट्याउने कार्य गरे । विपरीत लिङ्गीय यौनिकता झट्ट हेर्दा आदर्श जस्तो देखिए पनि त्यसको आधार समलिङ्गी यौनेच्छा र सम्बन्धलाई अस्वीकार गरी पु¥याइएको उत्पीडन नै हो भन्ने कुरामा सिद्धान्तकारहरुको विशेष जोड रहेकबो छ । समग्रमा हेर्दा तेस्रो लिङ्गी सिद्धान्त स्त्री समलिङ्गी तथा पुरुष समलिङ्गी सिद्धान्त भन्दा बढी फराकिलो क्षेत्र ओगट्ने समावे्शी सिद्धान्त हो । यसले सम लिङ्गीय सिद्धान्तको भन्दा बढी र विविध यौनिक अभिमुखीकरण र व्यवहारलाई समेटेको छ ।
व्यक्तिको लैङ्गिकता वा यौनिकता जन्मजात हो वा संस्कृति प्रदत्त हो भन्ने प्रश्न पुरानै हो । यसमा विवाद पनि कायमै छ । तेस्रो लिङ्गीहरु यौनिक अभिमुखीकरणलाई जन्मजात वा सांस्कृतिकको कुनै सीमाभित्र नियन्त्रित मान्दैनन् । व्यक्तिको यौनिकता परिवर्तनशील(मथलबmष्अ० हुन्छ । समाजमा परम्परित रुपले विद्यमान् विपरीत लिङ्गवादी धारणाका कारण मात्र पुरुष, स्त्री आदि विभाजन भएको हो । सबै मानिसमा यौनिकताको अभिमुखीकरण गर्ने विभिन्न यौनेच्छाहरुको विविध तरङ्गीय परिवर्तनशील सञ्जाल हुन्छ । त्यसैले व्यक्तिलाई उसको यौनिकताका कारण राजनीतिक, सामाजिक, आर्थिक रुपले विभेद गर्न पाइदैन ।
३. अर्धसत्य उपन्यास
इन्द्रकुमार श्रेष्ठ सरित (२०१९) अर्धसत्य (२०६३) उपन्यासका लेखक हुन् । उनले कथा, कविता, गजल, उपन्यास र साहित्यका अन्य विधाहरुमा पनि कलम चलाएका छन् । उपन्यास लेख्नुपूर्व नै कथाकारका रुपमा पहिचान बनाइसकेका श्रेष्ठको उपन्यास भने यो पहिलो हो । उनका प्रकाशित कृतिहरुमा दिदीको देवर(कथासङ्ग्रह, २०५०), जस्केलोबाट चियाउने सूर्य(कथासङ्ग्रह, २०५६), एकजोर फूलघोडा(कथासङ्ग्रह, २०५६), अनुभूति र स्वीकारोक्तिमा(अन्तर्वार्ता, २०५९), पूर्व क्षितिज(कवितासङ्ग्रह, २०४६) र अर्धसत्य(उपन्यास, २०६३) प्रमुख छन् । आख्यान श्रेष्ठका साहित्य साधनाको प्रमुख क्षेत्र हो । सामाजिक यथार्थलाई साहित्यको विषय बनाएर कलात्मक प्रारुपीकरणबाट प्रभावकारी प्रस्तुती गर्नु उनको समग्र प्रवृत्तिको निचोड ठहर्छ ।पछिल्लो समयमा यस प्रकारको प्रारुपीकरण माक्र्सवादी आदर्शबाट पनि प्रभावित देखिन्छ । समाजमा लुकेर रहेका मर्मस्पर्शी अन्तःकथाको उद्घाटनमा रुची रहेका उपन्यासकार सरितले विवेच्य उपन्यास अर्धसत्यमा तेस्रो लिङ्गी समुदायको समस्या र स्थितिको अनावरण गर्ने प्रयत्न कलाको आवरणयुक्त अभिव्यक्तिबाट गरेका छन् ।
३.१ वस्तु
जीवनको अपरिभाषित जटिलता उपन्यासको विषय हो । समाजले जीवनलाई थप जटिल बनाइदिएको हो । कतिपय प्राकृतिक र स्वभाविक अवस्था पनि मानिसका लागि अभिशाप बन्नुमा सामाजिक रुढी प्रमुख भूमिका खेल्दछ । तेस्रो लिङ्गी समुदाय सामाजिक पाण्डित्यकै कारण जीवनभर कुन्ठित र अपमानित भएर बा“च्न बाध्य छ । सबैका लागि विद्रोह सम्भव कुरा होइन । विद्रोहको आवश्यकता महशुस गरे पनि त्यो अवचेतनमै थुनिएर कुन्ठा, वितृष्णा र निराशामा परिणत भई अचेतनतर्पm धकेलिन्छ र जीवनलाई नै धराशयी बनाउछ । यस उपन्यासमा त्यही भएको छ । समाजले नकारात्मक दृष्टिले