यो पनि एउटा सत्य

- इन्द्रकुमार श्रेष्र्ठ सरित्

मनकै कुरा न हो भन्दा के नै फरक पर्ला र ! यति हो सुन्नेलार्ई कि राम्रो लाग्ला कि नराम्रो लाग्ला । एउटा न एउटा प्रतिक्रिया त पक्कै पनि आउँछ । कामको बोझले थिचिएको बेलामा पनि विवेकले यस्तै सोचिरहेको थियो । हुन त उसको र विश्रान्तको चिनजान पुरानो हैन र नयाँ पनि त्यतिचाहिँ हैन । तैपनि एक दशककै उमेरको फरकले पनि दुई बीचको मित्रता नजानिंदो ढंगले झ्यागिएको छ । अझ भनूँ मित्रताको बोटमा फल लाग्नमात्र बाँकी छ ।

हिजोजस्तै लाग्छ उसलार्ई बिश्रान्तसँग भेट भएको । झट्ट हेर्दा बलिस्ठ शरीरको खलनायकजस्तो देखिने बिश्रान्तको बानी व्यहोरा यत्ति मिलनसार होला भनेर उसले कल्पनै गरेको थिएन । एक दिन अन्तरवार्ताको क्रममा दुबैको भेट भएको थियो जवकि दुबैजना छुट्टै पद र छुट्टै कार्यालयका लागि अन्तरवार्र्ता दिन एकै ठाउँमा भेला भएका थिए । संजोगले दुबैजना उतीर्ण पनि पनि भएका थिए भने त्यो भेटलार्ई उनीहरुले हुर्काउँदै मित्रताको दह्रिलो बोट पनि बनाईसकेका थिए । तर बिश्रान्तसँग विवेकको भेट नभएको पनि निकै दिन भईसकेको थियो भने ऊ सँग फोनमा पनि विवेकको कुराकानी हुन सकेको थिएन । दुई महिनाजति अगाडि बाटोमा भेट हुँदा पनि बिश्रान्तको बुबासँगै भएको हुनाले उनीहरु बीच केवल औपचारिक कुराकानीमात्र भएको थियो ।

हरे ! म किन बिश्रान्तकै बारेमा मात्रै सोचिरहन्छु ? विवेकले आफैलार्ई सोध्यो र प्रत्युत्तरहीन भएपछि एक्लै तर्कना गर्न थाल्यो । प्राइभेट बैंककै भए पनि राम्रै तलब आउने पदमा जागीरे छु, अविवाहित भए पनि मेरा साथीहरुको मलार्ई कमी छैन । त्यमा पनि बिशेष गरेर महिला साथीहरुको मलार्ई अभाव नै छैन । संसारमा एक्लै छु तर एकजनालार्ई पुग्ने कमाउँछु–खान्छु–मोज गर्छु । हरे ! चिन्तारहित मेरो जीवनमा यो विश्रान्त नामको चिन्ता कहाँबाट आइलाग्यो ? यस्तै सोंच्दै उसले विश्रान्तलार्ई फोन ग¥यो । फोनमा सामान्य कुराकानी गरिसकेपछि दुबैले बेलुकी भेट्ने सहमती जनाए ।

विवेकले सोंच्यो –बिश्रान्तमात्रै होइन उमेरमा उसको बुवा पनि कम खाईलाग्दा पक्कै थिएनन् भन्ने कुरा बूढाको अर्धबैंसले पनि ठोकुवा गरिरहेको थियो उनीसँगको पहिलो भेटमा यस्तै अनुभूति भएथ्यो उसलार्ई । विवेक भनेपछि हुरुक्कै हुन्छ विश्रान्त पनि जबकि दुबैको उमेरमा दश, एघार बर्षको नै भिन्नता होला । मित्रताको यो अटुट बन्धनले गर्दा नै धेरैपटक विश्रान्तले विवेककै फ्ल्याटमा रात विताएको छ । त्यपसपछिको प्रत्येक विहानीले उनीहरुको मित्रता सुवासछर्दै अझै झ्याँगिदै गएको अनुभव र अनुभूति दुबैले गरेका छन् । पछिल्लो भेटमा बिश्रान्तले प्वाक्क सोधेको थियो ।
“विवेक ! विहे गर्ने होइन ? अब त विहे गरेर भोज खुवाउ, यार ।”
“किनेर भनेजस्तो दूध पिउन पाइन्छ भने फोहोर सोर्ने र स्याहार्ने झण्झट बेहोरेर गाईभैसी किन पालिरहने, यार ? ”–विवेकको जवाफ सुनेर विश्रान्त पेट मिचिमिची हाँसेको थियो । ऊ त्यसरी प्रफूल्ल मुद्रामा खिलखिलाएर हाँसेको देखेर विवेकले बिश्रान्तलार्ई च्याप्प अँगालोमा बे¥यो र उसको सुकोमल गालामा म्वाई खाँदै भन्यो । “–विश्रान्त ! यो हाम्रो निश्छल मित्रताको नाममा है ..........?” –प्रत्युत्तरमा विश्रान्त मुस्कुराईरह्यो ।
“एई विवेक ! के सोचेको यार ।”– चिया चिसो पारेर भावुक बनेर टोलार्ईरहेको विवेकलार्ई झकझकाउँदै विश्रान्तले सोध्यो ।
“केही हैन यार ! तिम्रै बारेमा सोचिरहेको थिएा । किनभने मलार्ई तिमीसँग हाम्रो बारेमा एउटा जरुरी कुरा गर्नु थियो ।”– सुनको दाँत टलक्क टल्काएर विवेक कानसम्म सोहोरिँदै मुस्कुरायो ।
“के कुरा हो भनन !”
“यही कि उमेरको पर्खालबीचमा ठडिँदा पनि तिमी र म बीच कति गाढा मित्रता छ । के यो मित्रतालार्ई अझ गाढा बनाएर यसलार्ई कुनै नाम दिन सकिन्न ?”
“खै, म यसै भन्न सक्दिन । तर म यतिचाहिँ पक्कै भन्छु तिमीसँगको मित्रता मेरा लागि घाममा छहारी र अँध्यारोमा प्रकाश भने पक्कै हो । अब तिमी यसलार्ई जस्तो परिभाषाले बाँध्छौ म त्यही मान्न तैयार छु ।”
“हो त ? यदि हो भने ल हिँड म काँ’ जाउँ र आज टुन्न होउञ्जेल पिएर यो गाढा मित्रतालार्ई फुल्ली सेलिब्रेट गरौं ।”–विवेकले विश्रामको हात समातेर उठाउँदै भन्यो ।

