पल्लो घरकी मेरिना

- भरत बागलुङे

थाहै नपाई प्रेम गर्नु र थाहै नपाई उपद्रोह गरी पलायन हुने प्रवृत्तीले निलिरहेको छ मान्छेको अस्तित्वलाई मान्छेहरू या युवा–युवतीहरू प्रेमको आडमा अप्रेमी बन्दैछन् हिजो आज शार्दुलले जिज्ञासु आ“खाले मेरो चेहेरामा ताकेर सवाल गर्न पुग्छ ।
“म प्रेम विशेषज्ञ परिन यार ।” म संक्षिप्त जवाफ फर्काउँछु ।
“तर यार तँ मेरो दृष्टिमा प्रेमको फिलोसफर होस् ।” शार्दुल पक्का प्रश्नात्मक बनेर उभिन ढिलो गर्दैन मेरो सामु ।
“सायद मान्छेले चाहेर प्रेमी या प्रेमिका बन्दैनन होला ! लाग्छ उमेरले उसलाई त्यस मार्गतिर धकेली रहन्छ जर्वजस्ति नै, कोही प्रेमले सुखी हुन्छन् कोही प्रेमले दुःखी हुन्छन् यात्रा न हो जिन्दगी हिँड्दै रह“दा ।” म उसलाई असंक्षिप्त जवाफ फर्काउँछु ।
“तर कहिले काहिँ अति प्रेमले पनि वियोग जन्माउ“छ होला !” शार्दुलले भन्यो ।
उसको अर्थहिन कुरोमा मैले जवाफ बन्न आवश्यक ठान्दिन यसैले म उसलाई हेरि रहन्छु सजल दृष्टिले तर उ मबाट सवालको ठूलो आशा गरिरहेको भैmँ देखिन्छ । उसको अस्वाभाविक हेराईले मलाई उप्रति अलिकति रिस र दया एकै पटक उठेर आउ“छ–यो बुद्धु म आपैmभित्र फुस्फुसाउ“छु हिजो आज अलि बढ्ता प्रेमको पक्षमा बहस चलाई रहेको छ । प्रेम भनेको कुन चरीको नाउ“ हो नजानेरै ।
“अशेष एउटा कुरो सोधु“ ?” उ पुनः रहस्यात्मक पारामा प्रश्नात्मक भै स्खलित हुन्छ, परम्परावादी उ स–सानो कुरोमा पनि यसरी नै अनुमति माग्छ नराम्रो त हैन तर आवश्यक लाग्दैन मलाई तुक नभएका कुरोमा पनि अनुमति माग्ने उसको प्रवृत्ती ।
“के को लागि मैले हृदयको असहजतालाई नपोखी या नचुहाई सोध्न पुग्छु ।”
“तँ लाई मेरिना कस्ति लाग्छे ?” उ नअल्झी भूमिकामा झट्ट बोल्न पुग्छ ।
“को मेरिना ?” म संक्षिप्तमा आप्mनो अनभिज्ञता पोखिदिन्छु ।
उ क्या त पल्लो घरकी चञ्चली । उ त्यो झ्यालबाट हेर्ने केटी । उ पुनः परम्परा बिरोधी मोर्चाबाट इतर उभिएर बोल्न पुग्छ ।
“ए त्यो फुच्ची !” तर मलाई उसको नाउ“ थाहा भएन यार पहिलो पटक सुन्दैछु । लाग्छ उ प्रेम गर्ने उमेरकी केटी हैन उसको बारेमा जम्माजम्मीमा यत्ति भन्न पुग्छु म ।
“तर उ त..............।”
“हो उ अस्वभाविक बढिरहेकी छे, धनी बाबुकी पुल्पुल्याईएकी एक्ली छोरी हो उ तर यार शार्दुल त“ किन यी सब हुन नसक्ने कुरो प्रति आकर्षित भईरहेको छस् ?” म शार्दुलको सवालको जवाफस“गै प्रश्न बनेर उभिईदिन्छु ।
“म उसलाई प्रेम .......... ।”
बस् बस् बस् शार्दुल, उ पुरै नपोखिदै म अबरोध बनेर उभिन पुग्छु ।
“तर प्रेम...................।”