हेर्ने तेस्रो लिङ्गी समुदायको उत्पीडित पात्रलाई उपन्यासको नायकत्व प्रदान गरेर लेखकले विद्रोहको आशा त जगाएका छन् तर उनका पात्रहरु भने विद्रो्ह गर्नु त कता हो कता परम्परित समाजको अवहेलना, घृणा र उत्पीडनको डरले च्यापिएर नेपथ्यको अध्यारो गुफामा पुग्छन् र त्यतैबाट कुन्ठाले तिरोहित हुन्छन् । जीवनमा तृप्तिको तृष्णाले छटपटाउदै मृत्यु कुर्छन् अनि जुम्सो जीवनको कहालीपूर्ण वियोगान्तमा पुग्छन् ।
३.२ तेस्रो लिङ्गीयताबारे लेखकीय दृष्टि
अर्धसत्य उपन्यासको मुख्य पात्र प्रभात पुरुष समलिङ्गी व्यक्ति हो तर उपन्यासकारले त्यस बारेमा कतै केही स्पष्ट उल्लेख गरेका छैनन् । तेस्रो लिङ्गवादी सिद्धान्तले लैङ्गिकता र यौनिकता जन्मजात मात्र नभई सामाजिक सांस्कृतिक परिवेशले निर्माण गर्ने ठान्दछ । स्त्री, पुरुष, स्त्री समलिङ्गी, पुरुष समलिङ्गी जस्ता धारणा पनि विपरीत लिङ्गवादी समाजले निर्माण गरेको हो नभए व्यक्तिको लैङ्गिकता र यौनिकता परिवर्तनशील तरल र भिन्न भिन्न हुन सक्छ भने यस सिद्धान्तको मान्यता रहेको छ । प्रभात जन्मजात समलिङ्गी यौनाकर्षण भएको व्यक्ति हो वा अन्य प्रभावले पछि उसको् यौनिकता त्यस किसिमले विकास भएको हो भन्ने बारेमा पनि उपन्यास र उपन्यासकारले कतै स्पष्ट नपारेका कारण पाठक आपैm अनुमान गर्न बाध्य छन् । डा. तारानाथ शर्माले यस बारेमा यस्तो अनुमान गरेका छन् ः
सानैदेखि रक्स्याहा बाबु चन्द्रवीरले आप्mनी सहनशीला आमा महिनाप्रति गरेको सधै“को दुव्र्यवहार र अर्की आइमाईस“गको हाकाहाकीको सहवासले विरक्त प्रभातको स्वभाविक शारीरिक र मानसिक विकासमा असन्तुलन आई ऊ हीराकृष्णसितको नितान्त निकटताले गर्दा अप्राकृतिक यौनाचारतिर प्रवृत्त भएको हुनुपर्छ ।(अर्धसत्य, भूमिका ः ७)
डा. शर्माको प्रस्तुत भनाइमा दुई ओटा कुराहरु मुख्यगरी उल्लेखनीय छन् ः
१. प्रभातको लैङ्गिकता जन्मजात नभई पछि विकसित हो ।
२. समलैङ्गिक यौनाचार भनेको शारीरिक, मानसिक असन्तुलन(रुग्णता)का कारण विकसित हुने अप्राकृतिक व्यवहार हो ।
तेस्रो लिङ्गीयता जन्मजात कुरा हो वा पछि विकसित हुन्छ भन्ने बारेमा संसारभर विवाद कायम छ । यसलाई जन्मजात मान्नेहरुमध्ये एकथरि जन्मजात रोग वा अपाङ्गता हो भन्ने मान्दछन् भने अर्काथरि यो जन्मजात भएकाले प्राकृतिक हो त्यसैले यसलाई त्यही रुपमा स्वीकार गर्नुपर्छ भन्ने मान्दछन् । उनीहरुका अनुसार कोही जन्मजात पुरुष, कोही जन्मजात महिला भए जस्तै कोही जन्मजात तेस्रो लिङ्गी हुन्छन्, तेस्रो लिङ्गीहरु कमजोर, अपाङ्ग वा रोगी होइनन् त्यसैले उनीहरुले आप्mनो फरक लिङ्गीयता, यौनिकतासहितको पहिचानमा गर्व गरेर बा“च्न पाउनुपर्छ भन्ने मान्यता रहेको छ । यसरी तेस्रो लिङ्गीयतालाई जन्मजात(ष्लदयचल) मान्नेहरुलाई जैविक सारवादी(दष्ययिनष्अब िभककभलतष्बष्कित) भनिन्छ ।