समय निःशव्द गुडिरह्यो । मित्रता, सेलिब्रेट, चाहना र योजनाहरु स–शव्द जिन्दगीसँगै दगुरिरहे । दुई अँगालोमा एउटा सिँगो मित्रता फूलझैँ फक्रिरह्यो र मुस्कुराईरह्यो । दुई मित्रले एकले अर्कालार्ई विवाहका लागि उक्साईरहे । तर दुईमध्ये कसैले पनि मित्रता सुरू भएको दुई बर्षसम्म पनि विवाह गर्ने सुरसार गरेनन् । अब त मित्रता झ्याँगिएर दुबै जनाको रात पालैपालो एक अर्काको फल्याट र घरमा बित्न थालेको छ । साच्चै भन्ने हो भने उनीहरुको यस्तो गाढा मित्रता देखेर ईश्या गर्नेहरु पनि नभएका होइनन् । तर दुबैले त्यसतर्फ कहिल्यै ध्यान नै दिएनन । यसै बीचमा लोकसेवामा नाम निकाल्ने भनेर दुबैजना अध्ययनमा निकै कस्सिएरै लागिपरे जसले गर्दा पनि उनीहरु एकअर्काको झनै नजीक आए । तर दुबैले नाम निकाल्नभने सकेनन् । यसबाट दिक्क भएर त्यसपछिका दिनहरुमा उनीहरुको भेटघाट अलि पातलिएको थियो । तैपनि साथीहरुको जमात एउटै भएकोले कहिले कतै त कहिले कतै उनीहरुको भेट भईरहेकै हुन्थ्यो ।

तर हिजोआज विवेक ऊदेखि टाढा हुन खोजेको आभाष भइरहेको थियो विश्रान्तलार्ई । किनभने पहिलापहिला भेट्न मरिहत्ते गर्ने विवेक अचेल विश्रान्तले निकैपटक कर गरेपछिमात्र भेट्न तयार हुन्थ्यो । हुन त उसको अस्टे«लियाली पत्रमित्र नेपाल आएकोले पनि विवेक व्यस्त भएको हुनसक्ने कुरा विश्रान्तले नबुझेको होइन ।

विवेकको पत्रमित्र स्वदेश फर्किसकेपछि दुबैको भेट विवेककै फल्याटमा भयो ।
“विश्रान्त ! तिमीलार्ई था’ छ, मेरो पेनफ्रेन्डले मलार्ई जग्गा किन्दियो नि । अब एक बर्षपछि घर बनाउने पैसा पनि दिन्छ रे उसले । हुन त एक वर्षपछि एउटा प्रोजेक्टको सिलसिलामा ऊ लामो समयका लागि नेपालमै बस्न पनि सक्छ ।”–रेड लेबलको चुस्की लिँदै विवेकले भन्यो ।
“हो र ? तिमीलार्ई त चिठ्ठै परेछ नि यार ।”– दील खोलर हाँस्दै बिश्रान्तले पनि खुसी व्यक्त ग¥यो ।
“तर विश्रान्त ! त्यो बाहेक पनि तिमीसँग एउटा जरुरी कुरा गर्नु थियो ।”
“भनन यार ! तिमीजस्तो स्पष्ट वक्ताले पनि किन भूमिका बाँधिरहेको ?”
“किनभने तिमी र म यस्तो विधि मिल्ने साथी । तिमी र म बीच लुकाउनुपर्ने कुरा पनि गोप्य छैन भने हाम्रो यो प्रगाढ मित्रतालार्ई अब ...........।”– विवेकले अडिएर नियालेर विश्रान्तलार्ई हेरिरह्यो ।
“हो विवेक ! हाम्रो सम्वन्धलार्ई एउटा नयाँ नाम दिने सोंचाई मेरो बुवाको पनि छ ।”
“कस्तो नयाँ नाम ?”–विवेक भस्कियो ।
“अन्यथा नसोच विवेक ! तिमीलार्ई बुवाले माला दिदीको लागि मन पराउनु भएको रहेछ । यसका लागि तिम्रो राय बुझ्नु भनेर बुवाले मलार्ई भन्नु भएको थियो । तिमी के भन्छौ त, विवेक ?”
“हँ ......??? !!! विवेक स्तव्ध भयो । भावशून्य, संज्ञाशून्य भयो ऊ । शव्द एउटै भए पनि अर्थ फरक बनेर उसको कानमा गुञ्जिरह्यो । सम्बन्ध ! सम्बन्ध !! सम्बन्ध !!!
“तर विश्रान्त ! तिमी र म त ....।”–अत्याधिक मदिरा सेवनले हो अथवा अप्रत्यासित कुरा सुनेर हो । वाक्य पनि पूरा गर्न नपाई विवेक विश्रान्तको काखमा घुप्लुक्क लोट्न पुग्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 भाद्र, 2072

लेखकका अन्य रचनाहरु