“भाई जीवनको सच्चाई सपना भन्दा बढ्ता पिरो हुन्छ प्रेमको नाउ“मा आफुलाई भत्काउने दुस्साहस गर्नु राम्रो हैन । प्रेम संसारलाई जीवन्त राख्ने सुत्र हो जसलाई सुत्रकै रूपमा रहन दिनुपर्छ हस्तक्षेपजन्य प्रेम पीडा र दुःखको कारक हो ।”
“त“ किन प्रेम बिरोधी बन्दैछस् हिजो आज ? लाग्छ धोकाले प्रेमलाई घृणा गर्ने भईरहेको त छैनस् यार त“ ।” प्रतिक्रियामा शार्दुल म माथी शंकास्पद ब्यंग्य हान्न पुग्छ ।
“यो तेरो बुझाई हो यार । म उपद्रोह गर्नको लागि प्रेम गर्ने प्रबृत्तीको मात्र विरोधी हु“ समग्रमा म प्रेम बिरोधी हैन यार ।”
“यो दुनियामा त“ जस्तो आदर्श मान्छेको सधैं दुर्गती मात्र हुनेछ, ।”
मेरो मित्र भीरबाट खस्न आ“टेको गाईलाई म राम–राम मात्र भन्न सक्छु तर का“ध नै थाप्न सक्दिन । रोममा छौ भने रोमन जस्तै हुन सिक भन्ने मान्यताको निरपेक्ष पक्षमा छैन म, बरू म फेरी पनि भन्छु आफुलाई पढ्नु र बुभ्mनु भन्दा ठूलो कुरा दुनियामा अरू केही छैन । शार्दुल काठमाण्डौको प्रेमस“ग हामी अपरिचित छैनौँ असमानान्तर मात्र छौँ । उचाई या हैसियत बिनाको कर्मबाट फलको प्राप्ति हुृन सक्दैन चाहे त्यो कर्म जत्तिनै ठूलो किन नहोस् ।
यो मेरो आप्mनै सनातन मान्यता थियो जहा“ म अडिईरहन्छु ।
“तर कर्म नगरी फल पनि त लाग्दैन । हेर अशेष अब हामीले बदलिनु पर्छ सधैं उहि परम्पराको फेर समातेर उहि पूरानो शैलीमा चल्नु पर्छ भन्ने पनि त छैन ।” उ अभैm जिद्दी गरिरहन्छ मेरो इतरमा ।
“त“ सोचे भन्दा छिटो नसोचेको रूपमा फेरिईस यार, अतिरिक्त महत्वकांक्षाले त“लाई अन्धो बनाएको छ हेर बाबु आफुलाई र आप्mनो कर्तब्यलाई नबुझी कुनै पनि अप्ठ्यारोमा झोस्नु जीवनको निर्माण नभएर बिनाश हो जसलाई हिजो आज तैंले बढ्ता महत्व दिईरहेको छस् ।”
त्यसपछि म चुपो लागेर बसेँ–शार्दुल केही नबोली कोठाबाट बाहिरियो ।
शार्दुल बाहिरियो अकस्मात र उ बाहिरिनुको पीडा अकस्मात नै मभित्र जन्मिन पुग्यो बिवर्तित समय । सोच्छु केही पनि केही जस्तो छैन र कोही पनि कोही जस्तो छैन गुणमा रूपवाद फक्रिरहेको छ, के मान्छेको जन्मको अन्तिम अभिष्ट यत्ति हो ? जीवनको सार जसको परिभाषा शार्दुलले लगाईरहेको छ औसत मान्छे शैलीमा के यत्ति हो ? जीवन भोगको लागि मात्र हो, भोग्नु पर्छ जसरी पनि जीवनको भरोसा केही पनि छैन के यहि सत्यको आडमा जीवनलाई कुरूपता तर्पm धकेल्नु बुद्धिमत्तापूर्ण कार्य हो ? म आपैm भित्र अलमलिएर प्रश्न र प्रतिप्रश्न गरिरहन्छु जीवन सुल्झन नसकेको अलजेब्रा गणित जस्तो लाग्छ उफ............। डर लाग्छ मैले मेरो जीवनको दर्शन र सिद्धान्त कतै हारिरहेको त छैन ?