तेस्रो लिङ्गीयतालाई पछि विकसित वा समाजको उत्पादन मान्नेहरु यो जन्मजात नभई पछि खास परिवेशका कारण विकास भएको हो भन्ने मान्दछन् । तेस्रो लिङ्गीयतालाई पछि समाजमा विकसित भएको विशेषता मान्ने विचारकहरुमध्ये एकथरी व्यक्तिहरु यसलाई अस्वस्थ(रुग्ण) सामाजिक वातावरणका कारण व्यक्तिमा विकसित हुने खराब आचरण, रोग वा दुव्र्यशनी हो भन्ने ठान्छन् । उनीहरु विपरीत लिङ्गीयता भने जन्मजात र प्राकृतिक नै मान्दछन् । अर्काथरि व्यक्तिहरु तेस्रो लिङ्गीयता र विपरीत लिङ्गीयता दुवै जैविक शक्तिले नभई सामाजिक उत्पादनका रुपमा विकसित हुन्छन् भन्ने विश्वास गर्छन् । उनीहरु खास वातावरणीय तङ्खवहरुका कारण व्यक्तिमा विकसित हुने सामान्य प्रतिव्रmयाका रुपमा तेस्रो लिङ्गीयता विकसित हुन्छ(जसरी कतिपय व्यक्तिहरुमा विपरीत लिङ्गीयता विकसित भएको हुन्छ) भन्ने मान्दछन् । त्यसैले यसलाई स्वाभाविक रुपमा लिनुपर्ने उनीहरुको मत रहेको छ । यसरी लिङ्गीयता र यौनिकतालाई वातावरणबाट विकसित मान्ने चिन्तकहरुलाई सामाजिक संरचनावादी(कयअष्ब िअयलकतचगअतष्यलष्कत) भनिन्छ ।
अर्धसत्य उपन्यासको मूल पात्र प्रभातको यौनिकतामाथि डा. तारानाथ शर्माद्वारा गरिएको टिप्पणीबाट उपन्यासमा प्रकट तेस्रो लिङ्गीयतासम्बन्धी लेखकीय दृष्टि सामाजिक संरचनावादी रहेको भन्ने देखिन्छ । शर्माले गरेको टिप्पणी अनुसार उनी स्वयम् प्रभातको तेस्रो लिङ्गीय यौनिकतालाई सामाजिक रुग्णताको प्रतिफलस्वरुप विकसित दुव्र्यसन ठान्दछन् । अर्धसत्य उपन्यासले पनि त्यसैगरी यस विषयलाई प्रस्तुत गरेको शर्माको ठहर छ । शर्मा आफै पनि परम्परागत समाजले हुर्काएका विपरीत लिङ्गवादी समालोचक हुन् । लैङ्गिकताको परम्परागत परिभाषामा रुढ भएको मानसिकताका व्यक्ति हुन् त्यसैले उनले तेस्रो लिङ्गीय यौनिकतालाई अप्राकृतिक देख्नु स्वाभाविक पनि हो ।
अर्धसत्य उपन्यास पढ्दा प्रभात जन्मजात वा सानै उमेरदेखि तेस्रो लिङ्गीय जैविक संरचना भएको व्यक्ति होइन भन्ने कुनै प्रमाण भेटिदैन । त्यसैले उपन्यासकारको दृष्टिकोण सामाजिक संरचनावादी नै हो भन्न सकिदैन । बरु लेखक यौनिकतालाई जन्मजात मान्दछन् कि भनी अनुमान गर्न सकिने धेरै ठाउ“हरु छन् । प्रभात सानैदेखि मध्यरातमा कलिलो चित्कार सुन्दै हुर्केको व्यक्ति हो । उसले प्रत्येक रात सुन्ने त्यो कलिलो चित्कार के हो लेखकले रहस्यकै गर्भमा राखेका छन् तर सिङ्गो उपन्यास प्रभातको तेस्रो लिङ्गीय यौनिकतामा केन्द्रित भएकाले त्यसैलाई सङ्केत गर्न खोजिएको हो कि भन्न सकिन्छ ।
छ वर्षको हृष्टपुष्ट र भुकुल्ले प्रभातलाई ठुल्दाइ हरिले सस्नेह सुम्सुम्याए। स्नेहपूर्वक उसका गालामा म्वाइ“ खाए । स्नेहको सागरमा डुबेको प्रभातलाई आपूm निदाएको थाहै भएन । आधारातमा ब्युझिएको कलिलो चित्कारलाई कसैले आप्mनो बलियो पञ्जाले सुत्न कर लगायो ।(सरित, २०६६ ः ९)
यो कलिलो चित्कार प्रभातकै हो ? यो चित्कारको रहस्य र अर्थ के हो ? किन प्रभातको जीवनमा यस चित्कारले पछिसम्म पनि यस चित्कारले पछ्याइरह्यो ? किन त्यो चित्कार सधै“ आधारातमा ब्युझिन्छ ? त्यसलाई सुत्न कर लगाउने हात कसको हो ? के प्रभातका दाइ÷दाइहरु पनि समलिङ्गी थिए ? यी प्रश्नहरु उपन्यासमा अनसत्तरित नै छन् तथापि यिनको सम्बन्ध प्रभातको जीवनमा स्वाभाविक रुपले विकसित उसको यौनिकता र लिङ्गीयतास“ग छ कि भनी अनुमान लगाउन सकिन्छ । उसको तेस्रो लिङ्गीय यौनिकताको पूर्वसङ्केतका रुपमा उपन्यासकारले त्यो चित्कार र त्यससम्बद्ध सन्दर्भहरु प्रयोग गरेका हुन भने उनको दृष्टिकोण जैविक सारवादी नै रहेको प्रमाणित हुन्छ । प्रभातलाई विवाह गर्न मन नहुनु, विवाहपछि पनि स्वास्नीस“ग सन्तुष्ट हुन नसक्नु आदिले उसमा जन्मजात त्यस्ता गुण रहेको देखाउछ कि तर यी कुनै पनि कुरा उपन्यासले छर्लङ्ग नपार्ने हुनाले यससम्बन्धी लेखकीय दृष्टि नै अस्पष्ट देखिएको छ ।
प्रभातमा समलिङ्गीयता पछि आएर विकास भएको भन्न सकि“दैन । पहिलो विवाह र त्यसपूर्व पनि विपरीत लिङ्गी विवाहप्रति उसमा कुनै रुची छैन । बालककालदेखि नै प्रभात सङ्कोची र असन्तुष्ट छ । ऊ आप्mना दाइहरुस“ग टाढा भाग्न खोज्छ । उसका दाइहरु पनि समलिङ्गी थिए कि थिएनन् उपन्यास मौन छ । उपन्यासले अर्धसत्य खोल्छ र सत्यको बा“की अर्धपक्ष पाठक स्वयम्ले अनुमान वा कल्पना गर्नुपर्ने हुन्छ । प्रभातले हरेक रात सुन्ने कलिलो चित्कार बाह्य हो कि उसकै आन्तरिक जगत्को ? त्यसको पृष्ठभूमिमा कुन कारक तङ्खव रहेको छ जसले कलिलो चित्कारलाई प्रभातका जीवनमा डरलाग्दो दैत्यका रुपमा आप्mनो छाप छाडेको छ र ऊ त्यसबाट टाढा भाग्न जति कोशिस गरे पनि स्वतन्त्र हुृन सक्दैन । यसबाट अनुमान गर्न सकिन्छ ः प्रभातको शारीरिक बनावट स्त्री शरीरस“ग मिल्दोजुल्दो छ,(जस्तै, भुकुल्ले गाला, लर्केको जुल्फी), उसका दाइहरु पनि समलिङ्गी छन् । सानै हु“दा नै प्रभात राति ओछ्यानमा आप्mनै दाइहरुबाट बलात्कृत भएको छ र धक फुकाएर रुन पनि पाएको छैन । यसको परिणामस्वरुप ऊ दाइहरुस“ग डराउ“छ । यस्तो सङ्केत गर्ने केही हरफहरु ः
प्रभातको साहिलो दाइ कृष्ण महिना दुई महिनामा घर आउ“दा घरका सबै जना प्रशन्नता व्यक्त गर्दछन् । तर ऊ निस्पृह रहन्छ । साहिलो दाइको घर आगमन र प्रस्थानले उसलाई कुनै प्रभाव पार्दैन । तैपनि घर आएका बेला साहिलो दाइले वर्तमानमा कुल्चेर सधै“ कालो इतिहास रचेको हुन्छ ।(पृष्ठ ः ११)
प्रभात कहिल्यै स्त्रीप्रति यौनाकर्षित भएन । बरु उसको आकर्षण वा यौनिक झुकाव पुरुषप्रति नै थियो । पुरुषप्रतिको त्यस्तो यौन चाहना पूरा होला कि नहोला भन्नेमा चाहि“ उसलाई आशङ्का थियो । तल साभार गरिएको उपन्यासअंशमा त्यही कुराको सङ्केत पाइन्छ ः
कहिकतै अटाउन नसक्ने र परिभाषित हुन नसक्ने मनलाई प्रभातले सुटुक्क सोध्यो – ‘‘प्रभात त“ को होस् ? तेरो चाहना के हो ? कतै तेरो चाहना केवल मृग मरिचिका मात्र त होइन ? कतै ती अत्यन्त दुर्लभ र अप्राप्य त छैनन् ?’’ प्रत्युत्तरमा मौन मनका अगाडि एउटा सुन्दर र हृष्टपुष्ट युवक आएर उभियो । उसको दृष्टिमा माया थियो, अधरमा माया थियो र आलिङ्गनमा पनि माया नै माया देखिन्थ्यो । यस्तो लाग्थ्यो मानौ“ – यसबेला वातावरण नै मायालु बनिसकेको छ । त्यही मायालु आलिङ्गनबाट उसले मायालु प्रश्न सोध्यो –‘‘के यी भुकुल्ले गालाहरुमा मात्र एकपटक म सप्रेम कुटुक्क टोक्न सक्छु ?(............π!!???)