उकुस–मुकुस र औडाहाको थेग्नै नसकिने भारले किचिएको म बबुरो मुक्तिको दुब्लो आशा बोकेर सा“झको काठमाण्डौलाई झ्यालबाट हेर्न थाल्छु घाम अस्ताई सकेको पश्चिमी क्षितिज आभामय देखिन्छ । नजिकै ठिङ्ग उभिएको सिन्दुरे का“गियोको रूखमा कुनै पंक्षी रात काट्ने मनसुवा बोकेर आईपुगेका छैनन् निस्सार लाग्दो छ बुढो का“गियोको रूख अस्तित्वमा । पातलो तुवा“लोको बुर्को ओढेर ठिङ्ग उभिएको नागार्जुन डा“डोतिर क्रमश कालिमा पोतिंदै छ । सोच्छु दुखिया का“ठेहरू कोठेबारीमा तरकारी टिप्दै होलान् सखारै तल काठमााण्डौमा झरेर बिक्री गर्नको लागि । अहो ! जीवन कति दुःखद छ ।† पसिनाले संसार निर्माण हुन्छ तर त्यही पसिनाले पसिनाका जन्मदातालाई कहिल्यै सुखी बनाउन सक्दैन अफशोच । शोषण र लुटको कालो परम्परामा पसिनाका असली हकदारहरू ती अन्यायमा परिरहेका छन् र सम्भवत शोषणको यो घिनलाग्दो परम्पराको निरन्तरतामा पसिनाका सृजनाकर्ता ती यसरी नै दुःखमा बा“चिरहन अभिषप्त छन् ।
यसरी सोच्दै जा“दा म धेरै उचाईमा पुगेर दुनियाँलाई हेर्न थाल्छु तर त्यो पनि दीर्घ बा“च्न पाउ“दैन एक हुल सेता कागहरू कोकोहोलो हाल्दै बुढो का““गियोको रूखमा बास बसाउन आईपुग्छन् तिन्को कोलाहल क्षणभङ्गुर हराएर जान्छ फेरि तल सा“घुरो गल्लीमा एकहुल यूवा युवतीको कोलाहल युक्त भीड देखा पर्छ आधुनिक काठमाण्डौका अत्याधुनिक मान्छेहरू । हुनु पर्ने कपाल छोट्याएका लड्कीहरू र छोटो कपाल लामो पारेर लट्टे पारेका लड्काहरू म क्रमश तिनको लवाई, हेर्न पुग्छु खुट्टा भन्दा अनपेक्षित लामा जुत्ताहरू फित्ता कसेर लगाएका देखिन्छन् एक प्रकार कुनै ठूला मान्छेले जड्यौरी दिएका जुत्ता साना मान्छेले लगाएको जस्तो अस्वभाविकता । पाईन्टको पुच्छर थाहा छैन कसोरी छिर्छ पाईतलाबाट र पाईन्टको सिरान बस्नु पर्ने ठाउ“m भन्दा निकै तल छ एक प्रकार लाज ढाक्न असमर्थ जस्तै–जस्तै, आ“खामा हजूर बाउका पालाको बिंड भएको असुहा“उदो र¨को चश्मा, एक हातमा चुरोट अर्कोमा आइसक्रिम, पिठ्यु“मा एउटै किताब नअटाउने ब्याग जम्मा जम्मीमा यत्ति छ काठमाण्डौको चलन चल्तीको तस्विर । अनपेक्षित गतीमा उम्रेका रेडियो र टि. भी. च्यानलहरूमा यिनै पङ्सहरूको रजाईं छ नाफाखोरी शिक्षालयमा गरिबका छोराछोरीको पहु“च पुग्दैन, ब्यापारी डाक्टरहरूका नर्सिङ होम र रिसर्च केन्द्रहरूमा भाग्य लुटिएकाहरूको उपचार सपना बराबर छ । स्वेच्छाचारी शासकहरूले थोपरेको अचाक्ली मह¨ीले गरिबको चुल्हो चिसिएर ढुसीको साम्राज्य पैmलिईरहेको छ निरन्तर, यस्तै छ काठमाण्डौको ताजा तस्विर जीवन एक दुखान्त सत्य ।
क्यानभासको पाटो फेरिन्छ ।