प्रभातको मनमा रुपयौवना स्त्री कहिल्यै आइन बरु आयो सुन्दर र हृष्टपुष्ट युवक । यो उसको प्राकृतिक मन हो । यसलाई रुग्णता वा खराव सङ्गतको दुव्र्यसन भन्न मिल्दैन । उसले जीवनमा दुई पटक विपरीत लिङ्गीय विवाह गरेको छ तर ती सामाजिक परम्पराका बाध्यात्मक परिणति हुन् । प्रभातले ती विवाहबाट सन्तुष्टि नपाए पनि प्रजनन् कार्य सम्पन्न गरेको छ । त्यसैले उसको यौनिकता ठोस होइन तरल र बढी अपरिभाषित छ । माथि उद्धृत उपन्यासहंशले पनि प्रभातको यौनिकता र लिङ्गीयताको निष्कर्ष विश्मयादिबोधक तथा प्रश्नवाचक चिह्नबाट प्रस्तुत गर्नुले पनि त्यसप्रकारको अपरिभाष्यता नै प्रकट गर्दछन् ।
सम लिङ्गी युवक हीराकाजी र हीराकाजीहरुस“गको सङ्गतले पनि प्रभात किन सन्तुष्ट हुन सकेन र ? स्त्रीप्रति यौनाकर्षण नभए कसरी प्रभातले टङ्कीबाट सन्तान प्राप्त ग¥यो ? यी प्रश्नले प्रभातको यौनिकतालाई झन् जटिल र अपरिभाषित बनाएका छन् । तेस्रो लिङ्गी समालोचनाले व्यक्तिको यौनिकतालाई समलिङ्गी वा विपरीत लिङ्गको सामान्य विभाजनबाट बुभ्mन सकिदैन भन्ने मान्दछ । यौनिकता तरल र परिवर्तनशील हुने भएका कारण उसको समग्र यौनिक तथा लिङ्गीय विशेषता जन्मजात तङ्खव र वातावरण दुबैको प्रभावबाट बन्दछ । जसरी मानिसका अन्य स्वभाव र विशेषताहरु पनि न त पूर्ण रुपले जन्मजात हुन् न पूर्ण रुपले आर्जित हुन् । त्यसै गरी यौनिकताको विकास पनि यी दुबै तङ्खवहरु(जन्मजात र सामाजिक)को समग्रताबाट र्निाित हुन्छ । प्रभातको यौनिक जटिलता पनि यी दुवै तङ्खवहरुको समग्रता हो । उसमा जन्मजात केही समलिङ्गी गुण हु“दा हुन् तर उसका दाइहरु, बाबुआमा, साथीहरु, मन नपरेकी श्रीमती, हीराकाजी जस्ता समलिङ्गी मित्रहरु आदिले पनि प्रभातको लैङ्गिकता तथा यौनिकताको जटिलतर रचना हुनुमा उल्लेख्य भूमिका खेलेका छन् ।
उपन्यासको एक अंशमा प्रभात भन्छ, ‘‘म मजस्तो हुनुमा ती(दाइहरु) कम दोषी छन् त ? सम्झिदा पनि रिङ्टा लाग्छ उसलाई – उफ ! कसरी सहेर सुनिरहे“ होला मैले प्रत्येक रात उठ्ने कलिलो चित्कारलाई ?’’(पृष्ठ ः )
यसबाट लेखकले प्रभातको लिङ्गीयता र यौनिकताको विकासमा वाल्यकालीन परिवेश र सामाजिक, सांस्कृतिक स्थितिले पारेको प्रभाव देखाउने प्रयत्न गरेका छन् । समग्र उपन्यास हेर्दा लेखक यौनिकता र लिङ्गीयताको विकास नै जटिल र तरल किसिमको प्रव्रिmयाबाट हुने भएकाले सजिलै परिभाषित नहुने निष्कर्षमा रहेका देखिन्छन् ।
३.२ तेस्रो लिङ्गप्रति सहानुभूति
परम्परागत समाज विपरीत लिङ्गवादी छ । समलिङ्गीहरुलाई हेयका दृष्टिले हेर्दछ । त्यसैले परम्पराले उचित ठह¥याएको विपरीत लिङ्गी यौनिकताभन्दा भिन्न प्रकृति र स्वभाव भएका समुदाय आपूmलाई नेपथ्यमै राखेर विपरीत लिङ्गी आवरणमा बस्न बाध्य छ । आपूmलाई अभिशप्त ठानेर तेस्रो लिङ्गीय यौनिकता भएका व्यक्तिहरु निराशामय जीवन बिताउन बाध्य हुन्छन् । समाजले उनीहरुलाई कलङ्कको दाग(कतष्लनmब) लगाएर सामाजिक वहिष्करणमा पार्ने आशङ्काले गर्दा तेस्रो समलैङ्गिक समुदायका पुरुष समलैङ्गिक यौनिकता भएका, स्त्री समलङ्गिक यौनिकता भएका, द्विलिङ्गीय यौनिकता भएका र अन्य सबै किसिमका ननस्ट्रेट व्यक्तिहरु न आप्mना इच्छा र भावना खुलस्त रुपले अरु समक्ष अभिव्यक्त गर्न सक्दछन् न आप्mनो प्राकृतिक फरक यौनिकतामाथि गर्व गर्न सक्दछन् ।
अर्धसत्य उपन्यासको प्रमुख पात्र प्रभात पनि तेस्रो लिङ्गी यौनिकता भएको व्यक्ति हो । उसले आप्mनो इच्छा विपरीत विपरीत लिङ्गी व्यक्तिस“ग विवाह गर्नुपरेको छ । विपरीत लिङ्गी यौन सम्पर्कबाट सन्तान जन्माएर आपूm पुरुष भएको देखाउनुपरेको छ तर त्यसबाट उसले कहिल्यै सन्तुष्टि पाएको छैन र उसको दाम्पत्य जीवन पनि नराम्ररी दुर्घटित भएको छ । उसको समग्र जीवन नै असन्तुष्टि, छटपटी, र बेचैनीमा मात्र बितेको छ । केटा साथीहरुस“ग यौनाकर्षित भए पनि कहिल्यै त्यस्तो इच्छा प्रकट गर्ने छुट उसलाई समाजले दिएन । लुकिचारी कायम भएका समलिङ्गी सम्बन्धहरुले पनि उसलाई मानसिक शान्ति र सन्तुष्टि दिन सकेनन् । पहिलो विवाह टङ्कीस“ग भए पनि उसकै कारण दाम्पत्य जीवन असफल भएको छ । टङ्कीस“ग भए पनि उसकै कारण दाम्पत्य जीवन असफल भएको छ । टङ्कीस“ग शारीरिक सम्बन्ध सुमधुर हुन नसक्नु नै उनीहरु बिचको वैमनस्यताको प्रमुख कारण हो ।
टङ्कीले छोडेर गएपछि प्रभातको हिमचिम हीराकृष्णसित बढ्नुको कारण उनीहरुको समलैङ्गिक चरित्र नै हो । उनीहरु बिचको प्रेम विवाहमा परिणत हुन नसक्नुको एउटै कारण भनेको समाजमा समलैङ्गिक विवाह स्वीकार्य नहुनु नै हो । सामाजिक संरचनाले सिर्जना गरेको दबाब र आवश्यकताले प्रभात सुनयनास“ग दोस्रो विवाह गर्न पुगेको छ । केटीहरुप्रति यौनाकर्षित नहुने भए पनि ऊ सकभर समाजका सामु आपूmलाई विपरीत लिङ्गी देखाउनका लागि विवाह मात्र गर्दैन दाम्पत्य जीवन विग्रह नहोस् भनेर विपरीतलिङ्गी यौन सम्बन्धका लागि समेत कसरत गर्दछ । विपरीत लिङ्गी पितृसत्ता भएको समाजले निर्माण गरेको आदर्श नारी चरित्र भएका कारण सुनयनाले कुनै विरोध र असन्तुष्टि प्रकट हुन नदिए पनि प्रभात पूर्णतः विपरीतलिङ्गीय पुरुष(जभतभचयकभहगब ि mबल) को यौनिक भूमिका निभाउन सक्षम हु“दैन । ऊ सधै“भरि कुन्ठित र असन्तुष्ट भइरहन्छ । आप्mनो जीवनलाई अभिशप्त ठानेर उसले आप्mनो छोरो समलिङ्गी नबनोस् भन्ने इच्छा राख्दछ । आप्mना मनका असन्तुष्टिका ज्वारभाटाहरु शान्त पार्न उसले पेन्टिङको सहायता लिन्छ तर खुलेर कसैस“ग केही भन्न सक्दैन । लुकेर कायम गरिएका समलिङ्गी सम्बन्धबाट पनि उसलनई सन्तुष्टिको साटो क्षोभ, पीडा र असन्तुष्टि मात्र हात लाग्दछ । एउटा समलिङ्गी यौन साथीस“गै विवाह गरेको भए जीवन कति सुन्दर हुन्थ्यो भन्ने उसलाई जीवनभर अव्यक्त चाहना रहिरह्यो । तलका हरफहरुमा उसको त्यस्तै कुन्ठित व्यक्तित्व प्रकट भएको छ ः
समाजसामु उसले आपूmलाई आपूmले चाहेको रुपमा कहिल्यै प्रस्तुत गर्न सकेन । यस्तो स्थितिमा एउटा मात्र सक्कली हीराकृष्णको साथ पाउन सके आहा ! जीवनमा सफलताका कति कति सोपान चढिन्थ्यो होला । कति कति सफलताहरुले आपूmलाई अङ्कमाल गर्थे होलान् । फव्रिmएका सुन्दर पूmलहरुलाई हेर्दै प्रभात मुस्कुराइ रहन्छ । निधारको जुल्फी लर्काएर ।(पृष्ठ ः ६)