आधुनिक काठमाण्डौका अत्याधुनिक युवा–युवतीको कोलाहल सघन बन्दै जान्छ, मभित्र सादृश्य छैनन् अब ती जसरी आए उसरी नै बिलाएर गए । सा“च्चिकै भन्नु पर्दा सम्झना छोडेर गए र म एक प्रकार फुर्सदिलो हुन पुग्छु, यहि फुर्सदको मौकामा म मेरो बुढो झ्यालको पुरानो पर्दा हटाएर बाहिर हेर्ने उपक्रममा लाग्छु आकासमा एक लहर कालो बादल पश्चिम तर्पm दौडिरहेको देखिन्छ क्षितिजको चन्द्रागिरि पहाड मास्थेर भएर, मेरो मनमा एकाएक आप्mनो घरको याद ताजा बनेर आउ“छ उ त्यहि बादल दौडेको दिशा–त्यतैतिर त छ मेरो गाउ“ मेरो घर र मेरी दुःखी जननी जसको कारण यो धर्तिमा छु म । आमा छिन् र म छु, मेरी दुःखी आमा मेरो लागि आज पनि उत्तिकै सपना बुन्छिन पसिनाका थोपा–थोपामा पहाडका उकाली, ओराली, तेर्पाया“ र खेतबारीका माटाका डल्ला–डल्लामा । जीवनकी सृजना मेरी आमा उनी दुःखमा पनि सन्ततीको नाउमा शहिद भईरहेकी हुन्छिन् । यसरी म सा“झको प्रथम प्रहरसम्म पनि आमाको यादमा डुविरहन्छु ।
  
राती अबेर कोठामा फक्र्यो शार्दुल चिताई नसक्नुको स्वरूपमा फेरिएर, सपनाको शार्दुल हो या विपनाको छुट्ट्याउन हम्मे हुनेगरी उ फक्र्यो फर्कनु पर्ने समयलाई निकै पार गरेर म बिलखबन्दमा परेको अन्जान मान्छेले जसरी उसलाई हेरिरहन्छु बिस्फारित दृष्टिले, मेरो हेराईको प्रतिक्रियामा शार्दुल बोलिरहेको थियो–के अजिबको जन्तुलाई जसरी ट्वाल्ल परेर हेरिरहेको छस् यार ? यत्ति बोलेर शार्दुल ओछ्यानमा पल्टिन पुग्छ ।
शार्दुलको रूप हेर्दा–हेर्दै हराएको म उसको कुरोले एकफेर झस्किन पुग्छु र प्रतिक्रियाहिन बसिरहन्छु उसलाई नहेरेरै । हेर्नु आवश्यक बोध गरेन पनि मेरो अन्तस्ःकरणले त्यो पनि पूर्णत अकारणै थिएन । मेरो सोझो मनले गम खान्छ अब उ मेरो भूतपूर्व सहपाठी जस्तो रहेन–न रूपमा, न सारमा उ एउटा होनहार र कर्तब्यबोध गर्न सक्ने युवाबाट कुरूप हावा हुरी जस्तो संस्कृतिको पछाडी दौडने खेलाडी भएर निस्किएको छ । एक प्रकार उ सपुतबाट क्रमश कपुतमा रूपान्तरित हु“दैगएको छ म आप्mनै मनस“ग खुसामद गर्छु बस् ।
केहि दिन पछाडी शार्दुल अचानक मध्य दिनमा अन्तै कोठा सरेर गयो, जाने बेलामा उसले यत्ति मात्र भन्यो उ मेरिनाको आग्रहमा कोठा सरेर जा“दैछ र उसले अन्तमा म माथी आक्षेप लगायो ।
“त“ जस्तो परिवर्तन हुन नसक्ने मान्छेस“ग बस्नु आपैmलाई पनि बर्बाद पार्नु हो ।”
शार्दुल आप्mनो विचारमा उज्यालोको खोजी गर्न सहजै गयो साथी भाई ती सब उसको लागि बोझ बने जसस“ग औपचारिक बनिरहनु उसलाई आवश्यक परेन तर मेरो मन एउटा साथीको पलायनले जलिरह्यो निकै दिनसम्म पनि । एउटै अवसर पनि दिएन त्यस अबुझ मुर्खले सम्झाउने आखिर सत्य यहि थियो जीवनको निर्माणको आडमा जीवनको विनाश जसलाई प्रायोजित हात र मष्तिस्कले थेग्नु असम्भव पनि त छ म यसरी आप्mनो मनलाई सम्हाल्न थाल्छु ।
र त्यसपछि मेरा कयौँ दिनहरू कोठाबाट ननिस्कि बितेर जान्छन् ।
  
दिनहरू आप्mनै गतिमा बित्दै जान्छन् ती न रोकिए न रोकिने यत्न गरे न नै समयलाई कसैले रोक्ने अहम् मुर्खता देखायो दृष्य–अदृष्य रूपमा । आज भोली म एक्लै छु कोठामा शार्दुल गएपछि एक प्रकार म अभिषप्त छु जीवनको बारेमा सोच्दा । गएपछि शार्दुल एक पटक पनि फर्केर आएन न नै उस“ग क्याम्पसमा नै भेट हुन सक्यो, उ कहा“ बस्छ यत्तिसम्म पनि थाहा भएन, मेरिनालाई सोध्ने साहस किन–किन ममा छैन उ जान्दथी शार्दुलबारे केहि न केही अवश्यै तर म निरपेक्ष छु, डराई–डराई हेर्छु झ्यालबाट मेरिना फेरिएकी छैन उ उसरी नै पुर्ववत चलिरहेकी छे जहा“बाट उ जनम मुक्ति पाउन सक्दिन या मुक्त हुन चाहन्न । झ्यालबाट हेर्नु, अनी हल्का मुस्कुराउनु जसमा उ अभ्यस्त भईसकेकी छे । मुक्ति उसको लागि असम्भव प्राप्ति भएको छ, मेरिनाको यो कर्ममा आप्mना निस्सार आ“खा जुधाएर हाराकिरी भोग्ने साहस ममा छैन प्रेमको सस्तो परिभाषाले एकप्रकार म विक्षिप्त छु यहि बिक्षिप्तता मेरो लागि जीवनको अध्यारो साबित भएको छ । मेरिनाको दृष्टिकोणको अन्तिम भन्दा अन्तिम अभिष्टको अर्थ लगाउन असमर्थ छु म ।
एउटा सि¨ै ऋतु बितेर जान्छ मेरिनामा कुनै परिवर्तन देखापर्दैन न नै शार्दुल गएपछि फर्केर आउ“छ गए पछि उ यत्ति निष्ठुर बनीदिन्छ सोच्छु उसको निष्ठुरीपनाको उच्चत्तम अपब्याख्या नगरी कतै म प्रति उसको स्नेही मनमा थुप्रै–थुप्रै गुनासाहरू त छैनन ? हुन सक्छन् या नहुन पनि प्रश्न र प्रश्न जस्तै गुनासाहरू पनि प्रश्नात्मक बनीदिन्छन् यहि अहम् सापेक्षमा म सोच्न बाध्य हुन्छु प्रत्येक पल–पलमा के जीवनको सार केवल प्रश्न मात्र हो त ???
म दोधारमा चमेरो जुसरी झुण्डिरहन्छु । म शुन्यमा रूपान्तरित यायाबर– प्रत्येक जन्म के यसरी नै गुज्रेका हुन्छन् ? सफल या असफल जुन वर्गमा विभाजित भए पनि जीवनको अन्तिम अभिष्ट सुखको खोजी मात्र हो भने दुनियाका सबै दर्द सबै दुःख सहेर लाञ्छना सहेर मान्छे भ्रष्ट र ब्यभिचारी बनिरहेका बेला म पृथक बा“च्न सक्दिन । सुख प्राप्तिको भिन्न राजमार्गमा खालिखुट्टा टेकेर म मेरो हराएको साथी खोज्न सक्दिन† तृष्णाका आप्mनै सत्य छन् परिचयमा म सोच्छु शार्दुल मेरो सपना हो । भविष्य हो र अरू कतिको आस्था होला विश्वास र भरोसा होला तर उ भत्किरहेको छ क्षण–क्षण, पल–पल समवेदनाका एकाकी जन्महरू म भित्र जसरी जन्मन्छन् ती उसरी नै मरेर जान्छन् औसत दिनचर्याहरू जसरी बितेर जान्छ समयको अर्को नविन संस्करण ।
जीवन सत्यको इतरमा चलिरहन्छ पुर्ववत ।
पानी पर्नु–घाम लाग्नु र फेरी पानी पर्नु अनी घाम लाग्नु जीवनको अन्तिम सत्य जस्तै रूनु–हा“स्नु र फेरी रूनु अनी हा“स्नु । जीवनको सबैभन्दा ठूलो कमाई मृत्युको पर्खाई भन्दा अरू कुनै परिभाषा सपाट लाग्दैन मलाई ।
यहि मृत्युको पर्खाई जीवनको सबैभन्दा पीडामय क्षण साबित भईरहेको छ हाम्रो लागि शार्दुलको पलायनमा म अत्यन्तै विक्षिप्त बन्न पुग्छु जीवनको परिभाषामा समेत ।
करिब एक महिना पछाडीको एउटा गोधुली सा“झ स्मृतीमा शार्दुलको तस्विर धमिलो बन्दै गएको थियो एक प्रकार जीवनको यो एक्लोपन बा“च्नुको पद्धती बनीसकेको थियो यहि सापेक्षमा म जीवनको रथ गुडाउने यत्नमा थिए“ समयको यहि मोडमा मैले सोचे भन्दा भिन्न या अकल्पनिय घटना घट्न पुग्यो मेरो जीवनमा घटनाको यथार्थ विवरण यस प्रकार थियोः–