विपरीत लिङ्गवादी सामाजिक संरचनाले केवल तेस्रो लिङ्गवादी समुदायका व्यक्तिहरुलाई मात्र होइन विपरीत लिङ्गीय यौनिकता भएका व्यक्तिहरुको पनि जीवनमा ठूलो आघात पु¥याएको छ । समलिङ्गीय पहिचनज लुकाउन मानिसहरुलाई सक्दो कोसिस गर्न बाध्य पारेका कारण धेरै विपरीत लिङ्गीय यौनिकता भएका व्यक्तिहरु समलिङ्गीय यौनिकता भएका व्यक्तिस“ग विवाह गरेर पीडित बनेका देखिन्छन् । शोभा भट्टराई को उपन्यास अन्त्यहशीन अन्त्यमा म पात्र विपरीत लिङ्गीय यौनिकता भएकी स्त्री हो । तर उसको विवाह समलिङ्गीय यौनिकता भएको पुरुषस“ग भएको छ । यसबाट उनीहरु दुबै जनाले पीडा भोगेका छन् ।
अर्धसत्य उपन्यासमा प्रभातको पहिलो विवाह टङ्कीस“ग भएको छ । उसस“गको दाम्पत्य दुर्घटित भएपछि उसको विवाह सुनयनास“ग भएको छ । टङ्की र सुनयना दुबै विपरीत लिङ्गीय यौनिकता भएका स्त्री पात्र हुन् । प्रभात समलिङ्गी यौनाकर्षण भएको पुरुष पात्र हो । उसका मनमा पुरुषपैति नै यौनेच्छा रहेको छ । समाजमा समलिङ्गी सम्बन्ध निषेद्य भएका कारण ऊ समलिङ्गी विहे गर्न सक्दैन । टङ्कीले छाडेर गएपछि साथी बनेको हीराकृष्णस“ग विवाह गर्न नसकी प्रभात सुनयनास“ग विवाह गर्न बाध्य भएको छ । आपूmलाई धोका दिएको ठानी हीराकृष्ण मानसिक रुपले विक्षिप्त बनेर पूर्णतः रोगी बन्न पुगेको छ । प्रभात पनि रुग्ण, विक्षिप्त बन्न पुगेको छ । समाजले मानिसको तरल र प्राकृतिक यौनिकताको स्वरुपलाई स्वीकारेको भए टङ्की, सुनयना, हीराकृष्ण र ऊ आपैm प्रभातको पनि जीवन निरर्थक, कुन्ठित र निराश हुदैनथ्यो तर भयो । प्रभातको लिङ्गीयता पुरुषका रुपमा छ तर ऊ यौनिकताका हिसाबले जटिलताहरुको सञ्जाल हो । ऊ स्त्री रुपसौन्दर्यमा पनि मोहित हुन्छ तर स्त्री सानिध्य चाहदैन । पुरुषप्रति यौनाकर्षित छ त यौनिक रुपले अर्काको शरीरभित्र प्रबवेश गर्ने खालको(पेनिट्रेटर) भूमिकाका लागि सक्षम छ । टङ्कीबाट छोरो जन्माएपछि उसले उसस“ग लामो सम्बन्ध राख्न सकेन र टङ्कीका लागि प्रभातको शरीर निषेधित क्षेत्र बन्न पुग्यो । टङ्कीले छाडेपछि आप्mनो तेस्रो लिङ्गी यौनिकताको जटिलता कतै प्रकट नहोस् भन्ने चाहनाले उसले सुनयनालाई विवाह गरेको छ । स्त्रीप्रति यौनाकर्षित नभए पनि सन्तान जन्माउन भने ऊ सक्षम छ । उपन्यासमा प्रभातले दोस्रो विहे गर्ने विचार गर्दा मनमनै गरेको अठोट यसरी प्रस्तुत गरिएको छ ः
जेजस्ती भए पनि म एउटी स्वास्नी ल्याउछु, ल्याउछु । सत्य हो म स्वास्नीलाई बलात्कार गर्ने पक्षमा छैन । मेरो त्यस्तो प्रवृत्ति नै छैन तर निजी विछ्यौनाकी निजी स्वास्नीलाई विर्यदान गरेर गर्भाधान गराउने ताकत त ममा छ नै । त्यसो भए काकाकुल भएर तृप्तिका लागि भैगो म आकाश पाताल सुक्खा इनारहरुका नया“नया“ हीराकृष्णहरु खोज्दै अब भौतारिन्न ।
यसरी हेर्दा समलैङ्गिक यौनेच्छा भए पनि समलिङ्गी पुरुषहरुस“ग बाहिर गएर कायम गरेका सम्बन्धबाट सन्तुष्ट हुन नसकेको प्रभात स्त्रीप्रति यौनेच्छा राख्दैन तर वीर्यदान गर्न सक्षम छु भन्छ । यसबाट उसको यौनिकता पुरुष, स्त्री, समलिङ्गी, विपरीतलिङ्गी जस्तो सामान्य अवधारणाबाट अपरिभाषित तेस्रो लिङ्गी जटिलताहरुको सञ्जालका रुपमा रहेको पुष्टि हुन्छ । आप्mनो जस्तो जीवन नहोस् भन्ने प्रभातको इच्छा भए पनि त्यसको उल्टो उसको छोरो ईशुभ पनि अन्ततः समलिङ्गी नै भएको घटनाले कथा टुङ्ग्याएको छ । यसरी प्रभात र उसस“ग कारुणिक जीवन बिताएर पलायन हुने पात्रहरुको पीडाको चित्र खिच्दै तेस्रो लिङ्गीहरुमाथि सामाजिक कुरीतिले लादेको बाध्यताद्वारा उनीहरुप्रति सहानुभूति जगाउन उपन्यास सफल छ तर उनीहरुका यस्ता सामाजिक समस्याको मूल समाधान औल्याउन उपन्यास सफल देखिदैन ।