जब म पढ्दा–पढ्दै थाकेर तन्द्रामा झुलीरहेको थिए“ मेरो निधारमा एक्कासी एउटा कागजको डल्लो बत्तिदै आएर ठोक्किन पुग्छ र भूईंमा डङरङ लड्न पुग्छ, कागजको साकार उपस्थितीले मभित्र शंका, त्रास र कौतुहलता एकसाथ जाग्न पुग्छ । सत्य अस्वीकार्य कदापी हु“दैन ढीलै किन नहोस् यो मैले मेरी आमाबाट सिकेको सनातन या आदि सत्य थियो यहि आदि सत्यले मलाई डो¥याएर कागजको रहस्यमय डल्लो सम्म पु¥याउ“छ ।
कागजको डल्लोलाई भुईँबाट टिपेर हातमा खेलाउदैँ म सोच्छु यो फगत कागज अवश्यै हैन–कागज जीवनको पद्धती हो जहा“ मनुष्यका दुःखहरू लुकेका हुन्छन्–सुखहरू लुकेर रहेका हुन्छन्, खुशी र आ“सुहरू, अप्ठ्यारा र सजिलाहरू एकसाथ बसेका हुन्छन्, सा“च्चिकै अनौठो छ कागजको निर्जीव जन्म–म डल्लो बनाईएको कागजलाई धेरै समय खेलाएर समयलाई रोक्ने चेष्टा गर्न सक्दिन हतार–हतार कागजको डल्लोलाई खोलेर हेर्छु–किताबी किरो के छ तिम्रो हाल–खबर ? के जीवन यसरी नै उत्साहहिन बिताउन चाहन्छौ तिमी.....................? मेरिना ।
त्यसपछि...........।
र फेरी त्यसपछि...........।
मेरिनाले यसरी नै मलाई हरेक दिन आप्mना मनमा लागेका नानाभा“तीका सस्ता प्रेमले भरिएका चिठ्ठीहरूले हान्दै गई र म जीवनमा यत्ति दोधारमा परेर बा““चिरहेको हुन्छु मेरिनाका कुनै पनि पत्रलाई खोलेर हेर्ने साहस ममा छैन ती भूईँमा जसरी आउ“छन् ती उसरी नै रहेका छन्, एक थुप्रो तथाकथित प्रेम पत्रहरू–ती सबलाई देख्दा म भित्र शार्दुलको याद ताजा बनेर आउ“छ, शार्दुल जसलाई प्रेम गर्छ र जसको प्रेमको नाउ“मा उ मबाट टाढिएको थियो र आजपर्यन्त उ मदेखि पुरै पलायन छ तर उसकी प्रेमिका उ हिजो–आज मेरो नाउ“मा समर्पित भएकी छे । कस्तो घृणाजन्य कुरो छ, के आइमाईहरू औसतमा यस्तै हुन्छन् ? पुरूष भन्दा अपृथक ?? पुरूषले जसरी आइमाईले पनि प्रेमलाई जीवनको दर्शन स्थापित गर्न सक्दैनन् या चाह“दैनन्† म भित्र निरन्तर–निरन्तर आ“धी चलिरहन्छ, यहि आ“धिमय समयमा म झ्यालको पुरानो पर्दा हटाएर मेरिनाको घरलाई नियाल्छु मेरिना उ झ्यालमा उभिएर मलाई नै हेरिरहेकी देखिन्छे–उ खिसिक्क हा“सिदिन्छे मलाई हेरेर र म उसलाई हेरेर आफुभित्र तर्सन पुग्छु, आइमाई पुरूषको लागि जीवनको पुर्नगठन र विघटन दुबै हो ............।
अन्तमा मेरो मनले निश्चय गर्छ म जीवनको गठन चाहन्छु र त्यो गठन यहा“ असम्भव छ–असम्भवमा सम्भव खोज्नै पर्छ र त्यसको लागि शार्दुल–हो शार्दुलको खोजी अनिवार्य छ ।
हिजो–आज म शार्दुललाई खोज्दै काठमाण्डौका गल्लि–गल्लि डुलीरहेको छु तर शार्दुल उ जीवनको गठनको नाउ“मा काठमाण्डौको गर्भ भित्र भासिदै–भासिदै गएको छ कस्तो अफशोच ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 भाद्र, 2072

लेखकका अन्य रचनाहरु