४. निष्कर्ष ः निराशा
उत्तर संरचनावाद, विनिमाृणवाद आदि चिन्तन र समालोचनाका क्षेत्रमा उत्तर आधुनिकताले भिœयाएका कतिपय मान्यताहरुले आधुनिकतावादी सत्यको विघटन र केन्द्रभङ्ग त गरे तर त्यसका साथसाथै बदलिदो समयको परिदृश्यमा नवसिर्जित समस्याहरुका लागि नवीन परिभाषा र व्याख्या पनि खोजे । आधुनिकताको विकासमा माक्र्सवादले आप्mनो उद्गम, विस्तार र विकासका व्रmममा उत्पीडित वर्गका कुरा जसरी उठायो उत्तरआधुनिकताले त्यसलाई समर्थन नगर्ला तर उत्पीडित समुदायका थप चुनौती हाम्रा सामु आएका छन् । उत्पादनका साधनहरुमाथिको स्वामित्वका कारण श्रमजीवी वर्गमाथि कथित मालिक वर्गले शोषण गरेको कुराले मात्र मुक्तियुद्धको आवश्यकता पहिचान गर्न सकिदैन । उत्पीडित जाति, लिङ्ग र क्षेत्रका कुरा वर्गीय युद्धस“ग एकाकार गर्नै पर्ने भएको छ । लैङ्गिक उत्पीडनका कुरा गदौ स्त्रीमाथि पुरुषवादी समाजको उत्पीडनले मात्र समाजको वर्गीयता स्पष्ट पादैैन । विपरीत लिङ्गीय यौनिकता चएका व्यक्तिहरुको शासन व्यवस्थाले तेस्रो लिङ्गीय यौनिकता भएको समुदायमाथि गरेको शोषण, दमन झन् अमानवीय र दर्दनाक छ । विज्ञानका नाममा पर्यावरणको नाश गरेर तेस्रो विश्वमाथि अप्रत्यक्ष रुपले साम्राज्यवादी शक्ति राष्ट्रहरुले गरेको भूमण्डलीकृत दमन झन् कहालीलाग्दो छ । सीमान्तीकृत यी सबै समुदायलाई समग्र वर्ग मुक्ति आन्दोलन स“ग जोडेर स“गस“गै अघि बढाउन नसकेमा साच्चिकै अर्थपूर्ण सामाजिक परिवर्तन सम्भव देखिदैन । तेस्रो लिङ्गी सिद्धान्त(त्रगभभच तजभयचथ) त्यस्तै सीमान्तीय वर्गको आवाज उठाउने चिन्तन हो । लैङ्गिक अल्पसङ्ख्यकहरुको सामाजिक, राजनीतिक, कानुनी, आर्थिक आदि सबै किसिमका हक अधिकारका निम्ति चलेको तेस्रो लिङ्गीय अधिकार आन्दोलनका मान्यताहरुकै साहित्यिक तथा समालोचनात्मक संस्करण हो – क्विअर थिअरी । नेपालीमा मोहनराज शर्माको सलिजो नयनराज पाण्डेको अतिरिक्त, इन्द्रकुमार श्रेष्ठको अर्धसत्य आदि केही उपन्यासहरु यस सिद्धान्तका कोणबाट विवेचनीय देखिन्छन् ।
अर्धसत्य उपन्यासले प्रभात मूल पात्र नै तेस्रो लिङ्गी भएका कारण आप्mनो जीवनमा भोग्नुपरेका पीडाहरु र त्यसको कारक तङ्खवका रुपमा रहेको परम्परागत विपरीतलिङ्गी समाज व्यवस्थालाई उदाङ्गो पारेका छन् । विपरीत लिङ्गी व्यक्तिले आप्mनो वास्तविकता लुकाएर वा सबैलाई ढाटेर बस्न बाध्य हुनु परेको छ । उनीहरुलाई समाजले हेला नगर्ने भएको भए यस्ता समस्या आउदैनथे तर हाल यस्ता समस्या देखा परिरहेकै छन् । उपन्यासकार इन्द्रकुमार श्रेष्ठ सरित् यस उपन्यास मार्पmत पात्रको निरीहता र जीवनभरको पीडा प्रस्तुत गरेर तेस्रो लिङ्गप्रति पाठकको सहानुभूति सिर्जना गर्न सफल त भएका छन् तर समस्याको समाधान देखाउन नसक्दा औपन्यासिक जीवन र लेखकीय दृष्टि निराशाको भु“मरीमा फस्न पुगेको छ । यद्यपि उपन्यासले उठाएको विषय नवीन छ र प्रस्तुती रोमाञ्चकारी छ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु